बाख्रापालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हुँदा पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० २१ लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । त्यस कारण व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयत न्यून गर्न बाख्रा पालनको विभिन्न पक्षहरू जस्तै गोठ÷खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
बाख्रा पालन किन?
(१) बाख्रा मृत्युसँग लड्न सक्ने क्षमता बोकेको प्रहाणी हो । यो दाना पानीका कमी, अत्याधिक गमी खप्न सक्न भएकोले भएको यसलाई गरिबी निवारण गनमा एक अत्यन्त उपया योगी जनावरको रुपमा लिइएको छ । साथ साथै परिवर्तित जलवायु, मौसम तथा तापक्रम र पहाडी भमिमा पनि बाख्रापालन गन सकिन भएकाल अरु पश भन्दा बाख्रालाई उच्च प्राथमिकतामा राखिएको हो ।
(२) बाख्राको प्रजनन जम्मा ५ महिनाको भएका,े वाली लगाउन जहिल पनि सकिने र यसले धरै जसा जुम्ल्याहा पाठा÷पाठी दिने भएकाले ।
(३) १ वटा गाइ भैसी पाल्नका लागी चाहिने ठाउँ र लगानीबाट ६ वटा सम्म बाख्रा पाल्न सकिने भएको ले बाख्रा पालनलाई गरिबको गाई पनि भनिन्छ ।
(४) वाख्रा जस्ता पनि घाँस खान भएको साथै यस्को गोवर, मलमत्र कृषि उत्पादन बढाउन फलदायी मल हुन्छ ।
(५) कम श्रमबाट उच्च प्रतिफल आउन र पालनको हामो अवस्थाः
क) औषत रुपमा गमिण स्तरका समूहसग पति व्यत्ति २–३ वटा बाख्रा्र भएको तर उन्नत जातको बो ले का नभएको हाडनाताको सम्वन्ध पर्न गई बाख्र वुद्धि रामोसग नभएका अवस्था छ ।
ख) दैनिक ६–८ घण्टा बाख्रालाइ चर्न दिए पनि उच्च पौष्टिक डाल घाँस, कम मात्रामा उपलव्ध नभएकाले वद्धि हन नसकका अवस्था छ ।
ग) बाख्रा ८–९ महिनामा वयस्क भई पहिलो पाठा÷पाठी १४–१५ महिनामा दिई सक्नु पर्ने हाम्रो वाख्रा पालन पविधिको कमिल गर्दा ।
घ) २ जातको वाख्रा (तराई बाख्रा र खरी बाख्रा) अत्यधिक रुपमा पाईए पनि उनीहरुको नस्ल जस्तो वद्धि र उत्पादन ु नभएको अवस्था छ ।
ङ) जुसं काका क्रमणबाट १ वर्षमा १ पाठा÷पाठीको शारिरिक तौलमा ४–५ कि लो कमि भएका तथ्याङ्क छ ।
च) बजार व्यवस्थापन राम्ररी व्यवस्थित नभएकाले किसानले खसी÷बाख्राका उच्चतम मूल्य नपाएको अवस्था छ ।
१) खोर÷गोठ व्यवस्थापन
बाख्रा लाई बस्नको लागी पानी नजम्ने ठाँउमा यथेष्ठ घाम तथा हावाको प्रवाह हुने गरी एउटा बाख्रालाई १ वर्ग मिटर को ठाँउ पुग्ने गरी , जमिनबाट १ मिटर उठाई १÷२”को दूरिमा काठ ठोकी टाँड बनाउनु पर्छ र घाँस राख्नको लागी टाट्नो ९जबथ चबअप० बनाउनु पर्छ ।
बाख्रा यस्तो प्राणी हो जस्ले आफुले कुल्चेको घाँस खाँदैन । दैनिक रुपमा गोठको सरसफाई गरीरहनु पर्छ । खोरको अगाडि यार्ड बनाउन सके राम्रो हुन्छ । हिउँद तथा वर्षातमा मौसम अनुसार तातो र चिसोबाट बचाउने व्यवस्था मिलाउनु पर्छ ।
क) आहारा व्यवस्थापन
बाख्राबाट अपेक्षित फाईदा लिन यिनिहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ । घाँसको साथै दैनिक २५० ग्राम दाना दिएर पाल्दा दैनिक ७०–८० ग्राम शारीरिक तौल वृदि भएको अनुसन्धानले देखाएको छ । पाठापाठीको राम्ररि हेरचाह गरी पाल्दा ९ महिनाको उमेरमा २० के.जि सम्मशारिरक तौल हुन्छ ।
बाख्रालाई शारीरिक तौलको ३–५५ सुख्खा पदार्थको आधारमा घाँस उपलब्ध गराउनु पर्छ । दैनिक ४–६ घण्टा चराएर पाल्दा राम्रो उत्पादन लिन सकिन्छ ।
२) प्रजनन व्यवस्थापनः–
बाख्राहरू वर्षमा २ पटक व्याउने तथा वाली लाग्ने गर्दछन्, खासगरी अश्विन÷कार्तिक, फागुन÷चैत्र यिनिहरूको व्रिडिङ सिजन हो । यस समयमा बाख्रालाई विषेश किसिमको हेरचाह चाहिन्छ । यथेष्ठ सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरू जुनसुकै महिना वाली लाग्ने गर्दछन् । व्याडको बोकालाई प्रसस्त सन्तुलित आहार दिनुपर्ने हुन्छ, त्यसो गर्दा बोकाहरुमा शुक्रकिट उत्पादन उच्च उत्सर्गमा पुग्ने हुँदा जुम्ल्याह जन्मन सक्ने सम्भावना बढि हुन्छ । प्रजनन गराउँदा शारीरिक अवस्था राम्रो भएको छनोट गरी नजिकको नातामा प्रजनन गराउनु हुँदैन । यस्तो भएमा जातिय उत्पादन क्षमतामा ह्रास आउने हुन्छ । बथानका बोका मिसाँउदा एक बोकाको लागी ४० वटा सम्म बाख्रा मात्र राख्नु पर्छ । एक वर्षको बोका भएपछि मात्र बाली लगाउनु राम्रो हुन्छ ।
नवजात पाठापाठीलाई ३÷४ पटक दैनिक बिगौति दुध खुवाउने व्यवस्था मिलाउनु पर्छ । करिब ७÷८ बेत ब्याईसकेपछि माउ बाख्राहरूलाई हटाउनु राम्रो हुन्छ । बथानमा प्रजनन्को बोका बाहेक अन्यलाई खसी पारिदिनु पर्छ । प्रजनन्को लागि बोका बाख्रा छनौट गर्दा राम्रो शारीरिक अवस्था भएको जुम्ल्याहा जन्मेको मध्यबाट छनौट गर्नु पर्दछ
३) स्वास्थ्य व्यवस्थापन–
बाख्राहरूलाई बाहय तथा आन्तरिक परजिवीले निकै प्रभाव पार्ने हुन्छ । वर्षमा ४ महिनाको फरकमा बाहय तथा आन्तरिक परजिवी विरुद्घ डिपिङ्ग तथा डेन्चिङ गराउनु पदर्छ ।
डिपिङ्गको लागी ०.२५–०.५५ को बजारमा पाईने मालाथिएन, साइपरमेथ्रिनको झोलले सम्पूर्ण शरीर नुहाईदिने वा डिपिङ्ग टयाङ्कीमा डुबाईदिने ।
त्यसै गरी आन्तिरिक परजिविको लागी अलबेन्डाजोल, फेन्बेन्डाजोल ५–७.५ एम.जि.÷प्रति के.जि. शारीरिक तौलको हिसाबमा खुवाउने वा आईभरमेक्टिन सुई १ एम एल÷प्रति ३० के.जि शारीरिक तौलको हिसाबले छालामुनि लगाउँदा आन्तिरीक तथा बाहय दुवै परजिवीमा प्रभावकारी पाईएको छ । अन्य संक्रामक रोग पिपिआर, एचएस, खोरेत, इन्टरोटोक्सेमिया आदि विरुद्घको खोप नियमित रुपमा लगाउनु पर्छ । यसरी बाख्रालाई स्वस्थ राखी अधिकतम फाईदा लिन सकिन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि