977-01-5147003   info@nafscol.com
बाँझ (Quercus leucotricophora/ Quercus inc
Fodder / घाँस

बाँझ (Quercus leucotricophora/ Quercus inc

Not Available
In Stock

बाँझको वैज्ञानिक नाम क्यूरकस ल्यूकोट्राइको फोरा हो । यो मध्यमदेखि ठूलो हुने खालको पतझड रुख हो । यसको बोक्रा गाढा खैरो रङ्गको हुन्छ । बोक्रा खस्रो र चर्केको हुन्छ । हाँङ्गाबिङ्गाहरु बटारिएका हुन्छन् । यसको कलिलो काण्ड बाक्लो सेतो रङ्गको भूत्लाले ढाकिएको हुन्छ । पातहरु करौतीजस्तो दाँते किनारा भएको र चर्म सदृश (छालाजस्तै) हुन्छन् । पातको माथिल्लो भाग गाढा चम्किलो हरियो रङ्गको हुन्छ भने यसको तल्लो सतह बाक्लो सेतो उनजस्तो भूत्लाले ढाकिएको हुन्छ । बाँझ को भाले र पोथी पूmलहरु हुन्छन् र नयाँ पलाएका काण्डहरुमा रहन्छन् । यसको फल मांसिलो सुपारी वा कटुस (साह्रो गेडा) को रुपमा रहन्छ । फलको आधा हिस्सा कत्लाजस्तै देखिने प्यालाबाट झुण्डिइएको हुन्छ । बीऊहरु ९ब्अयचल० कातिकदेखि पुससम्ममा पाक्छन् । प्रत्येक तीन वर्षको अन्तरालमा एकपल्ट राम्रो बीऊ वर्ष हुन्छ । बीऊ सङ्कलन ः समयः मंसिरदेखि चैतसम्म बीऊ सङ्कलन गर्नु पर्दछ । तरिका ः पाकेर जमिनमा झरेका तथा रुखलाई नै हल्लाएर खसेका बीऊ (Acorn) लाई सङ्कलन गर्नु पर्दछ । बीऊ निकाल्ने प्रकृया ः निकाल्ने तरिका ः हातैले प्यालाबाट बीऊ झिक्नु पर्दछ । प्रति किलोग्राममा पाँच सय देखि आठ सय वटा बीऊहरु हुन्छन् । भण्डारण ः बीऊको जैविकत्व (बाँँच्ने क्षमता) थोरै अवधिको मात्रै हुने हुँदा सङ्कलन गरेको केही दिनपछि नै छर्नुपर्दछ । एकदेखि साढेएक मिटर गहिरो भएको खाल्डोेमा भिजेको बालुवासँग मिसाई राखिएमा बीऊलाई ४÷५ महिनासम्मको अवधीका लागि भण्डारण गर्न सकिन्छ । बीऊ छर्नु अगाडी बीऊको उपचार ः बीऊलाई खासै उपचारको आवश्यकता नरहे पनि उच्च उचाइको स्थानमा चिसो ओसिलो ब्याड वा खाल्टोमा तह–तह गरी छुट्याइएमा अंङ्कुरण छिटो–छिटो हुन्छ । शरद ऋतुमा छरेर हिउँदो (जाडो मौसम) मा ब्याडमा छाडिराख्नु सबैभन्दा सजिलो उपाय हो । बीऊ छर्ने ः हिउँदमा तह तह छट्याउने काम पछि फागुनदेखि चैतमा प्रति थैली एउटा बीऊका दरले ४”×७” (१० से. ×१७.५ से.) नापको पोलिथिन ब्यागमा छर्नु पर्दछ । माटोकोय सन्दर्भमा दुई भाग माटो, एक भाग बालुवा र एक भाग मलका दरले मिसाइएको माटो प्रयोग गर्नुपर्दछ । बीऊ छरिसकेपछि ब्याडलाई पातपतिङ्गर वा छहारीले छोप्नु पर्दछ । यसलाई कोतरेर खाने जन्तु (रोडेन्ट्स) बाट बचाउनु पर्दछ । साधारणतया अङ्कुरण प्रतिशत धेरै अर्थात् ६० देखि ८० प्रतिशतसम्म हुन्छ । पोलिथिन ब्यागको सट्टा ब्याडमा बीऊरोपण गर्ने हो भने पंक्ति–पंक्तिमा रोप्नु पर्दछ । यसका लागि पंक्ति–पंक्तिबीच पाँच सेन्टिमिटर र बीऊदेखि बीऊसम्म तीन सेन्टिमिटर फरक हुने गरी ब्याडमा बीऊ छर्नु पर्दछ । यसरी छरेको बीऊबाट अङ्कुरण भइसकेपछि पोलिथिन ब्यागमा सार्नु पर्दछ । उपयोग ः बाँझ मध्यमस्तरको असल खाले डाले घाँस हो । यसमा १० प्रतिशतसम्म प्रोटिन हुन्छ । सुख्खा मौसममा डाले घाँसका लागि यो महत्वपूर्ण स्रोतको रुपमा रहेको छ । पुसदेखि असारसम्म डाले घाँसका लागि पातहरु सङ्कलन गरिन्छन् । बाँझ दाउराका लागि अत्यधिक राम्रो मानिन्छ । यसबाट उच्च गुणस्तरीय गोल (चारकोल) प्राप्त हुन्छ । काठका लागि यो रुख राम्रो मानिदैन । कृषि औजारका लागि यसका काठ प्रयोग गरिन्छ । बाँझबाट खोटो निकाल्न सकिन्छ र यसलाई रुघा–खोकीजस्तो रोगको निदानमा औषधिको रुपमा प्रयोग गरिन्छ ।