+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

कृषि र शिक्षा नेपालको आवश्यकता

मानिसको सबैभन्दा आधारभूत आवश्यकता हावा र पानीपछि खानेकुरा हो । ६० , ७० हजार वर्षको इतिहासमा आगोको उपयोगपछि मानिसलाई सभ्य कहलाउने पहिलो अभ्यास खेती नै होला  मानिसले यही सभ्यतालाई एक पुस्तापछि अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको छ । आत्मसुरक्षापछि मानिसले अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सारेको महत्वपूर्ण ज्ञान पनि यही हो । मानिसलाई शिकार र कन्दमूलको अनिश्चिततासँग बाँच्ने बाध्यताबाट यही शिक्षाले अलि सान्त्वना दिएको हो । अहिले समाज विशिष्टिकृत हुँदै गएर थोरैले मात्र खेती गर्ने औद्योगिक प्रणाली विश्वको आदर्शका रूपमा स्थापित आएकोले खाना थालमा त आएको छ तर यससँग मानिसको एक किसिमको घनिष्ठता हराएको छ । यस्तो विशिष्टीकरण संसारको सानो हिस्सामा मात्र भएको छ । अझै कम मेहनतमा र ‘स्तरीय’ खाना उत्पादन गर्ने सीप खोजी र हस्तान्तरण भइरहेको छ । यस्तो सिकाइ संस्थागत हुनुभन्दा पहिले मानिस एक पुस्ताबाट अर्को पुस्ताले गरेर हेरेको भरमा सिक्थ्यो । उसको सिकाइ सीमित हुन्थ्यो । संस्थागत भएर लिखित रूपमा सिकाइ संग्रह गर्न थालिएपछि बिस्तारैकृषि शिक्षा पनि एक विशिष्टिकृत विद्याका रूपमा स्थापित भयो । यतिखेर विश्वमा खाद्यान्न र कृषि कर्मं सिकाइका सन्दर्भमा विरोधाभाषपूर्ण धारहरू चलिरहेका छन्ः एकातिर अझै सबैले सहजै दुई छाक खान पाउने स्थिति छैन भने अर्कातिर स्थिर जीवनशैलीका कारण शरीरको तौल अनावश्यक बढ्ने र यसकारण हुने शारीरिक रोगव्याधि बढिरहेका छन्। हाम्रै देशमा पनि यी दुवैथरी परस्पर विरोधी अवस्था विद्यमान छन्। यसलाई कतिले ‘शिक्षाको रूपमा हेर्छन्। अर्को दृष्टिले कति स्वास्थ्य समस्या खाद्यान्न उत्पादन गर्ने प्रणालीका कारण पनि उब्जेका छन्। विशेषगरी व्यापक क्यान्सरका पछाडि कृषिमा प्रयोग गरिने रसायनिक मल र विषादी जिम्मेवार रहेको बताइन्छ । यस्तो अत्याधिक रसायन प्रयोग गरिएको उत्पादन प्रणालीले मानिसको स्वास्थ्यमात्र होइन– सम्पूर्ण पृथ्वी कै अस्तित्व खतरामा पारेको देखिन्छ । बालीनालीमा हालिएका कृत्रिम रासायनिक मलले माटो र पानी विषाक्त भइरहेका छन्। नेपालमा पनि धेरै थरी स्वास्थ्य समस्या खानाका कारणले हुने गरेका छन्। अहिलेको कृषि शिक्षा यस अर्थमा अनुपयुक्त रहेको देखिन्छ यद्यपि, सीमित अर्थमा बुझिने ‘कृषि शिक्षा’मात्र यसका लागि जिम्मेवार भने छैन ।

अलि व्यापक दृष्टिमा कृषिप्रतिको दृष्टिकोण र कृषि ढाँचामा नै समस्या देखिन्छ । यसलाई अर्थ–राजनैतिक दृष्टिले हेर्दा ‘हुनेखाने, शक्तिशाली’ देश र देशभित्रका समुदाय यसका कारक भएका कारण उनीहरू आपैंmले असर भोग्नुत छँदैछ यस्तो अनुपयुक्त कृषि ढाँचा अवलम्बन गर्दा त्यसको कारक नरहेका देश र समुदाय रसायनिक मल तथा विषादि आदिको मार खेप्नेमा पर्छन्। साना र रसायनिक मल तथा विषादि जस्ता बाहिरी सामग्री प्रयोग नगरी खेती गर्ने किसान न उनीहरू आपूmलाई आवश्यक उपयुक्त प्राविधिक सरसल्लाह पाउँछन् न उपयुक्त मलखाद या बिउ । यस अर्थमा उनीहरूका लागि कृषि शिक्षा अनुपयुक्त भइरहेको देखिन्छ । सिकाइका दृष्टिबाट हेर्दा लेखपढ गरेपछि हातको काम अझ खेतीपाती त गर्नै नहुने कामजस्तो गरिन्छ । विशेषगरी हाम्रो सिकाइ वर्तमान कृषिका समस्याको समाधान गर्नेभन्दा पनि समस्या बढाउनेतर्पm उद्यत देखिन्छ । परम्परागत जीवनशैली पूर्णतः पिछडिएको मान्ने र उत्पादन सम्बन्ध नरहेको जीवनशैली उन्नत र आदर्श मान्ने प्रवृत्तिका पछाडि हाम्रो शिक्षाको नै हात छ । धेरै टाढाबाट आपूर्ति गरिएका खाद्यान्न कारणवश प्राप्त हुन सकेन भने के गर्ने भन्ने किसिमको सङ्कटको तयारीका दृष्टिले पनि हाम्रो शिक्षा अपर्याप्त छ । पुरानोपुस्ताको खाद्य उत्पादन गर्ने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम शिक्षाको हो । हाम्रो देशको शिक्षा यसबाट टाढा जाँदैछ । विश्व समुदाय के कुरामा विश्वस्त हुँदैछ भने विश्वका जलवायु परिवर्तन लगायतका समस्या समाधान गर्ने हो भने खाद्यान्न उत्पादन प्रारम्भिक अवस्थादेखि नै शिक्षाको एक अभिन्न भाग हुनुपर्छ । कृषिलाई आम्दानीको साधन बनाउन कृषिलाई सघन बनाउनु जरुरी छ तर, हाम्रा देशमा प्राविधिक शिक्षाको नाममा प्राप्त कृषि शिक्षा माथि उल्लेख गरिएका समस्या सापेक्ष हुन बाँकी नै छ । वास्तवमा शिक्षाको कमी भएका वा लेखपढ नै नगरेका युवाले आफ्नो शारीरिक परिश्रम गर्ने बानी नगुमाइसकेका र मोटोपनजस्ता समस्या सामना नगरिसकेकाले खाडीजस्ता देशमा गएर देश र परिवार दुवैका लागि २–४ पैसा कमाइ दिँदै छन् । उच्च कृषि शिक्षा प्राप्त गर्नेहरू देशको खर्चमा बढे, पढे उनीहरू परिवारै उतै लान सक्ने भए, उनीहरूको देश विकासमा ठूलोयोगदान छैन । यो लेखनले यही माथि प्रस्तुत गरिएको पृष्ठभूमिबाट नेपालको कृषि शिक्षालाई आकलन गर्ने प्रयत्न गर्ने छ । यस विषयमा छरिएर रहेका ज्ञान, सूचना र परिपाटीलाई अभिलेखन गर्ने प्रयास पनि गर्ने छ ताकि यसलाई एउटा वस्तुवादी दृष्टिकोणले हेर्न सकियोस्। साथै, यसले संकलित सूचना एवं विश्लेषण र दृष्टिकोणका आधारमा एक हिसाबले लिनुपर्ने बाटो पनि इङ्गित गरोस्भन्ने अपेक्षा पनि रहेकोछ ।

विश्लेषणको दायरा

कृषि शिक्षा के हो भन्ने विषयमा प्राज्ञिक छलफल गर्ने यस दस्तावेजको आशय होइन तथापि यस लेखले कति क्षेत्र समेट्ने भन्नेबारे लेखक र पाठकले समदृष्टि बनाउनु जरुरी छ । कृषिलाई मूलतः खाद्यान्न उत्पादन गर्ने विधि र सामाजिक व्यवसायका रूपमा लिइएको छ । यसको उत्पादनका लागि आवश्यक प्राकृतिक स्रोत, श्रम र पूँजी यसको दायराभित्र पर्छन् । प्रविधिलाई ज्ञान र श्रमको एक भागका रूपमा लिइएको छ । यसमा बिउ छर्ने कामदेखि भण्डारण र प्रशोधन सम्मका कार्य पर्छन् । व्यवसायका दृष्टिले उत्पादनदेखि बजारीकरण र उपभोगसम्मको मूल्य अभिवृद्धि श्रृंखला यसमा पर्छ । यसमा राज्यको भूमिकादेखि कृषिबाट सिर्जित समस्या पनि यो सीमाभित्र पर्छन् । प्रशासकीय वा व्यवस्थापकीय दृष्टिले छुट्याइएका कृषि शिक्षामा निम्न विषय समेटिएका छन्ः

क) कृषि पठनपाठन साधारण शिक्षामा कृषि (१–१२ तह) व्यावसायिक र प्राविधिक कृषि शिक्षा (विशेषगरी रोजगार केन्द्रित) उच्च कृषि शिक्षा (विद्यालय शिक्षापछिको, मूलतः सैद्धान्तिक)

ख) कृषि अनुसन्धान र विस्तार अनुसन्धान (ज्ञान निर्माण विनिर्माण गर्ने वस्तुवादी प्रयत्न) विस्तार (माथिका सबै प्रयत्नबाट प्राप्त र किसानमै उपलब्ध ज्ञान किसानसम्म पु¥याउनेपद्धति)

विद्यालयमा कृषि शिक्षा सामान्यतः

साधारण विषय पढाइने विद्यालयमा कृषि नै विषय पढाइएको वा अरु विषयमा कृषि विषयका तत्व समावेश भएका विषय यस अन्तर्गत समेटिएको छ । उदाहरणका लागि विज्ञानमा कृषिका विषय समावेश हुन्छन् तर नेपाली विषयमा पनि किसान निबन्ध पढ्नुपर्ने होला । साना विद्यार्थीलाई खेतबारीमा घुमाउन लैजाने गतिविधि जस्ता विषय पनि यसअन्तर्गत चर्चा गरिएको छ । व्यावसायिक कृषि शिक्षा विशेषतः रोजगारी लक्षित बढी अभ्यासात्मक कृषिका विषय अन्तर्गत समेटिएको छ । यस्तो शिक्षा विद्यालय तह र सो भन्दा माथि पनि जान सक्छ । यसमा यस्तो शिक्षा दिन प्रशिक्षक तयार गर्ने विषय पनि पर्छ ।

Leave a comment