Simal | सिमल (Bombax ceiba )

Categories: , Tags: , Product ID: 1675

Description

Simal | सिमल (Bombax ceiba )

🟠परिचयः सिमल ४० मीटरभन्दा अग्लो हुने, हाँगा चारै तिर फैलिएको पतझड रूख हो । पातको लामो भेट्नु हुन्छ र भेट्नुबाट ५ देखि ७ वटा पातहरू हत्केलाको संर चनामा फैलिएर रहेका हुन्छन् । पात ५ देखि २० से.मी. लामो तथा २ देखि ६ से.मी. चौडा, किनारा अविछिन्न हुन्छ । रूखको मुख्य काण्डमा सानो छँदा काँडा हुन्छ भने ठूलो रूखमा काँडा हुँदैन । फूल माघ देखि फागुनसम्ममा फुल्छ भने फल चैत्र देखि जेठसम्ममा लाग्छ ।

🟠उपलब्धताः सिमल नेपालभर १२०० मीटरसम्मको उचाईमा खुला ठाउँमा पाइन्छ ।
व्यापारमा आउने भागः सिमलको भुवा ।

🟠सङ्कलन समयः जेठ देखि असारमा कोसा सङ्कलन गरिन्छ
भने बैशाख देखि जेठमा भुवा सङ्कलन गरिन्छ ।

🟠प्रयोगः सिमलको भुवा सिरानी बनाउने काममा

🟠उपयोग गरिन्छ । यसको चोप, बोक्रा, फूल र जरा आउँ र पेटको रोगमा औषधीको रूपमा प्रयोग गरिन्छ । यसको फूल र फल सर्पले टोकेकोमा पनि प्रयोग हुन्छ । यसको जरा उत्तेजना बढाउने, शक्तिबर्धक र कामबर्धक हुन्छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com

Reviews

There are no reviews yet.

Be the first to review “Simal | सिमल (Bombax ceiba )”

Your email address will not be published. Required fields are marked *