अतिस नाम एक काम अनेक  Aconitum heterophyllum Wall.ex Royle

अतिस उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, । हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो ।यो १ मिटरसम्म अग्ला हुने झार वर्गको बहुवर्षीय गानायुक्त वनस्पति हो । पात ५ देखि १० सेमीसम्म लामो,चौडा मुटु आकारको हुन्छ । तलतिरका पातमा भेट्नु हुन्छ र पातको घेरा बीचमा वा फेदसम्म ५ खण्डमा बाँडिएको हुन्छ । पातको दुवै भागमा झुस भैm राँैहरु हुन्छन् । पूmलहरु झुप्पामा फुल्छन् । पूmलहरु हल्का झुस भएका गाढा नीलो वा नीलोमा हरियो रङ्ग मिसिएको हुन्छ । यसका प्याजी रङ्गको नसाहरु हुन्छन् । क्याप्सुल फल पाँच वटा कोठा भएको ३ देखि ४ सेमीसम्म लामो गाढा खैरो रङ्गको चुच्चो परेको र नरम हुन्छन् । यसको नयाँ गाना करिब २ देखि ५ सेमीसम्म लामो, पातलो बोक्रा भएको धेरै मात्रामा मसिना जराहरु भएको त्रिकोण आकारको हुन्छ । यसको पूmल भदौ असोजमा फुल्दछ र फल असोज देखि पुसमा पाक्दछ ।
उपयोगी भाग जरा वा कन्द जसलाई स्थानीय वा व्यापारिक भाषामा अतिस जरा भनिन्छ । यसको जरा सेतो, पहँेलो, रातो वा कालो जातको हुन्छ । सेतो जातको सबैभन्दा राम्रो मानिन्छ ।
प्राकृतिक वासस्थान यो प्राकृतिक अवस्थामा समुन्द्री सतहबाट ३,२०० देखि ३,७०० मिटरसम्मको उचाइमा ओसिलो, चिसो मोहोडामा पाइन्छ । यो प्रजाति हिमालय क्षेत्रको स्वदेशी वनस्पति हो ।
उत्पादन तथा बजार खेती गर्दा प्रतिहेक्टर १,००० देखि २,५०० केजीसम्म सुकेको अतिस जरा उत्पादन हुने अनुमान गरिएको छ । विश्व बजारमा यसको अत्यधिक माग छ । यसको बजार मूल्य प्रति केजी रु. १,००० देखि १,२०० सम्म छ ।
आकारमा
मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस । हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो । प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधीय गुणको बारेमा उल्लेख गरेको छ । जडिबुटी हामीले जतात्यतै देख्न सक्छौं । तर, हामीले त्यसलाई बेवास्ता गरिरहेका हुन्छौं । एकातर्फ हामी यस्ता जडिबुटीलाई गाईबस्तुको खानाको रुपमा प्रयोग गरिरहेका हुन्छौं भने अर्को तर्फ गुमेको तागत वा आलस्यता जस्ता समस्यालाई शरीरमा पालेर बसेका हुन्छौं । यो दाँत दुख्दा प्रयोग गर्ने औषधिको लागि हामी हजारौं रुपैयाँ खर्च गरेर अस्पताल धाउने गर्छो । रक्तचाप नियन्त्रणको लागि होस् या बच्चाहरुको सामान्य उपचारको लागि किन नहोस् । जडिबुटी अति आवश्यक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा रहेको गानोलाई विभिन्न आकारमा तयार पारेर व्यापार गर्न सकिन्छ । यसको धेरै व्यापार हुने पनि गरेको छ । यस्तो गानोलाई फल पाकेपछि संकलन गरेर त्यसको डाँठलाई पनि मुठो पारेर बिक्री गर्ने गरिन्छ । यसको गानोलाई संकलन गर्ने उपयुक्त समय भनेको फल पाकेपछि कार्तिकदेखि मंसिरसम्मको समय हो ।
आकार
यसको जराको स्वाद तीतो हुन्छ । यसको जरा एकदेखि १।५ से।मी। जति व्यास भएको, फेदतिर मसिनो हुँदै आएको छ । थोरै हाँगाबिँगा भएको, गानोबाट स(साना जरा निस्किएको खैरो रंगको बोक्रा भएको समेत हुन्छ । यसको गानोमा एटिसिन नामक वानस्पतिक रसायन पाइन्छ । चरक संहिता र सुश्रुत संहिताका अनुसार कफ, पित्त थैलीको समस्या आदिमा अतिसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । अतिसको माध्यमबाट उपचार गरिने उपचार पद्धतिलाई अतिभिसा चिकित्सा पद्धतिको नामबाट चिनाउने गरिन्छ ।
यो अतीस लाइ चिकित्सा पद्धतिमा बच्चाहरुलाई आएको ज्वरो, वान्ता हुने, पखाला लाग्ने, कफ, चिसो लागेको जस्तो समस्या समाधानको लागि प्रयोग गर्न सकिने ती दुई संहितामा उल्लेख गरिएको छ । यसका बाहेक यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई र शरीरको आन्तरिक समस्याहरु, उत्तेजना नहुने जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा प्रयोग गरिने सकिन्छ ।
बिरुवाको
प्रत्येक खण्ड अझ बढी फाटेको, ५ देखि १० से।मी। गोलाइको, तल्लो पातमा भेट्नु भएको र माथिल्लो पातमा भेट्नु नभएको हुन्छ । माथि तिरको पातमा धेरै खण्ड हुँदैन । फूल हल्का झुस भएको, गाढा निलो रंगको हुन्छ र यसमा प्याजी रंगको नशाहरू हुन्छन् । फूल जेठ असारमा फुल्छ र श्रावण भाद्रमा फल लाग्छ ।
यसको गानोलाई खोकी र ज्वरोमा प्रयोग गरिन्छ । अतिस जरा तागत र फुर्ति बढाउने औषधीको रूपमा पनि प्रयोग गरिन्छ । यो दाँत दुख्दा तथा रक्तचाप नियन्त्रण गर्नपनि प्रयोग गरिन्छ । कालकूट प्रजातिका धेरै बिरुवाहरु विषालु हुने भएकोले यसको प्रयोग गर्दा धेरै नै सावधानी अपनाउनु पर्छ र यकीन नभईकन कहिलै पनि प्रयोग गर्नुहुँदैन ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment