+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

घाँस उत्पादन कसरी गर्न सकिन्छ ?

आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै उनीहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पनि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ । न्याफ्स्कोल कृषि वनका ब्यवस्थापिकीय निर्देशक रामप्रसाद गौतमका अनुसार देशको भौगोलिक अवस्था अनुसार परम्परागत तरिकाबाट मात्रै घास उत्पादन गरेर पुग्दैन । न्याफ्सकोल कषिवनले कृषि र बनस्पति प्रजातिका बिउँहरु संकलन, प्रशोधन र भण्डारण गरी आबश्यकता अनुसार ब्यक्ति वा संस्थालाई बिक्रिबितरण गर्ने गर्दछ । त्यहीमध्ये एक प्रमुख काम हो, घास उत्पादन । 
लामो समयदेखि घार उत्पादन लगायत अन्य थुपै्र कामहरु गर्दै आएका गौतम पूर्खाहरुले गर्दै आएको विभिन्न प्रजातिका परम्परागत घाँसहरुले मात्रै गाईवस्तुलाई पुर्याउन नसकिने बताउँछन् । घासँको मागअनुसार उत्पादन हुनै नसक्ने अवस्था छ । आधुनिक युगमा किसानहरुले व्यावसायिक पशुपालन गर्ने जमर्कों गरिरहेका वेला पशुपालन व्यावसायबाट फाईदा लिने हो भने पशुपालक कृषकले आधुनिक तथा उन्नत घाँस खेतीगर्न आवश्यक रहेको छ । यसकालागि कृषकहरुलाई उन्नत बीउ, औजार खेती प्रविधि लगाउतका विभिन्नकुराको अति आवश्यक हुने गौतम बताउँछन् । 
कृषकले घाँस सम्बन्धी पुस्तक, फर्म तथा जानकार व्यक्तिहरुसँग सल्लाह लिएर घाँस खेतीगर्ने तौर तरिकालाई बुझि व्यावसायिक घाँस खेती गर्नाले वजारमा पशुजन्य वस्तुवाट उत्पादित मागलाई पुरा गर्न सजिलैसँग सकिन्छ ।

नेपाल कृषिवन बीउ बिजन केन्द्रका ब्यवस्थापकीय निर्देशक रामप्रसाद गौतमका अनुसार घाँस खेती गर्ने तरिकाहरु निम्नअनुसार गर्न सकिन्छ । 

घास खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु
 प्रायजसो वारीका कान्लाहरुमा खेती गर्ने चलन छैन तर जान्यो भने खेती गर्न नमिल्ने वारीका कान्लाहरुबाट पनि आम्दानी लिन सकिन्छ । स्थानीय डालीघाँसका रुख बिरुवाहरुबाट बाह्रै महिना किसानलाई चाहिने जति घाँस आउदैन । ठीकसँग बेलाबेलामा काटछाँट नगरेमा बालीनालीमा सेप लाग्छ ।  स्थानीय डालेघाँसको रुखहरु अग्लो राख्ने चलन भएको हुँदा घाँस काट्न रुख चढ्ने मान्छे रुखबाट खसेर अंगभंग हुने वा मर्न पनि सक्छ ।

 .आफुलाई चाहिनेजति डालेघाँसतथा भूईघाँसका बोटबिरुवाहर आफ्नै घर छेउमा नर्सरी बनाएर उत्पादन गर्न सकिन्छ । खेती नगरिने कान्लाबाट फाइदा लिन पोषिलो डालेघाँस र भुईघाँस लगाउनु पर्दछ । कान्लाको डिलमा भूईघाँस लगाउनाले वस्तुहरुलाई घाँस पनि हुन्छ र खेती गरिने पाखो जग्गाबाट बर्षायाममा माटो बग्नबाट पनि रोकिन्छ । घाँस खेती गर्दा मिस्रित डालेघाँस लगाँउदा बढि उपयुक्त हुन्छ । वातावरणमा कार्वनको मात्रा घटाउन सहयोग पुग्दछ ।

जमिनको उर्वराशक्ति वृद्धि गरिरहन्छ ।
कान्लामा लगाएर फाईदा लिन सकिने पोसिलो भूईघाँसहरु ः
तराई र मध्य पहाडको लागिः

एन. वी २१ नेपियर , वन्सो, स्टाइलो, मोलासेस आदि ।
उच्च पहाडको लागिः

सेटारिया, क्लोभर (सेतो, रातो, हाइफा), लेस्पेडीजा र राईघाँस आदि ।
 

 .घाँस रोपेको डिल मुनि कान्लामा दुईदुई हातको फरकमा जमिनमा जरा तलसम्म जाने, कोषा फल्ने, पोषिलो घाँसपात, स्याउला र बर्षभरी बारम्बार काट्न पाईने रुखहर धेरै अगिलन दिनु हुदैन ।
कान्लामा लगाएर फाइदा लिन सकिने पोषिलो डालेघाँसहरु
बेसीमा किराले नखाने जातको इपिल, क्यालियान्द्रा, गजुमा, भटमासे, रहरी, किम्बु , टाँकी बडहर इत्यादी ।
ठण्डा उच्च पहाडी भेगहरुमाः ठण्डा मन पराउने, कीराले नखाने जातको इपिल, दुधिलो गोगन इत्यादी । ं.

.कान्ला निकै अग्लो छ भने बीच भागमा जात अनुसार दुई हात वा सो भन्दा बढी फरकमा अरु स्थानीय डालेघाँसहरु लगाउन सकिन्छ । जेठ असारमा पानी परिरहेको बेलामा वा बदली दिन पारी बेर्ना सार्नुपर्दछ । अरु हरियो घाँस नपाइने बेलामा घाँस काट्न पाइने र आफ्नो ठाँउमा हुने जातको बिरुवा छान्नु पर्छ । अन्दाजी एक मान्छे भन्दा अग्लो ( करिब २ मिटर ) कान्लामा डालेघाँस्को दुईवटा लाइन (लाम) बनाउन सकिन्छ । यसरी बिरुवा लगाउँदा पहिलो लाइनमा यानै डिलमुनी कोष फल्ने, मलिलो, ओग (सेप) नलाग्ने र जरा गह्रामा नफैलने प्रजाती प्रजाती लगाउनु पर्दछ भने दोस्रो लाइनमा कोषा नफाल्ने र पात फराकिलो हुने जातका डालेघाँस प्रजाती लगाउन सकिन्छ ।

पहिलो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः इपिल, इपिल, भटमासे, रहरी र टाँकी आदि ।
उच्च पहाडको लागिः किराले नखाने इपिलका विभिन्न प्रजाती र अन्य कोशा फल्ने प्रजातीहरु

दोस्रो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः काभ्रो, राईखनायो, कुटमिरो , गेडुलो, कोराइलो , ढैँचा , किम्बु आदि ।
उच्च पहाडको लागि उपयुक्त प्रजातीहरुः चुलेत्रो , राई खनायो , भाटेपिपल, निमारो आदि ।

 .यस्तो तीन तहको रोपाईले कान्लाहरु पनि काममा आउने भएकोले कोषे डालेघाँस, अरु जातको डालेघाँस र भूईघाँस पनि पाईने भयो । केहि दाउरा पनि आयो र माटो बग्नबाट रोकथाम पनि हुने भयो ।
थाहा पाउनु पर्ने कुरा के छ भने भूईघाँस कम्तिमा ६ महिना र डालेघाँस एकदुई पुगेपछि मात्र काट्न योग्य हुन्छ । डालेघाँस बिरुवाको केही जातलाई अरु बढी समय पनि लाग्न सक्छ । उच्च पहाडी इलाकामा रुखहरु तराईमा भन्दा ढिलो बढ्छन् ।

.इपिल इपिल रोपेको छ, भने वर्षभरी एकनास रुपलेृ घाँस पाउन विरुवालाई हाम्रो छातीको उचाई (३.५फुट) मा काट्नु पर्दछ । घाँस काट्ने बेलामा मोटामोटी एक चौथाई जति पात विरुवामै र रहन दिएमा घाँस छिटो पलाएर आउँछ । घाँस काट्ने विरुवालाई फुल्न दिन हुदैँन स्थानीय जातका डालेघाँसका विरुवाहरु निकै हााचो गरी फेदमै कटेमा विरुवा झागिंएर आउँछ र बालीमा पनि सेप लाग्दैन । एन .वी २१ र नेपियर जातको घाँस ठााउ हेरी प्रत्येक महिना काट्न सकिने हुन्छ । स्टाइलो, मोलासेस छ भने बीउ लाग्न दिनु हुदैन ।

. यसरी वारीका कान्लाहरमा घाँस दिने विरुवाहरु लगाउँदा ४, ५ बर्षमा बढी पोषिलो घाँस पाउँछौ । वस्तुहरु मोटाघाटा हुन्छन् , साथै मासु, दुध र मल बढी पाउँछौ माटोको जगेर्ना हुन्छ , हाम्रो बालीको उब्जनी पनि बढी हुन्छ । हाम्रो गाँउघरको वातावरण सप्रिन्छ र हामी सबैको स्वास्थ्य पनि राम्रो हुन्छ । तपाई घाास खोज्न घर छोडेर टाढा वनमा जानुपर्ने हुँदैन । हाम्रो घर र गोठ वरीपरी बाँस, फलफुल र अन्य डालेघाँसका रुखहरु लगाएर अझ बढी उत्पादन लिन सकिन्छ ।

संस्थाको परिचय
नेपाल कषिवन बीउ बिजन केन्द्र एक ब्यबसाय मूलक तथा सेवामुलक संस्था हो । यसले कृषि र बनस्पति प्रजातिका बिउँहरु संकलन प्रशोधन र भण्डारण गरी आबश्यकता अनुसार ब्यक्ति वा संस्थालाई बिक्रिबितरण गर्ने गर्दछ । यसका अलावा समुदाय स्तरमा बिउ र नर्सरी तथा कृषिबन ब्यबस्थापन सम्बन्धी बिभिन्न तालिमहरु पनि संचालन गर्दै आएको छ । विश्वब्यापी जलवायु परिबर्तन सँगै वातावरणमा भएका बिभिन्न वानस्पतिक तथा जैबिक प्रजातिहरु संकटमा परेका छन् । नेपाल जैविक बिबिधताले भरिपूर्ण भएपनि जलवायु परिबर्तनले गर्दा पर्यावरणीय असन्तुलन भएबात जैबिक बिबिधता ह्रास भइरहेको जानकारहरु बताउछन् । जलवायु परिबर्तन गर्नमा खासै भुमिका नभए पनि नेपाल जलवायु परिबर्तनबाट हुने प्रभावको निकै जोखिममा छ । अझ आधुनिकिकरणको नाममा भित्रिएका बिभिन्न हाइब्रिड जातका बिउहरुको बढ्दो प्रयोग र जलवायु परिबर्तनले गर्दा नेपालका स्थानिय प्रजातिहरु (कृषि तथा वन) लोपहुने खतरा बढ्दो छ । यिनै स्थानिय जातका कृषि र वनस्पतिका प्रजातिहरुको संरक्षण गर्दै जैबिक बिबिधता संरक्षण र स्थानिय कृषकहरुको आयआर्जनमा समेत सुधार गर्नु न्याफ्सकोल कषिवन (ल्ब्ँक्ऋइी प्च्क्ष्क्ज्क्ष्द्यब्ल्) को मुख्य उद्देश्य हो । यो संस्था २०७० सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई संचालनमा रहेको छ । ब्यबसायमूलक र सेवामुलक रुपमा कार्य गर्दै आएको यो संस्थाको कार्यालय कोटेश्वर ३५ अमरावति मार्गमा रहेको छ । 
परिचयः 
२०६६ साल पुषा ८ गतेका दिन स्थापना भएको यो कृषिवन स्थापना कालमा ५ जना सदस्यबाट सुरुवात गरिएकोमा हाल यसका सदस्यहरु सहजर्कत सदस्य र संकलक सदस्य गरि आब २०८०को असार मसान्तसम्म ३९जना पुगी सकोको छ । यसको सदस्यता लिनका लागी संस्थाले वीउ संकलन नीति अनुसार तालीम प्राप्त ब्यक्ति मात्र सदस्य हुने भएकाले स्थानीय स्तरमा कृषक समुहमा तालीम संचालन गरी सदस्यता दिने गरिएकोछ । संस्थाको स्थापना कालको पुँजी रु ५ लाख स्थिर र चालु पुँजी रु ५ लाख गरी जम्मा रु १० लाख रहेको छ । हाल सम्ममा संस्थाले धादिङ ,नुवाकोट, सिन्धुपाल्चोक चितवन, सर्लाही, जुम्ला, काभ्रे, रामेछाप लगायतका जिल्लाहरुमा बिउ संकलक कृषक छनोट गरी तालीम दिने र माउरुख छनोट गरी बिउ संकलन गर्न लगाउने काम भैरहेको छ ।

स्टाइलो बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । माटो : बलौटे र दोमट माटो उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ ।

बीउको मात्रा : ५ देखि १० के.जी. प्रति हेक्टर
बीउ उपचार
· शुरुमा बीउलाई १० प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने ।
· पिँधमा रहेका बीउलाई छहारीमा सुकाउने ।
· १० प्रतिशतको चिनी वा सख्खरको झोलमा १ केजी बीउ बराबर ५० ग्राम राइजोवियम राम्ररी मिसाई २४ घण्टाभित्र छर्ने ।

लगाउने समय : बैशाखदेखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : प्रति हेक्टर १० देखि १५ केजी नाइट्रोजन, ५० देखि ६० केजी फोस्फोरस तथा २० देखि ३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· त्यसको १ देखि १।५ महिनाको अन्तरालमा थप दुई पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन २५ देखि ३० टनसम्म हुन्छ ।

२. मोलासेस
मोलासेस बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ५ देखि ६ के.जी. प्रति हेक्टर
लगाउने समय : बैशाख देखि जेठ पहिलो साताभित्र । असारसम्म पनि लगाउन सकिन्छ ।
लगाउने तरिका : बीउ हल्का हुने भएकोले माटो वा खरानीसँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर छोपिदिने ।

कटाई तथा उत्पादन :
· लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ३५ टन सम्म हुन्छ ।

३. ज्वाइन्ट भेच
ज्वाइन्ट भेच कोशे घाँस हो । यो एकवर्षिय र बहुवर्षिय दुवै खाले पाइन्छ । समुन्द्री सतहदेखि १२०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४ देखि ५ के.जी. प्रति हेक्टर
लगाउने समय : बैशाख देखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको लागि प्रति हेक्टर ३० देखि ४० केजी नाइट्रोजन, ५० देखि ६० के.जी. फोस्फोरस राखेमा उत्पादन राम्रो हुन्छ ।

कटाइ तथा उत्पादन :
· लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३५ देखि ४० टन सम्म हुन्छ ।
४. नेपियर
नेपियर बहुवर्षिय अकोशे घाँस हो । झट्ट हेर्दा यो घाँस उखु जस्तै देखिन्छ । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको अलावा भुक्षय समेत रोक्न सकिन्छ ।
माटो : चिम्टे र सिम जग्गा बाहेक सबै खालको माटोमा लगाउन सकिन्छ । पानी नजम्ने पांगो माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
कटिङ्ग वा सेट्सको सङ्ख्या : बीउको सट्टा नेपियर कटिङ्ग वा सेट्बाट लगाउने चलन हुन्छ । ३ वटा आख्ला भएको सेट छान्नुपर्दछ । एक हेक्टरको लागि १०,००० देखि १२,५०० जति सेट्स चाहिन्छ ।
लगाउने समय : जेठ, असार लगाइन्छ तर सिँचाईको सुविधा भएको ठाउँमा कात्र्तिक र फागुन महिनामा पनि लगाउन सकिन्छ ।
लगाउने तरिका : राम्रोसँग खनेर तयार गरेको जग्गामा लगाउनु पर्दछ ।
मलखाद : प्रति हेक्टर ५० देखि ८० केजी नाइट्रोजन, ५० के.जी. फोस्फोरस राखेमा उत्पादन राम्रो हुन्छ । यदि कम्पोष्ट मल राख्ने हो भने प्रति हेक्टर २ सय ५० क्विन्टल राख्नु पर्दछ ।

कटाई तथा उत्पादन :
· लगाएको ७५ देखि ९० दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· त्यसपछि वर्षामा प्रत्येक ५/६ हप्तामा र हिउँदमा ८/१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६/८ कटिङ्ग लिन सकिन्छ ।
· प्रति वर्ष प्रति हेक्टर हरियो घाँस उत्पादन १५०० देखि २५०० टनसम्म हुन्छ ।
· एकपटक लगाएपछि ५/६ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।

५. अमृसो
अमृसो बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि २५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको हलावा भुक्षयसमेत रोक्न सकिन्छ । यसबाट कुचो उत्पादन हुने भएकाले नगदे बालीको रुपमा समेत प्रख्यात छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर बलौटे दोमट माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
बेर्नाको तयारी : प्राय अमृसो गानोबाट सार्ने चलन छ । गानो सहितको बेर्नालाई पोलिथिन ब्यागमा माटो, बालुवा र मल १.२.१ का दरले राखी रोप्नुपर्दछ । यसरी रोपेको ३ महिनामा नयाँ पालुवा पलाई अर्को बारीमा सार्ने समय हुन्छ ।
लगाउने समय : जेठ देखि साउन सम्ममा लगाइन्छ ।
लगाउने तरिका : ३० घन सेमीको खाडल खन्ने र समतल भूभागमा १६०० बिरुवा प्रति हेक्टरका दरले र भिरालो क्षेत्रमा २५०० देखि ४००० बिरुवा प्रति हेक्टरका दरले लगाउन सकिन्छ ।
कटाई तथा उत्पादन :
· अम्रिसो घाँसको झुप्पामा फूलेको फूल छिप्पिएपछि काट्न सकिन्छ । प्राय पुसपछि काटिन्छ ।
· त्यसपछि वर्षामा प्रत्येक ५/६ हप्तामा र हिउँदमा ८/१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६ देखि ८ काट्न सकिन्छ ।
· प्रति वर्ष प्रति हेक्टर हरियो घाँस उत्पादन ४० देखि ६० टनसम्म हुन्छ ।
· एकपटक लगाएपछि ४ देखि ५ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।

६. जै
जै एक महत्वपूर्ण हिउँदे अकोशे घाँस हो । यो घाँस नेपालको तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पाँगो माटो सबैभन्दा उपयुक्त हुन्छ ।
बीउको मात्रा : १०० देखि १२० के.जी. प्रति हेक्टर ।
लगाउने समय : तराई र मध्य पहाडमा असोज, कात्तिक महिना र उच्च पहाडी क्षेत्रमा चैत, बैशाखमा लगाउन सकिन्छ ।
लगाउने तरिका : जमीनलाई खनजोत गरी माटो बुर्बुराउँदो हुने गरी तयार गर्ने र बीउ छर्दा ५/६ सेमी भन्दा गहिरो नहुने गरी एक लाइनदेखि अर्को लाइनको फरक २० देखि २५ सेमी राखी छर्ने ।
कटाई तथा उत्पादन :
· लगाएको ६० दिनपछि पहिलो पटक काट्न सकिन्छ । ३ पटकसम्म काटी पुसदेखि चैत महिनासम्म उत्पादन लिन सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ५० टनसम्म हुन्छ ।

७. वर्षिम
वर्षिम एकवर्षिय हिउँदे कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : चिम्टे पाँगो माटो उपयुक्त हुन्छ । पानी जम्ने र अम्लिय माटो राम्रो हुंदैन ।
बीउको मात्रा : २० देखि २५ के.जी. प्रति हेक्टर
बीउ उपचार
· १ लिटर पानीमा १०० ग्राम सखर वा चिनी पानी मिसाई तयार गरेको घोललाई चिपचिपाहट आउँदासम्म उमाल्ने ।
· उक्त घोललाई सेलाउन दिने ।
· बीउ र इनाकुलम राम्रोसँग मिसाई छहारीमा २९३ घण्टासम्म सुकाउने ।
· बीउमा इनाकुलम लगाएको २४ घण्टाभित्र बीउ छरिसक्नुपर्दछ ।
लगाउने समय : असोज देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाईएको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनु पर्दछ । हिल्याएको खेतमा अझ उपयुक्त हुन्छ ।
मलखाद : जग्गा तयार गर्दा प्रति हेक्टर २५ केजी नाइट्रोजन, ५०–६० केजी फोस्फोरस तथा २०–३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको ५० देखि ६० दिनमा पहिलो पटक काट्न सकिन्छ ।
· त्यसको ३ देखि ४ हप्ताको अन्तरालमा ७ देखि ८ पटकसम्म काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ७० देखि ८० टनसम्म हुन्छ ।
· प्रति हेक्टर ५०० देखि ७०० केजीसम्म बीउ उत्पादन हुन्छ ।

८. टियोसेन्टी
टियोसेन्टी एकवर्षिय अकोशे घाँस हो । यो उष्ण तथा समशीतोष्ण हावापानीमा भएका स्थानहरूमा उपयुक्त हुन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा हुंदैन ।
बीउको मात्रा : ३५ देखि ४० केजी प्रति हेक्टर
लगाउने समय : सिँचाई सुविधा भएका ठाउँमा चैत्र बैशाखमा र सिँचाई नभएका ठाउँमा जेठ असारतिर लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने ।
कटाई तथा उत्पादन
· लगाएको ६ देखि ८ हप्तामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ४० टन सम्म हुन्छ ।

९. भटमासे
भटमासे बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि २००० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४० देखि ५० केजी प्रति हेक्टर ।
लगाउने समय : जेठदेखि असारसम्म लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन सकिन्छ ।
मलखाद स् खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको लागि प्रति हेक्टर ५० केजी फोस्फोरस र ५० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाइ तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ४० टनसम्म हुन्छ ।
· प्रति हेक्टर १ सय २५ देखि २०० केजी बीउ उत्पादन हुन्छ ।

१०. बोडी (काउपी)
काउपी एकवर्षीय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : दोमट माटो राम्रो हुने भएता पनि धेरै खालकोे माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा त्यति हुनसक्दैन ।
बीउको मात्रा : २० देखि २५ केजी प्रति हेक्टर
लगाउने समय : भदौ देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने ।
कटाई तथा उत्पादन :
· लगाएको २ महिनापछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ८ देखि १० टनसम्म हुन्छ ।
· प्रति हेक्टर बीउ उत्पादन २५० देखि ४०० टनसम्म हुन्छ ।

११. बदामे घाँस
बदामे घाँस बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १४०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : दोमट र चिम्टाइलो माटोमा राम्रो हुने भएता पनि सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : १० देखि ३० केजी प्रति हेक्टर । यसलाई कटिङ्गबाट पनि लगाउन सकिन्छ । कटिङ्गबाट लगाउँदा प्रति हेक्टर १०,००० कटिङ्ग चाहिन्छ । कटिङ्ग छान्दा तीनवटा आँख्ला भएको छान्नुपर्दछ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment