वीउ संकलन गर्ने काम सकेपछि र भण्डार गर्नु भन्दा वा नर्सरीमा रोप्नु भन्दा अगाडी बीउहरुलाई कसरी बारे स्पष्ट पारिएको छ । प्राकृतिक रुपमा संकलित फल वा वीउहरुलाई भण्डारण तथा सिधै छर्न योग्य बनाउने प्रक्रिया नै वीउ त्रशोधन हो अर्थात वीउ पाकेपछि वीउवाट अनावश्यक वस्तुहरु झिक्ने, खोक्रो वीउहरु छुट्याउने, वीउ सफा गर्ने, भण्डार गर्नको लागी वीउ ठीक पार्ने, कीरा नलाग्ने गरी उपचार गर्ने र टुसाउनमा सुधार गर्नको लागि गरिने उपचारहरुलाई जनाउंछ। यस कार्यले गर्दा धेरै समय सम्म भण्डार गर्न सकिने र भण्डार गर्नु पर्ने वीउको मात्रा पनि कम हुन्छ ।
२.१ प्रशोधन विधि
वीउहरु धेरै नै कलिलो, जिउँदो भ्रूण विरुवाहरु भएकोले यसलाई चलाउदा वडो होसियारी साथ चलाउनु पर्ने हुन्छ। बीउको प्रशोधन र उपचार सम्वन्धी सबै काम ठीक ठीक तरिकाले होसियारीपूर्वक गर्नु पर्छ अन्यथा ढुसी लागेर, वढी तातेर, बढी रसीलो भएर वा कीराले नोक्सान गरेर वा भौतिक रुपमा विग्रेर वीउ नष्ट हुन सक्छ । वीउ आफैमा पूर्ण फलको अवस्थामा रहने जस्तैः साल, टिक, लाँकुरी जस्ता प्रजातीका वीउहरुको हकमा फललाई फुटाई वीउहरु सजिलै हातले नै निकाल्न सकिन्छ। यद्यपी केहि रुख प्रजातीहरुको हकमा भने वीउ प्रशोधनका विविध उपाय तथा औजारहरुको (विभिन्न आकार प्रकारका चाल्नाहरु, वीउ सुकाउने किस्तीहरु, काठको फ्रेम तथा विविन्न साईजका तारका जालीहरु) आवश्यक पर्दछ । चलनचल्तीमा आएका प्रशोधन सम्वन्धि केहि विधिहरु तल उल्लेख गरिएको छ
क. आवरण भित्र रहने सुख्खा वा अर्ध सुख्खा फलको लागि
यस प्रकारका फलबाट वीउ निकाल्न सकिदैन । तसर्थ यस्ता फलहरुलाई वीउ ननिकाली भण्डारण गर्नु पर्दछ तथापी भुवा, डाठं, भुस तथा अन्य अनाबश्यक भागहरु निफनेर, चालेर, भांचेर वा पखालेर हटाउन सकिन्छ । वीउ संगै मिसिएर रहेका खोका वीउहरुलाई भने पानीमा डुवाएर छुट्याउन सकिन्छ । यस किसिमले प्रशोधन गरीने प्रजातीहरुमा सिसौ, लांकुरी, फंलाट, खस्रु, बांझ आदीलाई लिन सकिन्छ ।
ख. कोसा फुटेर वीउ निस्कने फलको लागि
यस समूहमा पर्ने प्रजातीहरुको फल वोटमै सुकेर वीउ वाहिर निस्किन्छन् । फल या कोसा वोटमै सुक्नु भन्दा पहिल्यै वीउ संकलन गरीहाल्नु पर्ने हुंदा वीउ प्रशोधनको पहिलो काम फलहरुलाई पहिले पुरा सुक्न दिएर कोसालाई फुट्न दिनु हो । यसको लागि फललाई किस्ती या नाड.गलोमा राखेर राम्रो संग घाममा सुक्न दिनु पर्दछ । किस्ती या नाड. ग्लोमा भएका फलहरुमा हावा राम्रो संग खेल्न पाओस् भन्नाका लागि ढुङगा वा अन्य कुनै चिजमा अड्यायर जमिन भन्दा माथि राख्नु पर्दछ । फलहरुको केहि भाग हरियो भएको अबस्थामा फुस्रो रंगको नहुनजेल छहारीमा र त्यसपछि घाममा सुकाउंदा कोसाहरु राम्रो संग फुट्ने गर्दछ । चिसोबाट वचाउन रातको समयमा फलहरुलाई केही सामाग्रीहरुले ढाकी ओतमा राख्नु पर्दछ । फल वा कोसा फुटे पछि झांटेर वा लठ्ठीले चुटेर वीउ निकाल्नु पर्दछ। राम्ररी सुकेका सवै फलहरु वोरा भित्र राखेर सावधानीपूर्वक लठ्ठीले चुटी वीउ निकाल्न सकिन्छ । वीउ निकाली सकेपछि वीउ संगै आउने हलुका वा गह्रौ विभिन्न प्रकारका धुलोमैलो तथा वन वीउ संकलन
फोहारहरु हटाउनु पर्दछ। यस विधिले वीउको प्रशोधन गरिने प्रजातीहरुमा सिरीष, खोटेसल्ला, टांकी, सिमल, उत्तिस, कांगियो फूल आदि पर्न आउंछन् ।
ग. कोया भएका गुदीदार फलहरुको लागि
केही प्रजातीका फलहरुमा वोकाले ढाकेको गुदी र गुदी भित्र एक वा एक भन्दा वढी वीउ भएको कडा खालको कोया हुन्छ। यस्तो प्रकारको वीउको सन्र्दभमा पुरै कोया नै भण्डार गरेर रोप्नु पर्दछ। फल संकलन गरेपछि अनिवार्य रुपमा गुदी हटाउनु पर्दछ अन्यथा गुदी नहटाई फलमै सुक्न गयो भने पछि वीउ उम्रनलाई ढिलो हुन जान्छ ।
गुदी हटाउनका लागि कुनै पानी भएको भांडोमा फललाई राखेर २-३ दिनसम्म भिज्न दिनु पर्दछ । यसो गर्दा पानी भने हरेक दिन फेर्नु पर्छ। यसरी पानीमा भिजाए पछि गुदी नरम हुन जान्छ जस्लाई वलीयो कपडाको झोलामा राखेर पानी भित्र राखेर बेस्सरी माड्नु पर्दछ। यसरी माड्दा खस्रो वालुवाको प्रयोग गरेमा गुदी निखार्न सजिलो हुन जान्छ । गुदी राम्रो संग छुट्टिन पुगे पछि फेरी सफा पानीमा डुवाएर चलाउंदा गुदी जति पानी माथि उत्रन्छ भने कोया जति पानीमै डुव्छ। यसरी उत्रेको गुदी फाल्दै नयां पानी हाल्दै गरेर कोया राम्रो संग सफा नभए सम्म यो प्रकृया दोहोऱ्यारहनु पर्दछ । राम्ररी भिजीसकेका फलहरुलाई कोया भन्दा केहि साना प्वाल भएको चाल्नोमा राखेर धारा वा खोलाको वगिरहेको पानीमा माडेर पनि गुदीलाई हटाउन सकिन्छ । तुरुन्तै
नरोपी भण्डार गर्नु पर्ने भएमा सफा गरीएको कोया जतिलाई एक दिनजसो छहारीमा राखेर २-३ दिन सम्म घाममा सुकाउनु पर्दछ। यसरी प्रशोधन गरिने प्रजातीहरुमा लप्सी, ओखर, नीम, पैंयू, वकाईनो आदिलाई लिन सकिन्छ।
घ. कोया नभएका गुदिदार फलहरुको लागि
केही प्रजातीका फलहरुमा एक देखि धेरै वटा सम्म मसिना वीउहरु हुन्छन्, जस्का गुदी नरम तथा कडा पनि हुन सक्दछ। यस्ता फलवाट वीउ निकाल्दा पनि कोया भएका फलहरुवाट निकाल्ने जस्तै भएता पनि वीउ निकाल्दा वीउमा क्षति नपुगोस् भन्नाका लागि सावधानी अपनाउनु पर्दछ। वीउलाई गुदीवाट छुट्याई सकेपछि पुन वीउलाई पानीमा राखि राम्ररी चलाएर पानीबाट निकाली आझेलमा सुकाएर भण्डारण गर्नु पर्ने भएमा २-३ दिन सम्म घाममा सुकाएर गर्न नसकिने बडहर, चिउरी, चांप जस्ता वीउहरु तुरुन्तै रोप्नु पर्दछ।
ङ. अन्य फलहरुभण्डार गर्न सकिन्छ ।
भण्डार केही फलहरु माथि उल्लेख गरिएको किसिमको मिश्रण हुन सक्छन् । सामान्यतः चाँप जस्ता वीउको फलहरुमा हुने गुदीदार कोषिका पातलो गुदीको पत्रले वेरिएको हुन्छ र त्यस्ता कोषिका खोलिए पछि भित्र वीउ देखिने हुन्छ । यस्तो फलहरु आफै खोलिन दिनु पर्छ र फल खोलिई सकेपछि वीउ हातले झिकी पानीले होसियारीपूर्वक धुनु पर्छ । वेरिएको पत्र चिल्लो भएमा लुगा धुने सावुन प्रयोग गरिएमा वीउ सफा गर्न मद्दत हुन्छ। यसपछि राम्ररी पखाल्नु पर्छ।
२.२ . वीउ प्रशोधन अघि फल भण्डारण गर्ने तरीका
रुखबाट वीउ संकलन गर्ने वित्तिकै सवै वीउहरु एकै चोटी प्रशोधन गर्न नसकिने हुन्छ भने केही यस्ता प्रजातीहरु हुन्छन् जस्को वीउ तुरुन्तै फलबाट निकाल्नु पर्ने हुन्छ अन्यथा त्यसको जैविकत्व नाश भएर जान्छ । यसमा प्राय रिक्याल्सीटेन्ट प्रकृतीका बीउहरु पर्न आउंछन् तर पनि संकलित वीउलाई उचित तरिकाले भण्डारण गर्न सकियो भने केही समय लम्व्याउन भने सकिन्छ । तसर्थ यहां प्रशोधन अघि फलहरुलाई कसरी सुक्षित भण्डारण गर्न सकिन्छ भन्ने कुराहरु उल्लेख गरीएको छ ।
क. भण्डार कार्य होशियारीपूर्वक गर्ने
रुखबाट फल संकलन गरिए पछि सबै फलहरु वीउ भिक्नको लागि ठीक नभए सम्म छोटो समयको लागि राम्ररी भण्डार गरी राख्नु पर्छ। सबै ताजा टिपिएका फलहरुबाट ताप र पानी निस्कन्छ जसले गर्दा फल भित्रको वीउ विग्रन सक्छ ।वीउलाई प्रशोधन अघि सुरक्षित राख्न सुख्खा, चिसो र राम्ररी हावा लाग्ने ठाउँमा राख्नु पर्छ।
ख. उपयुक्त भाँडाहरुको प्रयोग गर्ने
वीउ राख्नको लागि जुटको वोरा, डोको वा किस्ती उपयुक्त हुन्छ। वीउ एकैचोटी धेरै डुंगुर हुने गरी राख्नु हुँदैन। वीउ राख्ने भांडा भुईमा नछुने गरी तथा माटोबाट बचाई राख्नु पर्छ। यस वाहेक वीउलाई सेतो कमिला तथा मुसावाट समेत बचाउनु पर्ने हुन्छ ।
ग. फल सके सम्म थोरै दिन राख्ने
फलबाट सके सम्म छिटो वीउ भिक्नु पर्छ। खास गरी गुदी भएको फलहरूमा ढुसी पर्ने भएकोले यसवाट वीउसकेसम्म चाडो झिक्नु पर्छ। तर Abies जातका फलहरु रुखमा राम्ररी नपाकेको वेला टिपिएको भएमा यस्ता फलहरु वीउ राम्ररी पाक्न दिन केही दिन बढी भण्डार गर्नु पर्ने हुन्छ।
२.३ प्रशोधन लगत्तै गर्ने उपचार
क. वीउहरुमा रसिलोपना सुरक्षित गर्ने
फल वा वीउहरु सफा गरेको केही दिनपछि रोप्ने हो भने रसिलोपन नियन्त्रण सम्बन्धी कुनै काम नगरी भूईमा सुकाएर कपडाको थैलीमा राखे मात्र पुग्छ। सारांशमा अर्थोडक्स किसिमका बीउहरुलाई राम्ररी सुकाउनै पर्छ भने रिक्याल्सीट्यान्ट किसिमको वीउको हकमा रसिलोपना कायम राखी सकेसम्म चाडै प्रयोग रोप्नु पर्छ ।
ख. किटनाशक औषधीहरुको प्रयोग गर्ने
वीउको प्रकृती हेरी विभिन्न खाले किराहरुले वीउलाई खाई हानीनोक्सानी पुयाउने गरेको पाईन्छ। अतः कीरा हरुबाट सजिलै प्रभावित हुने प्रजातीहरुको वीउलाई प्रशोधन लगतै आवश्यकता र उपयुक्त किटनाशक औषधीहरुको प्रयोग गर्नु पर्ने हुन्छ। त्यसैगरी भण्डार गर्दा रसिलो राख्नु पर्ने क्याल्सीदेन्ट जातका बीउहरु दुसीबाट संक्रमित हुने भएकोले ढुसी नियन्त्रण गर्ने ढुसी नपर्ने औषधि राख्नु पर्दैन । औषधिको प्रयोग होसियार पूर्वक राख्नु पर्छ अन्यथा वीउने विषाक्त भई मर्न सक्छ। सुकाई भण्डार गर्ने खालका वीउहरुमा भने
२.४ अंकुरणमा सहायक उपचार विधि
अंकुरणको लागि आवश्यक सवै खाले वातावरण जस्तो रसिलोपन, गर्मी हावा र सुहाउंदो माटो तथा मनसुन जस्ता तत्वहरु उपलब्ध भए पनि केही प्रजातीहरुको लगाईएको वीउहरु लामो समय सम्म उम्रदैनन् । यस्तो हुनुको मुख्य कारण वीउमा आएको खराबी नभै वीउको सुशुप्ता अवस्थामा जाने प्रवृतीले भएकोले त्यस्ता प्रजातीहरुको छिटो अंकुरण गराउन विविध उपायले वीउको सुशुप्ता अबस्थालाई खल्वलाउनु पर्ने हुन्छ। त्यसै गरी केही प्रजातीहरुको वीउको बाहिरी आवरण ज्यादै वाक्लो (Hard coated seed) हुने भएकोले अंकुरणको लागि आवश्यक अक्सिजन तथा पानी उक्त बलियो र कडा खोलबाट छिर्न नसक्ने हुंदा छिटो अंकुरण गराउन वीउलाई रासायनिक तथा भौत्तिक रुपले चोट पुर्याई हावा तथा पानीको सहज निकासको वातावरण तयार गर्नु पर्ने हुन्छ जस्को फलस्वरुप छिटो अंकुरण गराउन सकिन्छ । तल केही त्यस्ता उपचार विधिहरुको उल्लेख गरीएको छ ।
क. घाउ पारेर उपचार गर्ने
वीउ अंकुरण हुनको लागि वीउ भित्र पानी तथा हावाको उपलब्धताको आवश्यकता रहन्छ । वीउ चाँडो रसिलो होस् भन्ने हेतुले वीउको वाहिरी वोक्रामा घाउ बनाएर वा सियोले प्वाल पारेर उपचार गरिन्छ । यस्तो घाउ वा प्वाल फलसँग टासिएको ठाउँ भन्दा अर्को दिशामा पार्नु पर्छ । वीउ फलसगं टांसिएको ठांउमा सानो घाउको जस्तो दागले छुट्याउन सकिन्छ । सामान्यतया यस ठाउँमा टुसाउने भ्रुण हुन्छ र यो भ्रुण कुनै पनि हालतमा विग्रन दिनु हुदैन । यो तरिका थोरै वीउमा मात्र बढी उपयुक्त हुन्छ ।
ख. तातो पानीले उपचार गर्ने
उम्लेको ४ भाग पानीमा एक भाग वीउ राखेर वीउलाई तातो पानीले उपचार गरिन्छ । तातो पानीले वीउलाई भिजाईएमा को वोक्राबाट पानी सजिलै भित्र छिर्न सक्छ । यस्तो तातो पानीमा निश्चित समय सम्म वीउ राखेर त्यसपछि २४ घण्टा सम्म बीउलाई चिसोपानीमा राखेर वीउलाई पानी सोस्न दिनु पर्छ । यस्तो तरिकाले उपचार गर्दा वीउ पाक्न वा मर्न नदिनको लागि होसियारीपूर्वक तोकिएको समयसम्म मात्र तातो वा चिसो पानीमा राख्नु पर्छ।
ग . खाक्सीले उपचार गर्ने
केही प्रजातीहरुका वीउहरुको वोक्रा ज्यादै कडा हुने हुंदा त्यस्ता वीउको वोक्रालाई खाक्सीले रगडेर फुटाउनु पर्छ। यसो गर्दा छेउमा खाक्सी भएको टिनहरुमा वीउ र वालुवा वरोवर राखी हल्लाउनु राम्रो हुन्छ । यसरी वीउ र वालुवा खसकेपछि वीउको खोल पातलो नभए सम्म वेसरी हल्लाउनु पर्छ।
घ रसायनले वीउहरु उपचार गर्ने
केही प्रजातीहरुका वीउ वा फलहरुमा टुसाउने ढिलो हुने किसिमको रसायन हुने भएकाले प्राकृतिक रुपमा वीउ टुसाउन ढिला हुन्छ। यस्ता रसायनलाई वीउबाट हटाउन वीउलाई लगातार पानीमा भिजाएर, वीउको खोल कुहाएर वा कहिले काही तताएर कल्ने गरीन्छ। यसरी रसायनको मात्रा निकाले पछि वीउ छिटो उम्रन पुग्दछ ।
ङ.पानीमा भिजाएर उपचार गर्ने
कोया भएको फलमा यो विधिबाट उपचार गरीन्छ । कोया भएको फलमा विभिन्न रसायनहरु हुने भएकोले वीउमा भएको सबै गुदीहरु एकदम सफा गर्नु पर्छ। यस्ता वीउलाई पानीमा भिजाउनाले रसायन सफा हुनुको साथै वीउमा रसिलोपन छिटो पस्ने हुन्छ। भिजाईएको पानीमा रसायन घुलेर रहने भएकोले हरेक २४ घण्टामा रसायनयुक्त पानी फेर्नु पर्छ । वीउ ढिला टुसाउने भएपनि नभए पनि हरेक किसिमको वीउलाई पानीमा भिजाउनाले वीउ चाँडो टुसाउने भई राम्रो हुन्छ ।
च. भिजाउंदै सुकाउंदै उपचार गर्ने
केही प्रजातीको वीउहरुलाई यस किसिमले उपचार गरीन्छ । यसरी उपचार गर्दा वीउमा भएका रसायन घट्नुको साथै बीउका वोक्रा वा कोयाबाट रसिलोपन वीउको भ्रुणसम्म चाँडो पस्ने भई छिटो अंकुरण हुन पुग्छ । यो विधि खास गरेर टिकको लागि एकदम उपयुक्त हुन्छ । वीउहरु टुसाउने लक्षण देखा पर्ना साथ वीउ सुकाउने बन्द गर्नु पर्छ।
छ. घाममा उपचार गर्ने
टिकलाई बढी तापमा सुकाउँदा बढी टुसाउने गरेको पाईएकोछ । यो प्रक्रिया अन्य प्रजातीहरुलाई पनि उपयुक्त हुन सक्दछ।
ज. चिसो र रसिलोपनको माध्यमले उपचार गर्ने
केही प्रजातीका वीउहरुमा अपरिपक्क भ्रुण हुन्छ जस्लाई रसिलो अवस्थामा केही समय सम्म चिसो राख्नाले परिपक्क हुन्छ। यस प्रकारका रुख धेरै उच्चाई भएको ठाउँमा हुने र जाडो याममा फलबाट वीउ अलगहुने हुन्छ । प्राकृतिक अवस्थामा धेरै नै ओसिलो भएता पनि वर्षात आउन्जेल सम्म विरुवा उमार्न धेरै चिसो हुन सक्छ । फ्रिजर भएमा वीउलाई चिसो वालुवा सँग मिसाएर एउटा भाडामा राखी फ्रिजरको तल्लो खण्डमा राखी छाड्नु पर्छ।
झ. ढिलो टुसाउने तरिकालाई पन्छाउने
केही प्रजातीका वीउहरुको फल पाकेपछि ढिलो टुसाउने हुन्छ । त्यसैले त्यस्ता प्रजातीहरुको वीउ संकलन फलहरु पाक्नु अगाडी गर्नु पर्छ। यसरी संकलन गरेको वीउ तुरुन्त रोपिएमा चाडै नै टुसाउँछ । पुरा पाक्न दिएमा वीउलाई आवश्यक उपचार नगरिएसम्म वीउ टुसाउँदैन । उदाहरहरुको लागि लाकुरी र अन्य दलहन जातका वीउहरुलाई लिन सकिन्छ । यसरी ढिलो टुसाउने प्रक्रियाबाट बचाउनको लागि वीउ संकलन गर्दा धेरै नै चनाखो हुनु पर्दछ अन्यथा वीउ धेरै पाक्न गई एउटै वीउ पनि नटुसाउन सक्छ ।
ञ. टुसाउने वेलामा मात्र उपचार गर्ने
भण्डार गर्ने वेलामा वीउलाई टुसाउन मद्दत गर्ने कुनै प्रकारको उपचार गरिनु हुदैन । यस्तो उपचार वीउ छुर्नु भन्दा ठीक अगाडी मात्र गर्नु पर्छ ।
२.५ वीउ उपचार विधिहरु
उपयुक्त प्रशोधन तथा भण्डारणको अभावमा वीउमा ढुसी लागेको हुन सक्दछ र त्यस्ता वीउहरु नर्सरीमा छरेमा माटोमा विकसित भई वीउ वा विरुवालाई हानी पुऱ्याउने संभावना रहन्छ। त्यसै गरी नर्सरी व्याडमा छरीएको वीउलाई जीवजन्तु तथा किराफट्याङ्ग्रा हरुले खाई नष्ट गर्न पनि सक्दछन् । अतः ढुसी, किटपतड. ग्, चरा तथा मुसाहरुको नियन्त्रण गर्न तथा केही प्रजातीको वीउको अंकुरण छिटो गराउन विविध खाले पूर्व उपचारको विधिहरु प्रयोग गर्न सकिन्छ ।
क. वीउलाई खोप दिने तरिका
केही जातका वीउहरु केही किसिमको ढुसी वा जिवाणुसँग मिसाईए पछि मात्र राम्ररी हुर्कन्छ । उदाहरणको लागि ल्युकेना प्रजातीका लागि माटोमा राईजोवीम तथा सल्ला प्रजातीका लागि माईक्रोराईजासँग मिसाईएमा ती प्रजातीहरुको अंकुरण तथा वृद्धि विकास राम्रो संग हुने गर्दछ ।
ख. किटनाशक औषधिले उपचार गर्ने
खयर, सीरीस, ईपिल-ईपिल जस्ता जातका वीउहरुलाई ५ प्रतिशतको मालाथिन १ ग्राम धूलो प्रतिकिलो वीउमा प्रयोग गरेर पूर्व उपचार गर्न सकिन्छ ।
ग.तातो पानीले उपचारगर्ने :-
ईपिल- ईपिल जातको वीउलाई २ मिनेट भर्खर उम्लेको पानीमा राखेर झिक्ने र २४ घण्टा सम्म चिसो पानीमा भिजाउनु पर्छ। लम्सी, फुस्ने, दवदवे तथा खरीको वीउहरु दलहन जातको नभए पनि तातो पानीको उपचार पछि राम्ररी टुसाउंछ ।
घ. चिसो र रसीलो उपचार
फिरफिरे, कटुस, देवदार, गोव्रेसल्ला, आँखतरे, लाकुरी तथा वांझ लगायत धेरै जसो जातका वीउहरु प्राकृतिक रुपमा जाडो याम शुरु हने बेलामा परिपक्क हुन्छ । सुकाउन नहुने खालका रिक्यालसिट्ान्ट वीउहरुको उम्रने शक्तिधेरै लामो समय सम्म कायम राख्न यो उपचार सबै भन्दा राम्रो हो । उदाहरणको लागि कटुस, ओखर र बांझ जातका वीउहरु रिक्यालसीट्रान्ट जातका हुन् । अन्य केही जातका रिक्यालसिट्रान्ट वीउहरु जाडो आउनु भन्दा अगाडी नै परिपक्क हुन्छन् । केही जातका वीउहरु ढिला टुसाउँछन् किन भने यस्ता वीउहरुमा चिसो र रसिलोपन ल्याउन आवश्यक हुन्छ । तर धेरै जसो जातका वीउहरु गरम वातावरण भएमा चाँडै टुसाउन्छन् । केही जातको वीउहरु भण्डार गरिए पछि मात्र राम्ररी टुसाउँछ । यसको कारण चिसो अवस्थामा भण्डार गरिएको वेला वीउको भ्रुण परिपक्क हुन्छ । यस्तो अवस्थामा वीउ रसिलो नभइसकेको हुन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि