घोडताप्रे तपाई हाम्रै खेत कान्ला वा चिस्यानमा पाईने घोडताप्रे बहुउपयोगी वनस्पति हो।प्राचीन काल देखि तपाई हामीले घोडताप्रे त देखे जानेकै बनस्पती हो । घोडताप्रे हामैं सिमसार घर वरिपरि देख्न सक्छौं तर, यसको उपयोगिता थाहा नपाउँदा खेर गइरहेको छ । एपिएसी परिवारमा पर्ने उष्ण प्रादेशिक औषधिय गुण भएको हलका बास्नादार यो बहुगुणी बनस्पति हो । यसलाई ब्राह्मी पनि भनिन्छ ।
यो लहरे झार वर्गको एक सामान्य वनस्पति हो। यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका हो। हाम्रै बारी बगैंचामा भेटिने झार प्राचीन कालदेखि औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ। यस बोटबाट अलिक पृथक खालको बास्ना आउँछ जसलाई जोकोही मन पराउँदैनन्।
वनस्पति विज्ञानः यो हेर्दा कस्तो देखिन्छ ?
धेरै वर्षसम्म बाँच्न सक्ने वनस्पति घोडताप्रे, जसको उचाई सामान्यतया १५ से.मी. र ठूला प्रजाती भए २५ से.मी. हुन्छ। पातहरु समूहमा हुन्छन् । पछाडीबाट हेर्दा उभिएको भ्यागुतो जस्तो देखिने भएकाले संस्कृतमा यसलाई ‘मन्दुकपर्नी’ भनिन्छ।
घोडताप्रेकाो काण्ड लहराको रुपमा फैलिएका हुन्छन् । फूलहरु सेतोदेखि वैजनी गुलाबी रङका हुन्छन्। यसमा लामो, गोलो आकारको फल लाग्दछ जुन करिब २ इन्च लामो हुन्छ। यसको जरा प्रत्येक गाँठहरुबाट निस्केको हुन्छ।
हावापानी र माटोः कस्तो वातावरणमा पाइन्छ ?
उष्ण प्रदेशमा व्यप्त रुपमा देखिने लहरे झार हो। विशेषतः छाया परिराख्ने, चिसो अनि दलदल ठाउँहरु जस्तो कि धानखेत, खोलाका किनारमा हरियो गलैँचाका रुपमा विकसित भएको हुन्छ।
यसको जरा चिम्ट्याइलो माटोमाभन्दा बलौटे दोमटमा बढी फस्टाउने गरेको पाइन्छ। गह्रौ धातुहरुले गर्दा बिग्रेको माटोमा यो लगाउँदा यसको जराले माटोमा ती धातुहरुको प्रभाव घटाएर आफूलाई स्थापित गर्छ।
घोडताप्रेको के छन् फाइदाहरुः
गाउँघरमा यत्रतत्र उम्रने यस झारका फाइदाहरु आंशिक रुपमा अवगत हुँदाहुँदै पनि बेवास्ता गरेको पाइन्छ।
यसको सम्पूर्ण भागहरु औषधिका रुपमा प्रयोग गर्न योग्य हुन्छन्। यसमा एन्टी अक्सिडेन्ट तथा एन्टीमाइक्रोबिएल क्षमता हुन्छ।
यो सेवन गरेमा मानव शरिरका नसाहरुको संरक्षण गर्ने न्युरोप्रोटेक्टिभ कार्य सक्रिय हुन जान्छ। त्यसकारण, बौद्धिक क्षमता वृद्धिका लागि वरदान साबित भएको यो झारलाई “दिमागी खानाको संज्ञा पनि दिइएको छ। यसमा एन्टीस्ट्रेस फर्मुला हुन्छ जसले डिप्रेसन जस्तो मनोवैज्ञानिक रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ।
कस्तूरीले आफ्नै नाभिको सुगन्ध खोज्दै जंगल डुल्ने जसरी हामी नेपाली हाम्रा तमाम प्राकृतिक स्रोतहरूलाई मध्यनजर गर्दै हरेक कुरा आयातित नै रोज्छौं।
थियोडोर रुजवेल्टले भन्ने गर्थे, कुनै पनि राष्ट्रलाई समृद्धि तुल्याउन त्यहाँ रहेका प्राकृतिक संसाधनहरूलाई बहुमूल्य सम्पत्तिको रूपमा हेर्नु र आउँदो समयमा त्यसको मूल्य बढोस् भनि सतर्कता अपनाउनु जरुरी छ।
राष्ट्रको अर्थतन्त्र नै कायापलट गर्ने सम्भावना बोकेको प्रकृतिका देन हुन् औषधिय बोट अनि जडीबुटीहरू। नेपालमा पाइने विभिन्न जडीबुटीहरू मध्ये एक हो, घोडताप्रे (सेन्टेला एसियाटिका)।
इतिहास
हजारौं वर्ष अगाडिदेखि यो झार आयुर्वेदिक शास्त्रमा औषधिको रूपमा प्रयोग भइरहेको छ। यसलाई ऐतिहासिक चिकित्साको प्राचीन संस्कृत ग्रन्थ सुश्रुत संहितामा पनि उल्लेख गरिएको छ।
चीनमा दुई हजार वर्षभन्दा अगाडिदेखि यसको प्रयोग हुँदै आएको छ र यसलाई ‘मिरेकल एलिसिर अफ लाइफ’ भनि उपनाम पनि दिइएको छ जसको सिधा अर्थ अमर वा अमूर्त हुन जान्छ। पहिले-पहिले शिकारीहरुले घाइते पारेको बाघहरू यही झारमा लडीबुडी खेली निको हुने गर्थे रे।
यसलाई टाइगर ग्रास भनेर चिनिनुमा सोही कहानी जोडिएको छ। आयुर्वेद शास्त्रमा उल्लेख भएको यस जडीबुटीको असंख्य फाइदाहरू रहेका छन्।
परिचय
घोडताप्रे/घोलटाप्रेक्लोनल, बाह्रमासी लहरे झार हो। यो स्वादहीन, गन्द रहित हुन्छ र पानीको मुहान वा त्यसको छेउ छाउमा र दलदले माटोमा बढी फैलिन्छ। यसका पातहरिया, पंखा आकारका हुन्छन् र फूलको रंग भने सेतो, बैजनी वा गुलाबी हुन सक्छ जसको सानो अण्डाकारको फल लाग्छ।
यो झारको पुरै भाग औषधिको रूपमा प्रयोग गरिन्छ। घोडताप्रे प्रायः उष्णकटिबंधीय र उपोष्णकटिबंधीय देशहरूमा पाइन्छ। मुख्यतः ती देशहरू भारत, नेपाल, पाकिस्तान, श्रीलंका, माडागास्कर, दक्षिण अफ्रिका, दक्षिण प्रशान्त, पूर्वी युरोप हुन्।
घरेलु उपचारः
स्थानीय रुपमा जताततै पाईने कारण विभिन्न ठाउँमा यसलाई गाउँघरका बुढा बुज्रुक मान्छे जसलाई आयुर्वेदको जानकारी छ, उनीहरूको सल्लाह अनुसार घरेलु उपचारमा प्रयोग गर्ने गरेको पाइन्छ। घरेलु उपचारमा यसलाई प्रयोग गर्ने उपायहरु यसप्रकार छन्ः
खोकी लाग्दा यसको पातको सिरप (रस) अदुवा र मरिचसँग मिसाएर पिउने
यसलाई पिसेर बनाएको धुलो सेवन गर्नाले अल्सर, कुष्ठरोग तथा भिरिंगी जस्ता रोग निको पार्न सकिन्छ ।
ताजा फूल पिसेर बनाएको लेदो पोलेको घाउमा लगाउँदा निको हुन्छ
शरीरमा हुने दुखाई हटाउन प्रतिदिन २ पटक १० मि.लि. जुस बनाएर खान सकिन्छ
छालासम्बन्धी रोग निवारणका लागि पनि लेदो लाभदायक हुन्छ ।
व्यवसायिक उत्पादन कसरी गर्न सकिन्छ ?
घोडताप्रे विभिन्न औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ। बजारमा क्याप्सुल, ट्याब्लेट, सिरप, टोनिक आदिका नाममा यसको वितरण गरिन्छ। त्यसैगरि, यो कस्मेटिक सामानहरु बनाउन पनि उत्तिकै प्रयोग हुन्छ। स्किन केयर क्रीम, स्किन टोनिङ्ग आदिका नाममा व्यवसायिक उत्पादन गरिन्छ।
बाली उपरान्तका प्रविधिहरुः
झारका पात, फूल, फल तथा जराहरु टिपेको केही दिनभित्रै सड्ने खालका हुन्छन्। तिनीहरुलाई लामो समयसम्म प्रयोगमा ल्याउनका लागि विभिन्न प्रविधि अपनाउनु पर्ने हुन्छ।
यसमध्ये सजिलो प्रविधि भनेको डिहाइड्रेसन अर्थात् सुकाएर पानी कम गराउनु हो। यसो गर्दा त्यसमा भएका पौष्टिक तत्वहरु नास पनि हुँदैनन् साथै लामो समयसम्म जोगाउन पनि सकिन्छ।
उत्पादनको संभावना के छ ?
हाम्रो देशमा यसको व्यवसायिक रुपमा खासै खेती गरिएको इतिहास छैन। आफ्नो घरखेतमा अनुकुल वातावरणका कारण स्वत उम्रने बोटहरुको संरक्षण गरी तिनैको प्रयोग हुँदै आएको छ।
कृषियोग्य नभएका कारण यसै बाँझो छोडिएका खेतहरुमा प्रशस्त भेटिने यो झारलाई कुनै ठूलो लगानी बिना नै थोरै व्यवस्थित ढङ्गले खेती गर्ने हो भने, प्रशस्त आम्दानी हुन सक्छ।
तीन महिनाको छोटो समयमै परिपक्व हुने भएकाले यो खेती गर्दा समयको उचित सदुपयोग पनि हुन्छ। यो बिरुवा पनि अन्य औषधिय वनस्पतिहरु जस्तै मूल्यवान् छ। यिनीहरु विभिन्न रोगका औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसले सजिलै बजार पाउन सक्छ।
उपयोगिता
रक्तशोधक, उक्त रक्तचाप नियन्त्रण, मेमोरी वृद्धि र दीर्घायु यसका व्यापक उपयोगिता हुन्। आयुर्वेदमा कोषको पुनरुद्धार र मस्तिष्क कोष विकासका निम्ति घोडताप्रे प्रयोग गरिन्छ।
भावनात्मक विचलनता जस्तै डिप्रेसन, चिन्ता जुन शारीरिक समस्याका मूल कारण बनेका छन् उनीहरूको निवारणमा पनि यसलाई प्रयोग गरिएको छ। पश्चिमी चिकित्सामा १२ औँ शताब्दीदेखि यसबाट निकालिएको अल्कोहल यक्सट्रयाक्टलाई कुष्ठ रोगको उपचारमा प्रयोग गरिएको थियो।
यसका मुख्य ११ वटा उपयोगी गुणहरू रहेका छन्। ती हुन्: एन्ट्याकान्सर, जीवाणुरोधी, एन्टिफंगल, एन्टिइनफल्मेटोरी, न्युरोप्रोटेकटिभ, एन्टीअक्सीडेन्ट, घाउ निको पार्ने, उदासीनता विरोधी, एन्टिडायबेटिक, संज्ञानात्मक विकास र कलेजोको संरक्षण।
घोडताप्रेमा पाइने मुख्य तत्वहरू
घोडताप्रेको प्राथमिक सक्रिय तत्व स्यापोनिन्स हो जसलाई ट्राइटरपेनोइड्स पनि भनिन्छ। ट्राइटरपीन स्यापोनिन्स र स्यापोजेनिन्सको मुख्य कार्य भनेको घाउ निको पार्नु हो। यसमा रहेका ब्रामोसाइड र ब्रामोनिसाइडले केन्द्रीय स्नायु प्रणाली र गर्भाशयमा आराम पुर्याउने काम गर्छ।
सेन्टेलोसाइड र यसका व्युत्पन्नहरू सिरा परमा हुने उक्त रक्तचापको उपचारमा प्रयोग हुन्छ। घोडताप्रेबाट निकाल्न सकिने अन्य तत्वहरु स्टेरोल, ट्यानिन, आवश्यक एसिड, फाइटोस्टेराँल, फल्याभोनोइड्स, म्युसिलेज, रेसिन, एमिनोएसिड, अल्कलोइड्स र फ्याट्टिएसिड हुन्।
प्रयोग विधि
यसको ६०० एमजिसुकेका पात दिनको तीन पटक सेवन गर्न सकिन्छ। छालाको समस्याका लागि बजारमा गोली र मल्हम दुवै पाइन्छ। १० एमजी गोली दिनको तीन पटक खान र मल्हम दिनको दुई पटक लगाउन उपयुक्त हुन्छ।
सुकेका पात १-२ चिया चम्चा अर्थात् १५० एमएललाई तातो पानीमा १०-१५ मिनेट पकाएर दिनको तीन पटक सेवन गर्न सकिन्छ। घोडताप्रेको मुख्य तत्व स्यापोनिन्स टेबलेट पनि बजारमा उपलब्ध हुन्छ र त्यसको जम्मा ६० एमजी दिनको एक वा दुईचोटि सेवन गर्न सकिन्छ।
अपनाउनु पर्ने सावधानी
तोकिएको मात्रामा खुराक खाँदा त्यसमा कुनै पनि विषाक्तता हुँदैन। साइड इफेक्ट पनि कम नै छ तर बढी मात्रामा लगाएमा छालामा एलर्जी आउने, पोल्ने र खाएमा टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, रिँगाउने, बान्ता हुने जस्ता समस्याहरू देखिन सक्छन्।
गर्भवती महिलाले अधिक मात्रामा सेवन गरेमा गर्भपातको समस्या पनि देखिन सक्छ। धेरै अनुसन्धान नभएका कारण सुत्केरी र बच्चालाई दूध खुवाउँदै गरेकी आमाले यो सेवन नगरेकै उपयुक्त हुन्छ।
कसैले लगातार सेवन गर्दा ६ हप्ताभन्दा बढी खानु हुँदैन। खानु नै परेमा २ हप्ता नखाने र पुनः लगातार ६ हप्तासम्म सेवन गर्न सकिन्छ। यसलाई बिरामीले निन्द्राको गोलीसँग खानु हुँदैन। कोलेस्ट्रोल र हाइपोग्लेसेमियाका बिरामीहरूले पनि ध्यानमा राख्नुपर्छ र डाक्टरको सल्लाह सुझावपछि मात्र खानु पर्छ।
घोडताप्रे चिकित्सा क्षेत्रमा ठूलो सम्भावना बोकेको जडीबुटी हो तर यस विषयमा अझै धेरै अनुसन्धानहरू नभएका कारण बिना जानकारी धेरै प्रयोग गर्दा स्वास्थ्यमा हानी पुग्न सक्छ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd)
Balkumari, Koteshower, Kathmandu
9851159630,9801237730,9801237732
Email:nafscol@gmail.com
Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि श्रोत सामाजीक सन्जाल