977-01-5147003   info@nafscol.com
चिउरी ( Aesandra butyracea )
Fruits / फलफुल

चिउरी ( Aesandra butyracea )

NRS. 1500
In Stock

यो ठूलो सदाबहार रुख हो । यसको छत्र बाक्लो तथा घना रुपले फैलिएको हुन्छ । हाँङ्गाको टुप्पोतिर पातहरु झुप्पामा रहन्छन् । यसको बोक्रा गाढा खैरो रङ्गको हुन्छ । पातको भित्री भागमा तरम भुवा (भुत्ला) रहन्छ र पात छालाजस्तै हुन्छ । पात १५ देखि २० सेन्टिमिटर लामो हुन्छ । अलगअलग झुकेका डाँठमा फिका पहेँलो रङ्गका फुलहरु फुल्दछन् । फुलहरु गुच्छामा फुल्दछन् । यसको फल माशिलो र अण्डाकार हुन्छ । यसको व्यास एक देखि दुई सेन्टिमिटरसम्म हुन्छ । फल पाक्दा पहेंलो रङ्गको हुन्छ । प्रति किलोमा एक सय वटासम्म फलहरु हुन्छन् । प्रत्यक फलमा एउटा मात्र बीऊ रहन्छ । बीऊ लाम्चो र पातलो बोक्राबाट ढाकिएको हुन्छ । उपयुक्त विस्तार (बढाउने) कार्य ः चिउरीका लागि उपयुक्त विस्तार कार्य बेर्नाहरुबाट हुन्छन् । वृद्धिदर ः सुरुका अवस्थामा मुख्यतया नर्सरीमा वृद्धिदर ढिला हुने भए पनि वनको खुल्ला वातावरणमा राम्ररी हुर्कन सक्छ । प्रतिवर्ष व्यासमा १.३ देखि १.७ सेन्टिमिटरसम्म वृद्धि हुन सक्छ । बीऊ सङ्गलन ः समयः बीऊ असारदेखि भदौसम्ममा सङ्कलन गर्नु पर्दछ । तरिका ः फल पहेंलो भएपछि सङ्कलन गरिन्छ । अक्सर गरेर फलहरु बजारमै पाइन्छन् तर सङ्कलनको लागि भने बीऊ ताजा र टिपेका २–३ दिन भित्रैको हुुनुपर्छ । बीऊ निकाल्ने प्रकृया ः निकाल्ने तरिका ः रोप्नुभन्दा अगाडि मात्र बीऊलाई फलको गुदीबाट निकाल्नुपर्दछ । फलको छेउमा डाँठनिर औंलाले थिच्नुपर्दछ । सुकाउने तरिका ः बीऊलाई सुक्न दिनु हुँदैन । भण्डारण ः बीऊको बाँच्ने क्षमता धेरै कम हुने हुँदा दुई दिभन्दा बढी भण्डारण गर्न सकिदैन । यसैले बीऊ सङ्कलनपश्चात् तत्कालै छर्नु राम्रो हुन्छ । बीऊ छर्नु अगाडी बीऊको उपचार ः बीऊबाट फलको गुदी सफा गर्नुबाहेक अन्य केहि गर्नु पर्दैन । बीऊ छर्ने ः असारदेखि भदौसम्ममा बीऊ छरिन्छ । नर्सरीमा हेरचाहः बीऊ छरेको छ हप्तापछि प्रत्यक व्यागमा एउटा मात्र राम्रो बेर्ना हुने गरी अर्को बेर्नालाई निकाल्नुपर्दछ । बेर्नालाई नर्सरीमा राख्नु पर्ने अवधि ः बेर्नालाई एक हजार मिटरभन्दा होचो स्थानमा एक वर्ष र एक हजार मिटरभन्दा अग्लो उचाई भएको स्थानमा दुई वर्षसम्म नर्सरीमा राख्नु पर्दछ । बृक्षरोपणको लागि बेर्नाको उचाई ः वृक्षरोपणको लागि बेर्नाको उचाइ २० देखि ४० सेन्टिमिटर अग्लो हुनुपर्दछ भने कोलार अर्थात् जरा र काण्ड छुटिने भागको व्यास (यहा के) काठको विवरण ः प्रति घन मिटरमा यसको तौल छ सय ४० देखि आठ सय ३० किलोग्रामसम्मको हुन्छ । दाउराको लागि यो रुख राम्रो मानिन्छ । उपयोग ः चिउरी मुख्यतया फलका लागि महत्वपूर्ण मानिन्छ । यसको फलमा प्रसस्त मात्रामा चिनी हुन्छ भने यसको बीऊबाट खाने तेल वा चिउरी घ्यु उत्पादन गरिन्छ ।