Description
कक्सफुट यो उच्च पहाडी तथा लेकाली क्षेत्रमा हुने अकोषे घाँस हो । यो घाँस पोयसी परिवार भित्र पर्दछ । यो बढि उत्पादन दिने खडेरी सहन गर्ने घाँस हो । यदि यो घाँसलाई चरन क्षेत्रमा नियमित रुपमा चरिचराउ गरिएन भने पशुहरुले रुचाएर घाँस नखाने हुन सक्छ । किनकी यो घाँस निकै कडा खस्रो र अरुची युक्त हुन्छ ।
घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।
==========================
🟩घाँस छर्ने समय :-
लेकाली क्षेत्रमा हिउँ परेपछि चैत–वैशाख र पहाडी क्षेत्रमा मनसुन सुरु भएपछि जेठ–असारतिर बीउ छर्नु पर्दछ ।
🟦घाँस उत्पादन तथा व्यवस्थापन :- यो घाँसलाई धेरै छिप्पिन दिनु हुदैन । बढी छिप्पिएको घाँस पशुहरुले रुचाएर खादैनन् । पातैपातले भरिएको र कम उचाईको घाँस पोषिलो हुन्छ र पशुहरुले रुचाएर खान्छ । छिप्पिएपछि घाँस कडा हुने र पशुले रुचाएर खादैनन् । चरन क्षेत्रमा घाँसमा पातैपात भएको अवस्थामा चराउँदा पशुहरुको उत्पादन बढेको पाईएको छ। कोशे घाँससँग मिसाएर छर्दा यसको पौष्टिक तत्व बढेको पाईन्छ । घाँसको बीउ छरेको साधारणतया ३ महिनापछि घाँस काट्न लायक हुन्छ ।
🟥घाँसको बीउ उत्पादन :- प्रतिहेक्टर ३०० के.जि सम्म हुन सक्दछ ।
🟩घाँसको पौष्टिकता :-
राई घाँस भन्दा कक्सफुट घाँस कम पोषिलो हुन्छ । यसलाई शुद्ध बालीको रुपमा भन्दा अन्य घाँसहरु जस्तै राई घाँस, टिमोथी, सेतो ल्कोभरसँग मिसाएर खेती गर्नु पर्दछ । अनि मात्र घाँसको पौष्टिकतामा बृद्धि हुन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅कक्सफुट(𝑫𝒂𝒄𝒕𝒚𝒍𝒊𝒔 𝒈𝒍𝒐𝒎𝒆𝒓𝒂𝒕𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry Solution)
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #Cocksfoot #Dactylisglomerata #कक्सफुट
Reviews
There are no reviews yet.