कृषिमा जलवायु परिवर्तनले असर न्यूनीकरणका उपाए ।

कृषिमा जलवायु परिवर्तनले असर न्यूनीकरणका उपाए ।
कृषि प्रणालीअन्तर्गत जलवायु परिवर्तनको नयाँ यथार्थस्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन÷परिवर्तन गरी निम्नतम प्रविधिको एकीकृतप्रयोगमा जोडी जलवायु प्रविधि भन्नाले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न र अनुकूलन गर्न सहयोग गर्ने, जलवायु परिवर्तनको मुख्य कारण हरितगृह ग्यास उत्सर्जन कम गर्ने, बालीनाली तथा पशुको उत्पादन तथा उत्पादकत्व बढाई खाद्य सुरक्षामा सहयोग पु¥याउने प्रविधि भन्ने बुझिन्छ।
वर्षदेखि मात्र कृषिमा बाली–चक्र, उन्नत बीउबिजन, प्रांगारिक मल, पशु–नश्ल सुधार जस्ता प्रयोग तथा उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिन थालिएको छ । जब खाद्यान्न अभाव हुन थाल्यो, तब कृषि–क्षेत्रमा अध्ययन/अनुसन्धान अगाडि बढ्यो र केही दशकअगाडि मात्रमानव–निर्मित रासायनिक मल, रोग/कीरा नियन्त्रणका लागि विषादी प्रयोग र बाली तथा पशु प्रजननजस्ता उन्नत प्रविधि मार्फत कृषिक्रान्ति सुरुवात देखीन्छ । तर यसले पारेकानकारात्मक असर र जलवायु परिवर्तनले गर्दा अहिले कृषि तथा पशुपालन क्षेत्रमाचुनौती थपिँदै गइरहेको छ। यसैले अहिले कृषिमा क्रान्ति भनेर संसारभर जलवायुमैत्री स्मार्ट कृषि–प्रविधिमा जोड दिन थालिएको छ। तथ्यांकअनुसार नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि–क्षेत्रको योगदान २७ प्रतिशत छ भने जनसंख्याको ६०.४ प्रतिशत मानिस कृषि पेसामा आश्रित छन्। नेपालका खेतीयोग्य जमिनमध्ये जम्मा४० प्रतिशत भागमा मात्र सिँचाई सुविधा उपलब्ध छ। अधिकतर किसान आकासे पानीको भरमा खेती गर्न बाध्य छन्। जसले गर्दा जलवायु एवं मनसुनी वर्षाले ७० प्रतिशतसम्म कृषि उत्पादनमा प्रभाव पार्नेसक्ने अनुमान छ। खाद्यान्न बाली धानर मकै देशको माग धान्न सक्नेगरी उत्पादन हुन सकेको छैन।
अन्य नगदे बाली, फलफूल एवं पशुजन्य उत्पादन पनि उल्लेख्य मात्रामा आयात भइरहेको छ र मौसम परिवर्तनले खेती प्रणालीमा पारेका नकारात्मक असर, वर्षभरि सिँचाइउपलब्ध नहुनु,रासायनिक मल अभाव हुनु, रोग÷कीरा नियन्त्रण हुन नसक्नु, उन्नत बीउबिजन एवं पशु–नश्ल नहुनु, युवा विदेश पलायन हुनु,जग्गा बाँझो रहनु, दक्षप्राविधिक तथा व्यवस्थित बजार नहुनु कृषि–क्षेत्रका मुख्य समस्या हुन्।
विश्व खाद्य तथा कृषि संगठनको अनुसार विश्वको बढ्दो जनसंख्या, परिवर्तित खाद्यान्न उपयोग प्रवृत्ति तथा प्रतिकूल जलवायुका आधारमा सन् २०५० सम्म अहिलेको भन्दा ६० प्रतिशत बढी खाद्यान्न आवश्यक देखिन्छ। अर्को एक अध्ययनअनुसार प्रति १ डिग्री तापक्रम वृद्धिसँगै करिब ५ प्रतिशत खाद्यान्नको उत्पादकत्व घट्नेछ। उल्लिखित तथ्यलेसाँच्चैबृहत् चुनौतीतर्फ इंगित गर्छन्। जसको सामना गर्न प्राकृतिक स्रोत÷साधनको समुचित प्रयोग गर्न अपरिहार्य छ।
मौसममैत्री प्रविधिमा कृषकलाई बाली रोप्नेदेखि भित्र्याउने बेलासम्म मौसमको जानकारी दिइन्छ। मौसमसम्बन्धी पूर्वसूचनाले बालीनाली एवं पशुवस्तुमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ। जलवायु परिवर्तनले गर्दा जमिनमा रहेको पानीको भण्डार कम हुँदै हुने एवं आकास बाट कम पानी पर्ने कारणले कृषि–क्षेत्रमा सिँचाइको अभाव दिनानुदिन बढिरहेको छ।
बीउ एवं पशु–नश्ल भन्नाले जलवायुबाट हुने जोखिम सहन गर्न सक्ने बालीनालीको बीउ एवं पशु–नश्ल भन्ने बुझिन्छ। जस्तै सुक्खा, गर्मी, ठण्डी सहने, रोगसँग लड्न सक्ने बीउ एवं पशुका जात प्रयोगबाट किसानले बढी फाइदा लिन सक्छन्। उन्नत एवं रैथाने जातको क्रस ब्रिडिङ, समुदायमा आधारित बीउ एवं पशु–नश्ल कृषकमाझ लोकप्रिय हुन्छ ।
कम खनजोतविधि अपनाउने, कृषिवन, बालीका अवशेष माटोमा छाड्ने, बाली–चक्र अपनाउने, भकारो सुधार, लिफ कलर चार्ट, ग्रिन–सिकर आदि पोषक तत्व व्यवस्थापनका विधि अपनाउने। कृषि उत्पादन लागत घटाउन कृषि यान्त्रीकरण अत्यावश्यक हुन्छ। खनजोतदेखि बालीनाली लगाउने, भण्डारण/प्रशोधनगर्नेसम्म यान्त्रीकरण प्रयोग आवश्यक हुन्छ। यसैगरी घाँस काट्ने,दूध दुहुने, चिस्याउने एवंउत्पादन र प्रशोधनमा विभिन्न मेसिन प्रयोग हुन्छ।
जलवायु परिवर्तनले असर न्यूनीकरण गर्न विकास भइरहेको जलवायुमैत्री कृषि–प्रविधिको पनि तीव्र विकास भइरहेको सूचना–प्रविधिको सहज पहुँचले संसारका कुनै कुनामा वैज्ञानिकले आविष्कार गर्ने प्रविधि क्षणभरमै कृषकका खेतबारी पुग्छन्। नेपालजस्ता अल्पविकसित देशमा उत्पादन–प्रविधिको प्रयोगदेखि बजारीकरणसम्म सूचना–प्रविधिको पहुँचले कृषिमा आधुनिकीकरण भइरहेको छ।
प्रविधिले कृषिमा मल, पानी, श्रम,कृषि बिमा,बिउ एवं अन्य स्रोत/साधनको प्रयोगमा उल्लेख्य कमी ल्याउँछ। साथैस्थान–विशेषकोमौसमी पूर्वजानकारी, रोग/कीरा, बजार एवं उत्पादनको पूर्वप्रक्षेपणलेजोखिम कम गराउँछ र कृषकलाई बढी नाफा दिन्छ। यसले थप अवसरसमेत सिर्जना गर्छ जस्तै: कृषकबाहेक अन्य व्यक्ति पनि मूल्य–शृंखला, प्रविधिको व्यापारमा संलग्न हुन सक्नेछन्। यान्त्रीकरणले उत्पादन लागत घटाउने र कृषि–मजदुरको अभाव पूर्ति गर्ने गर्छ। प्रविधि बुझ्ने चुस्त प्रशासनिक संरचना, सरकारी, सहकारी, निजी क्षेत्रको सामूहिक प्रयास र कृषि–क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको वातावरण भएमा नेपालको कृषि–क्षेत्र जलवायुमैत्री प्रविधिमार्फत छोटो समयमै गुणात्मक फड्को मार्न सफल हुनेछ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment