977-01-5147003   info@nafscol.com
बडहर  (Artocarpus lakoocha)
Fodder / घाँस

बडहर (Artocarpus lakoocha)

NRS. 1500
In Stock

बडहरको वैज्ञानिक नाम आर्टोकार्पस लाकचा हो । यो चारैतर्m छत्र फैलिने खालको ठूलो पतझड रुख हो । यसको बोक्रा खैरो रङ्गको हुन्छ । बोक्रामा घाउ पर्दा, घाउ परेको ठाउँमा रातो रङ्ग हुनाका साथै दुधिलो तरल पदार्थ देखा पर्दछ । पातहरु एकान्तर रुपमा रहेका हुन्छन् । यिनीहरु १० देखि २५ सेन्टिमिटर लामा, टुप्पो चुच्चो परेका र छाला जस्तै चर्मसदृष ९ीभबतजभचथ० हुन्छन् । यसको पात राम्रो डाले घाँस मानिन्छ । यसमा १६ प्रतिशतसम्म प्रोटिन हुन्छ । पूmलहरु वैशाखमा फुल्छन् । फल ठूलो र मांसिलो हुन्छ । यसको फल खान योग्य हुन्छ । साउन–भदौताका फलहरु पाक्दछन् । यसको बीऊ मांसिलो हुन्छ र पातलो पत्रले ढाकिएको हुन्छ । बीऊ सङ्कलन ः समय ः असारको अन्तिम हप्तादेखि भदौको सुरु हप्तासम्म बीउ सङ्कलन गर्नु पर्दछ । तरिका ः सुन्तलाको जसतो हरियो, पहेंलो रङ्ग, देखापरेपछि फलहरुलाई टिप्नुपर्दछ । काँचो वा ज्यादा पाकेको फलबाट प्राप्त बीऊको बाँच्ने क्षमता कम हुन्छ । एउटा सिङ्गो रुखबाट ८० किलोसम्म फल उत्पादन हुन सक्छ भने यसबाट करिब ६ हजार गोटासम्म बीऊ प्राप्त गर्न सकिन्छ अर्थात् प्रति किलो फलमा ७५ वटासम्म बीऊहरु हुन्छन् । बीऊ निकाल्ने प्रकृया ः निकाल्ने तरिका ः छर्ने बेला नहोउञ्जेल गुदीबाट बीऊहरु निकाल्नु हुँदैन । बीऊलाई होशियारपूर्वक हातले झिकी सफासँग पखाल्नुपर्दछ । प्रतिकिलो बिउमा एक हजार नौसय देखि तीन हजार बीऊहरु हुन्छन् । सुकाउने तरिका ः बीऊलाई सुक्न दिन हुँदैन । भण्डारण ः बीऊको बाँच्ने क्षमता (जैविकत्व) धेरै छोटो अवधिको हुन्छ । यसलाई भिजेको बालुवासँग मिसाई केही समयका लागि खाल्डोमा राखी भण्डारण गर्न सकिन्छ । भण्डारण नगरिकन सिधै छर्नु सबैभन्दा राम्रो हुन्छ । नर्सरीमा हेरचाह ः असोजको सुरुदेखि कातिकसम्म र हिउँद महिनापछि वृक्षरोपण नगरुञ्जेल प्रत्यक महिना एकपटकका दरले जराको काँटछाँट गर्नुपर्दछ । बेर्ना दह्रो हुने हुनाले घामपानीबाट जोगाउन राखिएको सिँयाललाई २÷३ हप्तापछि हटाउन सकिन्छ । तर, तुषारोबाट भने बचाउनुपर्दछ । बेर्नाहरुलाई फागुन चैतताका बेर्नाहरुको पक्तिबीच ५ देखि १० सेन्टिमिटर ठाउँ रहने गरी मिलाउनु पर्दछ । यस्तै कोतरेर खाने जन्तुहरु (Rodents) बाट पनि यसलाई जोगाउनुपर्दछ । उपयोग ः बडहरको फल खान हुन्छ । यसलाई अचार बनाई खाइन्छ भने पूmलको टुप्पोको भाग पनि अचारकै लागि प्रयोग गरिन्छ । बाँदरहरु बडहरुलाई साह्रै रुचाउँछन् । डाले घाँसको रुपमा भन्ने हो भने बडहर अत्यन्तै राम्रो डालेघाँस हो । पातहरुमा १६ प्रतिशतसम्म प्रोटिन हुन्छ र एउटा सिङ्गो रुखबाट मात्र पनि प्रतिवर्ष ६० देखि दुई सय किलो ताजा डालेघाँस उत्पादन गर्न सकिन्छ । यसको काठ फर्निचर र भवन निर्माणका लागि बहुमूल्य मानिन्छ । यसको बीऊ पखाला नियन्त्रणका लागि पनि प्रयोग गर्न सकिन्छ भने बोक्राको धूलो घाउलाई सड्न, पाक्नबाट बचाउन प्रयोग गरिन्छ । यस्तै घाउबाट पिप निकाल्नमा यसको प्रयोग गरिन्छ ।