+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

जटामसी औषधीय हिसाबले एकदमै महत्वपूर्ण छ ।

प्राचीनकालदेखि नै निकै महत्वपूर्ण जडिबुटीको रुपमा रहेको जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि हो । पर्यायवाची नामहरू जटामसी : अनलद, केशनी, क्रव्याद, क्रव्यादी, चक्रवर्तिनी, जटा, जटामांसी, जटाला, जटावती, जटिला, जननी, तपस्विनी, तामसी, नलदा, पिशिता, पेशी, भूतकेशी, भूतजटा, माता, मांसिनी, मांसी, मिशी, मिसी, मृगभक्षा, मेषी, लोमशा, शिखा र हिंस्रा । नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्त राखेको छ । अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ । आयुर्वेदिक प्रणाली अनुसार विभिन्न महत्व रहेको जटामसी औषधीय हिसाबले एकदमै महत्वपूर्ण जडिबुटी हो । शरीरलाई तागत दिने, उत्तेजना, अपस्मार, मृगी, छारे रोग, हृदय रोग, कम्पा, अजीर्ण तथा बाल सम्बन्धी आन्द्राको समस्या, पेट दुखेको उपचार, वायु शमन गर्ने, पिशाब सम्बन्धी समस्या र हैजा तथा रजश्वला सम्बन्धी समस्या समाधानको लागि जटामसी अधिक महत्वपूर्ण जडिबुटी हो ।जमिनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरूले छोपिराखेको हुन्छ । डाँठको लम्बाई ७ से.मी. र चौडाई ३ से.मी.को हुन्छ । यो सुगन्धित खालको हुन्छ । यसको स्वाद तीतो र पिरो हुन्छ । भुईंदेखि नै पलाएर आएको २० से.मी.सम्म लामो र २ से.मी. सम्म चौडा घाँसको जस्तै पात हुने यो जडिबुटी भालाको आकार र रौं नभएको खालको हुन्छ । पातको टुप्पो ढिला हुन्छ । फूलको एउटै झुप्पा हुन्छ । गुलाफी–सेतो रंगको हुन्छ । फूलमा नै भाले तथा पोथी दुबै योनी पाइन्छन् । लाम्चा पात हुने, पातका बीचमा सेता धर्सा हुने, नीला रङका फूल र बोटका फेदमा खैरा झुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त एक सुगन्धी बुटीलाई जटामसी भनिन्छ ।

यो बाह्रै महिना पाइने र धेरै वर्षसम्म बाँच्ने वनस्पति हो । जटामसी ६० से.मि.सम्म अग्लो बोट पाइन्छ । यसको गानु वा फेद जमिन बाहिरबाट जमिन भित्रसम्म धसिएको हुन्छ । जमिन भित्रको मूल काण्ड वा जरालाई राता वा खैरा जटाजस्ता झुस (मसिना जरा) ले ढाकेको हुन्छ, यसैले यसलाई जटामसी नाम दिइएको हो । जमीन माथिको काण्डबाट पात पलाउने र फूल फुल्ने गर्दछ । यसको अण्डाकार, लाम्चा पात ६ से.मि. सम्म लामा हुन्छन् । फूलहरू गुलावी, प्याजी वा सेतो रङ्गका फुल्ने गर्दछन् । माथितिर फुकेको र तलतिर साँघुरिएको जमीन मुनिको काण्ड (राइजोम) राता र खैरा रौँ जस्ता बाक्ला भुत्लाहरूले ढाकिएका हुन्छन् । यसै कारणले यसलाई स्थानीय भाषामा भुत्ले पनि भन्ने गरिन्छ । काण्डहरूको भित्री रङ्ग सेतो सेतो खालको हुन्छ । यसको मूल जरो पहेँलो, २० देखि ३० से.मि. सम्म लामो र २ देखि ७ र कहिलेकाही त १२ वटासम्मका काण्डहरूसँग जेलिएको हुन्छ । जमीनको सतह नजिकको काण्ड वरिपरिवाट पलाएका पातहरू लामा भालाकार वा चम्चाकारका तथा फूल फुल्ने काण्डवाट पलाई आएका पातहरू अण्डाकार र लामा हुन्छन् ।

पाइने स्थान 

जटामसी नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रको ३,०००–४,५०० मिटर उचाईमा नेपालबाट निकासी हुने ६० प्रतिशत भन्दा बढी जटामसी कर्णाली क्षेत्रबाट निकासी हुन्छ । जटामसी हिमाली धुपी, गुराँस, पाटन क्षेत्र तथा ढुङ्गाका खोँचहरू भएको उत्तरी मोहडामा यो प्रसस्त फैलने गर्दछ । जटामसीको बिरुवा भएका तल्लो भेगमा भोजपत्र, सुनपाती, हिमाली धुपी हुन्छन् भने माथिल्लो क्षेत्रमा पदमचाल, पाँचऔँले आदि उम्रिएको भेटिन्छ । बास्नादार, सुगन्धित करीव ६ देखि ९ से.मि. लामा आलो वा सुकेको काण्ड तथा जराहरू बजारमा बेच्न योग्य मानिन्छन् ।

उपयोग 

अवैध व्यापारमा प्रयोग हुने यसको जरा (राइजोम) र काण्ड सुगन्धित तेल निकाल्न र औषधीका लागि उपयोग गरिन्छ । यो तेल धूप  निर्माणमा व्यापक मात्रामा प्रयोग गरिन्छ । यसको काण्डको सारतत्व कलेजोको रोग, छारे रोग आदिको उपचारमा प्रयोग हुन्छ ।

संकलन अवधि 

यसको संकलन समय आश्विनदेखि कार्तिक महिनासम्म हो ।

प्रकार 

नक्कली जटामसी : लगभग एक मिटर अग्लो, एउटै भेट्नुमा ससाना तीनवटा पात हुने, डल्लो मालाकार सेतो फुल फुल्ने र ओखतीमूलोमा प्रयोग हुने एक जातको वनस्पति ।

  • पिशाचिका : जटामसीको एक भेद ।
  • सानु जटामसी : गुलाबका जस्ता पात र हरिया रङका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुईटा मूलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी, एक जातको जटामसी ।

आयुर्वेदका ग्रन्थमा जटामसी, जटामसी विशेष र सानो जटामसी गरी तीन थरी जटामसीको चर्चा गरिएको पाइन्छ ।

सानो जटामसी : अभ्रमांसी, आकाशमांसी, कृष्णा, खसम्भवा, गन्धमांसी, गौरी, निरालम्बा, पर्वत ।

फाइदा  जटामसीले दिमागको ग्रहण गर्ने क्षमता (मेधा) र शरीरको कान्ति बढाउँदछ ।

  • यसले बल र आनन्द दिन्छ ।
  • जटामसीले शीतल गर्दछ ।
  • यसले रक्तविकार, विषविकार, वातविकार, कफविकार र पित्तविकार नाश गर्दछ ।
  • जटामसीले भूतबाधा, ज्वर, डाह, घाँटीका रोग, रक्तपित्त, वीसर्प र कुष्ठरोग नाश गर्दछ ।
  • यो सुगन्धी र शीतवीर्यको हुन्छ ।
  • यसले सुजन, घाउखटिरा, नसाजन्य रोग र माकुरो आदिको विषले जरो आई शरीर सुन्निने रोग नाश गर्दछ ।
  • यो अन्य धेरै थरी ओखतीमा मिसाएर प्रयोग हुन्छ ।

खेती
जरा सहितको काण्डका टुक्राहरूबाट जटामसीका विरुवा उमारिन्छ। बीउबाट पनि यसको बोटहरू उमार्न सकिन्छ। यसरी उमारिएका विरुवाहरूलाई मल जल गरि तयार गरिएको बारीमा वा खेतमा सारिन्छ। एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से. मी. दुरीमा राखिन्छन् र एक ड्याङ्गबाट अर्को ड्याङ्ग ६० से. मी.को फरकमा हुनु पर्दछ। हरेक दुई महिनाको अन्तरमा गोड्नु पर्दछ

संकलन
हिँउ हटेपछि श्रावणदेखि कार्तिक सम्ममा जमीन विस्तारै खनी विरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र संकलन गर्नुपर्दछ। यसले गर्दा विरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ।

  • सुकाउने तथा संरक्षण संकलन गरिएको जरा र काण्डहरूबाट माटो राम्ररी झारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण , तत्त्व संरक्षण गरि राख्न हावामा राम्ररी सुकाउनु पर्दछ। त्यसपछि यसलाई बोराहरूमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ।
  • उपयोगिता
    आयुर्वेदिय प्रणाली अनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ। यो तागत दिने , उत्तेजना , अपस्मार , मृगी , छारे , हृदय , कम्पा , अजीर्ण तथा वाल सम्बन्धि आन्द्राको बातशुल वा वात विष्फोटक , पेट दुखेको शमन गर्ने ,वायु शमन गर्ने , पिशाब गराउने र हैजा तथा रजस्वला गराउने इत्यादिका औषधिहरूमा प्रयोग गरिन्छ। सुगन्धवालको सट्टा पनि यसको प्रयोग गरिन्छ।

१. यसको उपयोगी अङ्ग भनेको काण्ड हो ।

जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने । यसरी कुटेर तयार पारिएको ३-४ ग्राम जटामसीको धुलोमा थोरी बीरेनुन, भुटेको जिरा, ज्वानोलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ । खानामा रुचि बढ्छ ।

२.जटामसीको जरालाई हल्का पिसेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले गर्दा सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ ।
३.जटामसी ३-४ ग्राम चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।

४.यो औषधि रक्त चापका रोगीहरुको लागि उपयोगी छ । उन्माद (बौलाहपन), छारेरोगका रोगीहरुको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ । ५.जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।

Leave a comment