+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

गुणस्तरीय बीउ उत्पादन विधी

बीउ
कृषि बनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ । सरलीकृत तथा उदार अर्थमा धेरैले बीउलाई विरुवाको सन्तान उत्पत्तिको साधन भनि परिभाष दिएका छन् । तसर्थ बीउ एक जीवित बस्तु हो र बीउ, बीउ कहलिन प्रथमतः यसमा जीवितपना भई खेतमा रोप्दा उम्रन सक्ने हुनु पर्दछ । राम्रो उम्रने । शक्तिका साथै बीउमा उम्रनेगति पनि राम्रो भए खेतमा बीउ चांडो उम्री समानरुपले बढेको स्वास्थ्य विरुवाको विकास हुन्छ । 

उन्नत बीउ 
सबै प्रकारका बीउ उन्नत हुंदैनन् । स्थानिय (लोकल) बीउ र उन्नत बीउ भन्ने गरेको त हामी सबैले सुने देखेकै कुरा हो । उन्नत हुंदैमा सबै बीउ गुणस्तरयुक्त हुनै पर्छ भन्ने छैन । त्यस्तै स्थानिय हुंदैमा गुणस्तर युक्त हुंदैनन् भन्ने कुरा पनि होइन । उन्नत जातका बीउ स्थानिय, क्षेत्रिय तथा अन्तराष्ट्रिय श्रोतका विभिन्न राम्रा गुण भएका जातहरुसित संमिश्रण, प्रजनन् आदि कार्य गरी निकालिन्छ । यो कार्यमा बाली प्रजनन्कर्ताहरुको बर्षाको श्रम, मिहनेत तथा संलग्नता परेको हुन्छ । त्यसपछि उक्त प्रजनन् गरिएका उन्नत बीउ पुनः बर्षा परीक्षण गरी नियमानुसार सर्ब साधारण कृषकका प्रयोगको लागि सिफारिस गरिन्छ ।

गुणस्तरीय बीउ भनेको के हो ?
बीउको गुणस्तर खास गरी बीउको निम्न गुणस्तरले निर्धारण गरेको हुन्छ ।
१) बीउको बंशानुगत वा जातीय गुणस्तर
– बंशानुगत गुणमा विकृति नआएको ।
– जातीय विकृति नभएको ।
– बेजात विरुवा नभएको ।
 

२) बीउको शारीरिक गुणस्तर
– उम्रने शक्ति अधिकतम भएको ।
– उम्रने गति अधिकतम भएको ।
– पुष्ट चम्किलो दाना भएको ।
– उचित चिसान प्रतिशतमा सुकाएको । 

३) भौतिक गुणस्तर
– सफा प्रशोधित बीउ ।
– निष्कृय पदार्थ नभएको ।
– झारपातको बीउ नभएको ।
– बेजात, बेकिसिमको बीउ नभएको ।
– कीरा आदि नलागेको ।

४) स्वास्थ्य सम्बन्धी गुणस्तर
– कुनै प्रकारको रोग नलागेको ।
– बीउबाट सर्ने रोग नलागेको
– औषधीपचारित बीउ

उपरोक्त गुणस्तर खेत निरीक्षण तथा प्रशोधन कार्य सुव्यबस्थित ढंगले संचालन गरेर कायम राख्न सकिन्छ । बीउ परीक्षण प्रयोगशालाहरुले उपरोक्त गुण स्तरको परीक्षण तथा सही मूल्यांकन गरी परीक्षण प्रतिवेदन नतीजा उपलब्ध गराउंदछ । यस प्रकार गुणस्तर परीक्षण गरिएको बीउ न्यूनतम गुणस्तरयूक्त छ भने कृषकहरुले ढुक्क भई बीउ छर्ने काम गरे हुन्छ । खेतीमा कृषकहरुले छरेको बीउ उम्रने हो वा नउम्रने हो भन्ने जोखीम लिनु नपर्ने हुन्छ ।

उन्नत गुणस्तर बीउको महत्व
१) कृषि उत्पादन बृद्धिका लागि उन्नत गुणस्तरयूक्त बीउ एक आधारभुत आवश्यकीय सामग्री हो । जतिसुकै मल, जल, श्रम तथा अन्य विरुवा संरक्षणका विषादीहरुको प्रयोग गरेता पनि यदि रोपेको बीउ नै खेतमा उम्रंदैन भने सारा कार्य निरर्थक हुन जान्छ ।

२) उपयूक्त रासायनिक मलखाद, सिचाई, श्रम तथा अन्य कृषि सामग्रीको प्रयोगबाट कृषि उत्पादन बढ्दछ । तथापि उत्पादन बृद्धि असल बशांनुगत क्षमता भएको बीउको अभावमा सीमित मात्र हुन जान्छ । कारण उन्नत गुणस्तरयूक्त बीउका गुणहरु बीउ मार्फत प्रतिविम्बित भएको हुन्छ । अतः उन्नत गुणस्तरयूक्त बीउ कृषि उत्पादन बृद्धिका लागि एक आवश्यक पूर्वाधार पनि हो । 

३. उन्नत गूणस्तरयूक्त बीउको प्रयोग नगरेको कारण बर्षेनी कतिपय कृषकहरुका खेतमा उत्पादन घटेको पाइएको छ भने परीक्षण नगरेको, श्रोत थाहा नभएको स्थानीय बीउको प्रयोग कारण बाली नै सखाप भएको पनि पाइएको छ । यो क्षति कृषकको मात्र नभइ राष्ट्रको नै क्षति हो । अतः उन्नत गुणस्तरयूक्त बीउको प्रयोगबाट यस्तो हुन नपाई कृषकका साथै राष्ट्रको पनि क्षति बचाउंछ ।

४) गुणस्तरयुक्त बीउको प्रयोगबाट मात्र उत्पादनमा १०–१५ प्रतिशत बृद्धि आएको पाइएको छ । यदि उन्नत गुणस्तरयुक्त बीउ प्रयोग गरेको खण्डमा ३०–४० प्रतिशत उत्पादनमा बृद्धि ल्याउन सकिन्छ । उन्नत गुणस्तरयुक्त बीउको प्रयोग गर्नुका साथ साथै उपयुक्त आवश्यक मल, जल, बोट विरुवा संरक्षण औषधि अन्य सामग्री तथा प्रविधिको व्यवस्था हुन सकेमा उत्पादन दोब्बर बढाउन पनि सक्षम हुन सक्दछौं ।

५) उन्नत गुणस्तरयुक्त बीउको प्रयोगबाट उत्पादनमा बृद्धि हुन्छ भने कृषकहरुको आय बृद्धि भई जीवनस्तर उकास्न मद्दत मिल्दछ । हाम्रो जस्तो ६५ प्रतिशत भन्दा बढी कृषक भएको देशमा यदि सबै कृषकहरुले उत्पादनमा बृद्धि गराएमा बढी खाद्यन्न निर्यात गर्न सक्षम भई देशको विकासमा टेवा मिल्ने हुन्छ ।

६) प्रायः सबै उन्नत गुणस्तरयुक्त बीउहरुले बढी मल, जलको प्रयोगको सकारात्मक प्रतिक्रिया देखाई उत्पादनमा बृद्धि ल्याउने भएकाले उन्नत गुणस्तरयुक्त बीउको प्रयोगले अन्य कृषि, सामग्रीहरुको बढी प्रयोगका लागि प्रोत्साहन मिल्दछ । यसले हाम्रो बर्तमान कृषि उत्पादन प्रणाली लाई नै सुदृढ गरी परिवर्तन ल्याउने हुन्छ । अतः उन्नत गुणस्तरयुक्त बीउलाई कृषि उत्पादनमा परिबर्तन ल्याउने माध्यम हो भनेमा दुईमत नहोला ।

७) बीउ खाद्यन्न होइन । स्वभावतः बीउ खाद्यान्न भन्दा मंहगो हुन्छ । तथापि यदाकदा उन्नत गुणस्तरयुक्त बीउ मंहगो भयो भन्ने गुनासो सुनिन्छ । तर वास्तविक रुपमा नियालेर हेर्ने हो भने अन्य कृषि सामग्रीहरुको तुलनामा उन्नत गुणस्तरयुक्त बीउ सबै भन्दा सस्तो कृषि सामग्रीको हा । त्यति मात्र  नभई उन्नत गुणस्तरयुक्त बीउको प्रयोगबाट निम्न फाइदाहरु पनि प्राप्त हुन्छ

– स्थानिय बीउको प्रयोगको तुलनामा परीक्षण गरिएको उन्नत गुणस्तरयुक्त बीउ प्रयोग गर्दा १)–३) प्रतिशत बीउको दरमा कटौती गर्न सकिन्छ ।
– उन्नत गुणस्तरयुक्त बीउको प्रयोगबाट उत्पादनको मात्रा बढ्ने मात्र हुंदन,  उत्पादन भएको उपज एकनासको भई बजारमा बढी मूल्य पाउन सकिने हुन्छ
– उन्नत गुणस्तरयुक्त बीउ अक्सर रोग र कीराका आक्रमणबाट सुरक्षित राख्न उपचारित हुने हुनाले उत्पादन रोग र कीराबाट नोक्सानी हुन पाउंदैन ।
– उन्नत गुणस्तरयुक्त बीउमा बेजात, अन्य बाली तथा झारपात आदिको मात्रा न्यूनतम हुने हुनाले झारपात र अन्य बाली आदि उखेल्न लाग्ने श्रम तथा खर्च कम हुन जाने हुन्छ । 
अतः सारांशमा उन्नत गुणस्तरयुक्त बीउको प्रयोग गर्दा बढी पैसा जांदैन, बरु यसले पैसा बचाउँछ ।

नेपालमा बीउ उत्पादन प्रणाली
कृषि अनुसन्धान र आवश्यक परीक्षणका आधारमा नयां उन्नत जातको बीउको विकास तथा प्रादुर्भाव हुन्छ । बीउ बृद्धि कार्य उक्त बिकास, प्रादुर्भाव भएको नयां उन्नत जातलाई जातीय सिफारिस कमिटीले सिफारिस गरेपछि मात्र आधिकारीक रुपमा सुरु गरिन्छ । विभिन्न तरिकाहरुबाट प्रजनन्कर्ताले प्रजनन् बीउ उत्पादन गर्दछन् । प्रजनन्कर्ताहरुले प्रजनन् गरेका बीउका जातीय गुणहरु तथा अन्य मुलभुत कुराहरुको जानकारी उपलब्ध गराउंछ । साथै प्रजनन् गरेको बीउको आपूर्ति गराउन बाहेक मुलभुत जातीय शुद्धता तथा अन्य गुणात्मक स्तरको संभार कायम गरी राख्ने जिम्मेवारी पनि प्रजनन् गर्ने व्यक्ति वा संस्थाको हुन्छ । हाम्रो नेपालको सन्दर्भमा प्रजनन् गरेको बीउलाई समन्वयात्मक बाली बिकास कार्यक्रमहरुले विभिन्न बाताबरणमा जातीय परीक्षण गरी उत्पादन क्षमता, रोग, कीरा नलाग्ने क्षमता, मलखादको प्रयोग गर्ने क्षमत, स्थानिय बातावरण सुहाउंदो, कृषकहरुले रुचाउने आदि सबै तथ्यहरुको नतीजा प्राप्त गर्दछन् । उक्त प्राप्त परीक्षण नतीजा सहित जातिय सिफारिस कमिटीमा सिफारिसका लागि सम्बन्धीत प्रजनन्कर्ता वा संस्थाले पेश गर्ने गर्दछ । जातिय सिफारिस कमिटीले उक्त जातको बीउ सिफारिस योग्य भए सिफारिस गर्दछ । तत् पश्चात कृषकहरुबाट उक्त जातको बीउको माग भएमा श्रोत बीउ उपलब्ध गरी बीउ बृद्धि कार्यक्रमको क्रम शुरु गर्दछ ।
 

नेपालमा हाल निम्न स्तरका बीउहरु प्रचलनमा छन्
१। प्रजनन् बीउ
२। मुल बीउ
३ प्रमाणित बीउ
४। उन्नत बीउ
बीउको स्तर खास गरी पुस्ताको आधारमा निर्धारण गरिन्छ । प्रत्येक स्तरको बीउको न्यूनतम जातीय भौतिक तथा अन्य गुणात्मक स्तर पनि तोकेको हुन्छ ।
उदाहरणको लागि प्रजनन् बीउ रोपेपछि मुल बीउको उत्पादन हुन्छ तर मूल बीउ रोपेर उत्पादन भएको बीउको जातीय भौतिक तथा अन्य गुणात्मक स्तर प्रजनन् बीउको न्यूनतम आवश्यकता पूर्ति गरे तापनि उक्त बीउ मूल बीउ कहलिंदैन । कारण उक्त बीउ प्रजनन् बीउको सन्तति हो । तथापि कहिले काहीं कुनै खास स्तरको बीउ रोपेर सही स्तरको बीउ उत्पादन गर्ने प्रचलन पनि देखिन्छ । 
खेतमा बीउको स्तर अनुसारको जातीय तथा भौतिक गुणस्तर कायम बीउ विजन गुणस्तर नियन्त्रणको प्राविधिकहरुबाट नियमित रुपमा खेतको निरीक्षण गर्ने कार्य हुन्छ । त्यस्तै मूल बीउको हकमा सम्बन्धित कृषि फार्मका प्राविधिकहरुबाट निरीक्षण कार्य हुन्छ । यसबाहेक सोही कार्य आधिकारिक रुपमा क्षेत्रीय बीउ विजन परीक्षण प्रयोगशालाका प्राविधिकहरुबाट गरिन्छ । तर उन्नत बउि उत्पादन कार्यमा भने केवल कृषि सामग्री संस्थानका प्राविधिकहरुले मात्र खेतको निरीक्षण गर्दछन् ।
खेत निरीक्षणबाट पास भएको बीउ बीउको अन्य गुणात्मक स्तरको आधारमा कृषि सामग्री संस्थानले बीउ संकलन, प्रशोधन गर्दछ, उक्त बीउ बिक्री वितरण गर्नु अघि बीउ प्रविधि तथा विकास कार्यक्रमकै आधिकरिक बीउ परीक्षण
प्रयोगशालाहरुमा नमूना पठाई बीउका अन्य गुणात्मक स्तरहरु जस्तै शुद्धता, उम्रने शक्ति चिसान आदिको जांच गराइन्छ । स्तरयुक्त बीउमा स्तर अनुसारको प्रमाणीकरण ट्याग लगाई कृषि सामग्री संस्थानले बीउको बिक्री वितरण गर्दछ ।

बीउको शारीरिक परिपक्वता
बीउको गुणस्तर कायम राख्न बीउ पाक्ने, काट्ने, सुकाउने, प्रशोधन गर्ने र भण्डारण गर्ने समय वा तरीकाको ठुलो महत्व रहेको छ । साधारणतया कृषकले सिफारिस तथा अनुभवका आधारमा खेतको बाली काट्ने, चुट्ने, छोडाउन, योग्य भएपछि बालीका बोट, दाना आदिका रंग विचार गरी काट्ने गर्दछ । तर बैज्ञानिक दृष्टिकोबाट हेर्दा साधारणतया कृषकले बाली काट्ने गरेको समयभन्दा निक्कै पहिले नै बाली शारीरिक परिपक्वताको अवस्थामा पुगी पाकी काट्न, भांच्न योग्य भई सकेको हुन्छ ।

शारीरिक परिपक्वता
यो बालीको जीवन चक्रको त्यो अवस्था हो जुन बखतमा बीउको शारीरिक
गुणस्तर अधिकतम हुन्छ । अर्थात यो बेलामा बीउकोः
१। उमने्र शक्ति
२। उम्रने गति
३। सुख्खा पदार्थको तौल अन्य अवस्थामा भन्दा बढी हुन्छ
यसबेला बीउको आन्तरिक शारीरिक भागको पूर्ण विकास भएको हुन्छ । यो अवस्था बीउ बोटमै छंदा पुगेको हुन्छ । धेरैजसो बालीमा यो अवस्था गर्भाधान भएको १२ देखी ६० दिन सम्ममा पुग्दछ । यस अवस्थामा चिस्यान प्रतिशत घट्दै गइरहेको हुन्छ । बीउको जीवन क्रममा गर्भाधान देखि शारीरिक परिपक्वताको अवस्था सम्मलाई बीउ विकास वा सकारात्मक पक्ष भनिन्छ । यस पछि बीउको मरणक्रिया बिस्तारै बिस्तारै शुरु हुन थाल्छ र आखिरमा गएर बीउ मर्छ । यो पक्ष बीउमा शारीरिक परिपक्वता भएको केही दिनदेखि लिएर केही वर्षको अन्तरालसम्म रहेछ । यो अवस्थामा बीउको श्वास प्रश्वास क्रिया यथावत चलिनै रहन्छ । यो प्रक्रिया ढिलो या चांडो चलाउन उच्च तापक्रम, चिस्यानले ठुलो भुमिका खेलेको हुन्छ । यान्त्रिक चोट पटक तथा विषादि औषदिको प्रयोगको असरले पनि बीउ छिटो मर्छ । बीउको श्वास प्रश्वास क्रिया जति छिटो छिटो भयो उति बीउमा भएको खाद्यान्न चांडो चांडो सकिन्छ र केही समयको अन्तरालमा बीउ मर्छ ।

बीउ सुकाउने
बीउमा रहेको पानीको मात्रा हटाउने कार्यलाई बीउ सुकाउने भनिन्छ । बीउ एक यस्तो जीव हो जसले बायुमण्डलमा भएको चिस्यान सोस्न सक्छ र आफुमा बढी भएमा बायुमण्डलमा फ्याक्न पनि सक्छ । बायुमण्डलले बीउको चिस्यान सोसेमा, यसलाई हामी प्राकृतिक तवरले बीउ सुक्ने प्रक्रिया भन्दछौं । साधारणतया सिधै आंखाले देख्न नसकेता पनि हावामा धेरै थोरै मात्रामा पानी रहेको हुन्छ । यो पानी वाफको रुपमा रहेको हुन्छ । कुनै एक निश्चित समयमा हावामा धेरै पानी छ वा हावाले धेरै पानी सोसेको छ भने त्यसबेला हावामा ज्यादा प्रतिशत आद्र्रता भएको भनिन्छ र कम भएको बखतमा कम प्रतिशत आद्र्रता वा हावा सुख्खा भएको भनिन्छ । यसबेला पानी पर्ने कम संभावना रहन्छ र भिजेको लुगा चांडो सुक्छ ।

अतः बीउ सुकाउंदा हामीले सापेक्षिक आद्र्रतालाई ध्यान दिनु पर्छ । सापेक्षिक आद्र्रता कुनै निश्चित तापक्रममा हावामा रहेको पानीको परिमाण र सोही तापक्रममा त्यस हावाले बोक्न सक्ने अधिकतम पानीको परिमाणको अनुपातलाई प्रतिशतमा देखाइएको अंक हो । कुनै निश्चित समयमा हावाले संधै आफुले सोस्न सक्ने जति पानी बोकेको हुंदेन । यस अंकले हावाको तुलनात्मक सुख्खापन वा भिजाईलाई जनाउंछ । बीउ सुकाउनको लागि हावाको शापेक्षिक आद्र्रता जति कम भयो उति राम्रो हुन्छ ।
तुलनात्मक रुपमा चिस्यानको मात्रा बीउ र हावामा जुनमा बढी भयो , सो बाट कम भएकोमा जान्छ , तर दुबैमा बराबर भयो भने हावाको तापक्रम नबढेसम्म यो क्रम यथावत रहन्छ । हावामा भन्दा बीउमा चिस्यानको मात्रा बढी भयो भने बीउको बाफ चाप बढी हुन्छ । चिस्यानको स्थानान्तर संधै बढी बाफचापबाट कम बाफ चापमा हुन्छ । यो कार्य हावा र बीउको बाफचाप बरावर नभएसम्म चलि रहन्छ । यो बराबर बाफ चापको अवस्था बीउको निश्चित चिसान प्रतिशतमा आएर टुंगिन्छ । यस अवस्थाको बीउको चिस्यान प्रतिशतलाई बीउको बराबरीको चिस्यान प्रतिशत भनिन्छ । साधारणतया तापक्रममा परिबर्तन नआएसम्म बीउको बराबरीको चिस्यान प्रतिशत भन्दा कम चिस्यान प्रतिशत प्राकृतिक हावामा बीउ सुकाउन सकिंदैन । 

बीउ उत्पादनका केही प्राविधिक क्रियाकलापहरु तथा तीनको व्यवस्था
 
रोगिङगः
कुनै पनि अवान्छनीय विरुवालाई अंग्रेजीमा रोग भनिन्छ । अतः बीउ उत्पादन खेतबाट अवान्छनीय विरुवाबाट हटाउने कार्यलाई रोगिङग भनिन्छ । उदाहरणको लागि गहुं उत्पादन गरिएको खेतमा जौं को बोट देखा परे त्यसलाई रोग भनिन्छ ।
त्यस्तै बिजय जातको गहुं लगाएको बीउ उत्पादन खेतमा यू।पि। २६२ जातको गहुंको बोट देखिएमा त्यो पनि रोग नै हो यसलाई अफ टाइप पनि भन्न सकिन्छ ।
गहुंको बीउ उत्पादन खेतमा जंगली जौं देखा परे त्यसलाई पनि रोग भनिन्छ । उपरोक्त रोगहरु सजिलैसित पहिचान गर्न सकिन्छ भने परस्पर सेचनबाट या जीव वा क्रोमाजोम आदिको अपर्झट अदल बदल भई कुनै जातको बीउमा बंशानुगत अदल बदल भएको रोगहरु पहिचान गर्न अति नै गाह्रो हुन्छ । यस किसिमका रोगहरुलाई भोरियन्ट भनिन्छ । हुन त रोग कीरा लागेका बोट बिरुवा बास्तविक अफ टाईप नहुन सक्तछन । तथापि रोगिङग गर्दा थिनीहरुलाई पनि हटाइन्छ ।
कुनै कुनै रोगी विरुवाहरु हटाउन विरुवाका गे ्रोथ स्टेजले मद्दत गर्छ । जस्तै कालो पोके लागेको गहुंको बोटको बुट स्टेजमा फ्ल्याग लिफ पंहेलो हुन्छ । साथै कुनै कुनै बालीहरुमा नरोपी कुनै अग्रीम बालीको अबशेषबाट आफै उम्रका बोट विरुवाहरु पनि देखा पर्दछन् । 

रोगिङग गर्दा ध्यान दिनु पर्ने कुराहरुः
१। बालीको अवधिभरमा बाली पाक्ने बेलामा मात्र एक पटक रोगिङग गराइनु
पर्याप्त छैन, रोगिङग कार्य बालीको अवस्था हेरी पटक पटक व्यवस्थित ढंगलेगर्नु पर्छ ।
२। एक पटक रोगिङग गर्दा केवल एक दुइ थरीका रोगहरु मात्र हटाइनु पर्दछ ।
जस्तै प्रथम पटकमा अन्य बालीका बोट रोग लागेका बोट तथा झारपाका बोटहरु हटाउनु सजिलो हुन्छ ।
३। कुनै कुनै जातका बीउहरुमा बाली पाकेपछि मात्र बालीको रङगमा फरक आई रोग गर्न सकिने हुन्छ । त्यस किसिमको रोगिङ्ग त्यही समयमा गर्नु पर्छ ।
४। खेतमा रोगिङग गर्दा गर्दै पनि बाली काटे, भांचे पछि देखा पर्ने रोगहरु खलियानमा चुट्दा, छोडाउंदा, बाला, घोगाहरु निरीक्षण गरी रोगहरुलाई छाँट्नु पर्दछ । 

स्वयंसेचन तथा परसेचन
(क) स्वयम सेचनः एउटै बिरुवाको भाले अंग बाट त्यही बिरुवाको उही अथवा अर्को फूलको योनीक्षेत्र (क्तष्नmब) मा गएर परागकन पर्नुलाई स्वयंसेचन भनिन्छ । यस अन्तरगत पर्ने बालहिरुमा, तने बोडी, झांगे सिमी, घिउसीमि, बोडी, मेथी र गोलभेडा पर्दछ । यी वर्गमा (५ प्रतिशत स्वयम सेचन हुने गर्दछ । कुनै कुनै बालीहर कहिलेकाही परसेचन हुने गर्दछ । यस अन्तर्गत टाटे सिमी, भन्टा, रामतोरिया, भेडेखुर्सानी, जिरीको साग आदि हुन । यि बालीहरुमा ७५ प्रतिशत भने स्वयसेचन नै हुने गर्दछ ।
(ख) परसेचनः एउटा बिरुवाको परागकन अर्को बिरुवाको फूलको योनीक्षेत्रमा पर्न गई हुने सेचनलाई परसेचन भन्दछ । यस अन्तरगत पालुंगो, काक्रा फर्सी, समुहका सबै तरकारीबालीहर, मूला, सलगम, गांजर, प्याज, काउली समुह

Leave a comment