चिराइतो एक जडीबुटी अनेक

चिराइतो एक जडीबुटी अनेक
नेपालका महत्वपूर्ण जडीबुटीहरूमध्ये चिराइता पनि एक हो । जडीबुटीको अलवा यसले वातावरण, जैविक विविधता, ग्रामिण अर्थव्यवस्था र घरेलु स्वास्थ्यमा पनि योगदान दिइरहेको हुन्छ । चिराइतोको अन्तर्राष्ट्रिय व्यापारमा नेपाल प्रमुख निर्यातकर्ता हो, जसले निर्यातको करिव ४५५% हिस्सा ओगटेको छ । चिराइतोको मिल्दोजुल्दो प्रजातिहरू एउटै व्यापारिक नाकाबाट निर्यात भए पनि स्वेर्सिया चिरायिता नामक प्रजातिले करिव ८०५% हिस्सा लिएको छ । कुल उत्पादनको ९०५% चिराइतो विदेश निर्यात हुन्छ जसमध्ये पनि ८०५% त भारतमा मात्र निर्यात हुन्छ । बाँकी २०५% चीन, स्वीडेन, हल्याण्ड, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्वीजरल्याण्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, अमेरिका लगायतका अन्य देशमा हुन्छ घरेलु व्यापार कूल उत्पादनको ५–१०% मात्र हुन्छ । नेपाल सरकारले तोकेको राजस्व रु. १५ प्रति के.जी. पर्दछ ९भ्क्इल्, द्दण्ण्ढ० । विश्वमा बढ्दो माग र मूल्यको कारणले चिराइतोको संकलन बढिरहेको छ । यसले गर्दा प्राकृतिक बासस्थानमा यसको उपलब्धता घटिरहेको छ । जसले गर्दा पर्यावरण, जैविक विविधता र स्थानीय जनजीविकामा नकारात्मक असर परिरहेको छ । विश्व संरक्षण संघ को वर्गिकरण अनुसार यसलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । हालसालैका दिनमा सरकारी, गैर–सरकारी तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले दिने गरेको सीप विकास तालिम, प्रदर्शनस्थल आदिको कारणले यसमा लागेका सरोकारवाला सबैमा खेती गर्नपने अवधारणा बढेको पाइएको छ । हालैका दिनमा गरिएको खेतीले जंगली क्षेत्रबाट गरिने संकलनलाई केही मात्रामा भए पनि कम गर्न सहयोग पु¥याएको छ । पूर्वी नेपालका पहाडी क्षेत्रका सामुदायिक वनहरू यसको प्राकृतिक वासस्थानको संरक्षण र व्यवस्थापनमा लागि परेका छन् । उनीहरूले थप विरुवा रोपण कार्य समेत गरेका छन् । यस्तै कृषकहरूले आफ्ना निजी जग्गामा पनि यसको खेती गरेका छन् । हालैका दिनमा आएर डोटी, डडेलधुरा, बैतडी, दार्चलाका सामु ु दायिक वन उपभोक्ता समूहका कृषकहरू चिराइतो खेतीले जीविकोपार्जनमा सघाउने कुरामा विश्वस्तः छन् । सुदूर पश्चिमका यस्ता ठाउँहरूमा सामुदायिक नर्सरीहरूमा बेर्ना उत्पादन गनेर्, खेती गर्नेकामको सुरुवात भएको छ । कसैकसैले निजी जग्गामा पनि थालेका छन् । यसरी उत्पादन भएका चिराइतो समुदायमा आधारित सहकारी द्द संस्थाहरू मार्फत विक्री वितरण हुने गरेको छ । यसले गर्दा सामुदायिक वन उपभोक्ता समूह र कृषकहरू सबैलाई समान रुपले फाइदा पुगेको छ कच्चा पदार्थको सुरक्षा र गुणस्तर भने आनुवांशिक, वातावरणीय संकलन तथा खेती पद्धति, संकलन र त्यसपछिका स्थानान्तरण र भण्डारणले असर गर्दछ । उत्पादनको समयमा भएका असावधानीपूर्ण क्रियाकलापले सूक्ष्मजीव र रासायनिक मिश्रण भई प्रदूषण भएमा यस्ता पदार्थको गुणस्तर घट्न जान्छ । यसको लागि असल खेती तथा संकलन अभ्यासको आवश्यकता पर्दछ । यस्तो अभ्यास जडीबुटीको पहिचान, संरक्षण, खेती, संकलन, भण्डारण आदिको गुणस्तर सुनिश्चित गनेगरी अभिलेख राख्नु पर्दछ । यस्ता अभिलेखले सम्बन्धित सरोकारवालाहरूलाई उत्पादन र व्यापारमा सहजीकरण गर्दछ ।
प्रयोग औषधीय प्रयोग परम्परागत चिकित्सा पद्धतिहरू जस्तै आयुवेद, यूनानी, होमियोप्याथी, सिद्धा, आम्ची आदि र घरेलु औषधीको रुपमा चिराइतोको प्रयोग हुन्छ । मुख्यतया यसको प्रयोग बलवर्धक, ज्वरोनाशक र कब्जियत खुलाउनको लागि प्रयोग गरिन्छ । आयुर्वेदमा आधारित विभिन्न संहिताहरू जस्तै चरक संहिता, सुश्रुत संहिता, भाव प्रकाश निघण्टु, द्रव्य गुण संग्रहमा यसलाई ‘किरात–तिक्त’ भनेर उल्लेख गरिएको छ । यसको प्रयोगको बारेमा भारत, बेलायत र अमेरिकाका ‘फर्माकोपिया’हरूमा पनि उल्लेख भएको छ । तिब्बती चिकित्सा पद्धतिमा यसको प्रयोग पित्त र ज्वरोको उपचारमा प्रयोग गरिन्छ चिराइतोको प्रयोगले धेरै रोग निको हुने हुनाले यो प्रख्यात पनि छ । यसको पुरै बिरुवा औषधीको रुपमा प्रयोग हुन्छ । यो विरुवालाई तितो बलवर्धकको रुपमा, भोक जगाउन, मलेरिया विरुद्ध, ज्वरो कम गर्न, हेपाटाइटिस र सूजन कम गर्न, पिसाब पोल्ने रोग निको पार्न प्रयोग गर्ने गरिन्छ । दम, रुघाखोकी, शरीरको दुखाइ कम गर्न, रगत सफा गर्न, आँखाको तेज सुधार्न पनि यसको प्रयोग गरिन्छ । स्त्रीरोगहरू विशेषगरी महिनावारीको गडबडी, स्वेत प्रदर गर्भावस्वथाका सामान्य समस्यामा पनि चिराइतोको प्रयोग गरिन्छ ९प्ष्चतष्पबच ७ द्यबकग, ज्ञढढघ० । चर्मरोग जस्तै लुतो, दाद हटाउन, पेटका कीराहरू मार्न र कमलपित्तको उपचार गर्न पनि प्रयोग गर्न सकिन्छ । चिराइतोको डाँठ अन्य औषधीसँग मिलाएर सर्प र बिच्छीको डसाइको उपचार गर्न प्रयोग गरिए तापनि यो विषको पूरै निराकरण गर्न ’एन्टीडोट’को रुपमा प्रयोग गर्न भने मिल्दैन ।
अन्य प्रयोगहरु चिराइतोबाट निस्कने तितो विभिन्न पेयपदार्थहरूमा राख्ने, जनावरहरूको खानामा मिसाउने, पंहेलो रंग निकाल्न पनि प्रयोग गरिन्छ ।
औषधीय गुणहरु
यसको रसमा कलेजोलाई बचाइराख्ने गुण हुन्छ । रगतमा भएको चिनीको मात्रा कम गर्न यसमा भएको स्वेर्सिन नामका रसायन भएको मानिन्छ । यसबाट निकालिएको तितो सारतत्वले व्याक्टेरिया र ढुसीहरू निर्मूल गरेको पाइएको छ आयुर्वेदिक औषधी र उत्पादन चन्द्रप्रभावटी, सुदर्शन चूर्ण, रोहित्क्यादिक चूर्ण, कीराततिक्ताघनवटी, त्रिसप्तक चूर्ण, पित्तघवट, पञ्चभाद्र क्वाथ, कीरातादि क्वाथ, फलत्रिकादि क्वाथ आदि आयुवेदिर्क औषधीमा चिराइतोको प्रयोग हुन्छ ।
प्राकृतिक वासस्थान चिराइतो हिमाली क्षेत्रमा पाइने रैथाने वनस्पति हो । यो भारतको कश्मिरदेखि नेपाल भुटान हुदैँ पूर्वतिर भारतीय पहाडमा फैलिएको पाइन्छ । १२००–३००० मिटर उचाइका उपोष्णदेखि समशीतोष्ण पहाडी भिर पाखामा चिराइतो पाइन्छ ।
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !

Leave a comment