+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

इपिल इपिल

इपिल इपिल यो एक बहुपयोगी डालेघाँस हो । यसको पातमा २७–३४ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ । यसको स्याउला पशुहरूका लागि अति पोषिलो घाँस मानिन्छ । डालेघाँसको साथै यसको खेती वन विकास, इन्धन, चिरानी काठ तथा हरियो मलका लागि पनि उपयुक्त भएकाले यसलाई रूख पनि भनिन्छ । भारतमा यसलाई सुबबुल पनि भन्छन् । इपिलइपिललाई बाटोको छेउछाउ, आलीकान्ला आदिमा पनि लगाउन सकिन्छ । इपिलइपिललाई नेपियर, गिनी, दिनानाथ आदि मिसाएर खेती गरेमा हरियो घाँसको उब्जा र पौष्टिकता दुवै बढ्छ । इपिलइपिलमा मिमोसिन नामको एक हानिकारक तŒव पाइन्छ । यो बढी खाएमा विषालु हुन्छ । पशुहरूमा इपिलइपिलको बढी भएमा शरीरको केस झर्ने, भोक नलाग्ने इत्यादि कुप्रभावहरू देखिन्छन् । इपिलइपिल कुखुरा, हाँस माछाकालाई पनि खुवाउन सकिन्छ । इपिलइ पिललाई ठुटै हुने गरी स्याउला पनि काट्न सकिन्छ । स्याउलामा १५–२१ प्रतिशत क्रुड प्रोटिन पाइन्छ ।

वानस्पतिक विवरण
यो बहुवर्षीय सदाबहार रूख आकारको बिरुवा हो । यसको बोट १०–१५ मिटर हुन्छ । कलिलो अवस्थामा यसको डाँठ हरियो हुन्छ र छिप्पिदै गएपछि बोक्रा केही धुस्रो हुँदै जाने बाइपिनेट ९द्यष्उष्ललबतभ० हुन्छ र १५–२० सेन्टिमिटर लामो तथा एउटा डाँठमा एक अर्काको विषय जोडा पात हुन्छन् । कोसा २० सेन्टिमिट र १५ मिलिमिटरसम्म चाक्लो हुन्छन् । कलिलो अवस्थामा हरियो र पाकेपछि खैरो रङको देजिना फूलको डाँठमा झुप्पाको रूपमा कोसा लाग्छ । इपिलइपिलले सुक्खा सहन सक्छ र हरियो घाँस तथा बीउको उत्पादन निकै हुन्छ ।

1 सका प्रमुख जातहरू
2 डाभर्सिफोलिया
3 कोलिन्सि
4 इस्कुलेन्टा
5ड्प्यालिडा
6 प्यानीकुलाटा
7 पलभेरूलेन्टा
8 सानोनी
9 हालै, यफडी १४२३
10 इपिलइपिल १५५लगायतका जातहरू छन् ।

हावापानी तथा माटो
इपिलइपिल उष्ण तथा समोष्ण जलवायुमा हुने रूख हो । यसलाई नेपालको तराई तथा मध्य क्षेत्रहरूमा लगाउन सकिन्छ । ज्यादै चिसो तथा तुषारो पर्ने ठाउँमा यो राम्ररी फस्टाउँदैन । १०० देखि १६०० मिटरसम्मको उचाइमा सफलतापूर्वक लगाउन सकिन्छ । हाल नेपालको तराई तथा महाडी क्षेत्रमा इपिलइपिल ज्यादै लोकप्रिय हुँदै गएको छ । इपिलइपिलका लागि पानी नजम्ने दुमट माटोमा राम्रो हुन्छ ।

बिरुवा लगाउने तरिका
इपिलइपिलको खेती बीउबाट बेर्ना तयार गरी लगाइन्छ । बेर्ना नर्सरीमा तयार गर्नुपर्छ । बीउको बाहिरी भाग ज्यादै कडा हुनेहुँदा बिरुवा उम्रन केही कठिनाई पनि हुन सक्छ । भरर्र उम्रियोस् भन्नाका लागि बीउलाई तातोपानीमा राखी उपचार गरिन्छ । यसले खोस्टा नल टुसाउन मद्दत गर्छ । यो विधिमा बीउलाई उम्लेको पानीमा पहिलो भाँडोबाट दोस्रो भाडामा खनाइ ३– मिनेटसम्म भिजाई तातोपानी फाली तेस्रो भाँडोमा बीउ राखी २४ घण्टासम्म फुल्न दिइन्छ र त्यसपछि बीउ रोपन लायक हुन्छन् । तातोपानीमा धेरै बेर डुबाउनु हुँदैन । अन्यथा बीउको अङ्कुर शक्ति नष्ट हुन्छ । तातोपानीको साटोमा नरम खलका अम्लहरूको पनि प्रयोग गर्न सकिन्छ । नर्सरीमा बिरुवा उमाद ३×७ को व्यागमा उमार्नुपर्छ । बीउ रोपेको करिब डेढ महिनापछि बिरुवा १०–१२ से.मि. अग्लो हुन्छ । त्यसपछि बिरुवालाई स्थायी ठाउँमा सार्नुपर्छ । अचेल बिरुवा एक डेढ मिटर अग्लो भएपछि सार्ने चलेको छ । यसरी हुर्केको बिरुवा सारेमा बाख्रा गाईवस्तुले चरेर हुने नोक्सानी कम हुनुका साथै उत्पादन पनि तुरून्त लिन सकिन्छ । इपिलइपिललाई सोझै बारीमा पनि लगाउन सकिन्छ । यसरी बीउ रोपेर समय र श्रमको बचत गर्न सकिन्छ । तर बिरुवालाई झारपातबाट जोगाउन सक्नुपर्दछ । इपिलइपिलको खेती पोखरीको डिल, खेतको कान्ला,बारीको डिल, बाटोको छेउछाउ गरिन्छ । उन्नत तरिकाद्वारा घाँसको रूपमा खेती गर्दा इपिलइपिललाई एक एक मिटरको दूरीमा बिरुवादेखि अर्को बिरुवा प्रत्येक १÷१ मिटरको फरकमा रोप्नुपर्छ ।

हरियो घाँसको उत्पादन
बीरुवा रोपेको १–२ र्बषमा हरियो स्याउला काट्ने लायक हुन्छ । स्याउला काट्दा कँबर माथिबाट पलाएका सबै स्याउला काट्नुपर्छ । त्यसपछि प्रत्येक ५०–६० दिनको अवधिमा अर्को पटक स्याउला काट्न सकिन्छ । स्याउला काट्दा मुख्य काण्ड काट्नु हुन्न, केवल हाँगाहरू मात्र घाँसको रूपमा काट्नुप्रछ इपिलइपिलबाट वर्षमा ४–६ पटकसम्म हरियो स्याउला लिन सकिन्छ ।

बीउ सङ्कलन
इपिलइपिल बारै महिना फूल फुल्छ तापनि फागुनसम्ममा बीउ पाक्छ र सङ्कलन गर्ने लायक हुन्छ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि   श्रोत सामाजीक सन्जाल

Leave a comment