१ परिचय
नेपालमा मुख्यतः दुई खालका जातहरु प्रचलनमा छन् । एउटा केन्टुकी वण्डर खैरो रंगको हुन्छ । अर्को कालो रंगको चौमासे जातको सिमी नेपालको सबै भागमा गरिन्छ । यसबाहेक लहरा नजाने खालका सिमीहरु राजमा, असारे जातका सिमीको खेती पनि गरिदै आएको छ । कोसेबालीहरुमा सिमी एक महत्वपूर्ण तरकारी बाली हो । यसलाई फ्रेन्च बिनको नामले चिनिन्छ । यसको हरियो कोसाका साथै सुकेका बीउहरु दालको रुपमा पनि प्रयोग गरिन्छ। सिमीमा भिटामिन ए, बि, सी का साथै फलाम, सोडियम, पोटासियम्, फस्फोरस, क्याल्सियम् पनि प्रशस्तै पाइन्छ। यसको उत्पत्ति दक्षिणी मेक्सिको वा मध्य अमेरिकी देशहरुमा भएको मानिन्छ। स्वयम सेचित बाली हो जसले गर्दा बीउ उत्पादन गर्दा गुणस्तरमा ह्रास आउने सम्भावना कम हुन्छ । एउटा डे न्यूट्रलहो जसले कुनै पनि मौसममा रोपेर यसको उत्पादन लिन सकिन्छ जसले गर्दा यसको नामाकरण चौमासे सिमी भनेर गरिएको छ।
२ हावापानी
सिमी तराईदेखि उच्च(पहाडमा खेती गर्न सकिने एक महत्वपूर्ण कोसेबाली हो । तराईदेखि उच्च पहाडमा यसलाई लगाउने समय फरक पर्न जान्छ । तराईमा कार्तिक(मंसिरमा लागाईन्छ भने मध्य पहाडमा माघ( फागुन र साउन(भदौ गरी दुईपटक सफलतापूर्वक लगाउन सकिन्छ । सिमीलाई अत्याधिक जाडो बाहेक अन्य समयमा लगाउन सकिन्छ । उच्च पहाडमा भने चैत्र(बैशाखमा सिमी रोपिन्छ। सिमीले तुसारो तथा हिउँ सहन सक्दैन । सिमीको खेती १५(२१ डिग्री सेल्सियस तापक्रममा राम्रो हुन्छ । अत्याधिक गर्मीमा र अत्याधिक चिसोमा सेचनक्रिया नभई फूल झर्दछन् ।
३ माटो
सिमीलाई जुनसुकै माटोमा पनि खेती गर्न सकिन्छ । अगौटे खेतीका लागि बालुबा खालकोमाटो राम्रो हुन्छ भने मध्यम् र पछौटे खेतीका लागि चिम्टाईलो र दुमट माटो राम्रो मानिन्छ । सिमीको लागि माटोको पि।एच। ५।५(६ राम्रो हुन्छ।
४ पृथकता दुरी
थाँक्रे सिमीको मूल बीउको लागि ५० मिटर र प्रमाणित बीउको लागि २५ मिटर पृथकता दुरी चाहिन्छ ।
५ बीउ छर्ने समय
असोज(कार्तिकसम्म तराईमा र साउनको दोस्रो हप्तादेखि तेस्रो हप्तासम्म मध्य(पहाडमा वा आषाढको दोस्रो हप्ता उच्च(पहाड सिमीको बीउ रोप्ने समय हो ।
६ जग्गाको तयारी
सिमी लगाउने जग्गाको तयारी गर्दा पहिले २(३ पटक खनजोत गरेर झारपातहरु जलाई सकेपछि सिफारिस मात्राको मलखाद जमिनमा हाल्नुपर्दछ । मल हाल्दा रसायनिक मलमध्ये नाईट्रोजनको एकतिहाई भाग मात्र जमिनको अन्तिम तयारीका बेला हाल्नुपर्दछ । मध्य( पहाड र उच्च पहाडमा मल हालेपछि १०० मिटरको दुरीमा चिनो लगाएर करिब २०(२५ से।मि। अग्लो ड्याङ बनाउनुपर्दछ । यसै याङको साईडमा करिब ३ से।मि। गहिराईमा बीउ खसालेर हलुका पुर्नुपर्दछ । तराईमा भने समतल जग्गामा बीउ रोप्नुपर्दछ ।
७ मलखाद
कम्पोष्ट मल २० मेट्रिक टन र रसायनिक मल ४०किलो नाईट्रोजन,४० किलो फस्फोरस र ६० किलो पोटास प्रतिहेक्टर ।
८। जातहरु
१ त्रिशुली घिउ सिमी
उन्मोचित जात हो । यसको कोसाको लम्बाई २०(२५ से।मि। हुन्छ । यस जातको फूलको रंग सेतो हुन्छ। कोसा हरियो रंगको लामो, पोटिलो र ९ ९नौ आकारको हुन्छ । बीउको रंग भने कफि रंगको खैरो हुन्छ। हरियो कोसा खानको लागि ६०(७० दिनमा तयार हुन्छ भने बीउको लागि ३(४ महिना लाग्दछ । यसको बीउ उत्पादन मध्य पहाडमा गर्न सिफारिस गरिन्छ।
२ चौमासे सिमी
कोसाको लम्बाई १५(२० से।मि। हुन्छ । यस जातको सिमीमा फूलको रंग बैजनी हुन्छ । कोसा हरियो रंगको लामो, पोटिलो हुन्छ । कोसा झुत्तामा फल्ने भएको हुँदा यसको उत्पादन अन्य जातको सिमी भन्दा बढी हुन्छ। बीउको रंग कालो हुन्छ । हरियो कोसा खानको लागि करिब ६०(६५ दिनमा तयार हुन्छ भने बीउको लागि ३(४ महिना लाग्दछ । यसको बीउ उत्पादन मध्य(पहाडमा गरिन्छ।
९ बीउको स्रोत
मूल बीउको लागि प्रजनन् बीउ र प्रमाणित बीउको लागि मूल बीउ स्रोत बीउको रुपमा प्रयोग गरिन्छ। बीउ भरपर्दो ठाउँबाट ल्याउनुपर्दछ ।
१० बीउको दर
४०(५० किलो प्रतिहेक्टर । बीउ रोप्ने दुरी स् १५(२० से।मि। ।
११ थाँक्रा दिने
बीउ उम्रेको करिब दुई हप्ता पछि थाँका दिन तयार हुन्छ । थाँका दिँदा करिब २ मिटर अग्लो बाँस वा अन्य रुखको हाँगा काटेर दिनुपर्दछ ।
१२ गोडमेल
मध्य(पहाडमा सिमी लगाउने समय वर्षात्को समयमा भएको हुँदा झारपातले धेरै सताउने गर्दछ । बीउ लगाएको बारीमा १०(१५ दिनको फरकमा गोडमेल गरिरहनुपर्दछ । बिरुवा उम्रेको २०(२५ दिनमा बाँकी रहेको नाईट्रोजनको एकतिहाई भाग साईडड्रेस गरिदिनुपर्दछ । बाँकी रहेको एकतिहाई भागलाई बोटमा फूल फूल्न लागेको बेलामा साईडड्रेस गर्नुपर्दछ ।
१३ रोगहरु
१ पात र कोसाको कोत्रे रोग
सिमीको बीउ रोप्नुभन्दा अगाडि २ ग्राम बेभिष्टिन प्रतिकिलो बीउको दरले उपचार गरेर मात्र रोप्नुपर्दछ । बोटमा रोग देखिनु अगाडि २ ग्राम डाईथेन एम ४५ प्रतिलिटर पानीमा राखी बोटमा छर्नुपर्दछ ।
२ सिमिको सिंदुरे रोग
सिमी रोप्दा साउनको तेस्रो वा चौथो हप्तासम्म रोपेमा यो रोग कम गर्न सकिन्छ । भदौको पहिलो हप्ता पछाडि लगाएका बोटमा यो रोग बढी देखा पर्दछ। रोग लागेमा बोटमा कपरअक्सिक्लोराईड नामको ढुसीनासक बिषादी पटक(पटक छर्नुपर्दछ ।
३ सिमिको डढुवा रोग
यो रोग बढी वर्षा भएमा महामारीको रुपमा देखा पर्दछ । यसबाट बचाउन बोटमा ढुसीनाशक र व्याक्टेरियानाशक विषादी एकपछि अर्को गरी छर्नुपर्दछ । मोजाईक भाईरस रोगस् स्रोत बीउ रोग नलागेको ठाउँबाट ल्याएर रोप्नुपर्दछ। यो रोग लाहीले सार्ने भएको हुँदा १।५(२ मि।लि। रोगर प्रतिलिटर पानीमा मिसाएर १०र१५ दिनको फरकमा बोटमा छर्नुपर्दछ ।
१४। कीराहरु
१ खैरो पतेरोः
यो एक प्रकारको सिमीको पतेरो हो । यसको सुँडले कलिलो कोसाको बीउबाट रस चुसेर खाई नोक्सान गर्दछ। यसबाट बीउलाई बचाउनका लागि भदौको पहिलो हप्तामा बीउ रोप्नुपर्दछ । वर्षात बढी भएको गर्मी समयमा यसको संख्या धेरै हुने गर्दछ । अतः बाली लगाउने समय हेरफेर गरेर पतेरोबाटबचाउन सकिन्छ। नियन्त्रण गर्न १।५ ( २ मि।लि। रोगर प्रतिलिटर पानीमा मिसाएर १०र१५ दिनको फरकमा बोटमा छर्नुपर्दछ ।
२ लाही कीरा
सिमीमा लाग्ने दोस्रो महत्वपूर्ण कीरा हो । यसको नियन्त्रण गर्न १।५ ( २ मि।लि। रोगर प्रतिलिटर पानीमा मिसाएर १०र१५ दिनको फरकमा बोटमा छर्नुपर्दछ ।
१५ बेजातको बोट हटाउने
सिमीका विभिन्न जातका विभिन्न गुणहरु हुन्छन् । एउटा जातबाट अर्कोलाई छुट्याउन पातको प्रकार, फूलको रंग, कोसाको लम्बाई र रंग, बीउको साईज र रंग आदि कुरामा बीउ उत्पादन गर्ने बेलामा ख्याल गर्नुपर्दछ । बीउ उत्पादन गरेको प्लटमा कुनैपनि बेलामा बेजातको बोट देखा परेमा तुरुन्तै हटाउनुपर्दछ । फूल फूलेपछि एक आपसमा परसेचन हुने हुँदा फूल्नु अगावै बेजातको बोट हटाउनुपर्दछ । उदाहरणको लागि चौमासे सिमिको फूल बैजनी रंगको हुन्छ भने त्रिशुली सिमिको फूल सेतो रंगको हुन्छ ।
१६ बाली भित्रयाउने
रोपेको ३(४ महिनामा सिमीको कोसा बीउको लागि टिप्न तयार हुन्छ । सिमीको कोसा एकै पटकमा नपाक्ने भएको हुँदा पटक(पटक गरी टिप्नुपर्दछ । करिब ३(४ टिपाईमा पूरै प्लट सकिन्छ । बोटमा कोसा पूरै सुकेपछि मात्र टिप्नुपर्दछ । हरियो कोसा टिपेमा बीउको गुणस्तर राम्रो हुँदैन ।
१७ बीउ निकाल्ने तरिका
कोसा टिपेपछि ५(७ दिनसम्म घाममा सुक्न दिनुपर्दछ र पूरै सुकेपछि हातले बीउ निकाल्ने कार्य गर्नुपर्दछ। लठ्ठीले कुटेर पनि बीउ कोसाबाट छुट्याउन सकिन्छ ।
१८ बीउ सुकाउने
बीउ सफा गरिसकेपछि घाममा सुकाएर चिस्यानको मात्रा १०५ मा झार्नुपर्दछ ।
१४। बीउको उत्पादन स्एक हेक्टर जग्गाबाट ६०० ( ८०० किलो सिमीको बीउ उत्पादन हुन्छ ।