जायफलप्राचीनकालदेखि नै जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेदले जाइफललाई वेदनानाशक, वातनाशक, कृमिनाशक मानेको छ । यो स्नायुप्रणालीका लागि समेत उपयोगी मानिन्छ ।जाइफलको रुख ठूलो हुन्छ । स्याउको रुख जस्तै देखिने जाइफल सदाबहार हरियो हुन्छ । जाइफलको रुखमा फूल फुलेपछि जाइफलको फल लाग्छ जुन गोलो, अण्डाकार डेढ इन्चदेखि दुई इन्चसम्मको फल्दछ । झट्ट हेर्दा जाइफल सुपारी जस्तो देखिन्छ । जाइफल बास्नादार हुन्छ । जाइफल विश्वभर खानामा स्वाद बढाउनको लागि प्रयोग गरिने एक लोकप्रिय मसला हो । नेपाली खाना निकै स्वादिष्ट छ र यसको बेग्लै महिमा छ । नेपाली परिकारहरूमा विभिन्न किसिमका मसलाहरू राख्ने गरिन्छ जसले गर्दा खानेकुरालाई स्वादिष्ट बनाउनुका साथै स्वास्थ्यलाई पनि निकै फाइदा पुर्याजएको हुन्छ । यस्ता मसलाहरूमध्ये जाइफल पनि एक हो ।जाइफल एक प्रकारको जडीबुटी हो । जाइफल मसलाका साथै औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । जाइफलको प्रयोग वर्षौंदेखि स्वास्थ्यलाभको लागि गरिन्छ । यो पोषक तत्वले भरिपूर्ण हुन्छ । यसैगरी, बच्चाहरुलाई तेल मालिस गर्दा पनि यसको प्रयोग गरिँदै आएको छ । जाइफल भान्सामा मात्रै नभई यसलाई आयुर्वेदिक चिकित्सा पद्धतिमा पनि प्रयोग गरिन्छ । जाइफलको तेललाई साबुन बनाउन प्रयोग गरिन्छ । जाइफलको प्रयोगले थुप्रै रोगहरूलाई रोकथाम तथा उपचार गर्न गरिँदै आएको छ ।
जाइफलका फाइदाहरू
• मान्छेको व्यस्त जीवनशैलीका कारण धेरै पुरुषमा पुरुषत्व शक्ति घट्दै गएको पाइएको छ । यस्तो अवस्थामा जाइफल, अकरकरा, जावित्री, अलैँची, कस्तुरी र केसरलाई दूध र थोरै मिश्री मिलाएर पकाएर खाँदा पुरुषत्व वृद्धि हुनुका साथै यौनशक्ति बढ्छ ।
• मुखको अल्सरबाट बच्नका लागि पनि जाइफल उपयोगी हुन्छ ।
• यस्तो अवस्थामा दैनिक पानीमा जाइफलको रस मिलाई कुल्ला गर्योत भने मुखमा आउने घाउ खटिराहरू निको हुन्छ।
• दाँतको दुखाइ कम गर्न जाइफल निकै प्रभावकारी हुन्छ ।
• सर्वप्रथम जाइफलको तेलमा एउटा जाइफलको टुक्रालाई भिजाएर दुखेको दाँतमा राख्दा दुखाइ कम हुन्छ ।
• टाउकाको दुखाइ कम गर्न पनि जाइफल उपयोगी हुन्छ ।
• जाइफलको तेल हाडजोर्नीमा लगाई हल्का मालिस गर्नाले पनि दुखाइ कम गर्न सकिन्छ ।
• जाडो मौसममा प्रायःजसो मानिसहरुको हातखुट्टा फुट्ने समस्या हुन्छ ।
• यस्तो अवस्थामा जाइफललाई घोटेर पानीमा मिलाइ यसको लेप लगाउँदा हातखुट्टा फुट्ने समस्याबाट राहत पाउन सकिन्छ।
• जाइफलको प्रयोगले अनिन्द्राको समस्याबाट छुटकरा पाउन सकिन्छ ।
• दुई हप्तासम्म जाइफल चूर्णको सेवन गर्नाले अनिन्द्राको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
• यसले आरामदायी निन्द्रामा मद्दत गर्छ ।
• जाइफलले पाचनतन्त्रलाई सुधार गर्छ ।
• यसले कब्जियतको समस्याबाट मुक्त गर्न पनि सहायता गर्छ ।
• यसको प्रयोगले पेटसँग सम्बन्धित अन्य समस्यालाई पनि निर्मूल पार्छ ।
• जाइफलले रोग प्रतिरोध क्षमतालाई पनि बढाउँछ ।
• जाइफलको सेवन गर्दा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ ।
• यसमा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने गुण हुन्छ ।
• अस्वस्थकर जीवनशैलीको कारणले विश्वभर मोटोपनको समस्या बढ्दै गइरहेको छ ।
• तैलिय खाना, घरबाहिरको खाने कुरा खाँदा, खानपिनमा ध्यान नदिँदा मोटोपनको समस्या बढेको छ ।
• मानिसहरुले मोटोपनको समस्याबाट छुटकरा पाउन घरेलु उपायहरू अपनाउने गर्छन् ।
• जसमा जाइफल पनि एक हो ।
• जाइफलमा पाइने विभिन्न तत्वले मोटोपनलाई नियन्त्रण गर्छ ।
• जाइफलले शरीरमा ताप उत्पन्न गर्ने भएकाले भान्सामा तरकारी पकाउँदा जाडो मौसममा मसलाको रुपमा यसलाई प्रयोग गरिन्छ । जसले शरीरमा चिसो लाग्नबाट जोगाउँछ ।
• जाइफललाई पिनेर महसँग मिसाएर अनुहारमा लगाउँदा अनुहारको दाग र चायाँ हटाएर अनुहारलाई चम्किलो बनाउँछ ।
• हरियो जाइफलको बोक्राकालाई पिनेर त्यसको १/ २ थोपा रसलाई नाकमा हाल्दा माइग्रेनको टाउको दुखाइबाट आराम मिल्छ ।
• जाइफलको तेललाई तताएर एक दुई थोपा कानमा हाल्दा यसले कान दुख्ने र सुनिने रोगलाई निको पार्छ । त्यस्तै यसको तेलले बच्चालाई मालिस गर्दा निकै राम्रो हुन्छ ।
• थोरै जाइफल पिनेर तातो घ्यूमा हालेर भातसँग खाँदा शरीरभित्रको चिसो हट्छ ।
• जाइफल र मायाफलको चूर्णलाई मन्द आगोमा भुटेर बाह्र भाग मिश्री सहित दूधमा मिलाई दैनिक १ देखि २ ग्राम दिएमा बालबालिकालाई शक्ति प्रदान गर्नुका साथै प्रतिरोधात्मक क्षमता समेत बढाउने गर्दछ ।
• जाइफल स्तनपान गराइरहेका महिलाहरुका लागि निकै फाइदाजनक हुन्छ । कहिलेकाहीं कति प्रयास गर्दा पनि बच्चाहरुले आमाको दूध छोड्न मान्दैनन् । यस्तो अवस्थामा आयुर्वेदिक चिकित्सकको सल्लाहमा जाइफललाई प्रयोग गर्न सकिन्छ।
जाइफल बहुउपयोगी भए पनि यसको प्रयोग जथाभावी गर्नुहुँदैन । नजानेका कुरा विज्ञ वा चिकित्सकसँग सल्लाह गरेर मात्र प्रयोग गर्नुपर्छ ।
जाइफलका बेफाइदाहरु
• जाइफलको सेवन धेरै मात्रामा गर्दा कलेजो सम्बन्धी समस्याहरू पनि देखा पर्दछ ।
• गर्भावस्थामा गर्भवती महिलाले जाइफलको प्रगोग गर्नु हानिकारक हुन्छ ।
• जाइफलले शरीरमा ताप उत्पन्न गर्ने हुँदा गर्मीको समयमा यसको प्रयोग धेरै गर्नु हुँदैन ।
• जाइफललाई अत्यधिक रुपमा प्रयोग गर्दा पेट दुख्ने,रिगंटा लाग्ने समस्याहरू देखा पर्दछ ।
गाउँघरतिर एउटा भनाई छ, ‘हर्रो नपाउँदो जोगी, जाइफलको भोगी।’ यो भनाई र हाम्रो खेती गराईमा मेल खान्छ। खान पुग्ने जति अन्न, तरकारी र फलफूल उत्पादन गर्ने क्षमता नभएका हामी अहिले त्यो जोगी जस अर्गानिक खेती भन्दै अल्झिरहेका छौं। हाम्रो स्तर र अवस्था भने वन जंगलतिर त्यत्तिकै मिल्किने हर्रो समेत नपाउने छ। तर जाइफल जस्तो विदेशबाट ल्याउनुपर्ने चिज खोज्ने जस्तै प्रवृत्ति पाइन्छ ।
जायफल को खेती नेपाल मा पनि सम्बभ छ यो विशेष गरि बालुवा दोमट माटोमा
राम्रोसँग हुने भय पनि कुनै पनि प्रकारको माटोमा यस्को खेती गरेर राम्रो उत्पादन लिन सकिन्छ ।
यो कम खर्च मा धेरै नाफा लिन सकिने खेती हो । यसको खेती समुद्री सतह देखि लियर 1300 – 1500 मिटरको उचाइ सम्म मा राम्रो उत्पादन हुन्छ । जायफल लाई धेरै पानी को जरुरत पर्दैन तर जमीन को अबस्था हेरि सिंचाइ गर्नु पर्दछ । आकाशे पानी ले हुने भय पनि गर्मि मौसममा बेला बेला पानी दिन पर्दछ । यस्लाइ 10 डिग्री देखि 35-40 डिग्री को तापक्रम उपयुक्त मानिन्छ । बिरुवा रोपेर सुरुको 1-2 बर्ष मा गर्मीमा छाया दिदा राम्रो हुन्छ । जायफल को बिरुवा 15-20 फुटेको सम्म हुन्छ । एकपटक रोपेर 80- 100 बर्ष सम्म फल फल्दछ ।एक बयस्क बिरुवा बाट 1000 सम्म फल फल्दछ। यसको रोप्ने तरिका मा बिजु बिरुवा र कलमी बिरुवा हो ।कलमी बिरुवा ले रोपेको बर्ष देखि उत्पादन दिन्छ भने बिजु बिरुवा ले 4-5 बर्ष पछी मात्रै उत्पादन दिन सुरु हुन्छ । यस्को फल टिपि सकेर यस्लाइ काट छाट गर्न पर्दछ । आबस्यकता अनुसार मल पानी र बराबर समयमा गौ मुत्र को सेचन गर्न पर्दछ । यो महंगोमा बिक्री हुने र लामो समय स्टोर गरेर राख्न सकिने फल हो । एक रोपनीमा 30-32 बिरुवा रोप्न सकिन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! =Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि