Description
इपिल इपिल धेरै पोसिलो कोषे डाले घाँस हो । यसमा २६ देखि ३४ प्रतिशत प्रोटिन पाइन्छ । इपिल इपिल विश्वव्यापि रुपमा नै लोक प्रिय डाले घाँस हो । यसको खेती नेपालको तराई देखि मध्य पहाडी क्षेत्रसम्म सफलता पूर्वक भइरहेको ५ । पशुपालक कृषकहरुलाई इपिल ३ाँसको नाम नौलो नभएता पनि यसको व्यापकता हुन अभै बाँकी नै छ । इपिल डालेघाँसको रुपमा मात्र प्रयोग नभई काठ, दाउरा, हरियोमल, छाहारी र भू–संरक्षणको लागि पनि प्रयोग गरिन्छ । यो छिटो छिटो वढ्ने र अत्यन्त पोषिलो घाँस भएकोले हेजरोको रुपमा पनि लगाउन सकिन्छ । यसलाई प्रत्येक महिना जस्तो घाँस काट्न सकिन्छ ।
🟩उत्पति :-
यो डाले घाँसको उत्पति मेक्सीकोमा भएको हो ।
🟦उपयोगीता :-
इपिल इपिल बहूपयोगी रुख घाँस हो । विश्वव्यापी रुपमा परिचित भएकोले यसलाई ९mष्चबअभि तचभभ० पनि भनिन्छ । इपिल इपिलको पात उग्राउने पशुको लागि अतिनै पोसिलो आहार हो । भिरालो जग्गामा माटो संरक्षण गर्न पनि यसको प्रयोग गरिन्छ । डाले घाँस पशुहरुलाई खुवाएपछि यसको हाङ्गा तथा काठ दाउराको लागि प्रयोग गरिन्छ । हेजरोको लागि पनि इपिल उपयूक्त मानिन्छ ।
🟥बीउको उपचार:-
यसको बीउको बाहिरी बोक्रा कडा हुने हुँदा बीउको उपचारपछि मात्र नर्सरीमा छर्नु या रोप्नु पर्दछ । यसको लागि उम्लेको पानी ४ सेकेन्ड सम्म कपडामा पोको पारी डुबाउने अथवा सल्फ्यूरिक एसिडमा ५–१० सेकेन्ड डुबाउनु पर्दछ । त्यसपछि बीउलाई इनाकुलमले उपचार गर्नु पर्दछ । इनाकुलम प्रयोगबाट नाइट्रोजन संचितिकरणमा सहयोग पुग्दछ ।
🟩नर्सरी स्थापना :-
घाँसको बिरुवा पोली व्यागमा नर्सरीमा राख्न सकिन्छ । ३–४ महिना उमेर पुगेको बिरुवा बारीको कान्ला÷डिलमा कम्तीमा १ फिटको खाडल खनी सार्नु पर्दछ ।
🟦उत्पादन (Production) :-
इपिल इपिलको सुख्खा पदार्थ उत्पादनमा जमिनको उर्वराशक्ति र वर्षातमा भर पर्दछ । पशुले खान योग्य सुख्खा पदार्थ ३–३० मे. टनसम्म प्रतिहेक्टर प्रतिवर्ष उत्पादन लिन सकिन्छ । गहिरो मलिलो प्रकारको माटो र १५०० मि. मि. भन्दा वढी वार्षिक समान रुपको वर्षा हुने स्थानमा इपिल इपिलको अधिकतम उत्पादन लिन सकिन्छ । मध्य पहाडी ९कगदतचयउष्अब०ि क्षेत्रमा हिउँदमा तामक्रम कमि हुने हुँदा उत्पादनमा कमि आउदछ । जसका कारण पशुले खान योग्य सुख्खा पदार्थ १.५ – १० मे टन प्रति हेक्टर प्रतिवर्ष उत्पादन लिन सकिन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅इपिल (𝙇𝙚𝙪𝙘𝙖𝙚𝙣𝙖 𝙇𝙚𝙪𝙘𝙤𝙘𝙚𝙛𝙖𝙡𝙖) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #इपिल #ipil #Leucaenaleucocefala
Reviews
There are no reviews yet.