कोइरालो नेपालको रैथाने जातको कोसे मझौला आकारको डालेघाँस हो । यसलाई तराई तथा मध्य पहाडमा लगाइन्छ । यो करिब ७–१० मिटरसम्म अग्लो हुने रूख हो । यसको पातमा १६– १८ प्रतिशत – प्रोटिन पाइनुका साथै यसको घाँस पशुहरूले अति मन पराएर खान्छन् । यसको फूलको अचार खाइन्छ यो औषधीय गुण भएको बोट हो । यसको फूल अति सुन्दर हुन्छ । बगँैचामा यसको बोट शोभाका लागि पनि लगाइन् ।
वानस्पतिक विवरण
कोइरालो बहुनियाअन्तर्गत ६०० भन्दा बढी प्रजातिहरू पाइन्छन् । यो बहुवर्षीय पतझर बोट हो । एउटा डाँठमा दुईवटा पात एक अर्काको विपरीत फर्केररहेका हुन्छन् । पात अण्डाकार १०– १५ सेन्टिमिटरसम्म लामो हुन्छ । कोसा करिब १५ सेन्टिमिटर लामो हुन्छ, एक कोसामा ३ देखि ५ वटा बिया हुन्छन् । यसको सेतो फूल फुल्ने क्यानडिडा जातको विकास हङकङमा गरिएको पाहिन्छ । यसका कोसाहरू चैतबाट छिप्पिन्छ र जेष्ठसम्म पाक्द छ ।
बीउ केही माटो तथा जग्गाको तयारी
कोइरालो नेपालको तराई तथा मध्य पहाडी क्षेत्रहरूका १८०० मिटरसम्म लगाउन सकिन्छ । करिब एक फिट अग्लो नर्सरीको बिरुवालाई वर्षा सुरु भएपछि आषाढ साउनमा सार्नुपर्छ । बिरुवा लगाउनका लागि गहिरो खाडल खनेर त्यसमा पाकेको गोबरको चौथाइ मिसाएर लगाउनुपर्छ ।
बिरुवा लगाउने तरिका
कोइरालो प्राकृतिक रूपमा आफैँ उम्रने भए तापनि यसलाई बेर्ना नर्सरीमा तयार गर्नुपर्छ । बीउबाट बेर्ना तयार गरी बिरुवा लगाइन्छ । नर्सरीमा बिरुवा उमार्दा पोलिपोटमा उमार्ने गरिन्छ । यसरी एक व्यागमा दुई वटा बीउको गँेडा रोप्नुपर्छ । बीउ रोपेको करिब डेढ महिनापछि बिरुवा ५–६ से.मि. अग्ला हुन्छन् । यस्तो अवस्थामा बिरुवालाई कटमा गरिदिनुपर्छ । बेर्नालाई नर्सरीमा करिब एक वर्षसम्म राख्न सकिन्छ, बिरुवा २५ सेन्टिमिटर अग्लो हुनजेलसम्म मात्र अर्को मौसममा स्थायी ठाउँमा सार्नुपर्छ ।
कोइरालोको बिरुवा जेष्ठ आषाढमा सार्नु उपयुक्त हुन्छ । सिँचाइको सुविधा भएमा जुनसुकै मौसममा बिरुवा रोपेर हुर्काउन सकिन्छ । नेपालमा प्रायः यसको बिरुवा खेतको डिल, कान्ला, छेउछाउमा लगाएर गरिन्छ । कोइरालो एग्रोफरेस्टिकको रूपमा प्रयोग गरिन्छ ।
हरियो घाँसको उत्पादन
बिरुवा रोपेको ४–५ वर्षपछि हरियो घाँस काट्ने लायक हुन्छ । कोइरालोको घाँस मङ्सिरदेखि पुससम्म पशुहरूलाई खुवाइन्छ । स्याउला काट्दा मुख्य काण्ड तथा ठूला हाँगाहरू काट्नु हुन्न केवल कलिला हाँगाहरू मात्र काट्नुपर्छ । कोइरालोबाट वर्षमा एकपटक मात्र हरियो स्याउला लिन किन्छ । एक वयस्क बोटबाट एक वर्षमा ८०–१०० किलोसम्म हरियो घाँसको पाउन सकिन्छ ।
बीउ सङ्कलन
कोइरालोको बोट ४–५ वर्षको भएपछि मात्र फूल फुल्छ थाल्छ र बीउ लाग्छ । एउटा वयस्क बोटमा ८–१० किलोसम्म बीउ उत्पादन हुन्छ ।
टाँकी
सङ्क्षिप्त जानकारी
टाँकी नेपालको रैथाने जातको कोसे मझौला आकारको डालेघाँस हो । यसलाई तराई तथा मध्यपहाडी क्षेत्रमा लगाइन्छ । यो करिब ६–१० मिटरसम्म अग्लो हुने रूख हो । यसको पातमा १७–१८ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ । साथै यसको घाँस पशुहरूले अति मन पराएर खान्छन् ।
वानस्पतिक विवरण
टाँकी बहुवर्षीय पतझर बिरुवा हो । यसले चिसो तथा तुषारो खप्न सक्छ । एउटामा दुईवटा पातहरू एक अर्काको विपरीत फर्किरहेका हुन्छन् । पात अण्डाकार गोलोच्याप्टो १०–१५ सेन्टमिटरसम्म लामो हुन्छ । कोसा १५ सेन्टिमिटर लामो हुन्छ । कोसा फागुन चैतमा छिप्पिन्छ ।
माटो तथा जग्गाको तयारी
टाँकी उष्ण तथा समोष्ण जलवायुमा हुने रूख हो । यसलाई नेपालको तराई मध्य पहाडी क्षेत्रहरूका १८०० मिटरसम्मको उचाइमा लगाउन सकिन्छ । करिब एक फिट अग्लो बिरुवालाई वर्षा सुरु भएपछि आषाढ साउनमा सार्नुपर्छ । बिरुवा लगाउनका लागि गहिरो खाडल खनेर त्यसमा पाकेको गोबरको मल एक चौथाइ मिसाएर लगाउनुपर्छ ।
बिरुवा लगाउने तरिका
टाँकी प्राकृतिक रूपमा आफैँ उम्रने भए तापनि यसलाई बेर्ना नर्सरी तयार गरीकन खेतीको रूप दिन सकिँदैन यसलाई नसरी गरी बिरुवा सार्नुपर्दछ ।
हरियो घाँसको उत्पादन
टाँकी बिरुवा रोपेको ४–५ वर्ष पछि हरियो घाँस काट्न लायक हुन्छ । टाँकीको घाँस पशुहरूलाई खुवाइन्छ । घाँस काट्दा मुख्य काण्ड तथा ठूला हाँगाहरू नकाटी केवल कलिला हाँगाहरू मात्र काट्नुपर्छ । टाँकीबाट वर्षमा एकपटक मात्र हरियो घाँस आउछ भने एक वयस्क बोटबाट एक वर्षमा ८०–१०० किलोसम्म हरियो घाँस पाउन सकिन्छ ।
बीउ सङ्कलन
टाँकीको बोट ४–५ वर्षको भएपछि मात्र फूल फुल्न थाल्छ तथा बीउ लान्छ । एउटा वयस्क बोटमा ८–१० किलोसम्म बीउ लिन सकिन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि