१. परिचय
गहुँ धान तथा मकै पछिको तेश्रो ठूलो खाद्यान्न बाली हो । नेपालमा ७ लाख ६ हजार हेक्टर क्षेत्रफलमा १९ लाख ४९ हजार मे.टन गहुँको उत्पादन हुने गर्दछ । साथै गहुँको उत्पादकत्व २.७५ मे. टन/ हे. रहेको छ (MoALD, 2018)। आवश्यक कृषि सामाग्रीहरु मध्ये गुणस्तरीय बीउ एक महत्वपूर्ण एवं कम मूल्य सामग्री हो । बीउ एउटा उत्पादनको आधारभुत सामग्री तथा वंशाणुगत गुणको बाहक हो, जसले बिभिन्न हावापानी र अवस्थामा बाह्य श्रोतको प्रयोग मार्फत राम्रो उत्पादन दिन्छ । असल वीउ प्रयोग गर्दा १५ देखि २०% सम्म उत्पादनमा वृद्धि हुन्छ । नेपालमा करिब १२ मे.टन प्रजनन बीउ तथा २०० मे. टन मूल बीउ उत्पादन गर्ने गरिएको छ ।
२.बीउ उत्पादन प्रविधि
२.१ बीउको जात छनौट
बीउ उत्पादन गर्दा ध्यान दिनु पर्ने एक महत्वपुर्ण कुराहरु मध्य बीउको जात छनौट एक हो । कुनै पनि वालीको वृद्धि विकास तथा राम्रो उत्पादनको लागि उचित र सुहाउँदो अनुकुल हावापानीको आवश्यक पर्दछ । भौगोलिक अवस्था अनुसार विभिन्न क्षेत्रहरुका लागि विभिन्न जातहरु सिफारिस भएका छन् । तराई पहाड र हिमाल गरीका लागि हाल ३२ वटा गहुँका जातहरु सिफारिस भएका छन् । सिफारिस जातहरु मध्य बीउ उत्पादन क्षेत्रको हावापानी अनुसार उपयुक्त जातको छनौट गर्नु अत्यावश्यक हुन्छ । गहुँका प्रचलित जातहरु मध्य व्यवसायिक रुपमा बीउ उत्पादन गर्ने जातनहरु क्रमशः आदित्य, विजय, गौतम, WK- १२०४, BL-१४७३, BL-११३५, वाणगंगा, तिलोत्तमा, भृकुटी आदि रहेका छन् (SQCC, 2020)। अन्नपुर्ण, पासाङल्हामु, WK –१२०४, गौरा, धौलागिरी, डाँफे र स्वर्गद्धारी जस्ता जातहरु मध्यपहाडी क्षेत्रहरुमा लोकप्रिय मानिन्छन भने तराई तथा भित्री मधेश क्षेत्रमा भृकुटी, रोहीणी, गौतम, आदित्य, तिलोत्तमा जस्ता जातहरु लोकप्रिय छन् । यसका साथै बीउ उत्पादन गर्दा रोगका अवरोधक जातहरुको छनौट गर्नु आवश्यक हुन्छ। जस्तै WK-१२०४ पहेँलो सिंदुरे रोगको अवरोधक जात हो । विजय कालो सिंदुरे रोगको अवरोधक जातहरु हो ।
२.२ गुणस्तरयुक्त बीउको छनोट :
जातीय शुद्धता राम्रो भएको ।
• उम्रने शक्ति राम्रो भएको ।
ओजस राम्रो भएको ।
भौतिक शुद्धता राम्रो भएको ।
चिसान कम भएको ।
रोग कीराबाट बन्चित भएको ।
२. ३ जग्गाको छनोट :
१) बीउ उत्पादनको लागि जग्गा सफा, समतल, मलिलो र पानीको राम्रो निकास भएको छान्नु पर्दछ ।
२) आवश्यकता अनुसार सिंचाइ र निकासको व्यवस्था गर्न सकिने ।
३) आफु बसेको ठाउंबाट नजिक वा सजिलैसंग पुगी निरीक्षण गर्न सकिने खालको हुनु पर्दछ। ४) बाली अनुसार पृथकता दुरी कायम गर्न सकिने हुनु पर्दछ।
५) बीउ उत्पादन सानो सानो प्लटमा धेरै ठाउंमा नगरीकन एकै ब्लकमा गरे उचित हुन्छ । ६) अघिल्लो सिजनमा त्यही बालीको अन्य जातहरु नलगाएको हुनु पर्दछ ।
२.४ पृथकता दुरी :
एक जातबाट अर्को जातसंग समिश्रित हुन नदिन एक जातको बाली अको जातको बालीसंग पृथकता राख्नु पर्दछ। स्वंय सेचन प्रकृयाको वालीमा भन्दा परबालीमा पराग सेचन क्रियाको बालीलाई बढी पृथकताको दुरी दिनुपर्दछ । सेचन प्रकृयाबाट बीउ / दाना बन्दछ गहुं स्वंय सेचन प्रकृयाबाट बीउ बन्ने हुनाले यी बालीहरुलाई एक जात अर्को जातसंग कम्तिमा ३ मीटर (मूल र प्रमाणित) को पृथकता दुरी आवश्यक पर्दछ। गहुँको सन्दर्भमो कपोकेला रोग लाग्ने खेतभन्दा १५० मीटर फरकमा बीउ बाली लगाउनु पर्दछ ।
२. ५ जमिनको तयारी :
• बीउ उत्पादन गरिने खेतको माटो मलिलो हुनुपर्छ । जमिनको तयारी झारपात रहित र समतल गर्नु पर्छ । सम्भव भएसम्म लाईन – लाईन मिलाई बिउ छरे पछि झारपात निकाल्न र निरीक्षण गर्न सजिलो हुन्छ । खेत जोती सकेपछि डल्ला फोरी माटो वुरवुराउदो पार्नु पर्दछ । गँहु बीउ छर्दा माटोमा चिस्यान हुनु आवश्यक छ ।
२.६ मलखादको प्रयोग
मलको सहि तथा आवश्यक रुपमा प्रयोग गर्दा उत्पादन बढाउन सकिन्छ ।
नाइट्रोजनको हकमा आधा मात्रामा शुरुमा लगाउँदा चौथाई भाग र बाला निस्कने बेलामा चौथाई भाग प्रयोग गर्नुपर्छ। फस्फोरस र पोटासको रोप्ने वेलामा नै पुरै मात्रा प्रयोग गर्नु पर्दछ। जस्ताको कमीको लक्षण देखिएमा त्यसको लागि १५ – २० के.जी. प्रति हेक्टर जिंक सल्फेट प्रयोग गर्न सकिन्छ ।
२.७ बीउ दर र उपचार
बीउको उम्रने शक्ति राम्रो र दाना पनि पोटिलो भएको हुनुपर्दछ । प्रति हेक्टर १२० केजी तथा प्रति रोपनी ६ केजीका दरले बीउको प्रयोग गर्नु पर्दछ। २ ग्राम भाइटाभेक्स – २०० प्रति के.जी. बीउका दरले बीउको उपचार गरी छर्ने ।
२.८ बीउ छर्ने समय र तरिका
राम्रो बीउ उत्पादन गर्न बीउ समयमा नै पर्दछ । मंसिर दोश्रो हप्ता देखि तेश्रो हप्ता सम्म ढीलोमा पौषको पहिलो हप्ता भित्र बीउ छर्नुपर्दछ । ढीला बीउ छर्नु परेमा बीउको मात्रा २५ प्रतिशत बढाउनुपर्दछ । लाईन लाईन मि २५ से. मि. को दुरीमा बिउ छरे पछि झारपात निकाल्न र निरीक्षण गर्न सजिलो हुन्छ । एउटा जातको बिउ छरिसकेपछि मात्र अर्को जातको बिउ छर्दा बिउ मिसिने सम्भावना कम हुन्छ ।
२. 9 गोडमेल र झारपात नियन्त्रण
• गहुँ बालीमा प्रशस्त झारपातहरु आउन सक्ने भएको हुनाले समयमा गोडमेल गरी झारपातको नियन्त्रण गर्नु पर्दछ।
• चौडा पाते भारका लागी : २,४- डी ५०० ग्राम (सक्रिय विष ) लाइ ५००-६०० लिटर पानीमा मिसाइ प्रति हे. का दरले गहुँ ३० देखि ४० दिन भित्र छर्ने ।
• सांगुरो पाते झारका लागीः आइसोप्रोटुरान (सक्रिय ७५० विष ग्राम) लाई ७०० मिसाइ प्रति हे. का दरले गहुँ ३० देखि ४० दिन भित्र छर्ने ।
• दुवै थरी झारका लागी: २, ४ डी १८० ग्रा. र आइसोप्रोटुरान ७५० (ग्रा. सक्रिय विष) मिसाइ १२०० ग्रा. प्रति हे. ६००-७०० ली. पानीमा मिसाइ गहुँ ३० देखि ४० दिन भित्र छर्ने ।
२.१० सिंचाइ :
गहुँ बालीलाई कम्तिमा तीन देखि पांच पटक सिंचाइको आवश्यक पर्दछ । शीर्ष जरा निस्कने अवस्था, गाँज लाग्दा, बाला निस्कने अवस्था, फुल फुल्दा र दाना विकास हुने अवस्थामा सिंचाइ गर्नु पर्दछ। २.११ रोगिङ्गः
• रोगिङ्ग प्रकृया जुन सुकै बेलामा पनि गर्न सकिन्छ तर गुणस्तर युत्त उत्पादन गर्न अरु जातसंग समिश्रण हुन नदिन फुल फुल्नु फुलअगाडि, फुलेको बेला र बाली काट्ने बेलामा रोगिङ्ग गर्नु अति आवश्यक छ ।
•गँहुमा कालो पोके रोग लागेको बोट उखेली जलाउने वा गाड्ने कार्य गर्नु पर्दछ।
• कुनै पनि अनावश्यक बोट उखेल्दा खाली बाला मात्र नकाटि पुरै बोटै उखेल्नु पर्दछ ।
२.१२ खेतको निरीक्षण:
•बीउ उत्पादन गर्न बीउ उम्रिसकेपछि कटानी नगरुन्जेलसम्म वरावर बिभिन्न अवस्थामा आफुले लगाएको बाली निरीक्षण गरी राख्नु पर्दछ ।
निरीक्षण गर्दा बोटको शारिरीक अवस्था र अनावश्यक बोट बिरुवाको प्रको के कती छ, त्यो हेर्नु
आवश्यक छ ।
खास गरी खेत निरीक्षण यी अनावश्यक बोट बिरुवाहरु स्पष्ट रुपमा छुट्याउन सकिने बेलामा गरिन्छ ।
गहूंमा बिशेष गरी फुल फुल्नु अगाडि र पाकेको अवस्थामा निरीक्षण गर्नु उचित हुन्छ।
गँहु बालीको बिभिन्न अवस्थामा गरिने बाली निरीक्षणको न्युनतम संख्या / पटक
२. १३ बाली कटानी :
•निरीक्षणको अवस्था
क. पहिलो बाला निस्कने बेला वा बाला निस्कि सकेपछि
ख. दोश्रो बाली पाकिसकेपछि तर काट्नु अघि वा भौतिक परिपक्वता पछि
बीउ बाली राम्रोसंग निरीक्षण गरी रोगिङ्ग सकि सकेपछि बाली काट्नु पर्दछ । पृथकताको दुरी बीउ बाली खेतको चारैतिर ठीक छ छैन हेर्ने ।
बीउ बाली काट्दा बीउ पुर्णरुपले पाकी सकेको हुनु पर्दछ ।
बाली काट्दा बाला र बाला मुनीको डांठ हरियो रंगबाट पहेलो रंगमा परिणत भइसकेपछि गहु पाकेको संकेत दिन्छ र ७ दिन भित्र कटानी गर्न उपयुक्त हुन्छ ।
गंहुको जात र ठाउं अनुसार पाक्ने अवधिमा केहि फरक हुने गर्दछ । तर गंहु वाली कटानी गर्न लायक भयो भएन थाहा पाउन वाला हातमा माड्दा दाना राम्ररी छुट्यो भन्ने गहुँ कटानी गर्न लायक भयो भन्ने थाहा पाउ सकिन्छ ।
बाली सकेसम्म बिहानी पख काट्न उचित हुन्छ ।
बीउ बाली काटि बोझा बनाई अलग्गै राख्नु पर्दछ र अरु जातहरुसंग मिसिन नदिन होसियारी साथ काम गर्नु पर्दछ ।
बीउ बालीको खेत पूरा काटि थन्क्याए पछि मात्र अरु काटनुपर्दछ ।
२.१४ बाली चुट्ने र सफा गर्नेः
• बीउमा धेरै चिसान वा कम चिसान भएको बेला चुट्ने कार्य गर्दा बीउ फूटी, कूच्ची बीउको गुणस्तरमा ह्रास आउंछ ।
• अतः बाली काट्दा बीउको चिस्यानको मात्रा १७ प्रतिशत भन्दा बढी र १३ प्रतिशतभन्दा कम हुनु हुदैन ।
बीउ बालीको चुट्ने काम गर्दा अलग्गै गर्न पर्दछ किनभने गाउं घरमा त्यस समयमा अरुले सोही कार्य गर्दा बीउ उछिटिएर आई मिसावट हुने सम्भावना रहन्छ ।
• बीउ नाङलोको सहायताले सफा गरिन्छ र सफा गर्दा अरु बाली, अरु जात, झारपातको बीउ, धुलो, बालुवा, डांठको टुक्राहरु, चाउरिएका तथा नपाकेको बीउ केलाएर हटाउनुपर्दछ । कीराले खाएको ढुसी परेको बीउलाई पनि हटाउनु पर्दछ ।
• दुई जातको बीउ उत्पादनगरेको खण्डमा एउटा जातको कामा पूरभई सकेपछि मात्र अर्को जातको गर्न शुरु पर्दछ।
२.१५ सुकाउने
• वीउको जिवितपन र वलियोपन कायम राख्नको लागी वीउमा भएको चिस्यान लाई शुरक्षित तहमा ल्याउन वीउ अथवा अन्नको दाना सुकाउने गरिन्छ । अधिकतम चिस्यानले गर्दा ढुसी लाग्ने, गुम्सिने र अन्य जिवाणुहरुद्वारा वीउ, अन्नको दाना विग्रने डर हुन्छ ।
• वीउ र अन्नको दाना राम्रो संग सुकाउदा लामो अवधि सम्म भण्डारण गर्न सकिछ । गुणस्तर अन्न, वीउ वेच्न सकिन्छ ।
बीउ सुकाउने खलियान राम्रो सफा र चिरा नपरेको हुनु पर्दछ।
भण्डारण गर्नु भन्दा पहिले तीन चार घाम वा तातो हावामा सुकाउनु जरुरी हुन्छ ।
एउटा जात देखि अर्को जात त्यहि ठाउंमा सुकाउनु परेको खण्डमा रा सफा गरी चिरा परेको भए राम्रोसंग टाल्ने काम भए पछि मात्र अर्को जात सुकाउनुपर्दछ ।
बीउ सुकाउन पुग्यो भनेर थाहा पाउन सुकाई राखेको थलोको ठाउंबाट बीउ झिकि टोकेर हेर्दा कटक्क आवाज आएमा बिउ सुकेको मान्नु पर्दछ ।
प्लाष्टिकको थैलोमा बन्द गरी बीउ परीक्षण प्रयोगशालामा लगि उपकरणबाट परीक्षण गर्न सकिन्छ ।
गहुँको बीउलाई चिस्यान मात्रा अधिकतम १२ प्रतिशत कायम गर्नु पर्दछ ।
२.१६ ग्रेडिङ्ग :
उत्पादित सामग्रीको सही र उचित मुल्य पाउन ग्रेडिङ्ग गर्नु निकै जरुरी हुन्छ।
उत्पादीत वीउ र अन्न भित्र भएका अस्वस्थ दाना टुटे फुटेको दाना छुट्याई छुटै राख्नुपर्दछ । वीउ र अन्न भित्र रहेका झारपात एवं अन्य वस्तुहरु केलाई हटाउनु पर्दछ ।
• ग्रेडिङ्ग गर्दा दानाको साईज र रंगको आधारमा छुट्याई छुटाछुटै राख्नु पर्दछ ।
२.१७ बीउ भण्डारण :
• राम्रोसंग सुकी सकेको बीउलाई बाहिरबाट हावापानी छिर्न नसक्ने भाँडोमा राखि भांडोको मुख टाली थन्क्याउनु पर्दछ ।
बीउ थन्क्याउन मेटल वीन, माटोको भांडो, बाक्लो प्लाष्टिक झोलाहरु अथ स्थानिय स्तरमा उपलब्ध भकारी प्रयोग गर्न सकिन्छ ।
• सुकाईसकेपछि बीउ ताततातै थन्क्याउनु हुँदैन, सेलाए पछि मात्र थन्क्याउनु पर्दछ।
भण्डारण कोठा सफा सुग्घर, तथा हावा र प्रकाश छिर्न सक्ने ठाउंको व्यवस्था गरिनु पर्दछ । गंहु भण्डारण गर्दा वीउ अन्नमा १२ देखि १३ प्रतिशत चिस्यान गरीकायम मात्र भण्डारण गर्नु उपयुक्त हुन्छ। यसले वीउ अन्न दानामा विभिन्न किसिमको ढुसी जन्य जिवाणुको प्रकोपबाट जोगाएर गुणस्तरमा ह्रास आउन दिदैन ।
• वीउको लागी भण्डारण गर्दा मालाथियन धुलो विषादीको प्रयोग गर्नु पर्छ । खानको लागी भण्डारण गर्ने हो भन्ने सेल्फस वा क्वीकफस विषादीको प्रयोग गर्नु राम्रो हुन्छ । विषादीको प्रयोग नगरी भण्डारण गर्दा घुन एवं मुसाको प्रकोपवाट क्षति हुने गर्दछ ।
गहुँ बालीका प्रमुख शत्रुहरु र तिनको व्यवस्थापन
१. प्रमुख किरा र तिनको व्यवस्थापन
१.१ फौजी किरा (Army Worm)
पोथीले जमिन नजीकै विरुवाहरुको अंगहरुमा फूल पार्दछ । फौजी कीराको ल पाकेको र कलिला गहुँको विरुवाहरुलाई जथाभावी रुपमा खान्छ । तिनीहरुको वी र पात समेत खान्छन् । खाएको विरुवाहरुलाई पात विहिन बनाउछन् । बितरण :- पाहाडमा बालीको डरलाग्दो दुश्मन । पहिचान :- लार्भा खैरो देखी खरानी हरीयो ।mव्यवस्थापन :- मेटासिड ५० ई.सी. भन्ने झोल विषदीलाई
२ मि.लि. प्रति लिटर पानीमा मिसाइ साँझपख छर्कनु पर्छ । विषादी दिउँसो छर्कदा प्रभावकारी हुँदैन कारण समयमा माटोमा लुकी बसेको हुन्छ । अथवा डेसिस भन्ने झोल विषादी लि. १ मि प्रति लिटर पानीमा मिसाई आफुलाई आवश्यक पर्ने झोल तयार गरी छर्कने ।
१.२ किटकिटेखपटे (Wire worm)
किटकिटे खपटेमाटोमाबस्छन् । बिरुवाको माटोमुनीको भाग र माटोमा छरेका बिउमा आक्रमण
गर्दछन्। यसका वयस्कहरु खपटे हुन् । यी खपेटालाई छोइदियो भने किटक आवाज निस्कन्छ ।
व्यवस्थापन:-
• घुम्ती बाली चक्र अपनाउने
• इमीडाक्लोप्रीड २ मि.लि. प्रति लिटर पानीमा बिउ उपचार गर्ने ।
१.३ गुलावी गवारो (Pink stem Borer)
लार्भाले डाँठको भित्र खाएर खोक्रा सेता वालाहरुको पैदालार्भालेगर्दछन डाँठको भित्र वसी गुदी खाने काम गर्छ। कीराहरुवाला पसाउने वेलामा देखा पर्दछन्। नियन्त्रण :- गवारो लाग्ने क्षेत्रमा बढी वीउदरको प्रयोग गर्नु पर्छ । ट्रायजोफस २ एम.एल प्रति ३ लिटर पानीमा मिसाई छर्कनु पर्छ वा मेटासिष्टक्स २ एम.एल प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।
१.४ लाहि र फड्के कीरा (Aphids and jassids)
वढी वानस्पतिक वृद्धि हुने गहुँको जातमा वढी लाही लाग्ने गर्दछ । लाहि किराले वीरुवाको रस चुसेर नोक्सानी पुऱ्याउँदछ । लाहीहरु सुरुमै देखा पर्दछन् र यिनीहरुको संख्या वाला पसाउने वेलामा चरमसीमामा पुग्दछ। अत्यधिक मात्रामा खाँदा विरुवाको रंग हराउने ढीलो वृद्धि हुने र पात मर्ने तथा दानाको तौलमा कमी हुने हुन्छन् ।
व्यवस्थापन :-
मालाथियन ५० प्रतिशत २ एम. एल प्रति लिटर पानीमा मिसाएर छर्ने वा मेटासिष्टक्स १ एम. एल. प्रति लिटर पानीमा वा डिमाक्रोन १ एम. एल प्रति ३ लिटर पानीमा मिसाई छर्नुपर्छ ।
२. गँहुबालीमा लाग्ने रोग तथा तिनको व्यवस्थापन
२.१ सिन्दुरे रोग
क) पहेलो सिन्दुरे (Yellow Rust)
ख) खैरो सिन्दुरे (Leaf Rust or Brown Rust)
ग) कालो सिन्दुरे (Black Rust or Stem Rust)
रोगको प्रकोप पहाड, उपत्यका, तल्लो पहाड, वेशी र नदीको छेउछाउमा फैलिएको पाईएको छ । यो रोगले लगभग- २० देखि ३० प्रतिशतसम्म उत्पादनमा नोक्सान गर्दछ तर वेर्ना अवस्थामा लगेर आक्रमण गरेमा शतप्रतिशत सम्म क्षति पुग्दछ ।
क) पहेंलो वा धर्मे सिन्दुरे – रोग :
रोगको लक्षण पातकोः माथिल्लो सतहमा – साना लाम्चिला र पहेंला फोकाहरु एक आपसमा मिलर लामो पहेँलो धर्सा जस्तो देखिन्छ । यो रोगपातको भाग, दाना ढाक्ने भुस र टुडामा समेत देखिन्छ। यस रोगको प्रकोप ज्यादा भएमा पुरै खेत पहेलो देखिन्छ। यसको प्रकोप पहाडी क्षेत्रमा बढी हुन्छ ।
रोकथाम तथा व्यवस्थापन :-
• रोग अवरोधक जातको प्रयोग गर्ने । जस्तै : डब्लु. के. १२०४, गौतम
वाईलेटन नामक विषदि १.५ ग्राम प्रति लिटर पानीमा मिसाई रोगे लागेका देखिना साथ छर्कने वाप्लान्टाभ्याक्स-२० नामक विषादी २ मिलि लिटर प्रति लिटर पानीमा मिसाई छर्कने ।
• सिफारिस अनुसार मात्र मलको प्रयोग गर्ने ।
ख) खैरो सिन्दुरे वा पातको सिन्दुरे – :
स-साना गोलाकार सुन्तला वा खैरो रंगका फोकाहरु पातको माथिल्लो तहमा छरपस्ट भएर निस्केको देखिन्छ । यो रोग विशेष गरी तराई भागमा बढी देखिन्छ ।
व्यवस्थापन र नियन्त्रण -:
- यसको लागि गहुँको भृकुटी र गौतम जात लगाउनु पर्छ । पहाडी क्षेत्रका लागि सिफारिस गरिएका गहुँका जातहरु अन्नपूर्ण- १,अन्नपूर्ण-४ रहेका छन् । गहुँ छर्ने समय हेरफेर गर्ने- सिफारिसः गरिएको समय भन्दा १०-१५ दिन अघि गहुँ छर्नु पर्छ ।
• सन्तुलित मल खाद -: नाईट्रोजन, फस्फोरस र पोटासको सन्तुलित मात्रामा प्रयोग गर्ने ।
• सन्तुलित सिंचाई प्रयोग गर्ने । रसायनिक विषादीको प्रयोग-डाईथेन एम-४५ नामक विषादी ३ ग्राम प्रति लिटर पानीमा मिसाई १५/१५ दिनको फरकमा ३ देखि ४ पटक छर्कनु पर्छ ।
अथवा वाईलेटन नामक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई १-२ पटक छर्केर रोग नियन्त्रण गर्न सकिन्छ ।
२.२ कालो पोके (Loose Smut)
यसको कारक जिवाणु ( Ustilago nuda tritici हो ।
लक्षणहरु :
रोगलाग्दा सम्पुर्ण बालाहरु कालो धुलोमा परिणत भएको हुन्छ । साधारणतया बिरुवामा खासै असर नभएता पनि माथीको पातको बृद्धी र बिकासमा असर पर्दछ । बाला लाग्नुको सट्टा कालो धुलो ढुसीले भरीएको हुन्छ । नाङो डाँठ मात्र बाँकी रहन्छ। गहुँको वालामा सट्टा दानाको सट्टा कालो रंगको धुलोले भरिएको हुन्छ । पछि गएर उक्त ढुसिको हुन्छ र ढुसी उडेर गएमा धुलो विजाणु फैलिन्छ वरपर र नाङ्गो डाँठ मात्र वाँकी रहन्छ ।
रोकथाम
- ५ घन्टा सम्म बीउलाई तातो पानीमा भिजाउने अनी शौर्य तापबाट उपचार गर्ने । कालो पोके रोगबाट मुक्त ठानीएका जातहरु (अन्नपूर्ण-४) लगाउने । बीउमा Systemic बिषाधीको प्रयोग गर्ने । जस्तै भेक्सभाइटा- ७५ वा भाईटाभ्याक्स (२०० (Vitavax) २-३ ग्राम प्रति के.जी. बीउका दरले उपचार गर्ने।
२.३ धुले ढुसी (Powdery रोग mildew)
पातको माथिल्लो सतहमा सेतो धुलो जस्तो ढुसिको त्यान्द्रा र जीवाणुहरु देखि रोगको लक्षण पूरै वोटमा देखिन्छ। आक्रमित वोट ठिंगुरिएको र बढ्न नसकेको जस्तो देखिन्छ।
रोकथा
रासायनिक विषादि क्याराथेन ३ ग्राम प्रति लिटर पानीमा मिसाई रोगको लक्षण देखिन वित्तिकै – १५ दिनको फरकमा २-३ पटक छर्नु पर्छ ।
राम प्रसाद गौत
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृष