परिचयः अम्रिसो’ बाहरै महिना हरियो रहने र गाँजमा हुर्कने एउटा गैरकाष्ठ प्रजातिको वनस्पति हो । नेपालमा कसैले ‘अम्रिसो’ र कसैले ‘अम्लिसो’ भनेर चिन्ने निन्छ तीन मीटरसम्म अग्लो हुने, धारिला पात हुने र लामो झुप्पामा कुनै खैरो–बैजनी र कुनै हल्का–हरियो रङमा वर्षैपिच्छे फुल्ने अम्रिसो नेपाल लगायत दक्षिण–पूर्वी एसियाका उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइन्छ । अम्रिसो स्थानीय रूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस हो । यो घाँस एकपटक लगाएपछि १० देखि १५ वर्षषसम्म पछन हरियो घाँसको उत्पादन म्रलन सकिन्छ । यसको फूलको झुप्पाबाट कुचो बनाइनछ भने स्याउला गाईबस्तुको आहाराको रूपमा प्रयोग गरिन्छ । साथै पशुलेनि नखानेडाँठ बाट उच्च कोटटको कागत बनाउन सककन्छ । अम्रिसोको जहरा माटेमा राम्रो संग फैलिने भयकेले भू संरक्षणाका लागग उपयुक्त हुन्छ । अम्रिसोको कालान्ति देखि बाहाजो सबै खाले जग्गामा गनै सकीन्छ नेपालका पूवी पहाडी क्षेत्रहरूमा धेरै पाइएता हाल यसको अन्य जजल्लाहरूमा पछन ववस्ता भएको छ । यस घाँसलाई बारिको डिल, कान्ला, पाखो तथा नदीकामा लगाउन सकिन्छ । सुख्खा समयमा हरियो घाँस हुने बहुबषीय डालेघास हो । यस घाँसमा क्याजल्सयमको मात्रा प्रशस्त पाइनेभएकाले दुधालुपशुमा धेरै राम्रो हून्छ भने बाख्र पालन गने कृषाकका लागी अत उतम छ ।
हावापानी:
तराइ पहाड देखी उच्च–पहाड सम्मको (२५०० म्रमटिसम्मको उचाइमा) अम्रिसो लगाउन सककन्छ ।
लामो समय सम्म तुसारो पर्ने ठाउाँमा चाहिँ अम्रिसो त्यछत राम्रोसंग फस्टाउाँ दैन । १२०० देखी १८०० समको असिलो ठाउमा धेरै राम्रो हुन्छ
माटो: जुनसुकै किसिमको माटोमा रोप सकिन्छ
लगाउनेसमय:
यो जेठदेखि असार सम्म लगाउन उपयुक्त हुन्छ ।
जातहरू:
यसका हल्का–हरियो, खैरो तथा बैजनी रङका फूल फुल्नेबोटहरू भएपछन वगीकृत जातहरू खासै छैन
मलखाद र सिचाइ
अम्रिसोलाई मल र सिचाइके जरूरी प्रर्दैन
प्रसारण विधि:
बीउबाट पिन यसको प्रसारण गरिन्छ बीउ उमान उमारन सारै कठीन हुन्छ ।
जराबाट पनी प्रसारणा गर्न सकीन्छ पुरानो गाजबाट पनी प्रसारणा गर्न सकीनछ ।
रोपनेदुरी
जग्गाको अवस्थाहेरी १ मिटरको दुरीमा रोप्दा राम्रो हुनछ
उत्पादन
अमृरिसो लगायके बर्स तेति राम्रो उत्पादन पिहदैन । दोश्रो बर्सबाट उत्पादन लिन सकीन्छ ।
खोरिया फँडानी वा बाजो जिमनमा
सामान्यतयाः भिरालो जमिनमा रूख–बुट्यानहरू फाँडेर र आगो लगाएर जमिन सफा तुल्याई गरिने परम्परागत चक्रीय खेती प्रणाली हो । यसरी सफा पारिएको भिरालो पाखामा खन्ने तथा खोस्रने गरेर मास, गहत, तील, जुनेलो, मकै, घैया धान, कोदो, काउनु र सामा जस्ता दलहन, तेलहन र खाद्यान्न बालीहरू लगाइन्छन् । यस्ता बालीहरू एक–दुई वर्ष लगाएपछि दुईदेखि पाँच वर्षसम्म सो जमिनलाई त्यत्तिकै छाडी अर्को पाखो फाँडेर त्यहाँ पनि यसरी नै खेती गरिन्छ । त्यसपछि पहिले खेती गरेर खाली छाडिएको जमिनमा झाडी तथा रूख–बिरुवाहरू उम्रन थाल्छन् । यस्तो झाडीमध्ये आजकल अधिकांशतः वनमाराकै झाडी हुर्कने र वनमाराले ढाकेका ठाउँमा अन्य बोट–बिरुवाहरू हुर्कन नसक्ने गरेको पाइएको छ । सो जमिनमा अमृसो रोपन सकीन्छ ।
अम्रिसो लगाउने अभियानमा
पुनरुत्थानका लागि हरियो अम्रिसो रोपण गर्ने सिलसिलामा स्थानीय समुदायको सहभागितालाई प्रमुख आधारको रूपमा लिएको पाइन्छ । शुरूमा समुदायलाई खोरिया फँडानीबाट हुने बेफाइदा, अम्रिसोबाट हुने पर्यावरणीय एवम् आर्थिक अवसर र अन्य क्षेत्रको अभ्यासका बारेमा जानकारी गराउन प्रर्छ । त्यसपछि कबुलियती वनको रूपमा रहेको खोरिया फँडानी क्षेत्रको झाडी सफाइ गर्ने, नजिकको बिरूवा ब्यवस्था गरी कामको सुरूवात गर्ने
र स्थानीय बासिन्दाबीच शुरूबाटै देखा परेको आपसी विश्वासको द्योतक हो । तत्कालको खाँचो टार्ने आम्दानीको अवसर नभइकन दीर्घकालीन कार्यक्रम अघि बढाउन गाहारो हुन्छ । त्यसैले अल्पकालीन ढङ्गले पनि लक्षित स्थानीय समुदायलाई राहत हुने र दीर्घकालीन हित समेत हुने दुवै कामलाई सँगसँगै लैजानु पर्छ ।
बरुवा बेचेर पनि आम्दानी
आजकल अम्रिसो लगाउने लहर नै शुरु भएकाले अम्रिसो सारेर हुर्काउन सकिने जरासहितका अम्रिसोका बिरुवाहरूको बिक्री पनि बढेको छ
छिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । कुनै समय बिक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । अम्रिसोको बाली सङ्कलन भनेको यसको फुलको गुच्छा टिप्ने हो । बीउ परिपक्व भएपछि गुच्छा सङ्कलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ । साधारणतया माघ–फागुनमा गुच्छासहितको डाँठ काटेर सङ्कलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ================ Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730, Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि श्रोत सामाजीक सन्जाल