नेपाल जस्तो विकासोन्मुख राष्ट्र, जहाँ दुइतिहाइ जनसंख्या कृषिमा आश्रित भइ देशको अर्थतन्त्रमा करिब एकतिहाई योगदान दिन्छन्, रोजगारीको अभावमा ठूलो संख्यामा युवाहरु बैदेशिक रोजगारीमा छन्, मध्यपहाडी ग्रामीण क्षेत्रमा जनशक्तिको अभावमा खेतीयोग्य जग्गा बाझो रहेको छ, भने शहरी क्षेत्रमा जनसंख्याको चाप वृद्धि हुँदै गएको र आवश्यकता पूरा गर्न अत्यधिक मात्रामा आयातित वस्तुमा निर्भर रहनुपर्ने अवस्था छ । अहिले विदेशमा पनि अवस्था विकराल भैसकेको हँुदा रोजगारीको लागि भौतारिएका युवाहरुले आफ्नो जन्मभूमि फर्किन पर्ने हुनसक्छ । ठूला देशहरुमा पनि कृषि उपजको उत्पादन तथा वितरण अवरुद्ध हुँदा, आउने दिनमा अरबौ को उपज निर्यात गर्ने देशहरुले नै पनि आफ्नो देशलाई पुग्ने कृषि उपज उत्पादन गर्न पनि नसक्ने परिस्थिति सिर्जना हुनसक्छ, जसले गर्दा विभिन्न सामानहरु नेपालमा आयात हुन सम्भव नहुन सक्छ ।
कृषकको लागि आवश्यक कच्चा पदार्थ, मल, बीउ, विषादी, आधुनिक यन्त्रहरु आदि उत्पादन र आवश्यक स्थानमा समयमै उपलब्ध गराउन असम्भव हुने निश्चित देखिन्छ । यी समस्यालाई मध्यनजर गर्दा भोलिका दिनमा कोरोनाको संक्रमणले भन्दा बढी भोकमारीको मारले संसारमा धेरै जनको क्षति नहोला भन्ने कुरामा दुइमत छैन । गुणस्तरीय मानव जीवनयापनका लागि अत्यावश्यक पोषणयुक्त खाद्यान्नको आवश्यकता अनुसार उपलब्धता, पहुँच, उपभोग र त्यसको स्थिरता निरन्तर भएमा मात्र खाद्य सुरक्षाको प्रत्याभूति हुन्छ । तर खाद्यान्नको पर्याप्तता हुदैमा खाद्य सुरक्षा भयो भन्न कत्ति पनि मिल्दैन किनकी त्यसको लागि त प्रत्येकको आर्थिक क्षमताले भ्याउनुका साथै त्यसको पोषण तत्व कायम राखेर स्वच्छ तरिकाले उपभोगको ज्ञान पनि आवश्यक हुन्छ । नेपाल भने कृषिप्रधान देश भई कन पनि मनसुनी बर्षामा आधारित निर्वाहमुखी कृषि प्रणालीले गर्दा जनसंख्याको करिब ४१% जनता दैनिक रुपमा चाहिने २२७९ क्यालोरीको लागि खाद्यान्न उपभोगबाट बन्चित रहनुपर्ने बाध्यता सर्वविदित नै छ । बाच्नका लागि सर्वप्रथम त खाने कुरा हुनुप¥यो, त्यसपछि बल्ल बास र कपास को कुरा आउँछ । त्यहि खाने कुरा को जोहो गर्ने प्रमुख क्षेत्र कृषि क्षेत्र, त्यसभित्र पनि बीउविजन बिना कुनै चिजको उत्पादन सम्भव नै छैन ।
बीउ आफ्नो वंशानुगत अस्तित्व कायम राख्ने एक जीवित वस्तु हो जुन कृषि उत्पादन वृद्धिका लागि अति आवश्यक आधारभूत पूर्वाधार भईकन आफ्नो जीवन संरक्षण गर्ने साधन पनि हो । “सबै बीउ अन्न वा दाना हुन सक्छ , तर सबै अन्न वा दाना बीउ हुन सक्दैन” यानकी कुनै पनि बालीको उत्पादनकोलागि उन्नत तथा गुणस्तरयुक्त बीउ एक आधारभूत साधन हो । साथैगुणस्तर बीउको प्रयोगबाट मात्रै उत्पादनमा १०–१५५ वृद्धि भएको र १०–३०५ बीउको दरमा कटौती गर्न सकिने प्रमाणित भैसकेको छ । किसानले चाहेको बेलामा गुणस्तरीय बीउ सहज रुपमा सुलभ मूल्यमा आवश्यक स्थानमा उपलब्ध गराउनु भनेको खाद्य सुरक्षाको सुनिश्चितताको लागि जग बसाल्नु हो ।
“अनिकालमा बीउ जोगाउनु, हुलहालमा जीउ जोगाउनु” भनेझैँ आउनसक्ने भोकमरीको सामना गर्न सर्वप्रथम त पुरानो जातका बीउको संरक्षण एवम सम्बद्र्धन गर्ने र नयाँ जातको विकास गर्नुपर्छ । जसको लागि स्थानीय स्तरमा उपलब्ध भएका रैथाने बालीका जातहरुबारे तथ्यांक संकलन गर्ने, बीउ मेलाको आयोजना गरी जम्मा भएका बीउलाई सामुदायिक बीउ तथा फिल्ड जिन बैंक स्थापना गरी राख्न सकियो भने कृषकलाई समयमै उचित बीउ उपलब्ध हुने र हाईब्रिड बीउमा रहने निर्भरता हटाउने, उन्नत जातको वर्णशंकर बिउको बढ्दो प्रयोगसँगै लोप हुने अवस्थामा पुगेका स्थानीय तथा रैथाने जातको संरक्षण हुनुका साथै स्थानीय हावापानीसँग सुहाउने, रोगकिरा सहन सक्ने, गुणस्तरीय, जलवायु परिवर्तन तथा प्रतिकूल मौसम अनुसारको नया जातका बीउ विकास गर्न सकिने हुन्छ । यसैगरी स्थानीय धर्म र संस्कृतिसँग सम्बन्धित तर लोपोन्मुख भएका जातहरुसहित ती जातबारे ज्ञान सीप र प्रविधिका विषयमा अभिलेखीकरणसहित संरक्षण गर्ने भएकाले भावि पुस्ताका लागि महत्वपूर्ण योगदान पुग्नेछ ।
विश्वका धेरै देशमा जस्तै हाम्रो देश नेपालमा सुरु भएर हालसम्म विभिन्न ठाउँमा करिब ११५ भन्दा बढी सामुदायिक बीउ बैंक स्थापना भएका त छन् तर ती बैंकमा सबै कृषकको समान पहुँच पुग्न सकेको छैन देशका विभिन्न ठाउँमा रैथाने बालीका तथा स्थानीय जातहरुको तथ्यांक पत्ता लगाई आवश्यक ठाउँमा सामुदायिक बीउ बैंकको स्थापना गरी कृषकको हितमा लागि परेको पाइएको छ यद्यपि कुनकुन संस्थाले कति कसरी संचालन गरेका छन् भन्ने कुराको चाहिँ सही तथ्यांक छैन । अब भने यस सम्बन्धी कामलाई एकीकृत र थप परिस्कृत बनाउँदै लगेर, सम्पूर्ण स्थानीय तहलाई जिम्मेवारी दिई प्रत्येक तहमा कम्तिमा एउटा सामुदायिक बीउ बैंक र सामुदायिक फिल्ड जिन बैंकको अवधारणा अगाडि बढाउँदै गएमा खाद्य सङ्कटको जोखिमलाई कम गर्न सकिन्छ कि ।
नेपालमा प्राचीन कालदेखि नै चल्दै आइरहेको अनौपचारिक बीउ शृंखला यानकी आफ्नै घरमा बीउ जम्मा गरेर राख्ने वा छिमेकी, नातागोतासँग बीउ साटासाट गर्ने परम्परा अहिले पनि पहाडका विभिन्न ठाउँमा चलिरहेको हुँदा यही नै चलनलाई थप व्यवस्थित गर्ने प्रयासका रुपमा सामुदायिक बीउ बैंकलाई लिन सकिन्छ । आफै संचय गरेको बीउ सधै प्रयोग गरिरहदा नेपालको बीउ प्रतिस्थापन दर एकदमै कम (धानमा ९% , मकैमा ७% र गहुमा ९%) रहेको हुदा उत्पादकत्व न्यून रहेको छ । जुन सैद्धान्तिक रुपमा स्वयमसेचित बालीमा २५% , परसेचितमा ३३% र हाईब्रिडमा १००% हुनुपर्ने हुन्छ । बीउ प्रतिस्थापन दर कम हुनाका कारणहरु समयमै किसानले चाहेको गुणस्तरीय बीउ सहज उपलब्ध नहुनु र नयाँ उन्नत र हाईब्रिड बीउको प्रयोग गर्दा फल नै नलाग्ने वा रोगकिरा बढी लाग्ने जोखिम मोल्नुपर्ने साथै उन्नत बीउ महँगो हुनु जस्ता समस्या देखिनु हुन् । नेपाली कृषकलाई बीउ प्रयोग, प्रतिस्थापन, उत्पादन प्रविधि सम्बन्धि जनचेतना जगाई क्षमता अभिवृद्धि गर्न, शुद्ध तथा गुणस्तरीय बीउको सहज उपलब्धता गराउन, कृषि उत्पादकत्व वृद्धि गर्न र खाद्य सुरक्षाको सुनिश्चितता गर्न सामुदायिक बीउ बैंक एक महत्वपुर्ण कोसेढुंगा सावित हुनेछ ।
हालसम्म नेपालमा कृषकका लागि बीउ प्राप्त गर्ने श्रोतले धान्न नसकेको अवस्था त छदै छ अझै अबको दिनमा प्रचुर मात्रामा बीउ उपलब्ध गर्न सक्ने स्थिति छैन नै किनकी बीउ अनुसन्धान तथा उत्पादन र वितरणको लागि आवश्यक सामग्रीको अभाव निश्चित छ । त्यसैले यसको विकल्पको रुपमा सामुदायिक बीउ बैंक स्थापना तथा संचालन गरेर, किसानलाई बीउ उत्पादनमा प्रेरित गरेर आफुले उत्पादन गरेका बीउसँग अरुले उत्पादन गरेका बीउको साटासाट गर्ने अथवा सुलभ दरमा स्थानीय वा किसानले रुचाएका जातको गुणस्तरीय बीउको सहज रुपमा उपलब्धता बढाएर, विभिन्न रैथाने पोषणयुक्त बालीहरु जस्तै कोदो, कागुनो, चिनो, फापर, जौ, उवा, लट्टे आदिले दैनिक खानुपर्ने भातलाई प्रतिस्थापन गर्न सकियो भने भविष्यमा आउन सक्ने खाद्य संकटबाट केही न केही त राहत पक्कै पाउन सकिन्छ । हाल नेपाल सरकारले जनतालाई खाद्यान्नको राहत नाममा आयात गरिएका कमसल वस्तु दिनुभन्दा प्रत्येक स्थानीय तहमा दक्ष प्राविधिकको सुनियोजित व्यवस्थापन गरी त्यस ठाउँमा कुन जात का बाली बढी उत्पादन दिने खालका छन्, कुन चाहिँ बढी रुचाईन्छ, कुन बालीको बीउहरु कति मात्रामा स्थानीय स्तरमै उपलब्ध छन्, कुनको बीउ कति मात्रा बहिरबाट ल्याउनुपर्ने हुन्छ, कस्ता कस्ता रैथाने बालीहरुले कतिसम्म उत्पादन दिन सक्छन् र कति जातहरु लोप हुने स्थितिमा पुगेका छन् भन्ने तथ्यांक संकलन गरी भविष्यमा बीउको सहज उपलब्धता होस् भन्नको लागि जनचेतना जगाउँदै, सामुदायिक बीउ बैंक स्थापनामा अनुदानको व्यवस्था गर्न सकेमा किसानले समयमै आवश्यक स्थानमा आफूलाई चाहिने बीउ सस्तो र सुलभ दरमा सहज रुपमा पाउन सक्नुका साथै लोप हुने अवस्थामा पुगेका स्थानीय तथा रैथाने जातको संरक्षण गरी, गुम्ने स्थितिमा पुगेको किसानको खाद्य सम्प्रभुताको बचावट गर्न सकिनुका साथै उत्पादन पनि बढ्ने देखिन्छ । नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा परम्परादेखि नै खेती गरिदै आएका आलु, मकै, सिमि , फापर. गहु, जौ, उवा, चिनो, कागुनो, लट्टे, कोदो आदि त्यसैगरी तराइमा लगाइने रैथाने धान, तरकारी, गहुँ, रहर, आलस आदिका जातहरुबाट बनाइने परम्परागत खाद्य परिकारहरुमा स्वाद कम हुने भए तापनि पौष्टिक तत्वका साथै औषधीय गुणमा पनि धनि हुन्छन । यसका साथै यिनीहरु चिसो तथा सुक्खा सहने, रोगकिरा कम लाग्ने, रुखो तथा पाखो जमिनमा पनि बढी फल्ने र बजारभाउ पनि राम्रो पाइन्छ । यति धेरै फाइदा हुँदाहुँदै पनि यी बालीहरुको सरकारी निकायले अध्ययन अनुसन्धान र प्रबर्धनमा चासो नदिँदा, उपयुक्त खेती प्रविधि तथा ज्ञानको कमिले गर्दा यिनीहरुको शुद्ध र गुणस्तरीय बीउको उत्पादन र प्रवद्र्धन हुन सकेको छैन । तराई तथा धेरै मध्यपहाडी क्षेत्रमा कृषिमा आधुनिकीकरण संगै स्थानीय जातका बीउको प्रयोग नगरी उन्नत तथा वर्णशंकर जातका बीउको अत्यधिक प्रयोग भैरहँदा परम्परादेखि गरिदै आएका बालीका जातहरु हराउने स्थितिमा पुगेका छन् । तर यस महामारीले गर्दा यदि ती उन्नत बीउहरु उत्पादन तथा वितरण गर्न सकिएन भने त भोकमरी नै हुन्छ । अब पनि समयमै स्थानीय जातको निरन्तर संरक्षण र सम्वद्र्धन गर्नको लागि सामुदायिक बीउ बैंक स्थापना गर्न कदम चालिएन भने कृषकहरुले पहिले आपूmले खेती गरेका स्थानीय जातहरुको कथा भनेर अथवा सुनेर चित्त बुझाउने दिन आउन सक्छ ।
विगतका केही दशकयता नेपालमा भइरहेको हाईब्रिड बीउको बढ्दो प्रयोगसङ्गै केही बालीको उत्पादन ह्वात्तै बढेको देखिन्छ तर ती बालीमा नया रोगकिरा को संक्रमण बढी देखिने, कुनैमा त फल नै नलाग्ने चुनौति, स्थानीय हावापानीमा नभिज्ने, धेरै मात्रामा रासायनिक मल आवश्यकता पर्ने, अर्कोवर्ष फेरि नयाँ बीउ किन्नुपर्ने, स्थानीय जातहरु लोप हुँदै जाने जस्ता विविध समस्या नदेखिएका पनि होइनन् । नेपाली किसानहरु भने हाईब्रिड बीउहरुबाट उत्पादित बीउको स्थानीयमा जस्तो उमारशक्ति कायम नहुने हुँदा प्रतिवर्ष नयाँ हाईब्रिड बीउको लागि भारतबाट आयातित बीउमा परनिर्भर रहने गरेकोमा यस बेला, कोरोना भाइरसको महामारीले गर्दा गर्नुपरेको लकडाउनले समयमै बीउको आयात, ढुवानी सहज हुनु असम्भव देखिन्छ । यदि बीउ उपलब्ध भएपनि किसानले महँगो मूल्य तिरेर किन्नुपर्ने हुनसक्छ । नेपालको धेरैजसो तराईका तथा पहाडका व्यवसायिक कृषकले स्थानीय बीउमाथि आफ्नो स्वामित्व गुमाइसकेका छन् । यी यावत समस्यालाई मध्यनजर गर्दै सरकारी, गैरसरकारी तथा अन्य निकायहरुले देशभरी नै स्थानीय रैथाने जातका र देशमै विकास गरिएका उन्नत जातका बालीहरुको बीउको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । यसैगरी देशका विभिन्न ठाउँमा सामुदायिक बीउ बैंकको स्थापना र संचालन गरी यथावत परनिर्भरता कम गर्दै, बीउविजन आपूर्ति सहज बनाउनु, खाद्य सुरक्षामा टेवा पुर्यांउँदै जैविक महामारीको युद्धको सामना, दिगो कृषि क्रान्तिको लागि अपरिहार्य मनिन्छ ।
जेसुकै भएपनि मानिसको आधारभूत आवश्यकता गास, बास र कपासको जोहो गर्ने क्षेत्र भनेकै कृषि क्षेत्र, यस जैविक महामारीले डुबेको स्वास्थ्य क्षेत्र पछि बढी असर पर्ने क्षेत्र भएकाले, सर्वप्रथम त समयमै यसलाई दीर्घकालिन, मर्यादित, उत्पादनमुखी, नाफामुलक पेशाको रुपमा स्थापित गर्नको लागि प्रत्येक तह संघ, प्रदेश र स्थानीय तहले समय सान्दर्भिक नीति, नियम, युवालाई कृषिमा आकर्षित गर्ने खालका रणनीति, योजनाहरु तर्जुमा तथा कार्यान्वयन गरी कृषक र उपभोक्ता दुबैको हितको लागि खटिनुपर्ने बेला आएको छ । अब चाहिँ हामीले सैद्धान्तिक पक्षमा वकालत गरिराख्नु भन्दा भोली हुन सक्ने भोकमरीको समाधान पनि बेलैमा खोजिराख्नु जरुरी भैसकेको छ । भोकमरी किन जटिल बन्दै जानुको मुख्य कारण भनेको, यहाँको कृषि उपज यसै पनि हामीलाई अपर्याप्त छँदै छ, त्यसमाथि बाहिरबाट खाने मुख लाखौंको संख्यामा थपिने र खाद्यपदार्थ आउन रोकिन सक्ने सम्भावना अत्याधिक छ