इपिल इपिल काँडा नहुने बहुवर्षीय कोसे डालेघाँस प्रजातिको वनस्पति हो। यो बिरुवा छिटो बढ्ने वनस्पतिको रूपमा पनि परिचित छ। यस वनस्पतिलाई विश्वव्यापी रूपमा डाले घाँसको रूपमा मात्र प्रयोग नगरी काठ, दाउरा, हरियो मल, छहारी र भू-संरक्षणको लागि प्रयोग गरिनुकासाथै यस वनस्पतिबाट विभिन्न औषधिहरू पनि बनाउने गरिन्छ।
यसको खेती नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रसम्म गरिन्छ। यो धेरै छिटो बढ्ने र अत्यन्त पोषिलो घाँस भएकोले लहरे रोपणको रूपमा पनि लगाइएको पाइन्छ। यसको स्याउला प्रत्येक महिना जस्तो काट्न सकिन्छ। यस वनस्पतिको उत्पत्ति दक्षिण अमेरिका तथा मेक्सिकोबाट भएको हो। यस प्रजातिको वनस्पतिलाई मुख्यतया घरपालुवा जनावरहरूको आहाराको लागि लगाइने गरिन्छ। यस प्रजातिको वनस्पतिलाई कफी उत्पादन हुने क्षेत्रहरूमा छहारीको रूपमा पनि लगाइएको पाइन्छ।
यस प्रजातिको वनस्पतिको काँडा हुँदैन र यसले वर्षौँसम्म डाले घाँस उत्पादन गर्दछ। यस वनस्पतिको उचाइ ५ देखि २० मिटर सम्म हुन्छ भने यसको औसत मोटाइ (व्यास) १० देखि ५० सेन्टिमिटर हुन्छ। यसका पातहरू मसिना तथा फूल क्रीम रङको गोलो भुवा निस्केको हुन्छन् तथा झुप्पाका झुप्पा कोसा फल्ने गर्दछन्। यसको रूखमा फल्ने कोसाहरू १३ देखि १८ सेन्टिमिटर लामा हुन्छन् भने प्रत्येक कोसामा १५-३० वटासम्म दाना हुन्छन्। इपिल इपिलको १४ वटा उपप्रजातिहरू पाइएका छन्। इपिल इपिलको जात अनुसार रूख, फुलको रङ, पात र कोसाको आकार फरक हुन्छ। यसको घाँस कोसे परिवार अन्तर्गत पर्दछ । इपिल इपिल उष्ण तथा समशितोष्ण हावापानीमा बाह्रै महिना हरियो रहिरहने बहुउद्देश्यीय बहुवर्षिय पोषिलो कोशे जातको डालेघाँस हो । यसको उत्पत्ति मेक्सिकोमा भएको हो । मेक्सिकोमा उत्पत्ति भई संसारभरी गर्मी हावापानी हुने देशहरूमा फैलिसकेको छ । यसलाई Leucaena (Australia), Vai vai ( Phiji), ipil ipil (Philippines and Nepal), guage (Mexico), wild tamarind (Corozal, Belize), lead tree (Florida), lamtoro (Indonesia, Malaysia, Papua New Guinea), lusina (Samoa), subabul (India), cassis (Vanuatu), bellarosa (Colombia ) / Aroma Blanco (Cuba) नामले चिनिन्छ । यसको जरा जमिन भित्र गहिरोसम्म जाने हुनाले सुख्खायाममा पनि हरियो भईरहन्छ । यसको घाँस पशु वस्तुको लागि निकै पोषिलो हुन्छ । तर पशु वस्तुलाई धेरै खुवाउन हुँदैन । एक भाग इपिल इपिलको घाँससँग ३ भाग अरु घाँस वा पराल मिसाएर खुवाउनु पर्दछ । यसका हाँगाहरू दाउराको काममा ल्याउन सकिन्छ भने पात र हाँगाका मसिना टुप्पाहरू खेतबारीमा हाल्दा अन्नपातको उब्जाउ बढ्छ। यसलाई हेजरो (Hedgerow), कफि र कोका (Coffee and Cocoa) को लागि छायाँको रुपमा, खेतबारीको डिलमा भिरालो जग्गाको मलिलो माटो संरक्षण गर्न प्रयोग गरिन्छ । यसलाई मुख्य रुपमा बाटोको किनारामा लगाईन्छ । हावापानी : इपिल इपिल उष्ण तथा समशितोष्ण हावापानीमा हुने भएकोले तराईदेखि मध्य महाडको १५०० मीटरसम्म सफलता पूर्वक यसको खेती गर्न सकिन्छ । यसलाई औषत २५-३० डिग्री सेल्सियस तापक्रम तथा ६५०-१५०० मी.मी. वार्षिक वर्षाको आवश्यकता पर्दछ । चिसोमा यसको पात मर्दछ भने धेरै चिसोमा यसको डाँठ पनि मर्दछ तर पछि पलाएर आउँछ ।
माटो :
जमिनको भित्री सतहसम्म मूल जरा जाने हुनाले यो घाँस विभिन्न प्रकारको माटोमा हुन्छ । यो घाँस गहिरो र चिस्यान भएको जुनसुकै प्रकारको माटोमा उम्रन, हुर्कन तथा बढ्न सक्दछ । यसलाई पानीको राम्रो निकास भएको र पी.एच. ५.५-८.५ सम्म भएको माटो चाहिन्छ । कम पी.एच., कम फस्फोरस र कम क्याल्सियम भएको माटो राम्रो हुँदैन ।
लगाउने तरिका र बीउको मात्रा :
इपिल इपिल २ तरिकाले लगाउन सकिन्छ ।
जस्तै बीउ छरेर र नर्सरीमा बिरुवा उमारेर ।
नर्सरीमा बिल्वा उमारेर लगाउनु भन्दा बीउ छरेर तयार गर्नु राम्रो हुन्छ ।
पाकेका फलहरूलाई बोटबाट टिपेर बीउ निकाली राम्रोसँग सफा गरी सुकाउनु पर्दछ ।
बेर्ना उमार्नको लागि इपिल इपिलको बीउ फागुन या चैत महिनामा नर्सरीमा रोप्नु पर्दछ ।
बीउ रोप्नुभन्दा पहिला एक भाग बीउ र १५ भाग पानीको हिसाबले उमालेर निकालेको तातो पानीमा २-३ मिनेटसम्म भिजाउनु पर्दछ।
त्यसपछि बीउलाई भिजाउनु पर्दछ ।
यसरी भिजाएको बीउ दुई दुईवटा गेडाको दरले प्लाष्टिक थैलीमा रोप्नु पर्दछ ।
बिरुवा अलि ठुलो भएपछि एउटा कैलामा एउटा मात्र बिरुवा राखि बढी बिरुवा छाट्न (हटाउनु पर्दछ। यसबाट असार साउनमा सार्न लायक बेर्ना तयार हुन्छन् ।
इपिल इपिलको बीउ वर्षात्मा सिधै बारीको डिलमा कुलेसो खनेर एक एक हातको फरकमा रोप्न पनि सकिन्छ ।
नर्सरीमा बीउ उमारेर बिरुवा लगाउने हो भने एक लाईनदेखि अर्को लाईनको दुरी ४ देखि ९ मीटर राखी रोप्न सकिन्छ ।
तर बीउ छरेर लगाउनु पर्दा जेष्ठ-असार महिनामा प्रति हेक्टर १.५-३ के. जी. बीउ छर्नु पर्दछ ।
जात : हालसम्म विश्वमा २२ जातका इपिल इपिलको विकास भईसकेको छ ।
इपिल इपिलका केही प्रजातिहरू निम्न बमोजिम छन् : L.collinsii, Lconfertifiora, L.cuspidata, L.diversifolia, L.esculenta, L.greggii, L.involucrata, L.lanceolata, L.lempirana, L. leucocephala, L.matudae, L.multicapitula, L.pallida, L.pueblanaL.pulverulenta, L.retusa, L.salvadornesis, L.shannonii, L.trichandra, L.trichodes
उत्पादन :
साधारणतया २-३ महिनाको फरकमा घाँसको निम्ति हाँगा काट्दा गुणस्तरिय घाँस उपलब्ध हुन्छ ।
ढिलो गरेर काट्ने गरेमा हरियो घाँसको उत्पादन कम हुन जान्छ ।
प्रति वर्ष प्रति हेक्टर २-२० मे.टन हरियो घाँस उत्पादन हुन्छ भने प्रति बोट ३०-४० के.जी. हरियो घाँस उत्पादन हुन्छ । सुख्खा क्षेत्रमा प्रति हेक्टर २५० के.जि. बीउ उत्पादन हुन्छ तर सिंचित क्षेत्रमा प्रति हेक्टर२००० के. जी. बीउ उत्पादन हुन्छ ।
इपिल इपिलको बोट हावाबाट माटोमा नाइट्रोजन जम्मा गर्न अति नै सक्षम मानिन्छ ।
यसले ५०० के.जी. नाइट्रोजन प्रति हेक्टर प्रतिवर्ष माटोमा जम्मा गर्दछ ।
पौष्टिक तत्वको मात्र : इपिल इपिल घाँसमा निम्न अनुसारका पौष्टिक तत्वहरू पाईन्छन् ।
पाचनशिलता (Digestibility)५५.००- ७०.०० प्रतिशत
खरानी (Total Ash) ६.००- १०.०० प्रतिशत
क्रूड प्रोटिन (C.P) २२.००- २५.०० प्रतिशत
इथर एक्सट्राक्ट (E.E) ६.०० प्रतिशत
नाईट्रोजन फ्रि एक्सट्राक्ट (N-Free extract) ३०.०० – ५०.०० प्रतिशत
ट्यानिन (Tannins) २.००- ६.०० प्रतिशत
मिमोसिन (Mimosine) ४.००-६.०० प्रतिशत
क्याल्सियम (Ca) ०.८ – १.९० प्रतिशत
फस्फोरस (P) ०.२३ -०.२७ प्रतिशत
नाईट्रोजन (N) ३.००- ४.५ प्रतिशत
इपिल इपिल घाँसमा सामान्यतया ४-६ प्रतिशत विषादीयुक्त तत्व मिमोसिन र कलिलो पालुवाहरूमा १२ प्रतिशत भन्दा बढी मिमोसिन हुने गर्दछ । यो तत्व पशुले घाँस खाइसकेपछि पेटमा पुग्दा कम विषाक्त हुने भएता पनि घाँसको मात्रा पशु आहारामा ३० प्रतिशत भन्दा बढी समावेश गरिनु हुँदैन र कलिलो घाँसलाई दिनभरी घाममा सुकाएर खुवाउँदा उत्तम मानिन्छ। इपिल इपिलको कलिलो पात र कोसामा विषाक्त एमिनो अम्ल मिमोसिन सुख्खा पदार्थको आधारमा १२ प्रतिशत पाइन्छ तर घाँस छिप्पिदै गएपछि यसको मात्रा घट्दै जान्छ। पछि यसको मात्रा ३-५ प्रतिशत सुख्खा पदार्थको आधारमा पाइन्छ। खास गरी सानो उमेरका बाच्छा, पाठापाठी र नउग्राउने जनावरहरूका लागि यो विषाक्त हुन्छ।
उत्पादन
इपिल इफिल गर्मी हावापानीमा हुने प्रजातिको घाँस हो। यसको रासायनिक बनावट लुर्सन घाँसको जस्तै हुन्छ। इपिल इपिलको घाँसमा सोडियम र आयोडिन जस्ता तत्व न्यून मात्रामा पाइन्छन् भने यसमा विटा क्यारोटिनको मात्रा बढी हुन्छ। इपिल इपिलमा अन्य खनिजको रूपमा क्रु प्रोटिन २६ प्रतिशत, क्याल्सियम २.३६ प्रतिशत, फस्फोरस ०.२३ प्रतिशत पाइन्छ।
यस वनस्पतिको वृद्धिको लागि दिनको तापक्रम २५-३० डिग्री सेल्सियस हुनु आवश्यक छ। यस प्रजातिका रूखहरू समुद्री सतहबाट १५०० मिटरको उचाइसम्म देख्न सकिन्छ भने २,१०० मिटरभन्दा माथिको उचाइमा सामान्यतया पाइँदैन। धेरै उचाई भएको ठाउँमा इपिल इपिल राम्रोसँग बढ्दैन तथा तुषारो पर्ने स्थानमा यसको वृद्धि राम्रोसँग हुँदैन। तुषारोका कारण पातहरू सबै मरेर झर्दछ र बढी तुषारो पर्ने ठाउँमा जमिनमाथि पुरै बोटनै सुक्दछ। मध्य पहाडी क्षेत्रमा इपिल इपिल रूखको वृद्धि सामान्य हुने गर्दछ भने यस प्रजातिको रूख चिसो मौसममा ढिला बढ्ने गर्दछ तर गर्मीयाममा भने यसको उत्पादनमा अधिक वृद्धि हुन जान्छ। अरू रूखको छहारीमा यसको वृद्धि त्यति राम्रो हुँदैन। इपिल इपिल ६५०-३००० मिलिमिटर वार्षिक वर्षा हुने ठाउँसम्म राम्रोसँग हुर्केको पाइन्छ भने सुख्खा मौसममा यसको उत्पादन कमी आउँछ। इपिल इपिलको जरा जमिन मुनी ५ मिटर तलसम्म जाने हुँदा यसले खडेरी सहन गर्न सक्छ। निकासको प्रबन्ध नभएको ठाउँमा वनस्पतिहरू त्यति राम्रोसँग सप्रदैन। इपिल इपिल गहिरो माटो, राम्रो निकास भएको ठाउँमा सप्रिन्छ। यस डाले घाँसको खेती विविध प्रकारको माटोमा गर्न सकिन्छ। चिम्टाइलो माटोमा यसको खेती राम्रो हुन्छ। बढी उत्पादनको लागि यसलाई क्यालसियम र फस्फोरसको मात्रा बढी आवश्यक पर्दछ। इपिल इपिलको बोटलाई सानो बेर्नामैं सार्नु पर्दछ। बीउ रोपण वर्षातको सुरुवातसँगै वा केही समय अगाडिनै गर्नु पर्दछ। इपिल इपिल रोपण गरेको क्षेत्रमा झारको प्रकोप बढी हुने हुँदा गोडमेल गरी वनस्पतिलाई जोगाउनु पर्दछ। वनस्पतिको वृद्धिको लागि झार नियन्त्रणमा विशेष ध्यान दिनु पर्दछ।
वनस्पतिहरूको द्रुत वृद्धिको लागि रासायनिक मलको प्रयोग गरिएको पाइन्छ। रुखोमाटोमा इपिल इपिल रोप्दा मलको प्रयोग गर्नु जरुरी पर्दछ। इपिल इपिलमा फस्फोरस तथा क्याल्सियमको कमी भएमा राम्रो वृद्धि हुँदैन। क्याल्सियमको मात्रा कमी भएको अवस्थामा यस विरूवाको जरामा गिर्खाहरूको मात्रा घट्दछ जसका कारण माटोमा नाइट्रोजन स्थिरीकरणमा कमी आउँछ। माटोमा अन्य पोषक तत्वहरूको कमी भएमा सो अनुसार मल खादको प्रयोग गर्नु पर्दछ। अम्लीय माटो जहाँ माटोको पि.एच. ५ भन्दा कम हुन्छ त्यहाँ चुनको प्रयोग गर्न आवश्यक पर्दछ। सुरुको अवस्थामा वातावरणीय नाइट्रोजन सञ्चित नगरुञ्जेल वनस्पतिको लागि थोरै मात्रमा नाइट्रोजनयुक्त मलको प्रयोग गर्न सकिन्छ। इपिल इपिलको सुख्खा पदार्थ उत्पादन हुनुमा जमिनको उर्वरा शक्ति र वर्षामा भर पर्दछ। गहिरो मलिलो प्रकारको माटो र १५०० मि.मि. भन्दा बढी वार्षिक समान रूपको वर्षा हुने स्थानमा इपिल इपिलको अधिकतम उत्पादन हुन्छ। उष्णकटिबन्धीय क्षेत्रमा हिउँदमा तापक्रम कम हुने हुँदा उत्पादनमा कमी आउँछ।
रोगहरू
मिमोसिन नामक एक तत्व इपिल इपिलमा भएका कारण यस वृक्षमा कमै मात्रामा कीराहरू लाग्छन तथापि एक अनुसन्धानले इपिल इपिललाई सिलिड नामक एक प्रजातिको जीवले आक्रमण गरी ठूलो मात्रामा क्षति पुर्याएको अनुसन्धानबाट खुल्न आएको थियो जसले नयाँ पातको मुनालाई नष्ट पार्ने गरेको देखिन्छ। यो कीराले दक्षिण पूर्व क्विन्सल्यान्डमा इपिल इपिललाई ६९ प्रतिशतसम्म नष्ट पारेको थियो। सिलिड नियन्त्रणका लागि कीरा नलाग्ने खालका विकासी जातका इपिल इपिल विकास गरिएको छ।
हरियो घाँसको उत्पादन
बीरुवा रोपेको १–२ र्बषमा हरियो स्याउला काट्ने लायक हुन्छ । स्याउला काट्दा कँबर माथिबाट पलाएका सबै स्याउला काट्नुपर्छ । त्यसपछि प्रत्येक ५०–६० दिनको अवधिमा अर्को पटक स्याउला काट्न सकिन्छ । स्याउला काट्दा मुख्य काण्ड काट्नु हुन्न, केवल हाँगाहरू मात्र घाँसको रूपमा काट्नुप्रछ इपिलइपिलबाट वर्षमा ४–६ पटकसम्म हरियो स्याउला लिन सकिन्छ।
