घाँसको व्यावसायिक उत्पादन किन

घाँसको व्यावसायिक उत्पादन किन
नेपालमा व्यावसायिक पशुपालनलाई बढी व्यावसायिक तथा प्रतिस्पर्धी व्यावसायको रूपमा विकास गर्न उत्पादन लागत घटाउने कार्य प्रमुख चुनौतीको रूपमा रहेको देखिन्छ । खासगरी दूध, मासु, ऊन को उत्पादन लागत घटाउन मागमा आधारित पशुपालन अपरिहार्य आवश्यकता छ । यसको लागि उन्नत घांस खेती गर्ने कार्यलाई व्यापकता दिनु पर्दछ भनेर नै मैले भुँडीपुराणको सहयोगमा यो पुस्तक प्रकाशन गर्नु र घाँसमा व्यावसायिक उत्पादन बढाउनप्रयास गर्ने सोअनुसार घाँस खेतीका बारेमा केही गने जमर्काे गरेको छु । नेपालमा पशु आहाराको अवस्था करिब ६० प्रतिशत पशु आहारा जीवन धान्ने खालको कृषि उप–पदार्थहरूमा मात्र आधारित रहेको पाइएको छ ।
यसैगरी नेपालमा बिभिन्न घाँसबालीको बीउ उत्पादन तथा बजारीकरण र आयात समेत व्यवस्थित तरिकाबाट हुन सकिरहेको छैन, खास गरी नेपालमा हिउँदे घाँसबालीको पशुपालनमा व्यावसायिकरणको लागि पशु आहाराको विकास हुनु जरूरी छ । पशु आहाराको लागि घाँस बालीको बीउ उत्पादन तथा बजारीकरण कार्यलाई पनि व्यवस्थित तरिकाबाट सँगसँगै लैजानुपर्ने हुन्छ । गुणस्तरीय बीउको प्रयोगले मात्र पनि १५ देखि २५ प्रतिशतसम्म उत्पादन वृद्धि गर्न सकिने घाँस बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने मूलभूत उद्देश्य प्राप्तिमा सघाउ पु¥याउन यो पुस्तकले महŒवपूर्ण भूमिका खेल्दछ ।
घाँसको बीउको बढ्दो मागलाई आपूर्ति गर्न कृषक समूहहरूलाई परिचालन गरी गुणस्तरीय बीउ उत्पादन कार्यमा संलग्न गराई दिगो र व्यावसायिक रूपमा क्रमशः विकास गर्न स्थानीय तथा उन्नत जातको बढी उत्पादन दिने घाँस बालीको बीउ व्यवस्थित तरिकाबाट उत्पादन तथा बजारीकरण गर्नका लागि आवश्यकता भएको छ । यसैलाई मध्यनजर गरी “घाँस बालीको व्यावसायिक बीउ उत्पादन तथा बजारीकरणको अवधारणामा आधारित यो पुस्तक प्रकाशन गर्ने जमर्को गरेको छु । म यस विषयमा २०४९ साल देखी प्रत्यक्षअप्रत्यक्ष संलग्न रही आएको छु । मलाइ नेपालमा पशुपालन व्यवसायमा संलग्न कृषकहरूको कठिनाइ र चुनौतीका बारेमा राम्रो जानकारी छ । हाल नेपालबाट युवा जनशक्ति गाउँबाट पलायन भए तापनि पछिल्लो चरणमा व्यावसायिक बाख्रा पालनमा युवाहरूको आकर्षण बढेको देखिन्छ । व्यावसायिक पशुपालनका निम्ति हरियो घाँसको आवश्यकता पर्दछ र मैले नेपाली कृषकहरूका लागि बाह्रैमास हरियोघाँस उत्पादन प्रविधि र समस्या चुनौती र कुन घाँस कुन समयमा लगाउने त्यसबाट कति उत्पादन हुन्छ । त्यसका खेती प्रविधिका बारेमा मेरो २९ वर्षको अनुभव र मैले सञ्चालन गरेका कृषक समूहहरूको भोगाइ लाइ समेटेर प्रशान गर्ने जमर्को गरेको छु ।
घाँस उत्पादन प्रविधि
घाँसमा आधारित भएर पशुपालन गर्न सकेनौँ भने हाम्रो दूध, मासु तथा अन्य पशुजन्य पदार्थको उत्पादन लागत निकै बढ्छ । त्यति मात्र नभै घाँसमा खनिज तथा भिटामिन पनि प्रशस्त मात्रामा पाइने, घाँस खुवाउँदा दूधमा फ्याटको मात्रा बढी हुने, बाँझोपन न्यूनीकरण हुने, पशु स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने, भूक्षय न्यूनीकरण, वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत पुग्ने कुरा म आफैँ २०४९ साल पुस १ गतेबाट यस क्षेत्रमा हात हाली आज आयर म यो पुस्तकको तयारीमा लागेको छु । यति बेला मलाई केही सम्झना आयो भने तत्कालीन बाडेगाउँ–८ सूर्यकोट (हाल इन्द्रावती गापा–५) मा मेरो सकृयातामा सूयर्काेट डालेघाँस विकास समिति गठन गरी तेस समूहको सचिवबाट आरम्भ भएको मेरोयत्रा जीवनभरि नै घाँसमा बितेको छ र मैले घाँसमा कामको अनुभव पनि छ । हालमा घाँसका बीउमा काम गने संस्था नेपाल कृषिवन बीउ बिजन केन्द्रको व्यवस्थापकीय निर्देशकको रूपमा कायर्रत छु र नेपालका कृषक दाजुभाइ दिदी बैनीसँग दैनिक जस्तो घाँसका बारेमा छलफल पनि गरे्को छु । यसमा सकेसम्म सबै कृषकको अनुभवलाई समेट्ने प्रयास पनि गरेको छु । हामी कृषकहरूलाई पशुपालन गर्नका लागि घाँस खेतीको विकल्प देखिँदैन । केवल घाँसमा आधारित भएर पशुपालन गर्न सके मात्रै प्रतिलिटर दूधको लागतमा ६ देखि ११ रुपैयासम्म कम गर्न सकिने छ । यस पुस्तकमा विभिन्न खालका घाँसखेतीहरूको बारेमा समावेस गरिएको छ ।
घाँसकोबीउ उत्पादन प्रविधि
घाँस उत्पादन गर्नुभन्दा पहिला गुणस्तरको बीउ चाहिन्छ । त्यसका लागि सर्वप्रथम घाँसको बीउ उत्पादन गर्नुपर्दछ । हरियो घाँसको उत्पादन बढाएर किफायती दरमा दूध उत्पादन गर्न सकिन्छ । प्रतिइकाइ जग्गाबाट घाँसबाली लगायत अन्य कृषिजन्य बालीको उत्पादन लिनका लागि बीउ अत्यन्त आवश्यक छ ।
कृषिजन्य पदार्थको वंश परम्परा कायम गर्न बीउ अनिवार्य हुन्छ । बीउ उत्पादन व्यवसायमा उन्नत जातका बीउ बिजनमा भएको विभिन्न गुणहरूको स्तर सालसालै कायम गर्न सकिएन भने उन्नत जातहरू पनि स्थानीय जात सरह नै भएर जान्छन् । त्यसैले उन्नत जातको बीउको गुणलाई जोगाउन एक व्यवस्थित बीउ उत्पादन प्रणाली अपनाउनुपर्छ ।
कृषिजन्य पदार्थको कुल उत्पादन लागत बीउको लागत सबैभन्दा कम हुन्छ । उन्नत बीउको प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ । बीउबिजन उत्पादनका लागि घाँसबाली खेती गरिने क्षेत्र, हावापानी, खेती गर्ने तरिका, बीउ मल, गोडमेल तथा रोग कीरा नियन्त्रणले प्रभाव पार्छ । त्यसैले घाँसको बीउ बिजन उत्पादन गर्नका लागि स्थानीय हावापानी, जलवायु र जग्गाको छनोट, खेती प्रविधि तथा व्यवस्थापन राम्रो हुनुपर्दछ।
उत्पादनको क्षेत्र छनोट
उत्पादन क्षेत्र रेखदेख गर्न सजिलो हावापानी मिलेको मलीलो पानीको व्यवस्था गर्न सजिलो बस्तुहरू र बाँदर चरामुसा लगायत जङ्गली जनावरले दुःख नदिने स्थानमा घाँसको बीउ बिजन उत्पादनका लागि बीउ बिजनहरूको प्रकृतिअनुसार एक निश्चित भौगोलिक क्षेत्रको हावापानी÷जलवायु र जग्गामा लगाउन पर्दछ। घाँसको बीउ बिजनहरू लगाएर उम्रिई, हुर्किएर राम्रो वानस्पतिक वृद्धि भए बीउ उत्पादनका लागि आवश्यक आधारहरू पूरा गरी त्यसबाट सफलतापूर्वक बीउ लिन सकिन्न ।
भौगोलिक क्षेत्र
हाम्रो देश नेपाललाई भौगोलिकको आधारमा तीन क्षेत्रमा बाँडिएको छ तराई, पहाड र हिमाल हामीले कुन स्थानमा बीउवा अरू उत्पादन लिने हो, सोअनुसार आफ्नू तयारी गर्नुपर्दछ । यहाँ मैले सङ्क्षिप्तमा केही जानकारी गराउने जमर्को गरेको छु तराई नेपालको तल्लो समथर भेग समुद्र सतहबाट ६० देखि १००० मिटरसम्म उचाइको भू–भागलाई तराई र भित्री मधेस भनिन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिन धेरै मात्रामा पाइने भएकाले खाद्यान्न बाली र घाँस खेतीलाई बढी महŒव दिइन्छ । यस क्षेत्रमा उष्ण, समोष्ण क्षेत्रमा लगाउन सकिने घाँसको जातिहरू उदाहरणका लागि निम्न छ स्टाइलो, मोलासेस, डेस्मोडियम, पासपालम, सोरगम, सुडान, बर्सिम, भेच, जौलगायतका छन् । घाँसहरू लगाउन सकिन्छ ।
पहाड
नेपालको मध्यक्षेत्र समुद्र सतहबाट १००० देखि २००० मिटरसम्मको भू–भागलाई पहाड भनिन्छ । यस क्षेत्रमा पहाडमा लगाइने घाँसका जातिहरू हरियो घाँस तथा बीउ उत्पादनका लागि लगाउन सकिन्छ र डालेघाँसलाई एग्रोफरेस्ट्री प्रणालीमा लगाइ बीउहरू उत्पान गर्न सकिन्छ ।
उच्च पहाड÷हिमाल
नेपालको उच्च हिमाल उत्तरी भाग समुद्र सतहबाट २००० देखि ५००० मिटर भन्दामाथिको भू–भागलाई हिमाली भाग भनिन्छ । यस क्षेत्रमा खेती कम मात्रामा हुने गरेकाले यस क्षेत्रमा घाँस खेतीलाई बढी महŒव दिएको छैन र यस क्षेत्रमा चरन प्रशस्त मात्रामा भएकोले खासै घाँस खेती गरेको पाइँदैन ।
जलवायु
नेपाललाई पाँच भागमा बाँड्न सकिन्छ ।
१. उष्ण जलवायु नेपालको तराई क्षेत्रमा यस्तो जलवायु पाइन्छ । यस क्षेत्रमा औसत तापक्रम ३०–३५ डिग्री छ । यस क्षेत्रमा उष्ण, समोष्ण क्षेत्रमा लगाउन सकिने घाँसको जातिहरू लागि लगाउन सकिन्छ ।
२. समोष्ण जलवायु नेपालको तल्लो तथा मध्य पहाडी क्षेत्रमा यस्तो जलवायु पाइन्छ । यस क्षेत्रमा औसत तापक्रम २०–२५ डिग्री हुन्छ । यस क्षेत्रमा उष्ण, समोष्ण क्षेत्रमा लगाउन सकिने घाँसको जातिहरू लगाउन सकिन्छ ।
३. शितोष्ण जलवायु यस्तो जलवायु पहाडी क्षेत्रमा पाइन्छ । यस क्षेत्रमा औसत तापक्रम १०–१५डिग्री हुन्छ यस क्षेत्रमा शितोष्ण क्षेत्रमा लगाइने घाँसका जातिहरू लगाउन सकिन्छ ।
४. हिमालपारीको जलवायु हिमालपारी यस्तो जलवायु पाइन्छ । यस क्षेत्रमा औसत तापक्रम १०–१५ डिग्री रहन्छ यस क्षेत्रमा शितोष्ण क्षेत्रमा लगाइने घाँसका जातिहरू लगाउन सकिन्छ ।
५. हिमाली जलवायु हिमाली क्षेत्रका ३००० मिटरभन्दा माथि वर्षको धेरैजसो महिना यस क्षेत्रलाई हिउँले ढाकेको हुन्छ । हिउँ पग्लिएको बेला स्थानीय घाँस उम्रन्छन् धेरैजसो बिरुवाले तुषारो सहन सक्दैनन् तर तुषारो प्रतिरोधी जातहरू विकास भएको छ ।
तापक्रम
बोटबिरुवा वा घाँस पात, अन्न तरकारी जुनसुकैलाई हुर्कन घमाइलो तथा उचित तापक्रम चाहिन्छ । अनुकूल तापक्रम नहुन्जेलसम्म धेरै ठण्डीले बिरुवामा फूलफुल्न तथा बीउ लाग्न सक्दैन । धेरै जसो घाँसको बिरुवाहरूलाई छोटो दिनमा पनि सफलतापूर्वक फूल फुल्ने र बीउ लाग्ने गर्छन् । त्यसकारण पनि उपयुक्त तापक्रम भएको ठाउँमा खेती गर्न सकिन्छ ।
माटो
कुनै पनि कृषि कर्म तथा घाँसको बीउ उत्पादनका लागि जमिन÷माटो नभई हुन्न । माटोले बिरुवालाई उम्रन तथा स्थिर रहन मद्दत गर्छन् बिरुवाले माटैबाट पानी तथा खाद्य पदार्थ शोषेर लिन्छ । कृषि कार्यका लागि माटोमा खनजोत, बिरुवाका लागि खाद्यतव बढाउन विभिन्न क्रियाकलापहरू गरिन्छ ।
बीउ लगाउनका लागि जग्गा छान्दा सकेसम्म मलिलो, पानी नजम्ने, पानीको निकासको राम्रो व्यवस्था भएको छान्नुपर्दछ । घाँसबालीको प्रकृतिअनुसार कुनै घाँसबालीलाई केही कम मलिलो, नदीको बगर, पानी जम्ने माटोमा पनि फस्टाउँछन् भने धेरैजसो घाँसबालीको बीउ उत्पादनका लागि मलिलो दुमट माटो नै चाहिन्छ । सिँचाइ र मेसिन औजार प्रयोग गर्न सजिलो हुने भएकाले सकेसम्म सतह मिलेको जग्गा छान्नुपर्छ ।
बीउ उपचारको तरिका
बीउ उपचारको मुख्य उद्देश्य बीउको सुषुप्त अवस्थाबाट ब्युताएर अङ्कुर हुन सघाउनु, कोसे बिरुवामा गिर्खा लाग्न मद्दत गर्नु, बीउलाई बीउजन्य वा माटोजन्य रोगजन्य जीवहर र गोदाममा लाग्ने कीराहरू बाट नियन्त्रण गरी बीउलाई सुरक्षित राख्नुपर्दछ ।
