कृषिवन प्रणाली र अहिलेको अवस्था

 Aurthor : राम प्रसाद गौतम

कृषिवन भन्नाले एकै स्थानमा कृषि र वनको संयुक्त कार्य गर्नु भन्ने अर्थलाई बुझाउँछ । उपलब्ध स्रोत,साधन र सीपको अधिकतम् उपयोग गरी रुख बिरुवा,फलफुल,पशुपालन र खेतीपाती सँग–सँगै हुर्काएर दुईवा सो भन्दा बढी उत्पादन गर्नु नै कृषिवन प्रणालीको प्रमुख विशेषता हो । हाम्रा बाबु बाजेले गरेको घर बगैंचा बनाउने कार्य देखि लिएर खेतमा धान, मकै छर्ने डिलमा डालेघाँस रोप्ने र कान्लामा विभिन्न प्रकारका डालेघाँस भुइघाँसहरु रोप्ने फलफुल लगाउने आदि कार्य गरेको हामी सबैले देख्दै आएको कुराहो । कृषिवन प्रणाली हामीहरुले नै उपयोग, विकास र संरक्षण गरिरहेको पद्दती हो ।

यसको प्रवर्धनले ग्रामीण क्षेत्रको अर्थतन्त्रमा विशेष किसिमको योगदान पुगेकोदेखिन्छ। नेपालमा परापूर्वकालदेखि नै कृषिवन प्रणालीको प्रयोग भएको पाइन्छ । कृषिवन प्रणालीको नेपाल वा विश्वकोइतिहास हेर्ने हो भने विभिन्न मुलुकहरुमा यसको प्रयोग धेरै अगाडिदेखि गर्ने गरेको देखिन्छ ।

मध्य युगसम्म खोरिया खेती प्रचलनमा थियो । विभिन्न देशमा कृषिवन प्रणालीका विविध रुपहरुको स्थानीय आवश्यकता अनुसार इतिहासका कालखाण्डमा प्रचलित थियो । अहिले विश्वभर अनेक प्रकारका कृषिवन प्रणालीको उपयोग भइरहेको छ । कृषिवनको विकास तथा प्रवद्र्घनका लागि खाद्य र कृषि संगठन कृषिवनमा अनुसन्धानका केन्द्र जस्ता संस्थाहरुले अन्तराष्ट्रिय रुपमा कार्यहरु गर्दै आइरहेका छन्भने राष्ट्रिय रुपमा नेपाल कृषि अनुसन्धानपरिषद्,ले आ–आफ्नो स्थानबाट योगदान पु¥याइरहेका छन् । साधारणतया नेपालमा रहेका कृषिवन प्रणालीलाई खेतीमा आधारित कृषिवन र वनमा आधारित कृषिवन गरी दुई किसिमले विभाजन गर्न सकिन्छ । खेतीमा आधारित कृषिवन अन्तरगत घर बगैंचा, खेतबारी वरिपरि रुखबिरुवा बागबानी फलफुल लगाउने, पशुपालन कृषिवन मत्स्यपालन, बालीसँग अन्तरखेती आदि पर्दछन् भने वनमा आधारित कृषिवन अन्तरगत वन चरण,वनमा गैह्रकाष्ठ वन पैदावार, खोरिया आदि पर्दछन् । यसरी गरिएको कृषिवनमा नयाँ जातका जंगलीजनावर र चराचुरूङ्गी आगमन भएको हुने छ । भौगोलिक जटिलतासँग कृषिवन प्रणाली पनिहिमाल, पहाड र तराई क्षेत्र अनुसार विभिन्न किसिमको छ ।

नेपालको सन्दर्भमा कृषिवन प्रणाली बहुउपयोगी देखिएको छ । विस्तारले ग्रामीण क्षेत्रको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउने छ । कृषिवन प्रणालीको सिद्दान्त नै उत्पादनमा वृद्घि, खाद्य सुरक्षा, वातावरण संरक्षण र अन्तत जीविकोपार्जनमा सुधार गर्नु नै हो । कृषिवन प्रणालीको अवलम्बनले बालीमा विविधीकरण, माटोको उर्वरा शक्तिमा वृद्घि, जग्गाको अधिकतमउपयोग र भूसंरक्षण हुन्छ । यसरी कृषिवनले एकातर्फ किसानहरुको उत्पादन बढाउनुका साथै आय आर्जनमा वृद्धी गर्दछ भने अर्कातर्फ जैविक विविधता संरक्षणमा समेत मद्दत पु¥याउँछ । विभिन्न प्रजातिका चरा, विरुवा, बालीदेखि लिएर अनेकौ प्राणीहरुका लागि कृषिवन प्रणाली एक उपयुक्त वासस्थान हो ।

कृषिवनले नेपाली समाजमा आर्थिक, सामाजिक र वातावरणीय फाइदाहरु पु¥याइरहेको छ । हाम्रो गाउँघरमा कृषिवनको प्रयोगले खाद्यवस्तु देखी लिएर काठ, दाउरा र घाँसको उत्पादन भइरहेको छ भने अर्कातर्फ यसले एकल खेतीमा किरा÷रोगबाट सम्पुर्ण खेतीको क्षती हुने संभावनाहरुलाई न्युनीकरण

गरेको छ । हाम्रो गाउँबस्तिमा कृषिवनले एकातर्फ खाद्य सुरक्षा बढाउन मद्दत पुगेको छ भने अर्कातर्फ कृषकको जीवनस्तर उकास्न टेवा पुगेको छ । वातावरण संरक्षणमा पनि कृषिवनको अतुलनीय योगदान देखिन्छ । रुखबिरुवा घर छेउछाउँ रोप्नाले वायुमण्डलको अक्सिजनमा वृद्घि हुनुका साथै प्राकृतिक प्रकोपमा समेत कम जोखिम रहेको हुन्छ । बोट विरुवाको जराले माटोलाई समाइराख्नाले भूक्षयको रोकथाममा मद्दत पुगेको छ । अहिले जलवायुपरिवर्तनका नकरात्मक प्रभाव देखी रहेको अवस्थामा कृषिवनले जलवायु परिवर्तन अनुकूलन रन्युनीकरणमा समेत विशेष भूमिका खेलेको छ । अनुकूलन अर्थात् परिवर्तित वातावरणमा लागि कृषिवनले ग्रामीण जनतामा आधारभूत आवश्यकता खाद्यान्न, काठ, दाउरा, डाले घाँस, भुई घाँस आदिको पहुँच बढाई जलवायु परिवर्तन अनुकूलनमा मद्दत पु¥याने छ । यसैगरी बोट विरुवा संरक्षण र प्रवद्र्घनले वायुमण्डलको कार्वन संचिति गरी जलवायु परिवर्तनलाई न्युनीकरणमा समेत सहयोग हुने छ । नेपालमा हाल कृषिवनले अहिलेको वर्तमान र भविष्यमा चाहिनेआवश्यकताहरु जस्तै काठ, दाउरा, डाले घाँस, भु्ईघाँस, फलफुल,हिरयो बार, जडिबुटी,अन्नबाली,तरकारी बाली पशुपालन महुरी,माछा लगाएतका एकै जग्गा उत्पादन गरि कृषकके दैनिकआवश्यक पुरा गर्नुपर्ने हुन्छ ।

कृषिवन प्रणाली किसानहरुलाई बहुउपयोगी भएपनि यसका आफ्नै चुनौतिहरु छन् । कृषिवन प्रणालीका कार्यहरु गर्न अलि बढी श्रम, दक्षता, आर्थिक स्रोत र अनुभव चाहिने भएकाले कृषकहरुलाई एकल खेतीभन्दा अलि झन्झटिलो हुन सक्दछ । यसैगरी रुख र बाली बिच प्रतिस्पर्धा हुन सक्ने संभावना पनि हुन सक्छ जसका कारण उत्पादनमा पनि कहिले काँही असर पर्न सक्छ । कृषिवन प्रणालीका यी चुनौतिहरुको सामना गर्न किसानहरुले उपर्युक्त प्रजाति छनौटमा विशेष ध्यान पु¥याउनु पर्दछ भने कृषिवनको कार्यको लागि बढी श्रम गर्नु पर्दछ । यसरी कृषिवन प्रणालीको सुधारमा महत्वपूर्ण योगदान पुग्न सक्ने छ । कृषिवनको विकासका लागि सबैले जोड दिनु पर्ने आवश्यकता छ । मैले सिन्धुपाल्चोकको इन्द्रवती १० बडहरे थुम्कामा बीउबिरुवा श्रोत केन्द्रको रुपमा केही काम गरेको छु ।त्यस्को नक्सा तयरी गरेको छु सो नक्सा यसै लेखको साथ समाबेस गरेको छु ।

Leave a comment