केरा गर्मी हावापानी भएको ठाउँमा उत्पादन गरिने उष्ण प्रदेशीय फलफुल हो । यसको उत्पत्ति एसिया महादेशको उष्ण प्रदेशिय क्षेत्र भएको हो भन्ने बिश्वास गरिन्छ । केरा खेती वास्तवमा भु–मध्य रेखा ३०० उत्तरी र दक्षिण अक्षांश भित्र पर्ने सबै जसो देशहरुमा गरिन्छ । नेपालमा पनि तराई तथा मध्य पहाडी भेगमा केराको खेती राम्ररी हुने गरेको छ । कतिपय ठाउँहरुमा बिउ हुने जंगली केराहरु फेला परेका छन् । नेपालमा स्थानिय जातका केरा पौराणिक कालदेखी नै खेती गरिंदै आएको पाईएको छ । हाल तराई र भित्री मधेशमा उष्ण प्रदेशिय फलफुल मध्ये केराको उत्पादन सबै भन्दा बढी हुने गरेको छ ।
केरा मुसेसी परिवारमा पर्ने फल हो । यो परिवारमा केरालाई दुई समुहमा छुट्टाईएको छ तिनीहरु ईन्सेट र मुसा हुन् । ईन्सेटमा ६–७ जातहरु मात्र छन् भने मुसामा ५० भन्दा बढी जातहरु छन् । हामीले खाने केरा मुसा समुहमा पर्दछ । प्रयोग तथा पौष्टिक महत्व केरा काँचै, पाकेपछि र प्रशोधन गरेपछि धेरै किसिमका परिकारहरुको रुपमा प्रयोग गर्न पनि सकिन्छ । काँचो फलबाट तरकारी, अचार र बुङ्गाबाट अचार बनाउन सकिन्छ । पाकेको केरा एउटा स्वादिष्ट र पौष्टिक फलको रुपमा प्रयोग गरिन्छ । कांचो तथा पाकेको फल प्रशोधन पछि चिप्स, जाम, जुस, पाउडर आदी बनाईन्छ । केराको रेसाबाट कपडा, टिस्युपेपर, कार्डबोर्ड आदी बनाईन्छ । केराको डाँठ, पात गाई बस्तुलाई खुवाउन सकिन्छ । केराको पात र बोटको हाम्रा चाड पर्व एवं तिथि पर्वहरुमा ठुलो स्थान रही आएको छ । केरामा मानिसलाई चाहिने सबै जसो पौष्टिक तत्वहरु पाईन्छन् । साधारणतया पाकेको केरामा ७० प्रतिशत पानी, २७ प्रतिशत कार्बोहाईड्रेट, १.२ प्रतिशत प्रोटिन लगायत भिटामिन ए, बी. र सी पाईन्छ । अरु खनिज पदार्थहरु जस्तै फस्फोरस, क्याल्सियम, फलाम आदी पनि केरामा पाईन्छ । १०० ग्राम केराबाट १०० क्यालोरी शक्ति प्राप्त हुन्छ ।
केरालाई धेरै घाम चाहिन्छ । स्थानिय जातहरु कडा, बलियो र रोग किरा सहन सक्ने तथा चिसो सहन सक्ने हुनाले पहाडी ईलाकाहरुमा सामुन्द्रिक सतह देखि १६०० मि. उचाईको तापमानमा पनि सफलताका साथ खेती गरिएको छ ।
माटो केरा खेती प्रायजसो सबै किसिमको माटोमा भए पनि मलिलो, ओसिलो, पानी नजम्ने, बढी प्राङ्गारिक पदार्थ मिसिएको र पि. एच. ६.५ भएको माटोमा उपयुक्त मानिन्छ । प्रशारण केरा वानस्पतिक प्रजनन् बिधिबाट उत्पादन गरिन्छ । माउ बोटको वरिपरी अरु ससाना नयाँ बिरुवाहरु उम्रन्छन् । यस्ता नयाँ निस्केका बिरुवालई कोथा (सकर) भनिन्छ । यही कोथाहरु नै केरा प्रशारणको माध्य हो । सकरहरु दुई प्रकारका हुन्छन् । तरवार जस्तो साँघुरो पात भएको सकरलाई साँघुरो पात सकर र चौडा पात भएको कसरलाई चौडा पात कसर भनिन्छ । साँघुरो पाते कसरका पातहरु चाँडै बढ्ने हेंदा नयाँ बोट उत्पादनको लागी उत्तम मानिन्छ भने चौडा पाते सकरहरुका पातहरु फैलिएर, तेर्सो परेर बढ्ने र बोट कमजोर हुन्छन् । यस्ता सकरबाट प्रशारण गरिएका नयाँ बिरुवाले ढिलो उत्पादन दिने हुनाले केरा प्रजनन्को लागी त्यति उत्तम मानिदैन । यी दुई प्रकारका सकरहरु बाहेक हुर्किसकेको बोट पनि उत्पादनको लागी प्रयोग गरिन्छ । यस्ता बोट ठुलो हेने हुनाले वजन बढी भई ढुवानीमा अप्ठेरो हुन्छ । रोगमुक्त बिरुवाहरु छोटो समयमा बढी संख्यामा उत्पादन गर्न केराको तन्तु प्रजनन् प्रबिधिलाई प्रचलनमा ल्याईएको छ । बिरुवा लगाउने समय, दुरी र तरिका समय केरा मंसिर, पुष र माघ महिना बाहेक अरु सबै महिनामा रोपिन्छ । नेपालको हावापानीमा ४–५ महिनाको साँगुरो पाते सकर रोप्दा १५–२४ महिनाको उमेरमा पसाउंछ । भदौ पछि पसाएको केरामा कोसाहरु राम्ररी भरिंदैनन् । केरा लगाउने समय निश्चय गर्दा केरा पसाउने समयको समेत बिचार पु¥याउनु पर्दछ । दुरी अग्ला हुने जातका केराका सकरहरु रोप्दा २.५ह३ मिटरको दुरीमा रोप्नु पर्छ र होचा जातहरु रोप्दा १.८ह१.८ मिटरको दुरीमा फरक पारी रोप्नु पर्दछ । एक् पटक मात्र केराको बाली लिने हो भने कम दुरीमा घनत्व बढी गरेर रोप्नु पर्छ । एउटै बोटकाट खुटी बाली लिने हो भने धेरै दुरी राखी टाढा टाढा रोपिन्छ । मलिलो माटोमा बिरुवाहरु राम्ररी हुर्कने र आकार ठुलो देखिने हुनाले दुई बोट बिच दुरी बढी राख्नु पर्छ । केरालाई वर्गाकार, आयतकार र त्रिकोणाकार तरिकाबाट रेखाड्ढन गरी लगाउनु पर्दछ । होचो जातका केराहरु प्रति हेक्टर २००० बोट सम्म लगाउन सकिन्छ । रोप्ने तरिका सकर छुट्टाउँदा वरिपरी खाडल खनेर गानो समेत बाहिर निकाल्ने र त्यसमा पलाएको लामो लामो जरा काटेर छोट्याउनु पर्छ । बोट सार्दा चौडा पात भएका सकरहरु ठुला छन् भने ३० से. मी. माथिबाट काटुर छोट्याउनु पर्छ । सागुरा पात भएका सकरहरु सानै छन् भने काण्ड नछुट्टाई पातको फेद सम्म काट्नु पर्छ । खाडल खनेपछि राम्ररी पाकेको गोबर मल एक डोको, एक के.जी. पिना र पांच के. जी. खरानी हाली माटोमा राम्ररी मिलाएर खाडल पुर्नुपर्छ । बोट सारेपछि सिंचाई गर्नु पर्छ र माटोमा चिस्यान कायम राख्न घाँस पातको छापो दिनु पर्छ । मलखाद साधारणतया एउटा स्वस्थ केराको बोटलाई २०० ग्राम नाईट्रोजन, ११० ग्राम फस्फोरस, २५० ग्राम पोटास र २–३ के.जी. गोबर मल दिनु पर्दछ । बिरुवालाई दिनु पर्ने मलखाद मध्य पुरा भाग कम्पोष्ट, आधा आधा भाग पोटास, फस्फेरस र एक तिहाई भाग नाईट्रोजन बिरुवा लगाउने बेलामा दिनु पर्छ । त्यसपछि नाईट्रोजन, फस्फेरस र पोटासको बाँकी भाग केरा पसाउने बेलामा दिनु पर्दछ । गवारो किराको प्रकोप हटाउन मल दिंदा ३ ग्राम प्mयुराडन पनि मिसाउन उपयुक्त हुन्छ । मलखाद प्रयोग गरेपछि सिंचाई गर्नु पर्दछ । सिंचाई साधारणतया स्थानिय जातका केराहरुलाई बिना सिंचाई नै खेती गरिन्छ तर उन्नत जातका केराबाट बढी उत्पादन लिन सिंचाई गर्नु आवश्यक पर्दछ । बिरुवा लगाएपछि, मलखाद प्रयोग गरेपछि र फूल फूल्ने समयमा सिंचाईको आवश्यकता पर्दछ । यस्तो अवस्थामा पानीको कमी भएमा बोटको बृद्धि बिकास र उत्पादनमा नराम्रो असर पर्दछ । सुख्ख तथा धेरै गर्मी हुने क्षेत्रमा हप्तामा एक पटक र चिस्यान तथा गहिराई भएको माटोमा १५–२० दिनमा एक पटक पानी लगाउनु पर्दछ । दुई लहरको बिचमा कुलेसो बनाई पानी पटाउनु पर्दछ । पानी निकासको राम्रो व्यवस्था मिलाई बोटको फेदमा पानी जम्न दिनु हुंदैन । अन्तरबाली केराको जराहरु धेरै गहिराई सम्म नजाने र टाढा टाढा सम्म नफैलिने हुनाले दुई बाटको बिचमा केराको जरालाई हानि नपु¥याउने र खाद्य तत्वको लागी प्रतिस्पर्धा नहुने गरी अन्तरबाली लगाउन सकिन्छ । अन्तरबाली लगाउँदा धेरै लामो समय सम्म जमिनमा नरहने र बढी मात्रामा खाद्य तत्व माग नगर्ने बाली तथा केरा पसाउने समयमा बाली लिई सकिने गरी लगाउनु पर्छ । केरा बालीमा भण्टा, मुला, काउली, बन्दा, खुर्सानी तथा हलेदो र अदुवा समेत अन्तरबालीको रुपमा लगाउन सकिन्छ । बगैंचाको हेरचाह केरामा पुराना पातहरुमा र घरी काटी सकेका बोटहरुमा रोग र किराको प्रकोप बढी हुन्छ । यस्ता बोट र पातहरु हटाई बगैंचा सफा राख्नु पर्दछ । पुराना पातहरु उष्ण प्रदेशिय फलफूल खेती प्रविधि पुस्तिका र छढ पहेंलिदै जाने हुनाले प्रकाश संश्लेषण त्रियामा सहयोग पु¥याउन सक्दैनन् । उल्टो बोटमा बनेका खाद्य पदार्थ उपयोग गर्दछन् । यस्ता पातहरुलाई काटेर बोट सफा राख्नु पर्दछ । केराको बोटमा सकरहरु बराबर निस्कने र माउ बोटसँग खाद्य तत्वको लागी प्रतिस्पर्धा हुने गर्दछ । माउ बोटमा दुई वटा तर बेग्ला बेग्लै समयमा पसाउने गरी सकरहरु राख्नु पर्दछ । मुल बोट वा थाममा केरा पसाउनु भन्दा अगाडी एउटा मात्र सकर राख्ने र केरा पसाई सकेपछि अर्को नयां सकरलाई पनि राख्नु पर्छ । यी दुवै सकरहरु जाडो महिनामा नपसाउने हुनु पर्दछ । बाँकी अनावश्यक सकरहरु दुई दुई महिनाको फरकमा हटाई बगैंचा सफा राख्नु पर्छ । बर्षा याममा केराको बोट वरिपरी पानी जम्न नदिन केराको बोटमा उकेरा लगाई माटो चढाउनु पर्दछ । यसो गर्नाले बोटको फेद राम्ररी माटोले पुरिन जान्छ र बोट ढल्ने समस्या कम हुन्छ । बढी हावाहुरी चल्ने ठाउँमा केरा पसाएपछि टेका दिनु पर्छ । बृद्धि बिकास केराको बोट तथा फलको बृद्धि बिकास, केराको जात, हावापानी, माटोको मलिलोपनामा भर पर्दछ । गरम बढी हुने ठाउँमा केराको पातको बिकास हुनलाई सात दिन लाग्छ । केरा पसाउनु भन्दा पहिले २३–५० गोटा सम्म नयां पातहरु आउँछन् । केरा नपसाए सम्म बोटको बृद्धि भईरहन्छ तर पसाई सकेपछि फलको बिकास तर्फ केन्द्रित रहन्छ र यस समयमा बोटको बृद्धि रोकिन्छ । केराको टुप्पो तिर भाले फुल र फेदतिर पोथी फुलहरु फुल्दछन् । केरा पसाउनु भन्दा अगाडी बोटको बिकास भईरहेको बेलामा अनुकुल हावापानीमा राम्ररी मलजल गरेमा पोथबी फूलको संख्या बढी हुन सक्छ । कोसा भरिने समयमा फलको बृद्धि ढिलो हुन्छ । फलको साथ साथै गुदीमा स्टार्च र भिटामिनहरुको मात्रा बढ्दै जान्छ । फल पुरा बिकास हुने समय (१०० दिन) सम्ममा स्टार्च बढ्ने कार्य पुरा हुन्छ । केरा पाक्ने बेलामा स्टार्च चिनीमा बदलिन्छ । त्यसैले केराको गुदी गुलियो हुन्छ । केरा पसाई सकेपछि पाक्ने समय हावापानीको बिभिन्नता अनुसार ३–६ महिना सम्म लाग्न सक्छ । उत्पादन र बाली भित्राउने तरकारी खाने जातहरुका केराहरुको कोसाहरु भ्रिनु भन्दा अगाडी नै टिप्नु राम्रो हुन्छ । फलको रुपमा प्रयोग गरिने केरा परिपक्व भईसकेपछि मात्र टिप्नु पर्दछ । अग्लो जातमा भन्दा पुड्का जातहरुमा केरा चांडै पाक्छ । केराको बोक्राको रङ्ग गाढा हरियो वा हल्का हरियो रङ्गमा बदलिएपछि टिप्ने गरिन्छ । साथै कोसाहरु पहेंला चेप्टा हुन्छन् र पाकेपछि पाटा परेका देखिन्छन् । गाउँघरमा केराको बुङ्गो सुकेपछि, पातहरु सबै पहेंलिएपछि फल टिप्ने चलन छ । फल टिप्दा केराको घरीलाई एउटा मान्छेले समाउनु पर्छ र अर्काले काटेर माउबोटबाट चोटपटक नलाग्ने गरी भुँईमा नवजारिने गरी राम्ररी छुट्टाउनु पर्छ । भण्डारण तथा पकाउने गरम महिनामा पाक्ने केरालाई धेरै दिन सम्म भण्डारण गरेर राख्न सकिंदैन । ११० –१३० से. र ८६–९० प्रतिशत सापेक्षिक आद्रतामा केरा भण्डारण गरेमा लामो अवधि सम्म भण्डारण गर्न सकिन्छ । ११० डि. से. भन्दा कम तापक्रममा भण्डारण गरेमा बढी चिसो लागेर केराको बोक्रामा काला दागहरु देखिन्छन् र राम्ररी पाक्न सक्दैनन् । प्लाष्टिक व्यागमा साना साना छिद्रहरु बनाएर फलहरुलाई बन्द गरेर राखेमा २–४ दिन सम्म राख्न सकिन्छ । केरा भण्डारण गर्दा कांचो र चोटपटक नलागेका केराहरु मात्र भण्डारण गर्नु पर्छ । केरा पाक्नको लागी २०० से. भन्दा बढी तापक्रम चाहिन्छ । बढी तापक्रम चाहिने हुनाले जाडो महिनामा केरा पकाउन समस्या पर्दछ । केरा भण्डारण गर्ने र पकाउने कोठा बेग्लै हुन्छ । पकाउने कोठामा २५० से.को तापक्रममा बोक्राको रङ्ग र फलको गुणस्तर राम्रो हुन्छ । केरा पाक्ने कामको लागी ईथाईलिन ग्याँसको आवश्यकता पर्ने हुँदा क्याल्सियम कार्वाईड र ईथरेलको प्रयोगबाट पनि केरा ४–५ दिनमै पकाउन सकिन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि सन्दर्भ सामग्री सामजीक सन्जाल