बीउको शुषप्त अवस्था
बीउमा भावी बिरुवा सुषुप्त अवस्था मा रहेको हुन्छ र अनुकूल अवस्था नआएसम्म उम्रिन सक्दैन । सुषुप्त अवस्थाको दुई मुख्य उद्देश्य हुन्छन्
(क) अनुकूल अवस्था नआउन्जेल वंशवृद्धिका लागि पर्खनु,
(ख) प्रतिकुल अवस्था धेरैजसो बीउहरू कडा हुन्छन् र बाहिरी खोस्टा कडा चिल्लो आवरणले ढाकेको हुन्छ जसले गर्दा बीउ लामो अवधिसम्म सुषुप्त अवस्थामा हुनसक्छ ।
अनुकूल वातावरण पाउनासाथ अङ्कुर भएर बिरुवाको रूपमा हुर्कन्छ । कुनैकुनै घाँसको बीउमा ताजा अवस्थामा अङ्कुर क्षमता कम पाइन्छ तर केही वर्ष राखेपछि अङ्कुर क्षमतामा वृद्धि हुन्छ ।
एसिड स्कारीफिकेसन
यो विधिमा बीउलाई नरम अम्लको झोल सल्फुरिक एसिड वा नाइट्रिक मा केहीबेर चोपलेर सफा पानीले पखालिन्छ, जसले गर्दा बीउको खोस्टा भिज्छ र बीउ उम्रन मद्दत गर्छ । अन्य भाग विशेषतः भ्रुणमा नोक्सानी पुग्नुहुन्छ ।
कोसे बालीमा जीवाणु मलको प्रयोग
राम्रो गिर्खा उत्पादन होस् भन्ने हेतुले बीउ र इनोकुलान्टलाई मिसाइने तरिकालाई इनोकुलेशन भनिन्छ । इनकुलेशन बीउ छर्नुभन्दा ठीक अघि गर्नुपर्छ । इनोकुलान्ट र बीउ मिसाउनका लागि विभिन्न विधिहरू छन् साधारणतया
उत्पादन कर्ताहरूले ४–६ ग्राम इनोकुलान्ट प्रतिकिलो बीउका दरलेप्रयोग
गर्ने र बोडी जातिको कोसेबालीहरूको लागि प्रति हेक्टर २५०–४०० ग्राम जति इनोकुलान्ट लाग्छ ।
वनस्पतिक प्रजनन
बहुवर्षीय घाँसहरूलाई वानस्पतिक विधिबाट पनि प्रसारण गराउन सकिन्छ । यसरी वानस्पतिक विधिबाट वंश वृद्धि गराउनका लागि बिरुवा हाँगाको टुक्रा, राइजोम वा स्टोलन सकर वा जराको टुक्रा प्रयोग गरिन्छ । बहुवर्षीय घाँस बाली जस्तै नेपियर,जस्ता घाँसहरूमा यस विधिद्वारा प्रसारण गरिन्छ । हाँगाको टुक्रा रोप्दा २–३ आँख्ला भएको टुक्रा लिनुपर्छ र रोप्दा करिब ४५ डिग्रीको कोण बनाई एउटा आँख्ला जमिनको सतहभन्दा माथि नै रहने गरी रोप्नुपर्छ ।
राइजोम वा स्टोलनबाट
बहुवर्षीय बिरुवाहरू राइजोम वा स्टोलन वा सकर पाइन्छ, तिनीहरूलाई वानस्पतिक विधिबाट प्रसारणा गराउन सकिन्छ ।
जग्गाको तयारी
जग्गा खनजोत गरेर, अनावश्यक भारपात, ढुङ्गामुढा हटाएर बीउ तथा बिरुवा उम्रने, बढ्ने अवस्था तयार गर्ने प्रविधिलाई जग्गा तयारी भनिन्छ । अचेल खनजोत नगरिकन वा कम खनजोत गरी बीउबिरुवा लगाउने प्रविधिको पनि विकास हँुदैछ ।
बीउ छर्ने समय
जात अनुसार अङ्कुर हुनका लागि निश्चित मात्रामा चिस्यान र तापक्रमको आवश्यकता पर्छ । छरेको बीउ राम्ररी अङ्कुर होस् र हुर्कियोस् भन्नाका लागि बीउको उपयुक्त मौसममा छर्नुपर्छ । तराई तथा मध्यपहाडी क्षेत्रमा वर्षे घाँसहरूलाई फागुनदेखि असार–श्रावणसम्म छर्न सकिन्छ भने हिउँदे घाँसहरलाई असोजदेखि मङ्सिरको अन्तसम्ममा छर्न सकिन्छ ।
उच्चपहाडी तथा लेकाली क्षेत्रमा जहाँ चिसोले गर्दा बिरुवा वृद्धिमा गतिरोध आउँछ । यस्तो अवस्थामा हिउँ पग्लिएपछि वसन्त ऋतुको सुरुमा बीउ छर्नु उपयुक्त हुन्छ 
बीउ पुर्ने तरिका
बीउ छर्दा विशेष ध्यान पु¥याउनुपर्छ । यसमा बीउ छर्ने गहिराइ पनि हो । यसले बीउ ज्यादै गहिरो गरि माटोमा पुरिएमा बीउ यात उम्रनै सक्दैन वा उम्रिएको टुसा पनि माटोलाई छेडेर माथि आउन सक्दैन । त्यसैले यस्ता बीउहरूलाई करिब १ से.मि. वा बढीमा २ से.मि. गहिरो गरेर मात्र माटोमा छर्नुपर्छ । घाँसको आकार तथा बीउ छर्ने माटोको आधारमा बीउ छर्दा के कति गहिरो गरी बीउ माटोमा पुर्नुपर्ने हो सोको व्यवस्था मिलाउनुपर्छ । आधुनिक मेसिन प्रयोग गर्दा बीउको आकार र गुणअनुसार माटोमा ठीक गहिराइ मिलाएर छरिन्छ ।
त्यस्तै वानस्पतिक विधिद्वारा प्रसारण गर्दा बिरुवाका वानस्पतिक भागलाई कम्तिमा ३–५ सेन्टिमिटर माटोमा पुरिने गरी रोप्नुपर्छ । त्यस्तै घाँसका बेर्नाहरू सार्नुपरेमा जराको सम्पूर्ण भाग माटोमा पुरिने गरी कम्तिमा १५–२ सेन्टिमिटर गहिरो गरी रोप्नुपर्छ ।
बीउ दर
बीउको आकारप्रकारमा भर पर्छ । बीउको आकार ठूलो छ । बीउको मात्रा बढी लाग्छ । त्यस्तै बीउको आकार सानो भए बीउको मात्रा थोरै लाग्छ । बीउको आवश्यक मात्रामा मात्र प्रयोग गर्नुपर्छ । जग्गालाई राम्ररी खनजोत गरी माटो बुर्बुराउँदो पारी, झारपात उखेली, बीउ छर्नुपर्छ । राम्ररी खनजोत भएको खण्डमा थोरै बीउ भए पनि पुग्छ ।
बीउ छर्ने तरिका
उद्देश्य र जातअनुसार घाँस बाली छर्ने तरिका पनि बेग्ला बेग्लै हुन्छ । सिफारिस गरिएको बीउको मात्रालाई एकनासले जग्गामा छरिन्छ ।
सिँचाइ
सिँचाइका लागि बालीबिरुवामा पुरै जमिन भिजाएर, बिरुवामाथि पानीको फोहोरा छर्की ९ँयष्बिचकिउचष्लपभिच ष्चचष्नबतष्यल०, जरा भएको क्षेत्रमा मात्र थोपा सिँचाइ पानी गर्न सकिन्छ । यसका लागि माटोमा चिस्यानको अवस्था हेरी आकासे पानी नपरेको अवस्थामा १०–१५ दिनको अन्तरालमा जमिनको माथिल्लो भाग करिब ५ सेन्टिमिटर माटो भिज्ने गरी सिँचाइको व्यवस्था मिलाउनुपर्छ ।
झारपात नियन्त्रण
सर्वप्रथम बाली लगाउने जग्गालाई राम्ररी खनजोत गरेमा झरपातका बीउबिरुवा धेरै हदसम्म मासिन्छन् । खनजोत गर्दा एकदुई पटक जोतेर करिब दुई हप्ता जति छाडिदिएमा झारपातका बीउ उम्रन्छन् र बीउ छर्दा अन्तिमपटक जोत्दा मर्छ । बालीबिरुवा सँगै उम्रिएका झारपातहरूलाई गोडमेल गरेर उखेली दिनुपर्छ ।
रोग तथा कीराहरू
बीउ उत्पादन प्रक्रिया
बीउको स्रोत बीउ उत्पादनका लागि सर्वप्रथम आवश्यक मात्रामा रजिस्टर्ड व फाउन्डेसन बीउ प्रमाणिक स्रोतहरबाट ल्याउनुपर्छ ।
जग्गा
बीउ उत्पादनका लागि लगाइने बिरुवाको जात आवश्यकताअनुसार उचित जग्गाको छनोट गर्नुपर्छ । जग्गा मध्यम दुमट, पानी नजम्ने, सिँचाइको सुविधा भएको, माटोजन्य रोग कीरा तथा झारपात रहित हुनुपर्छ । बीउका लागि छनोट गरिएको जग्गामा अघिल्लो वर्ष सोही बाली । लगाएको हुनुहुन्न ।
पृथकता दुरी
दुई जातका घाँसबाली नजिक नजिक लगाएमा एक आपसमा परागसेचन भई बीउको जातीय शुद्धता नष्ट हुनसक्छ । त्यसैले बीउका लागि घाँस खेती गर्दा घाँसको दुई जातहरू एकै समयमा फूलफुल्ने गरी र कम पृथकिकरण ९क्उबअभ क्ष्कयबितष्यल० लगाउनु हुन्न दुई जातहरूको लगाउने समय कम्तिमा २–३ हप्ताको फरक हुने गरी बीउ छर्नुपर्छ । त्यस्तै क्रस पोलिनेसन हुने जातका घाँसको खेती प्रमाणित बीउ उत्पादनका लागि गर्दा दुई जातहरूलाई नजिक नजिक लगाउनु हुन्न नत्र एक अर्काका परागकण एकआपसमा सेचन भई जातीय शुद्धता नष्ट हुन्छ । बीउ वृद्धिका लागि गरिएको घाँसको खेतीमा अन्य प्रजातिको घाँस वा झारपातको बिरुवा उखेलेर फालिहाल्नुपर्छ । यस्तो रगिङ विशेषतः बिरुवामा फूल फुल्नु अघिको अवस्थामा फूल फुलिरहेको अवस्थामा र फूल फुलेपछिको अवस्थामा फुल टिपेर फालीदिनुपर्छ ।
सुकाउनु र थन्काउनु
बीउ वृद्धिका लागि गरिएको घाँसको खेतीमा बीउ पाकेपछि उचित समयमा काट्नुपर्छ । बीउ लागेका भाग मात्र काट्ने वा फूलमात्र टिप्न सकिन्छ । बीउका लागि घाँस उचित तरिकाले हात, गोडा, दाँई वा मेसिनद्वारा बीउ झार्नुपर्छ । झारेका बीउलाई भुस वा बिरुवाका पातबाट अलग गर्न नाङ्लोले वा मेसिनको सहायताले निफन्नु ९ध्ष्ललयधष्लन० पर्छ । बीउ पाकेको अवस्थामा २० देखि २५ प्रतिशतसम्म नमी पाइन्छ । यसका लागि बीउलाई ओल्टाइपल्टाइ ४–५ दिनसम्म घाममा सुकाउनुपर्छ नत्र कीराहरूले आक्रमण गरी बीउलाई नोक्सानी पुयाउँछन् ।
राम प्रसाद गौतम
नेपाल कृषिबन बीउ बीजन केन्द्र
NEPAL Krishiban Biu Bijan Kendra of NAFSCOL
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment