खुर्सानी खेती प्रबिधि खुर्सानी मसला तथा तरकारीको रुपमा प्रयोग गरिने प्रमुख बाली हो । खुर्सानी भन्नाले विशेष गरेर पिरो खुर्सानी र भेंडे खुर्सानी गरी दुई प्रकारका खुर्सानीहरुलाई बुझ्न सकिन्छ । नेपालमा खेती गरिने पिरो खुर्सानीहरु मुख्य गरेर साधारण पिरो खुर्सानी र अकबरे खुर्सानी रहेका छन् । यस बाहेक स्थानीयस्तरमा पाइने जिरे खुर्सानी लगायतका खुर्सानीहरु पनि प्रमुख छन् । नेपालमा अकबरे खुर्सानी मध्ये पहाडी क्षेत्रमा र साधारण पिरो खुर्सानी तथा भेंडे खुर्सानीको खेती तराईदेखि मध्ये पहाडसम्म गर्न सकिन्छ । पिरो खुर्सानीको प्रयोग मसालाको रूपमा यसमा पाइने पिरोपनका लागि हुन्छ भने भेंडे खुर्सानीको प्रयोग तरकारीको रुपमा गरिन्छ । पिरो खुर्सानीमा विभिन्न प्रकारका खनिज तत्वहरुका साथै भिटामिन ए र सी प्रशस्त मात्रामा पाइन्छन् । यसमा क्याप्साइसिन भन्ने एक प्रकारको रसायनिक तत्व हुन्छ जसले गर्दा खुर्सानी पिरो हुन्छ ।
हावापानी
खुर्सानीको वृद्धि विकासका लागि न्यानो र ओसिलो हावापानी चाहिन्छ । नेपालमा खुर्सानीको खेतीको लागि समुद्र सतहदेखि १५०० मिटरसम्मको उचाई उपयुक्त मानिन्छ । तापक्रमको हकमा २०–३२ डिग्री सेल्सियससम्म हुने क्षेत्र उपयुक्त हुन्छ । यसका लागि रातको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम हुनु राम्रो हुँदैन । खुर्सानीको खेती बर्षे र हिउँदे बालीको रुपमा तराई र पहाडमा गर्ने गरिन्छ । पूmल फुल्ने र फल लाग्ने समयमा ३५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा पूmल झर्ने, फल नलाग्ने र लागेका साना फल झर्ने समस्या हुन्छ ।
माटो
माटोको हकमा खुर्सानीलाई पानीको राम्रो निकास भएको, मलिलो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको, दोमट वा बलौटे दोमट माटो उपयुक्त हुन्छ । माटोको पि.एच.मान ५.५–६.५ राम्रो मानिन्छ । चिम्टाइलो माटोमा खुर्सानी खेती गर्दा पानीको निकास राम्रो नभएमा चिस्यान बढी भई ओइलाउने रोगले ठूलो क्षती पु¥याउन सक्दछ ।
खुर्सानीको किसिम
किसिमका जातहरु खुला सेचित जातहरु ज्वाला, सूर्यमुखी, अग्नी अकबरे, जिरे, भक्तपुर स्थानीय वर्णशंकर एन यस–१७०१, आकास, एन यस १७०११ र कर्मा ७७७, गोली, मार्शल, विग मामा, एन.एस. १५०१, एन.एस. १०७२, नैना, प्रिमियम, सुपर तारा
लगाउने समय
क्षेत्र बेर्ना सार्ने तराई र भित्री मधेस असोज–कार्तिक वा मंसिर–पौष मध्य पहाड माघ–चैत्र वा साउन–भदौ उच्च पहाड चैत्र–बैशाख
बीउ दर
उन्नत जातः ३० ग्राम प्रति रोपनी वर्णशंकर जातः १०–१५ ग्राम प्रति रोपनी
वेर्नाको हुर्काउने
सार्ने नर्सरीमा बेर्ना तयारी गर्ने माटोको उपचार गरेर नर्सरी ब्याडमा खुर्सानीका बेर्ना तयारी गर्नु पर्दछ । नर्सरी ब्याडको चौडाई १ मिटर र आवश्यकता बमोजिम लम्बाई हुनु पर्दछ । १ रोपनीमा खुर्सानी रोप्न ५ वर्ग मिटरको नर्सरी ब्याड भए पुग्छ । नर्सरी ब्याड तयारी गर्दा प्रति वर्ग मिटर नर्सरीमा ४ के.जी. राम्ररी पाकेको गोबर मल वा कम्पोष्ट, ५ ग्राम युरिया, १० ग्राम डि.ए.पी. र ५ ग्राम पोटास मल प्रयोग गर्नु पर्दछ । यसरी तयार गरिएको नर्सरी ब्याडमा १० से.मी. को फरकमा २ से.मी. गहिराईमा बीउ रोप्नु पर्दछ । बीउ रोपेपछि बीउ नउम्रिन्जेल छापोको व्यवस्था गर्ने र मौसम अनुसार गुमोजको व्यवस्था पनि गर्नु पर्दछ । बेर्ना तयार गर्न नियमित रुपमा सिंचाई गर्ने र आवश्यकता अनुसार खाद्यतत्वहरुको प्रयोग पनि गर्न सकिन्छ । यसरी तयार गरिएको बिरुवा ४–५ पात भए पश्चात सार्नका लागि उपयुक्त हुन्छ । प्लाष्टिकको ब्यागमा बेर्ना हुर्काउने प्लाष्टिक ब्यागमा बेर्ना हुर्काउनका लागि सबैभन्दा पहिला ४÷६ वा ३÷५ ईन्च साईजका प्लाष्टिकको ब्याग लिनु पर्दछ (हिउँद मौषमको लागि कालो रंगको र अरु मौषमका लागि सेतो रंगको प्लाष्टिक थैलाको प्रयोग गर्नु पर्दछ) । वेभिष्टिनले माटोको उपचार गरी र पर्याप्त चिस्यान भएपछि नर्सरीका साना बिरुवालाई प्लाष्टिक ब्यागमा सार्नु पर्दछ । प्लाष्टिक ब्यागमा सारिएका बेर्नालाई घामबाट बचाउनु पर्दछ । यसरी सारिएका बेर्नाहरु २०–३० दिनमा जमिनमा सार्न तयार हुन्छन् । वेर्नालाई जमिनमा सार्ने बेर्ना सार्ने जमिनमा पर्याप्त मात्रामा चिस्यान हुनुपर्दछ । वर्षायाममा बेर्ना सार्ने जमिनमा २ फिट अग्लो ड्याङ्ग बनाउनु पर्दछ भने अरु समयमा ड्याङ्गको उचाई ३०–४५ से.मी. उपयुक्त मानिन्छ । बिरुवाको जरामा रहेको माटो नझर्ने गरी बिस्तारै बिरुवालाई प्लाष्टिक ब्यागबाट झिकी जमिनमा सार्नु पर्दछ । बिरुवा सारी सकेपछि हजारीले पानी दिनुपर्दछ ।
जमिनको तयारी
सर्वप्रथम खुर्सानी रोप्ने जमीनलाई राम्ररी खनजोत गरी सिफारिस गरिएको मात्रामा मलखादको प्रयोग गरी माटोलाई बुर्बुराउँदो बनाउनु पर्दछ । खुर्सानीले पानी सहन नसक्ने र पानी बढी भएमा ओइलाउने रोगको प्रकोप बढी देखिने हुनाले बर्षा याममा खेती गरिने बालीका लागि यदि खुला ठाउँमा सार्ने हो भने ५० से.मी. चौडाइको ड्याङ बनाउनु पर्दछ । दुई ड्याङको बीचमा २५ से.मी. चौडा कुलोसो बनाउनु पर्दछ । ब्याडहरु बनाई त्यसलाई छापोको रुपमा प्लाष्टिकले छोपी त्यसमा सिफारिस अनुसारको दुरीमा प्वालहरु बनाउने र सिंचाईको लागि थोपा सिंचाई प्रविधिको विकास पनि भएको छ । यस किसिमको प्रविधिबाट खेती गर्दा पानीको किफायत हुने, झारपात नियन्त्रण हुने र सामान्य प्रविधिबाट भन्दा बढी उत्पादन लिन सकिने देखिएको छ । हिजो आज प्लाष्टिकको छापो र थोपा सिंचाई प्रविधि जोडी खुर्सानी खेती गर्ने प्रचलन बढेको छ । खुर्सानीको खेती गर्ने कृषहरुले यो आधुनिक प्रविधिको प्रयोग गरेमा बढी उत्पादन लिन सक्छन्
गोडमेल र सिंचाई
बेर्ना रोपेको २०–२५ दिनमा पहिलो पटक र ४५–५० दिनमा दोश्रो पटक गोडमेल गर्ने र माटो खुकुल्याउने गर्नु पर्दछ । हिउँदमा १०–१५ दिनमा र गर्मीमा ७–१० दिनमा सिंचाई गर्नु पर्दछ र सिंचाई गर्दा बोटको वरिपरि पानी जम्ने गरी गर्नु हुँदैन । खुर्सानी फल्न थाले पश्चात हरेक टिपाई पछि गाई भैसीको मुत्र १ भाग प्रति ५ भाग पानीमा मिसाई छर्नाले खुर्सानीलाई आवश्यक पर्ने मुख्य खाद्य तत्व तथा शूक्ष्म खाद्यतत्व समेत उपलब्ध भई उत्पादन बढाउन सघाउ पुग्दछ । बेमौसममा खेती गरिने खुर्सानीमा बढी तापक्रम भएमा पूmल झर्ने तथा फल नलाग्ने हुनाले नियमित सिंचाई गर्ने र छापोको प्रयोग गर्ने । साथै मिराकुलान १ एम.एल. प्रति लिटर पानीमा राखी स्प्रे गर्ने । प्रमुख रोगहरु र तीनको रोकथाम कोत्रे लक्षण यो रोग लागेपछि बिरुवा टुप्पोबाट बिस्तारै सुक्न थाल्छ र यो प्रक्रिया बिस्तारै अरु भागहरुमा फैलिदै पुरै बिरुवा मर्दछ । शुरुमा रोगका काला थोप्लाहरु खुर्सानीमा देखिन्छन् र पछि खुर्सानीको पुरै फल कुहिन्छ । रोकथामको उपायहरु स्वास्थ र शुद्ध वीउको प्रयोग गर्ने, वेभिष्टिनले वीउको उपचार गरेर मात्रै नर्सरीमा वीउ छर्ने । यदि बिरुवामा रोगको लक्षण देखिएमा ब्लाइटक्स वा डाइथेन एम–४५ नामक ढूसीनाशक विषादी २.५ ग्राम प्रतिलिटर पानीमा घोलेर ७÷७ दिनको फरकमा बिरुवामा छर्नु पर्दछ । मोज्याक भाइरस हिजो आज यो रोगको प्रकोप निकै देखिन थालेको छ । यो भाइरसले आक्रमण गरेपछि हरियो भन्दा बेग्लै हरियो र हल्का हरियो भागहरुमा छिरबिरे लक्षण देखा पर्दछ त्यस्ता पातहरुमा खाल्टा खुल्टी परेको समेत देखिन्छ, पात खुज्मुजिन्छ÷गुज्मुजिन्छ र बिरुवाको बृद्धि बिकास रोकिन्छ । स्वास्थ र शुद्ध वीउको प्रयोग गर्ने, रोग लागेका बिरुवाका भागहरु बोटबाट हटाउने र नष्ट गर्ने । रोगी बिरुवा चलाएपछि हातलाई राम्रोसंग साबुन पानीले धुने जसले गर्दा रोगी बोटबाट भाईरस निरोगी बिरुवामा सर्न पाउँदैन । भाइरस सार्ने कीरा नियन्त्रण गर्न नर्सरीमा र खुर्सानी सारेको बारीमा कुनै दैहिक विषादीको प्रयोग गर्ने । ओईलिने रोग बिरुवा ओईलाउँछ र मुन्टाहरु निहुरिन्छन् र बिरुवाका तलका पातहरु पहेंलो हुँदै जन्छन् र पछि पुरै बिरुवा ओइलिएर मर्दछ । रोग लागेका पातहरु एकआपसमा जोडिन्छन् । बिरुवाको तलतिरको डाँठ र जराको भासकुर ९खबकअगबिच० प्रणाली खुईलिई सुक्दछ । रोगबाट बचाउनको लागि वाली चक्र प्रणालीको प्रयोग गर्नु पर्दछ । तर सोलानेसि परिवारका बिरुवाहरु भने वाली चक्रमा प्रयोग गर्नु हुँदैन । त्यसरी नै रोग निरोधक जातहरुको प्रयोग गर्नु पर्दछ
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि
