कुटकी जमिनको सतहमा फैलिएर बढ्ने तथा चट्टानमा झांगिएर हुर्कने झार वर्गको करिब ५ देखि १० सेमीसम्मको उचाइ हुने बहुवर्षीय वनस्पति हो । यसको मुलजरा तथा डाँठ बलियो, लामो, केही खैरो र कालो रङ्गको र पुरानो पातका फेदले ढाकिएको हुन्छ । यसको स्वाद तितो हुन्छ । काण्डमा स–साना झुस हुन्छन् । पात सानो गुजुमुज्ज भएर आउन ०.५ देखि ४ सेमीसम्म लामो, ४ देखि १५ मिमीसम्म चौडा गोलाकार वा लाम्चो अण्डाकार हुन्छन् । पातको किनारा करौती जस्तो दाँती परेको हुन्छ । पूmलहरु करिब १० सेमीसम्म अल्लो सीधा डाँठको अन्तिम मुजुरामा धेरै संख्यामा फुलेका हुन्छन् । पूmल फिक्कानीलो प्याजी रङ्गको हुन्छ । पत्रदल र पुष्पदल ५–५ खण्ड भएको र पुष्पदल २ मिमी फराकिलो हुन्छन् । एउटै पूmलमा भाले र पोथी अंग पाइन्छ । कोसा गोलो ६ देखि १० सेमीसम्म व्यास भएको र खण्डखण्ड परेको हुन्छ जसभित्र धेरै मसिना बीउहरु रहेका हुन्छन् । यसको नयाँ पात फागुन–चैतमा पलाउँछ । पूmल वैशाख–जेठ र साउन–भदौमा २ पटक फुल्दछ र फल असार–असोजसम्म लाग्दछ । कार्तिक–मंसिरमा बीउ झर्दछ ।
उपयोगी भाग जमिनसगँ घस्रने जरा सहितको काण्ड। प्राकृतिक वासस्थान यो वनस्पति प्राकृतिक अवस्थामा ३,५०० देखि ४,८०० मिटरसम्मको उचाइमा ओसिलो चिस्यानयुक्त भिरालो चट्टानी भाग, मलिलो कालोमाटो भएको उत्तरी, उत्तर– पश्चिमी घाँसे मैदान चिस्यानयुक्त खोल्साखोल्सीहरु मा पाइन्छ । यो नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा पाइन्छ ।
उत्पादन र बजार
यसको बजारमा माग अत्यधिक छ र आपूर्ति न्यून छ । यसको हालको औसतबजार मूल्य रु. ८५० देखि रु. १,४५० प्रति केजीसम्म पर्दछ । प्रतिहेक्टर १,५०० देखि २,०५० केजी सुकेको कुट्की जरा उत्पादन हुने छ ।
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि