ओखर ठूलो पतझर वृक्ष हो । यसको उचाई झण्डै ३० मिटर सम्म हुन्छ । यसका भाल र पोथी फूलहरु भिन्दा भिन्दै हुन्छन् र एउटै रुखमा पाइन्छन् । बोक्रा खैरो रंगको हुन्छ । पातहरु एकपछि अर्को पालैपालो दुइतिरबाट निस्केका हुन्छन् भने उप–पत्रहरु ५–१३ वटा हुन्छन् । फूलहरु मसिना हल्का पहेंलो सहितको खैरो रंगका हुन्छन् । फल हरियो बोक्रा भएको र भित्री भाग कडा हुन्छ भने यसको वीज फलको भित्री भागमा मस्तिष्कको जस्तो आकार देखिने हुन्छ ।
पूmल फुल्ने समयः चैत्र–वैश
प्राकृतिक बासस्थानः
ओखर नेपालको पूर्व, मध्य तथा पश्चिमी भेगमा १२०० देखि २१०० मिटर सम्मको उचाईमा पाईन्छ । पश्चिम नेपालमा यो प्राकृतिक जंगलको रुपमा भेटिएको छ । ओखरका रुखहरु प्राकृतिक वन जंगलमा मिसिएर वा अलग समूहमा समेत पाइएको छ । यो केही चट्टान भएको सामान्य भिरालो, गहिरो तर खुकुलो माटो भएको ठाउँमा हुर्किएको पाइएको छ । यो घाम रुचाउने खालको रुख हो । यसको आयु बढीमा ३०० वर्ष सम्म भएको उल्लेख छ । ओखर हुर्कनको लागि हिउँदमा हिउँले नढाक्ने र वर्षा याममा कडा गर्मी नहुने वातावरण आवश्यक पर्दछ । १७५० मि.मि. भन्दा बढी पानी पर्ने ठाउँमा यो राम्रो हुर्कन्छ तर अन्य कुराहरु ठीक भएमा पानीको कमीलाई सिंचाईद्वारा पनि पूर्ति गर्न सकिन्छ । बलौटे माटो यसका लागि राम्रो मानिन्छ ।
उपयोगिताः
ओखरको काठः यसको काठको रंग हरियो मिश्रित खैरो हुन्छ । यसको काठ कडा र बलियो हुनुको साथै मसिनो हुन्छ । यो चिरान गर्नको लागि सजिलो काठमा गनिन्छ । काष्ठकलाका वस्तुहरु बनाउन यो राम्रो मानिन्छ । ऋबचखष्लन का लागि पनि उपयुक्त छ । यसलाई चिल्लो र मिहिन ढंगमा तयारी गर्न सकिन्छ र राम्रो उयष्किज गर्न सकिन्छ । फर्निचरका लागि पनि यसको काठ उत्तम मानिन्छ । खासगरी बन्दुक को कुन्दा र अन्य भागमा यसको प्रयोग गरिन्छ । यसको चिरानको धुलोबाट राम्रोएथिधययम बन्दछ । संगीतका सामग्री पनि यसको उपयोग गरिन्छ ।
ओखरको तेलः
यसको तेल खानमा प्रयोग हुन्छ । अल्प मात्रामा लेख्ने मसी, वार्निस तथा साबुनमा प्रयोग हुन्छ । यसको तेल छालाको रोगमा पनि प्रयोग गर्ने गरिन्छ । पातः पातमा पाइन्छ । ओखरको हाँगा र पातको रुपमा प्रयोग हुन्छ । पात र बोक्रा मथभष्लनरतबललष्लन मा पनि प्रयोग हुन्छ । पातहरुमा कृमिनाशक गुण हुन्छ ।
पातहरु बोक्राः
दन्तमञ्जन बनाउन तथा दाँतको दुखाईमा ओखरको जराको बोक्रा प्रयोग हुन्छ । यसैले यो रुख काट्नमा प्रतिबन्ध लगाइएको छ । मलेसियामा फलको बोक्रा माछा मार्ने काममा पनि प्रयोग गर्ने गरेको पाइएको छ ।
संकलन समय र विधिः
ओखर असोज–कार्तिकमा पाक्दछ । फल पाकेपछि आफैं झर्न शुरु गर्दछन् । अथवा पाक्ने बेला भएका फललाई हाँगाहरु हल्लाएर झार्ने पनि गरिन्छ । बाहिरको बोक्रालाई रसायनिक पदार्थमा राखेर हटाउने र बाँकी दानालाई रंग र आकारका आधारमा छुट्याई ग्रेडिङ् गर्ने गरिन्छ । ओखर लगाएको ८–१० वर्षमा फल दिन थाल्दछ । एउटा बोटले बढीमा ४–५ मन फल दिन्छ । प्रत्येक वर्ष उत्तिकै फल नदिने हुँदा औसतमा प्रति बोट एक मनको हिसाब राख्न सकिन्छ । यसको बोटले करीव १०० वर्ष सम्म फल दिन सक्छ । ओखरका दानालाई जुटको बोरामा प्याक गरिन्छ र नगुम्सिने गरी हावा खेल्ने ठाउँमा भण्डारण गरिन्छ । फल टिप्ने देखि विभिन्न प्याकिङ्ग गर्ने अवस्थासम्म विभिन्न रोग लाग्ने भएकाले यिनीहरुलाईबाट गर्ने गरिन्छ ।
बजारः
खेती गरिने विभिन्न प्रकारमा कागजी अखरोट (दाँते ओखर) सबैभन्दा राम्रो मानिन्छ । यसमा फल ठूलो हुनका साथै सजिलै बोक्रा फुटाउन सकिने र सफा सेतो गुदी भएको हुन्छ । प्रसारण विधिः प्राकृतिक वन क्षेत्रमा पाइने रुखहरुमा फलहरु पाकेपछि भुईंमा खस्दछन् र फल पूmटी दरार उत्पन्न भै अंकुरित हुन थाल्दछन् । खासगरी काठ उत्पादनको दृष्टिले लगाइने विरुवाहरुका लागि नर्सरीमा विरुवा उत्पादन गरी स्थान्तरण गरेर यसको रोपण गर्न सकिन्छ । दानाबाट विरुवा उत्पादन गर्न फल राम्रो र उन्नत किसिमको फल दिने स्वस्थ रुखहरुबाट संकलन गर्नु पर्दछ । दानाहरु डिसेम्बर देखि फेब्रुवरी सम्म ४” को फरकमा रोप्नु पर्दछ तर हुर्केपछि स्थान्तरण गर्दा भनेको फरकमा लगाउनु पर्दछ । नर्सरीमा अंकुरण भने मार्च महिना तिर हुन थाल्दछ र दोश्रो वर्षमा मात्रै स्थानान्तरण गर्नु पर्दछ । अन्य देशहरुमा विभिन्न प्रकारका कलमी गरिन्छ । ओखरको बोटमा मलखाद राख्ने चलन छैन तथापी नाइट्रोजन र राख्नु राम्रो मानिएको छ । ओखरको बोटलाई प्रायः छटनी गरिदैन तर ३–४ फिट अग्लो भइसकेपछि निस्केका अतिरिक्त हाँगाहरु र रोग लागेका भागहरुलाई भने काटेर फाल्ने गरिन्छ । यसको राम्रो आउँछ । ओखरको बोटमा उही वृक्षबाट परागसेचन भइ फल लाग्दछन् तर २००–३०० फिट सम्मको दूरीमा पनि पराग फैलेर फल लाग्ने गरेका देखिएको छ । कहिले काहीँ भाले र पोथी फूलहरु एकै समयमा परिपक्व नहुँदा नजिकैका परिपक्व वृक्षहरुबाट परागसेचन हुने गरेको े पाइएको छ । प्रमुख रसायनिक तत्वः यसको फल, रुख तथा जराको बोक्रामा नेप्टोक्यूनोन ग्रुपका रसायन पाइन्छ ।
ओखर : स्वास्थ्यका लागि फाइदै फाइदा
दिमागका लागि ओखर राम्रो खाओद्यपर्दाथ मानिन्छ।यसमा भिटामिन ई प्रशस्त मात्रामा रहेको हुन्छ। यसले दिमाग तेज बनाउनका साथै शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ। नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैनन्। यसका साथै अनावश्यक तौल पनि बढ्दैन्।
मोटोपन घट्नुका साथै शरीरमा स्फूर्ति आउँछ।एक अध्ययनका अनुसार ओखरले एकाग्रकता बढाउनमा ठूलो मद्दत गर्छ। ओखरमा पाइने ओमेगा ३ प्याट एसिडले मस्तिष्क स्वस्थ राख्छ।
ओखर जुनसुकै उमेरका व्यक्तिका लागि फाइदाजनक मानिन्छ। बढ्दो उमेरका केटाकेटीलाई ओखर खुवाउँदा यसले छिटो मानसिक तथा शारीरिक वृत्तिविकास गर्छ। नियमित ओखरा खाँदा निन्द्रा नलाग्ने समस्याबाट छुटकरा मिल्छ। यसमा मेलाटोनिन नामक हर्मोन हुन्छ।यो हर्मोनको काम निद्रा लगाउनु हो।
यसले अनावश्यक तौल सन्तुलन गर्छ। डाइटिङमा रहेकाहरुका लागि यो फाइदाजनक हुन्छ।यसमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यो डाइटिङ गर्नेहरुका लागि फाइदाजनक मानिएको हो।यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ।फाइवरले पाचन प्रणालीलाई सक्रिय बनाउँछ।नियमित सेवन गरे रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
यसले क्यान्सर, ह्दयघात र अन्य रोग लाग्नबाट बचाउँछ।कोलेस्ट्रोल कम गर्छ। हड्डी बलियो बनाउँछ। छालामा चमक आउँछ।
नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार आउँदैछ । दशैं मासु नै मासुको पर्व भनिएजस्तै तिहारको पनि विशेष किसिमको परिकार र खानेकुरा हुन्छ । त्यसमध्ये सबैभन्दा धेरै प्रयोग हुने सेलरोटी हो भने दोस्रोमा भाइमसला हो । भाइमसला स्वास्थ्यको हिसाबले एकदमै पौष्टिकताले भरिपूर्ण खानेकुराहरुको संग्रह हो । यही भाइमसला मध्येको एकदमै स्वास्थ्यबर्द्धक खानेकुरा हो ओखर ।
ओखरले हाम्रो दिमागको बृत्तिविकासका लागि महत्वपूर्ण योगदान गर्छ भनिन्छ । यति मात्रै नभएर हाम्रो सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यको लागि यो अति उपयोगी मानिएको छ । यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगहरुलाई भगाउन मद्दत गर्दछ ।