अकबरे खुर्सानीको माग बढ्दै जाँदा यसको व्यावसायिक खेती पनि हुन थालेको छ । यद्यपि पछिल्लो समय पहिलेको जस्तो अकबरेको स्वाद तिक्खर नभएको बुढाथोकी बताउँछन् । ‘अहिलेको मौसम र पहिले जस्तो मलजल नभएकाले होला पहिलेको जस्तो स्वाद छैन ।
खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर अर्थात् भनेर चिनिन्छ। प्राय: भिडे खुर्सानी बाहेक सबै खुर्सानी पिरो नै हुन्छ। कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो। तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुँदैन। खुर्सानी खानु केही पेटका बिमारीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन्।
सामान्यतया: नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ। खुर्सानीका जात पनि दर्जनौं हुन्छन्। नेपालमा अहिले डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीं यही खुर्सानी देख्न सकिन्छ। यो खुर्सानी काँचो (हरियो),पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ। यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ। त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ।
अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ। जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन।
नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ। साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ।
१. अकबरे खुर्सानी खेतीको र हावापानी ?
यसको खेती उच्च पहाडदेखि गर्मी तराईमा समेत सजिलै खेती गर्न सकिन्छ । यसको लागि साधारणतय दिनमा तापक्र्र्र्रम २२ देखि २५℃ र रातीको तापक्रम १५ देखि २०℃ उपयुक्त हुन्छ । तथापि त्यस भन्दा घटी वा बढीमा पनि उत्पादन गर्न सकिन्छ । तर सेपिलो तथा पानी जम्ने स्थान र बढी आर्द्रता भएको ठाउँमा भने उत्पादन गर्ने धेरै कठिन हुन्छ ।
२. माटोमा
साधारण तथा सबै खाले माटोमा उपयुक्त भएता पनि पानी नजम्ने राम्रो निकास भएको मलिलो हल्का दुमट तथा केहि चिम्टाईलो माटोमा समेत उपयुक्त हुन्छ । माटोमा प्र्रशस्त प्राङ्गारिक मल मिसाउनुका साथै माटोको पिया ६ देखि ७ सम्म हुनु पर्दछ । भिरालो तथा नयाँ पाखो माटो अकबरे खेतीका लागि उपयुक्त मानिन्छ ।
३.नर्सरी
अगाउटे नर्सरीका लागि असोज र कार्तिकको समय उपयुक्त हुन्छ र पछाउटे नर्सरीका लागि माघ र फाल्गुन उपयुक्त मानिन्छ ।अकबरे खुर्सानीको ब्याड राख्दा राम्रा खाले फलहरु छनोट गर्नु पर्दछ र राम्र्ररी सुकाई दल निकाली असोज देखि मंसिर सम्म प्लाष्ट्र्कि टनेल बनाई दल राख्नु पर्दछ । जमिनको तयारी जमिनको छनोट गर्दा पनि नजम्ने ठाउँको माटोलाई ३÷४ पटक खनजोत गरी माटो बुर्रबु¥याउदो बनाउनु पर्दछ । त्यस पछि १ भाग जङ्गलको माटो , १ भाग पाकेको गोबर मल र १ भाग बालुवा चिम्टाईलो माटो मिसाई १ मिटर चौडाई र लम्बाई आवश्यकता अनुसार हुने गरी वर्षादमा १० ईन्च र हिउँदमा ६ ईन्चको उचाई हुने गरी ड्याङ् बनाउने गर्नु पर्दछ ।
४.नर्सरीमा बिउ रोप्दा ध्यान दिनु पर्ने
नर्सरीमा बिउ रोप्न अघि निम्नानुसार मल तथा औषधी प्रयोग गर्नु माटो उपचार गर्न फ्युराडन वा डर्सान २५ ग्राम , डिएपी २०० ग्राम ,पोटास १०० ग्राम र कृषि चुन १०० ग्राम उक्त मलहरुको लागि तयार गर्नु पर्दछ । माटोमा राम्ररी मिसाई १÷२ दिन जति सुकेको परालले छोपी सिँचाई गर्नु पर्दछ ।
५.बिउको मात्र
१ रोपनी जग्गाको लागि १० ग्राम बिउ चाहिन्छ । उक्त बिउबाट १,५०० विरुवा उम्रे पछि १,२०० ओटा जति बिरुवा मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लाष्ट्र्कि टनेलको व्यवस्था पनि गर्नु पर्दछ ।
६. बिउ छर्ने र उमार्ने तरिका
बिउ छर्ने र उमार्ने तरिका तयार जमिनमा जमिनको चौडाई ४ ईन्चको फरकमा लाईन कोरी आधा ईन्च गहिरो कुलेसो बगाई १ ईन्च फरकमा १÷१ गरेर बिउ खसाल्ने गर्नु पर्दछ । उक्त बिउ हल्का बालुवा , खरानी वा जङ्गलको माटोले छोपी सुकेको पराल र झारले छोप्ने, माटोको अवस्था हेरि सिँचाई गर्ने गर्नु पर्दछ तर बढि चिसोपन भएमा बिउहरु कुहिने हुँदा पानी जम्न दिनु पनि हुँदैन् । बिरुवा उम्र्र्रे पछि छापोहरु झिकि दिने र हरेक साता दिनको फरकमा आवश्यकता अनुसार दुस्नाशक , किटनाशक बिषादी प्रयोग पर्दछ । यसरी बिरुवा अगाउटे हो भने ३÷४ महिना र पछाउटे हो भने १÷२ महिनामा वेर्ना तयार हुन्छ । यदि वेर्ना कमजोर वा पहँेलो भएमा वेर्नामा नै भिटामिन मल्ट्र्ीकम्पेट , भिजिनेस आदि लगायत युरिया २ ग्राम प्रति लिटर पानीमा इस्प्रे गर्नु पर्दछ ।
७. बिरुवा लगाउने तरिका
राम्ररी खेत तयार गरी सके पछि बहु वर्षिय रुपमा लाईन देखि लाईनको दुरी ९० सेन्टिमिटर र बिरुवा देखि बिरुवाको दुरी ६० से.मि. बर्षे बालीको लागि ६० देखि ६० से.मि. र वसन्ते बालीको लागि ६० देखि ६५ से.मि. दुरी कायम गरी प्रति बोटमा २ के.जी. सम्म कम्पोट मल, ५ ग्राम डिएपी , पोटास रु कृषि चुन गरी किराको प्रकोप हुने ठाउँमा उक्त विषादी राखी अकबरे खुर्सानी लगाउँदा अरु खुर्सानी भन्दा पृतक दुरीमा लगाउँनु पर्दछ ।
नत्र भने परागसेचन भई गुणस्तरमा कमि आउन जान्छ । यदि सिधैं खेतमा मलखाद राखी खेति गर्ने हो भने प्रति रोपनी डिएबी १६ रोपनी , पोटास १० के.जी. , कृषि चुन १० के.जी. , गोबार मल १० के.जी. , मल्ट्किम्पोट २ के.जी. र युरिया ८ के.जी. र फ्युराडाम १ के.जी. चाहिन्छ । जस मध्ये डिएपी र पोटास कृषि चुनलाई २ भाग गरी सबै गोठेमल आदि एक मुस्ट माटोमा राख्ने बाँकी आधा भाग दानामा पोटास कृषि चुनसँग ८ के.जी. युरिया २ के.जी. मल्ट्किम्पोस ४ गरी रोपेको १५ दिनको फरकमा ४ पटक प्रयोग गर्नु पर्दछ ।
जर्रख्याएको बिरुवा बेलुकीपख केही ओईल्याए पछि मात्र तयारी खाल्टोमा रोपेमा राम्रो हुन्छ । साथै जराहरु नखलबलिने गरी राम्ररी थिचेर हिउँदमा वरिपरि सानो खाल्टोको आकार बनाई दिने यदि सुख्खा हुन्छ भने फेदमा स्वोतर , परालले छापो दिने गर्नु पर्दछ ।
८. सिँचाई ?
आवश्यकता अनुसार माटोको अवस्था हेरी पानी दिनु पर्दछ । रोप्ने बितिकै सिँचाई दिँदा राम्रो हुन्छ । त्यस पछि १० देखि १५ दिन फरकमा आवश्यकता अनुसार पानी दिनु पर्दछ । अकबरे खुर्सानीलाई पानीको ज्यादै आवश्यकता पर्दछ तर थोरै भए पनि पुग्दछ । फेदमा पानी जम्न दिनु हँदैन किनभने ढुसी रोग लाग्ने हुँदा होसियार पुर्वक पानी तर्काउनेको अवस्था मिलाउनु पर्दछ ।
निकासको राम्रो व्यवस्था मिलाई वर्षात्मा ६ ईन्च देखि १२ ईन्च सम्मको ड्याङको उचाई राख्नु पर्दछ । बिरुवा सारेको १० देखि १५ दिन , १५ दिन देखि २० , २० दिन देखि २५ दिन सम्म माटोको अवस्था हेरी गोल पार्ने , झारपात हटाउने गोडाई हरेक पटक टिकाई पनि गर्नु पर्दछ ।
बहुवर्षिया बाली हो भने प्रशस्त गोडमेल प्रयोग गर्ने , काँटछाँट गर्ने , बोटको तल्लो भागमा बाक्ला , पहेँला नचाहिने मुना हटाई दिने र पहिलो वर्ष फल टिपे पछि बोटलाई गोडमेल गर्ने र हिउँदमा तुसारोबाट जोगाई दिने गर्नु पर्दछ । तुसारोबाट जोगाउनको लागि पराल आदिको छाप्न दिने यसरी काँटछाँट , गोडमेल गरी अर्काे सालमा फल चाडैँ लिन सकिन्छ । यस्तो बाली लिन उच्च पहाड र तराईमा सम्भव छ ।
९. बाली संरक्षण
खुर्सानी बालीमा ढुसी ब्याक्टेरिया भाईरसबाट उपयुक्त वातावरण पाएमा विभिन्न प्रकारका रोगहरु लाग्न सक्छन् ।रोग लागि सके पछि उपचार गर्न सकिन्न तर रोकथाम र व्यवस्थापन गर्न सकिन्छ ।
१०. मुख्य रोगहरु र रोकथाम कसरी गर्ने ?
डढुवा अथवा ढुसी रोग पातमा डडे जस्तो लक्षण देखिने सुरुमा पानीले भिजे जस्तो हल्का खैरो भई कालो रङ्गमा परिणत हुन्छ । अनुकुल वातावरणमा यसको थोप्लाहरुमा वृद्धि भई बोटलाई डढाई दिने हुन्छ । ओसिलो अवस्थामा फलको तल्लो सतहमा सेतो ढुसी देखिन्छ । फलमा खैरो , कालो दाग देखा पर्दछ । बेर्ना गाँठ पर्दाको लक्षण देखिन्छ ।
११. व्यवस्थापन विधि के हो ?
स्वच्छ विधि मात्र प्रयोग गर्नु पर्दछ । कार्बडाजिक र बेविष्ट्र्कि २ ग्राम प्रति किलो दरले बिउ उपचार गर्ने गर्नु पर्दछ । रोग लागेका बोटहरु हटाउने , जलाउने र खेत सफासुग्घर राख्नु पर्दछ । रोग सुरु हुने बेला देखि कपअक्सिक्लोराईड म्याको जेप्फ्डाइफनएन् फोटि २ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाइन्छ । अब अर्काे रोग रहेको छ ।
कोत्रे रोग पनि भनिन्छ । बोटको टुप्पा माथिबाट सुक्दै आउँछ । यसले गर्दा पुरै हाँगा सुकेर मर्दछ । बोटको डाँठहरु काला स ) साना गिर्खाहरु देखा पर्दछ । बिस्तारै तलतिर असरहरु गर्दै जान्छ र फल कम लाग्दछ । अर्काे किसिमको फलमा दागहरु पनि फलमा सर्दछ । यस्ता दागहरुमा थुप्रै काला गिर्खाहरु देखा पर्दछ ।
१२.व्यवस्थापन कसरी गर्ने ?
रोगी फलहरुको बोटबाट बिउ नराख्ने , क्याप्टन फाईरम विषादीले बिउ उपचार गर्ने , खेत सफा राख्ने रोग लागेका पुराना बोटहरुलाई जलाउने भ्रष्ट गर्नु पर्दछ । रोगको लक्षण देखा पर्ना साथ कपअक्सी क्लोराडई ५० ग्राम अथवा म्याकोजेफ् ४५ ग्राम प्रति लिटर पानीमा मिसाई ७÷७ दिनको फरकमा दिन पटक छर्कने गर्नु पर्दछ ।
१३. बजार व्यवस्थापन कसरी गर्ने ?
खुर्सानी ठिकसँग समयमै टिपेर लामो दुरी सम्म पठाउन चोयाँ वा प्लाष्ट्र्किको क्रेट वा टोकरीमा राखी पठाउन एक बास्केटमा २० देखि ३० के.जी. भन्दा बढी नराखी पठाउनु पर्दछ । ज्याद पाकेको र चिसो मिसाउनु हुँदैन । मुल्य निर्धारण समय अनुसार फरक हुने भए पनि वैशाख , जेठ र असोज , कार्तिक महिनामा बढी मुल्यमा किनबेच भएको हुनाले यो महिनामा विशेष गरी हामीले बढी उत्पादन गर्नु पर्दछ ।
अकबरे खुर्सानीको सुकेको भन्दा पाकेको तर नसेकाएकोले राम्रो बजार मुल्य पाउँछ । हरियो काँचो फलमा भन्दा पाकेको रातो फलमा पौष्ट्र्कि तत्वहरु बढी प्राप्त हुने गर्दछ । त्यसै कारणले हामीले राम्रोसँग पाकि सके पनि पछि पनि बजार व्यवस्थापन गर्न सकिन्छ ।
१४. अकबरे खुर्सानी सबै भन्दा राम्रो मानिन्छ ?
ठुलो , गोलो , लाम्चो बास्नादार जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मन पराउने जात हो ।
१५. अकबरे खुर्सानी
खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन।
यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो।
१६.साधारणतया:
खुर्सानी पिरो स्वाद दिने फल हो। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ। डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन्। यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ ।
१७. अकबरे खुर्सानी स्वास्थ्यलाई राम्रो मानिन्छ ?
स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ। नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ। वैदिशक रोजगारी र अध्ययनका लागि विदेशिएका नेपालीले सबैभन्दा मिस गर्ने चिज नै डल्ले खुर्सानी हो भनिन्छ। त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरुले अकबरे मगाएका हुन्छन्।
१८. अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा
खाना पचाउने काममा विशेष सहयोग पुर्याएको हुन्छ।
माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।
– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ।
– कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्याउँछ।
– हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ।
– कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ।
– डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
– शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्याउँछ।
– रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।
– ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।
– पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्याउँछ।
– अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ।
– थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ।
– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्याउँछ।
– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।
१९. के भन्छ अध्ययन ?
इटालीको एक अध्ययनमा खुर्सानी खाने मानिसलाई घातक हृदयघात वा स्ट्रोकबाट मर्ने सम्भावना कम हुने देखाएको छ । कहिले पनि खुर्सानी नखानेको तुलनामा हप्तामा कम्तीमा चार पटक खुर्सानी खाने मानिसमा कोरोनरी हृदयरोगबाट मृत्यु हुने सम्भावना ४४ प्रतिशत कम र स्ट्रोकबाट मृत्यु हुने सम्भावना ६१ प्रतिशत कम रहेको पाइएको अध्ययनको दाबी छ । यसबारे टिप्पणी गर्दै वरिष्ठ आहार विशेषज्ञ ट्रेसी पार्करले भनेका छन्, यो अध्ययन मसालेदार खानाका प्रशंसकहरूका बीचमा तातो विषय हुने निश्चित छ । यद्यपि यो अध्ययनले नियमित रूपमा अकबरे जस्ता खुर्सानी खाँदा हृदयघात वा स्ट्रोकको जोखिम कम गर्न सक्छ भने पनि तिनीहरूले वास्तवमै स्वस्थ हृदयको लागि महत्त्वपूर्ण हुनसक्छ भनेर पुष्टि गर्न थप अनुसन्धान आवश्यक देखिन्छ ।