977-01-5147003   info@nafscol.com
माैवा  (Bassia latifolia /  Madhuca lati
Timber / काठ

माैवा (Bassia latifolia / Madhuca lati

Not Available
In Stock

मौवाको वैज्ञानिक नाम वेसिया लायटिफोलिया हो । मौवा ठूलो खालको रुख हो । यसका ठूला–ठूला रुखहरु महोत्तरी, धनुषा, सिरहा तथा रौटहटमा पाइन्छन् । यो अत्यधिक प्रकाशको चाहना गर्ने रुख हो । यसले तुषारोलाई खप्न सक्तछ । यो गहिरो ि तथा मलिलो माटोमा राम्ररी हुर्कने भए पनि सुख्खा चट्टानयुक्त क्षेत्र एवं बलौटे माटोमा पनि हुर्कन सक्तछ । यसले खडेरीलाई सहन गर्न सक्तछ । यसको बोक्रा कैलो खैरो रङ्गको हुन्छ । बोक्रामा घाउ वा चोट पु¥याइँदा यसको रङ्ग रातो वा गाढा रातो हुन जान्छ र यस बाट सेतो च्याप च्यापे पदार्थ (Milky latex) बहन्छ । पातहरु हाँङ्गाको टुप्पोतिर झुप्पामा रहन्छन् । पूmलहरु हाँङ्गाको पुछारमा बाक्लो झुप्पामा रही चैत वैशाखमा फुल्दछन् । पूmलहरु मांशिलो हुन्छ र क्रीम रङ्गको हुन्छ । फलहरु जेठ–असारताका फल्दछन् । उपयुक्त विस्तार (बढाउने) कार्य ः मौवाको बिस्तारर कार्य बीऊको प्रत्यक्ष प्रशारण, बोट बेर्ना रोपण तथा ठूटो रोपणबाट गर्न सकिन्छ । बीऊ सङ्कलन ः जेठदेखि साउनसम्ममा बीऊ पाक्छ । अतः यिनै महिनामा बीऊ सङ्कलन गर्नु पर्दछ । प्रतिकेजीमा चार सय ५० वटासम्म बीऊहरु हुन्छन् । उपयोग ः मौवाको मांशिलो फुललाई काँचै वा पकाएर खान सकिन्छ । यसको फुललाई सुकाएर धुलो बनाई (पिठो) केक पनि बनाइन्छ । यसको फलबाट अभिस्रवण प्रकृया (Distillation) गरी निर्माण गरिएको रक्सी (Spirit) लाई टनिक तथा भोक जागरण औषधी (Apetisar) को रुपमा प्रयोग गरिन्छ । यसको बीऊ खान हुन्छ । बीऊबाट तेल पनि उत्पादन गर्न सकिन्छ । यसरी निकालिएका तेललाई खाना पकाउन र बाल्नमा पनि प्रयोग गरिन्छ । यस्तै, तेललाई साबुन तथा ग्लिसिरिन उत्पादन गर्नमा समेत प्रयोग गरिन्छ । यसको काठ उच्चस्तरीय हुन्छ । काठलाई फर्निचर तथा निर्माण कार्यमा उपयोग गरिन्छ । ठाम, लठ्ठाजस्ता कामका लागि यसको काठ अति उत्तम हुन्छ भने झ्याल, ढोका, सिलिङ आदि निर्माणका लागि मौवाको काठ अत्यन्तै सुहाउँदो मानिन्छ । मौवाको पात जलाई प्राप्त भएको खरानी प्रयोग गरी बनाइएको मलहम आगोले पोलेकोको लागि औषधीको रुपमा प्रयोग गरिन्छ । बीऊबाट निकालिएको तेल, छालासम्बन्धी विभिन्न रोग निवारणका लागि उपयोगी हुन्छ । वाथ र टाउको दुख्ने पीडाका लागि पनि तेल फाइदाजनक हुन्छ । मौवाबाट बनाइएका मलहम, कब्जियत तथा अल्काई रोगको समनका लागि पनि उपयोगीमूलक हुन्छ ।