Description
रिठो बहुउपयोगी तथा आयुर्वेदिक अषाधीको लागि प्रयोग हुने वनस्पति हो। समुद्री सतहबाट ९०० देखि १५०० मिटरसम्मको उचाइमा नेपालमा मध्य पहाडी क्षेत्रमा एकदमै उपयोगी हुन्छ साथमा यो ओसिलो, पानी नजम्ने तर चिस्यान भएका स्थानहरूमा हुर्कने गर्दछ।
यो वनस्पति प्रत्येक वर्ष वैशाखदेखि असारसम्म फुल्छ र फलेर पहेँलो भई पाकेको दाना मङ्सिर पुसतिर सङ्कलन गर्रने गिरन्छ । परम्परादेखि माछा मार्न विषको रूपमा प्रयोग गरिँदै आएको यो वनस्पतिको फल पछिल्ला दिनहरूमा स्याम्पु, साबुन, कीटनाशक औषधि, डिटर्जेन्ट पाउडर बनाउन पनि प्रयोग गरिएको छ।
नेपालमा उत्पादन हुने रिठ्ठाको राष्ट्रि्रय र अन्तर्राष्ट्रिय बजारमा यिनै असङ्ख्य उपयोगिताको कारण निकै लोकपि्रय हुँदै गएको छ। विगत चार/पाँच वर्ष अगाडिसम्म घरायसी प्रयोगमा मात्र सीमित रहेको रिठ्ठा आजभोलि छिमेकी राष्ट्र भारतका अतिरिक्त क्यानडा, चेक रिपब्लिक, हङ्गेरी, रसिया फ्रान्स, जर्मनी, चीन आदि राष्ट्रहरूसम्म निर्यात हुने गरेकाे छ । नेपालबाट विदेश निर्यात गरिने रिठ्ठामध्ये सबभन्दा बढी परिमाण साबुन र स्याम्पु बनाउने उद्देश्यले खरीद गर्ने गरिन्छ ।
स्थानिय बजारमा रिठ्ठा सालाखाला ३०-३५ रूपया के.जि. सम्म बिक्रि हुने गरेकाे पाईएकाे छ ।
त्यसैले मध्यपहाडि क्षेत्रमा यी र यस्तै बनस्पति पहिचान गरि खेति बिस्तार गर्न अब ढिला गर्नु हुदैन । खेर गएका वारि, खरवारि, सामुदायिक जङ्गल तथा निजि बनमा यस्ता बनस्पतिहरूकाे खेति बिस्तार गरि स्वदेशमै प्रशाेधन कारखाना खाेलि निर्यात याेग्य बस्तुकाे रूपमा विकास गर्नु जरूरि छ । जसबाट मध्यपहाडि क्षेत्रमा सम्बृद्धिकाे लहर अाउन सक्छ ।
रिठ्ठामा स्यापोनिन् ९क्बउयलष्ल० भन्ने तत्व हुन्छ जुन औषधीय दृष्टिकोणले महत्वपूर्ण छ । यो स्याम्पु, कीटनाशक औषधी, सावुन र डिटर्जेन्ट पाउडरमा प्रयोग गरिन्छ । गाउँघरमा रिठ्ठाको बोक्रालाई साबुन र स्याम्पुको बिकल्पको रूपमा नुहाउने, कपडा धुने आदि काममा पनि प्रयोग गरिन्छ । रिठ्ठाको फलको बाहिरी नरम भागलाई कहिलेकाहीँ माछा मार्ने काममा विषको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई खोकी, रक्तहिनता र छारेरोगको औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।
Reviews
There are no reviews yet.