977-01-5147003   info@nafscol.com
#

हाम्राे संस्थाकाे बारेमा


न्याफ्सकोल कृषिवन (NAFSCOL KRISHIBAN) एक ब्यबसायमूलक तथा सेवामुलक संस्था हो । यसले कृषि र बनस्पति प्रजातिका बिउहरु संकलन प्रशोधन र भण्डारण गरी आबश्यकता अनुसार ब्यक्ति वा संस्थालाई बिक्रिबितरण गर्ने गर्दछ । यसका अलावा समुदाय स्तरमा बिउ र नर्सरी तथा कृषिबन ब्यबस्थापन सम्बन्धी बिभिन्न तालिमहरु पनि संचालन गर्दै आएको छ । विश्वब्यापी जलवायु परिबर्तन सँगै वातावरणमा भएका बिभिन्न वानस्पतिक तथा जैबिक प्रजातिहरु संकटमा परेका छन् । जलवायु परिबर्तन गर्नमा खासै भुमिका नभए पनि नेपाल जलवायु परिबर्तनबाट हुने प्रभावको निकै जोखिममा छ । अझ आधुनिकिकरणको नाममा भित्रिएका बिभिन्न हाइब्रिड जातका बिउहरुको बढ्दो प्रयोग र जलवायु परिबर्तनले गर्दा नेपालका स्थानिय प्रजातिहरु (कृषि र बन) लोपहुने खतरा बढ्दो छ । यिनै स्थानिय जातका कृषि र वनस्पतिका प्रजातिहरुको संरक्षण गर्दै स्थानिय कृषकहरुको आयआर्जनमा समेत सुधार गर्नु न्याफ्सकोल कषिवन (NAFSCOL KRISHIBAN) को मुख्य उद्देश्य हो । यो संस्था २०६९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई संचालनमा रहेको छ । ब्यबसायमूलक र सेवामुलक रुपमा कार्य गर्दै आएको यो संस्थाको कार्यालय कोटेश्वर ३५ अमरावति मार्गमा रहेको छ ।


परिकल्पनाः

न्याफ्स्कोल कृषिवन बनस्पति, जडिबुटी, खाद्यान्न, फलफूल, तरकारी, तथा फूल प्रजातिको स्थानिय बिउको संरक्षणप्रति प्रतिबद्ध भई नेपालका सम्पुर्ण स्थानिय वानस्पतिक प्रजातिको बिउमा आत्मनिर्भर भएको समुदायको परिकल्पना गर्दछ ।


उद्देश्यः

  • स्थानिय प्रजातिको गुणस्तरीय बिउ उत्पादन र संकलन गर्ने
  • उत्पादन र संकलन भएको बिउ उचित भण्डारण गरी बजार ब्यबस्थापनमा सहयोग गर्ने ।
  • राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा बढ्दो बिउको मागलाई सम्भव भएसम्म पूर्ति गर्ने ।
  • कृषि र वनका माध्यामकाट स्थानिय कृषकहरुको आयआर्जनमा बृद्धि गर्ने ।
  • समुदायलाई स्थानिय प्रजातिका बिउहरुको संरक्षणको लागि उत्प्रेरित गर्ने ।

कार्यक्रमहरुः

  • गुणस्तरिय बिउ उत्पादनको लागि समुदायमा बिउ संकलन, प्रसोधन र भण्डारण सम्बन्धी तालिमको संचालन गर्ने ।
  • गुणस्तरिय मुल बिउ, माउरुख छनौट, बिउ बगैंचा, बिउ बगंैचा, बिउ उत्पादन, प्रशोधन, भण्डारण तथा स्याम्पलिङ सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने ।
  • सार्बजनिक तथा निजी जग्गामा भएका गुणस्तरीय माउ रुखहरु बिउ संकलनको लागि छनौट गर्ने ।
  • राष्ट्रिय तथा क्षेत्रिय स्तरमा बिउबिक्रि केन्द्र स्थापना गरी माग अनुसारका बिउ उपलब्ध गराउने ।
  • समुदाय स्तरमा कृषक समुह गठन गरी वातावरण छलफल कक्षा सञ्चालन, नर्सरी स्थापना, सुधारिएको चुलो, गोबरग्याँस निर्माण, कृषि औजार बितरण र बिउबिरुवा बितरण गरी किसानको आयआर्जनमा बृद्धि गर्ने ।
  • वातावरण संरक्षणका लागि कृषक समुहमार्फत सचेतिकरणका कार्यक्रम संचालन गर्ने ।

हाम्राे संस्थाकाे प्राेफाइल