यो मेरो प्रयास हो । यस अघिका प्रयासमा नै पूर्ण उपलब्धि प्राप्त भयो भन्ने त हैन तापनि मेरो यो सानो प्रयास भने नयाँ खालकै हो भन्ने मलाई महशुस भएको छ । जो पेशामा लागछ उस्कलागी पुस्तिक प्रकाशित भएपछि यसले विशेष गरेर घाँसमा आधारित व्यवसायीहरूलाई ठूलो टेवा दिने नै छ, कृषक लाई के के कुरामन ध्यान दिने र जिबीको उपाजनर खाध्य सुरक्षयमा ले पुराउनी सहयो सम्बन्धी सन्दर्भ सामग्री लिएर प्रकाशित मेरा पुस्तक नेपाली भाषामा लेखिएको पुस्तक हो । पुस्तकको अभाव खड्किरहेको बेला यो पुस्तक भँुडीपुराणले बजारमा ल्याउने प्रयास गरेको छ । पाठक वर्गले यो पुस्तकमा भएका कमी कमजोरीहरू औँल्याइँदिनु भएमा आगामी दिनमा अझै परिषकृत हुन सक्ने शक्ति प्राप्त हुने थियो । यो पुस्तक प्रकाशन गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । पुस्तक प्रकाशन गर्नमा अहोरात्र खटेर, मलाई सहयोग गर्ने सुजन गौतम र नेपाल कृषिवन बीउ बिजन केन्द्रका सम्पूर्ण टिमलाई पुस्तकलाई यहाँसम्म ल्याइपु¥याउने प्रमुख श्रेय दिन चाहन्छु । पुस्तक तयार गर्नका लागि निरन्तर रूपमा विगत २०४९ सालदेखी मैले प्राप्त गरेका तालीमा हरु र सन्चालन गरेका तातिमहरु काम गरेका कृषाक समुह हरूका सदस्यको र मेरे भोगाई, सिकाई र गराईबाट अनुभव भएका विषयहरू बाट यो पुस्तकहरुको आवश्यकता महसुस गरी पुस्तकहरु प्रकाशन गरिएको छु ।
युग सुहाउँदो कृषि प्रविधिको आवश्यकता अवश्य छ । नेपाल एक कृषिप्रधान देश हो । हरियो वन नेपालकोे धन भनाई सबै नेपालीको होे । यहाँ जल, वनजंगल, जडिबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ । यति मात्र नभई नेपालको हिमाल, पहाड तराईमा फरक फरक हावापानीले भरीपूर्ण रहेको देश नेपालमा अधिकांश समुदाय कृषि पेशामा आधारित छ । हामी सबै कृषकको छोराछोरी हौँ । यस्तो अवस्थामा कृषि क्षेत्रलाई एउटा आधुनिक दिशातर्फ लैजानु जरुरी रहेको देखिन्छ, साथमा कृषकहरुलाई पनि नयाँ नयाँ किसिमका खेती प्रविधि, आधुनीक पशुपालन भित्र ब्यवसायक बाख्रा पालन तथा उत्कृष्ट किसिमको बाख्रा्र पालनका बारेमा जानकारी गराउनु आवश्यक देखिन्छ । अर्कोतर्फ घाँसखेतीमा आधारित व्यवसाय बाट फाइदा लिनुका अलाबा वातावरण संरक्षणमा पनि सघाउ पुग्छ । अनेक समस्या निम्तिए पनि नेपालको हिमाली, पहाडी र तराईका भूभागहरूमा रहेका जमिनलाई धेरैभन्दा धेरै सदुपयोग गरेर आयआर्जन र जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ । त्यसका निम्ति कृषिवन उत्तम माध्यम बन्न सक्छ । लामो समयदेखि कृषिवन क्षेत्रमा नै क्रियाशील रामप्रसाद गौतमले लेखेको ‘कृषिवन’ले निम्न आर्थिक हैसियत भएका जनताको जीवन स्तर उकास्न कृषिवन पद्धति उपयुक्त हुने बाटो निकालेका छन् । जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै उत्पादनमा कमी आउँदै गएको छ भने अर्कोतिर खेतीयोग्य जग्गा मासेर प्लटिङ गर्ने र त्यसमा घरहरू ठडिने कार्यले पनि तीव्रता पाउँदै गएको छ । खेतीयोग्य जमिनमा खेती गर्ने र खेती नहुने ठाउँमा बस्ती बसाल्ने पुर्खाहरूको कदमलाई लत्याउँदै खेतीयोग्य जमिनमा घर बनाउने कार्य बढ्दो रहेको हुँदा कालान्तरमा त्यो प्रत्युत्पादक देखिने निश्चितप्रायः छ ।
जनसंख्याको वृद्धिसँगै नेपालमा मानव जातिको बसोबास हुन थालेदेखि नै पशुपालनलाई मुख्य पेसाको रूपमा अपनाउँदै आए । काठमाडौंमा उपत्यकामा पहिलोपटक पाइला बिसाउने समुदाय नै पशुपालकहरू थिए भनिन्छ । आदिम समयदेखि पशुपालनमा रमाएका नेपालीहरूले अझै पनि पशुपालनलाई पेसाका रूपमा अपनाउँदै आएका छन् । पशुपालनका निम्ति कृषिवन सबभन्दा उपयुक्त आधार हो । पशुपालनका लागि मात्र होइन, कृषिवनको बहुउपयोगिता रहेको छ । पहिलो त मानिसहरूले आफ्नो खाली रहेको जग्गामा कृषिवन प्रणालीलाई अपनाउने हो भने घाँस, दाउराका लागि जंगलमा भर पर्नुपर्ने अवस्थामा कटौती हुन जान्छ । दोस्रो, कृषिवनबाट पशुपन्छीहरूका निम्ति आहारा पूर्ति पनि हुन जान्छ । कृषिवनमा भुइँघाँस, डाले घाँस रोपेर पशुपालनलाई व्यवसायीकरण गरी आर्थिक समृद्धिको बाटो अपनाउन सकिन्छ । त्यसका निम्ति हामीकहाँ वर्षौंदेखि लगाइँदै आएको रैथाने र पौष्टिक गुणले भरिपूर्ण विदेशी घाँसहरू लगाउन सकिन्छ । पछिल्लो समय विदेशी घाँसहरू रोप्ने क्रम बढेको हुँदा नेपालमा त्यस्ता घाँसहरूको खेती नै गरेर पशुपालन व्यवसायलाई गति दिनसमेत थालिएको छ ।
खेतबारीका डिलहरूमा बहुवर्षीय डाले घाँसहरू रोपेर पनि कृषिवन प्रणालीलाई अग्रगति दिन सकिनेमा लेखकले सुझाव दिएका छन् । खासगरी हिउँदको समयमा घाँस खेती राम्ररी फस्टाउँदैन । हरिया घाँसको अभावमा पशुहरूको दूध उत्पादनमा कमी आउँछ । तर, सुख्खा मौसममा हुने दुदिलो, गिदरी, किम्बु, इपिलजस्ता घाँसहरूको खेती गर्ने हो भने दूध उत्पादनमा कमी आउने क्रमलाई रोक्न सकिन्छ र निरन्तर आम्दानीको आधार बन्न पुग्दछ । कृषिवन प्रणालीको अर्को उपादेयता हो– भूक्षय नियन्त्रण । खेतबारीको डिल, भिराला पाखा वा पहिरो जानसक्ने सम्भावित ठाउँहरूमा बोटबिरुवा रोप्ने हो भने भूक्षय नियन्त्रणमा धेरै ठूलो सघाउ पुग्दछ । बोटबिरुवाले भूक्षय नियन्त्रणमा भूमिका खेल्ने भएको हुँदा कृषिवन प्रणाली अपनाउनु उपयुक्त हुने देखिन्छ ।
कृषिवन प्रणालीका अरू फाइदाहरूमा जैविक मल बनाउन सकिन्छ भने महिलाहरूको कामको बोझमा कमीसमेत आउँछ । खेतबारीको डिलमा रोपिने घाँसजन्य र अरु बोटबिरुवाका पातपतिंगरहरू गाईवस्तुका लागि स्याउलाका रूपमा प्रयोग गर्न सकिन्छ र त्यसलाई नै जैविक मलका रूपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । खेतबारीमा रोपिएका बोटबिरुवाबाटै घाँस र दाउरा प्राप्त हुने भएपछि महिलाहरूले टाढा–टाढा जंगलमा जानुपर्ने अवस्थाको अन्त्य हुन्छ र बचेको समय अरू आयआर्जनका कार्यहरूमा लगाउन सकिने तर्क पनि लेखकले गरेका छन् ।
कृषिवन प्रणाली अपनाउँदा आयआर्जनका अनेक बाटाहरूसमेत फेला पर्दछन् । पशुपालनलाई व्यवसायका रूपमा अपनाउनेहरूले भुइँघाँस र डालेघाँसको व्यावसायिक खेती गर्न सक्दछन् । कृषिवन प्रणालीलाई आम्दानीको स्रोतका रूपमा पनि अपनाउन सकिन्छ । निजी जग्गामा चिउरी, कटुस, लप्सीजस्ता बोटबिरुवा रोपेर आम्दानीको माध्यम बनाउन सकिन्छ । कृषिवनमा काठजन्य बोटबिरुवा रोपेर पनि आम्दानी गर्न सकिन्छ । साल, सिसौं, चाँप, सल्ला, सिमल, सौर आदिको बोट रोपेर काठका रूपमा बिक्री गरी आम्दानी लिन सकिन्छ । यी त भए नै । कृषिवन प्रणाली जडिबुटी खेतीको उत्तम आधार पनि हो । धेरै आम्दानी हुने जडीबुटीका साथै मसलाजन्य बिरुवाहरू पनि रोपेर आम्दानी गर्न सकिन्छ । त्यस्तै, धार्मिक कर्ममा प्रयोग हुने रुद्राक्षजस्ता बोटबिरुवा रोपेर पनि आम्दानीको गतिलो स्रोत फेला पार्न सकिन्छ ।
कृषिवन प्रणाली बहुउपयोगी मात्र छैन, आयआर्जन र जीविकोपार्जनको उत्तम आधारसमेत हो । तर, कृषिवनलाई व्यवस्थित रूपले अगाडि बढाउन त्यति धेरै चासो देखिइरहेको पाइँदैन । यसलाई प्रश्रय दिन राज्यको चासो र तत्परताको पनि उत्तिकै आवश्यकता देखिन्छ ।
१ कृति एग्रोफरेषट्री

कृति – कृषिवन

३ कृति- कृषिवन हातेपुस्तक

४ कृति- घाँसखेती
