Aswagandha | असोगन्धा (Withania somnifera)

Description

✅अश्वगन्धा सिधा हाँगा भएको, करिव १.५ मीटरसम्म अग्लो हुने, सदावहार, झाडीदार वनस्पति हो । यसको सम्पूर्ण भाग सेतो भूmसले ढाकेको हुन्छ । पात सानो भेट्नु भएको वा नभएको, तल्लो भागमा सेतो भूmसले बढी ढाकिएको र किनारा सिधा भएको हुन्छ । पूmल फिक्का पहेंलो–हरियो रंगको हुन्छ ।

🟠यो भारतको केही ठाउँमा र भूमध्यसागरीय क्षेत्रमा प्राकृतिक अवस्थामा पाइन्छ । नेपालमा यसको खेती उष्ण प्रदेशीय क्षेत्रमा गर्न सकिन्छ ।

🟠व्यपारमा आउने भागः व्यपारमा आउने भाग जरा हो । नेपालको वनमा यो प्राकृतिक रूपमा नपाइने भएकोले यसको भारतबाट धेरै मात्रामा आयात हुने गरेको छ ।

🟠संकलन समयः भदौ देखि कार्तिकसम्म ।

🟠यसको काँचो (ताजा) जरा घोडाको जस्तो गन्ध आउने भएकोले यसलाई अश्वगन्धा भनिएको हुनसक्छ । यसको डाँठ मसिनो, काष्ठिल प्रकृतिको, ३० देखि ४५ से.मी. लामो, औंला जत्रो मोटो, बलियो, बाहिर फुस्रो र भित्र सेतो रंगको हुन्छ । बोक्रा हल्का पहेंलो रंगको पातलो हुन्छ ।

🟠यसको जरा नपुंसकता, यौन शक्तिबर्धक, दुर्वलता, बाथ र अनिद्रामा, ज्वरो आउँदा, जीउ सुन्निदा प्रयोग गरिन्छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari, Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry soution)

Reviews

There are no reviews yet.

Be the first to review “Aswagandha | असोगन्धा (Withania somnifera)”

Your email address will not be published. Required fields are marked *