कुनै पनि उत्कृष्ट जातको पूर्ण क्षमता हासिल गर्नका लागि त्यसको आनुवंशिक शुद्धता र अन्य गुणस्तरीय विशेषताहरू अति महत्त्वपूर्ण रहेका हुन्छन् । तसर्थ बीउ उत्पादन अवधिमा आनुवंशिक शुद्धता र अन्य बीउका गुणस्तरहरू कायम गर्न निकै ध्यान पुयाउनु आवश्यक छ । बीउ उत्पादनमा प्रभाव पार्ने विभिन्न कारक तत्त्वहरू तल उल्लेख गरिएको छ।
१. आनुवंशिक सिद्धान्तहरू (Genetic principles)
२. बाली विज्ञानगत सिद्धान्तहरू (Agronomic principl
१. आनुवंशिक सिद्धान्तहरू (Genetic principles)
बीउ उत्पादनको चक्रमा धेरै कारणले गर्दा कुनै पनि जातको आनुवंशिक शुद्धता ह्रास हुँदै गएको हुन्छ । कुनै बाली जातको आनुवंशिक स्तर ह्रास हुनुका प्रमुख कारणहरू निम्नअनुसार छन्
- बोटबिरुवा विकासका क्रममा देखिने विविधता (Developmental variation)
- यान्त्रिक मिसावट (Mechanical mixtures)
- प्राकृतिक समागम (Natural crossing)
- निश्चित रोगको प्रभाव (Selective influence of diseases)
१.२ विकसित विविधता (Developmental variation)
बीउ बालीका जातहरूको आफ्नै खेती गरिने क्षेत्रहरू तोकिएका हुन्छन् । तसर्थ खेती गर्ने स्थलगत विकसित विविधतता/परिवर्तनको न्यूनीकरणका लागि बीउ बालीको जातअनुरूप अनुकूल क्षेत्रमा नै खेती गरिनुपर्छ। तर कुनै बीउ बाली धेरै पुस्तासम्म त्यसको प्राकृतिक क्षेत्रभन्दा फरक कृषि पर्यावरणीय अवस्थामा खेती गरिएमा त्यस जातमा यस किसिमको विकसित विविधता देखिन्छ । त्यस्ता सम्भावनाहरूलाई न्यूनीकरण गर्नका लागि अनुकूल क्षेत्रमा खेती गरिने मौसममा ती जातहरू लगाउनुपर्छ।
१.३ यान्त्रिक मिसावट (Mechanical mixtures)
बीउ छर्ने, बाली काट्ने, चुट्ने, प्रशोधन गर्ने र प्याकेजिङ गर्ने जस्ता कार्यको समयमा बीउमा यान्त्रिक मिसावट हुन सक्छ । उदाहरणका लागि सिड ड्रिल (seed drill) यदि राम्रोसँग सफा नगरी एकभन्दा बढी जातहरू रोप्न प्रयोग गरेमा वा फरक जातहरूको आपसमा नजिक खेती गरेमा यान्त्रिक मिसावट हुन सक्छ । प्रायजसो जोडिएको जग्गामा खेती गरिएका दुई जातहरू कटानी र चुटानीको समयमा मिसिन सक्छन् । चुटानी र प्रशोधन गर्ने उपकरणहरू प्रायः अन्य जातको बीउबाट दूषित भएका हुन सक्छन् । ती उपकरणहरू राम्ररी सफा गरी बीउ बाली मिसावट हुनबाट बचाउनुपर्छ । त्यस्तै कहिलेकाहीँ बोरा तथा बीउ सञ्चय गर्ने भाँडाहरूको कारणबाट पनि यान्त्रिक मिसावट हुन सक्छ, साथै बोराको गलत तवरबाट प्रयोग गरिनाले पनि मिसावट गराउँछ ।
बीउ उत्पादन गरिएको क्षेत्रमा स्वतः उम्रेका बिरुवा (volunteer plants) पनि बाली कटानीको समयमा सँगै कटानी भई मिसिन सक्छन् । यान्त्रिक मिसावट हटाउनका लागि बीउ उत्पादन गरिएको क्षेत्रमा रोगिङ (बेजातका बोट, रोग र कीराबाट ग्रसित बोट, सामान्यभन्दा अग्लाहोचा बोट हटाउने कार्य) गर्नुपर्छ र बाली कटानी, चुटानी, सुकाउने र चलाउने क्रममा निकै ध्यान दिनुपर्छ ।
१.४ प्राकृतिक समागम ( Natural crossing)
लैङ्गिक प्रजनन तरिकाबाट प्रसारण हुने बालीहरूमा प्राकृतिक समागम जातीय ह्रास ल्याउने एउटा महत्त्वपूर्ण स्रोत हो । प्राकृतिक समागमको कारणले गर्दा कुनै पनि जातमा तल उल्लिखित ३ तरिकाबाट जातीय ह्रास आउँछ
- अवाञ्छित जातसँग प्राकृतिक समागम भएर
- रोगी बिरुवासँग प्राकृतिक समागम भएर
- बेजातका बिरुवासँग प्राकृतिक समागम भएर
बीउ उत्पादन गरिएको क्षेत्रमा प्राकृतिक समागमको कारणले आनुवंशिक दूषितता आउनुमा निम्नलिखित कारक तत्त्वहरू छन्-
- प्रजातिहरूको प्रजनन प्रणाली
- पृथक्ता दूरी ( स्थलगत वा समय फरक पारेर)
- सेचन गर्ने प्रक्रिया (स्वयम् सेचन वा परसेचन)
- फरकफरक जातहरूको बीउ उत्पादन गर्दा खेतहरू बीच पृथक्ता दूरी कायम गर्न सकिएमा बीउ बालीमा आनुवंशिक शुद्धता कायम रहन्छ ।
- पृथक्ता दूरी बढ्दै गएमा बीउ दूषित हुने सम्भावना पनि घट्दै जान्छ।
- हावा वा कीराबाट परसेचित हुने बालीबिरुवाको बीउ उत्पादन गर्दा उक्त बीउ बालीको जातीय शुद्धता कायम गर्न पृथक्ता दूरी कायम राख्नु आवश्यक छ।
१.५ रोगको प्रभाव
प्रायजसो बालीका जातहरू विशेष सूक्ष्म जीवाणुबाट लक्षित हुन्छन् । जातीय विकासको समयमा प्रजातिहरू ब्याक्टेरिया, भाइरस तथा ढुसी अवरोधक सहन सक्ने वा संवेदनशील के हुन् सो पहिचान गरिन्छ । यद्यपि बालीका जातहरू प्रायजसो रोग निम्त्याउने नयाँ प्रजातिका जीवाणुहरूसँग संवेदनशील भएको पाइन्छ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि