+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

डाँलेघाँस के हो ?

व्यावसायिक पशुपालन गर्नलाई पुरानो तरिकाबाट घाँसको जोगो हँदैन त्यसकारण पनि डाले घाँसलाई कृषि वनको पद्धतिअनुसार लगाउनुपर्छ । अथवा तीन तले घाँस खेती अपनाउनुपर्छ । जस्तै डालेघाँसमा इपिल, भट्मासे, मेन्दोला, टाँकी, कोइरालो यी कोसे घाँसहरू सँगसँगै अकोशे घाँसमा किम्बु, काबो, बडहर, निमारो, खन्यु यिनलाई चैँ माथिलो तहमा हुने गरी लगाउने र बीचको तहमा हुने गरी नेपियर जस्ता घाँसहरू लगाउन सकिन्छ । अब भएको तहमा इस्टाइलो, मुलासेस, ज्वाइनवेच लगाउनुर्पछ।हामीले जति कुरा गरे पनि व्यावसायिक पशुपालनका लागि व्यावसायिक घाँस खेतीको आवश्यकता पर्छ । त्यसैले पनि हरियो घाँस बाह्रैमास पशुहरूलाई खुवाउनको निम्ति अहिले यो पुस्तकमा धेरै लामो अनुभवको कुराहरूलाई समेटेर तयार गरेको छु ।

खन्यू  (Ficus cunea/ semicoedata)

मध्य पहाडी क्षेत्रमा वारीको कान्लामा खन्यू धेरै राम्रो पाईएको छ, खन्यूको जरा वलियो हुने हुनाले कान्लामा लगाउदा भूक्ष्य कम हुने हुन्छ । खन्यूलाई कुनै ठाँउमा खनायो, ठाँउ अनुसार राई खन्यू आदि भन्ने गरिन्छ । यसको प्रसारण वीउवाट नै हुन्छ । पहिरो गएको ठाँउमा चराको विष्टाबाट उम्रने हुनाले वेर्नाको त्यति अभाव हुदैन तर ३—४ वर्ष जति राम्रोसंग हिउंदमा जमिन खाली भएको समयमा सानो वोटलाई टेवा सहित वार बन्देज गरेर हुर्काउने चलन हुन्छ । सवै जसो डाले घाँस जमिन खाली भएको समयमा यसै किसिमले संरक्षण गरेर हुर्काउन राम्रो हुन्छ । खन्यू सदावहार हरियो भै रहने डाले घाँस भएको हुनाले कार्तिकदेखि जेष्ठ, असारसम्म पशुलाई खुवाउने चलन छ । वाख्रा पालनको लागि यो डाले घाँस अतिनै उपयोगी हुन्छ । त्यस्तै जोत्ने गोरु, थारा गाई, भैंसी, पाडा पाडी आदिको लागि धेरै राम्रो डाले घाँस हो । दुहुना गाई भैंसीमा त्यति दुध उत्पादन नवढने हुनाले दुहूना वाहेकलाई खुवाउने चलन पनि छ । खन्यूको पातमा ३२—३४ प्रतिशत सुख्खा पदार्थ, ११—१२ प्रतिशत कच्चा प्रोटिन, २.५५ प्रतशत क्याल्सियम, ०.१९ प्रतिशत फस्फोरस र २.४८ प्रतिशत ट्यानिन सुख्खा पदार्थको आधारमा पाईएको छ । खन्यूको पनि डाले घाँस, दाउरा र पाट (रेसा) मा प्रयोग हुन्छ । वर्षको दुई चोटी (कार्तिक र असार) मा पोथी खन्यूको फल लाग्ने गर्छ । पाकेको फल मानिसले खाने चलन पनि छ र अति मिठो हुन्छ । खन्यूको दाउरा धेरै राम्रो हुन्छ । सुख्खा पदार्थ वढी हुने हुनाले थोरै घाँसले पनि धेरै पशुहरुलाइ परालसंग मिसाएर खुवाउन सकिन्छ । खन्यू मध्य पहाडी भेगमा राम्रो हुन्छ तर हिमाली भाग र सुख्खा टारहरुमा खन्यू राम्रोसंग फस्टाउदैन । खन्यू र अन्य दूध आउने डालेघांस (ficus species) हरुको जरा परपर सम्म फैलने हुनाले जमिनलाई पहिरो जानबाट वचाउछ, चित्रमा खन्यूको जराको कारणले वरिपरी पहिरो गईसक्दा पनि वचाई राखेको देखिनछ ।

टांकी (Bauhinia purpurea)

टांकी एक नरम पात भएको दुधालु पशुहरुको लागी राम्रो डालेघांस हो । सवैजसो ठाउमा टांकी नै भनेर चिन्निछ । यो डालेघांस मध्य पहाड देखि बेसी, टारहरु, र भित्री मधेसआदि सबै ठाउंमा पाईन्छ । यस्को प्रसारण वीउबाट नै राम्रो हुन्छ वीउ सोभैm चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किए पछि वारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस वीउ रोपेको २(३ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ, मलिलो ठाँउमा छिट्टै हुकर्ने हुनाले धेरै वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सवै मौसममा खुवाउन सकिन्छ, तर आश्विनदेखि फागुनसम्म हाँगा काटेर खुवाउदा घाँसको रुखलाई पनि असरनपर्ने र सुख्खा पदार्थ पनि वढि प्रतिशत हुने हुनाले अरु समयमा नकाट्नु नै राम्रो हुन्छ । भर्खर व्याएका पाडा पाडी, पाठा, पाठी, वाच्छा, वाच्छीलाई घाँस खानी वानी वसाउन यो डाले घाँस खुवाउने गरिन्छ । दुधालु भैंसी, गाई र भर्खर व्याएका माउँ बाख्राको लागि यो एक अति उत्तम डाले घाँस हो । यस्को पातमा १४—१७ प्रतिशतसम्म वेला हेरी क्रुड प्रोटिन (कच्चा प्रोटिन) हुन्छ , क्याल्सियम २.४ प्रतिशत र फस्फोरस ०.३० प्रतिशत, सुख्खा पदार्थ ३३—३४ प्रतिशत, र ट्यानिन   (Tanning) १.२ प्रतिशत सुख्खा पदार्थको आधारमा पाईन्छ । प्रोटिन र क्याल्सियम वढि भएको हुनाले हुर्कदै गरेका पाठा, पाठी, पाडा, पाडीको लागि र लैनो भैंसीको लागि यो डाले घाँस र पराल मिसाएर खुवाउदा राम्रो दुध उत्पादन हुने र हुर्कदै गरेका पाडा, पाडी राम्रोसंग हुर्कने हुन्छ । यो डाले घाँसमा खासै त्यस्तो अपाच्य तत्व छैन, र हिउंदको समयमा खुवाउदा समस्याहरु केही आउदैन ।

वर्रो (Terninalia belerica)

वर्रो पनि हर्रो जस्तै टर्रो पदार्थ पातमा वढि भएको ठूलो वृक्ष हुने डालेघाँसमा  पर्छ, यो डालेघाँस मध्य पहाडी भेगदेखि तराईको जंगलमा पनि देख्न सकिन्छ । हर्रो जस्तै वढी वायोमास (Bio-mass) उत्पादन हुने हुनाले २—४ वटा रुख कृषकहरुले लगाउने गरेको पाईन्छ । यस्को पात हर्रोको भन्दा छिट्टै झर्ने र किरा पनि अलि वढि लाग्ने हुनाले कार्तिकदेखि माघसम्म हाँगा काटेर पशु वस्तुलाई खुवाउन सकिन्छ । यो डालेघाँस पशु वस्तुले त्यति मन पराएर खादैनन् । दुहुना गाई भैंसी भन्दा अरु थारो, जोत्ने गोरु आदिलाई परालमा एक तिहाई मिसाएर हिउंदको समयमा हरियो घाँसको पुर्ति गर्न सकिन्छ । प्रयोगशाला परिक्षणबाट यसको पातमा ११—१२ प्रतिशतसम्म कच्चा प्रोटिन, ३४—३५ प्रतिशत सुख्खा पदार्थ -dry matter), ३.३५ प्रतिशत क्याल्सियम र ०.३७ प्रतिशत फस्फोरस र ट्यानिन (Tanning) १२.४६ प्रतिशत देखिएको छ । बर्रोको वृक्ष ठूलो हुने हुनाले बालीनालीमा सेप वढि हुन्छ, खर वारी, खेतको छेउछाउ, र वनवुट््यानमा बर्रो लगाउने चलन हुन्छ । अर्को पक्ष भनेको यसको हाँगाविंगा बढि हुने हुनाले दाउराको रुपमा वढि प्रयोग हुन्छ र फर्निचर आदिमा पनि बर्रोको काठ प्रयोग हुन्छ । बर्रोको पनि वीउबाट नै प्रसारण हुन्छ र सजिलैसंग विरुवा हुर्किन्छ, तर ६—७ वर्षमा मात्र हाँगा काटेर पशु वस्तुलाई खुवाउन सकिन्छ । वढि ट्यानिन भएको हुनाले क्याल्सियम वढि भए पनि दुधालु पशुले वर्रो खाएको बेलामा दुध कम दिन्छ, ट्यानिनले क्याल्सियमलाइ वाईण्ड (bind)  गर्ने हुनाले यस्तो हुन गएको हो ।

निमारो (Fucus roxbourghi)

निमारो एक ठूलो पात हुने डाले घाँस हो र यस्को फैलावट उच्च पहाडदेखि मध्य पहाडसम्म हुन्छ । वेसी र भित्री मधेस आदिमा त्यति देखिदैन । नरम काठ भएको हुनाले साना साना हाँगा विंगा, पात सवै पशुले मन पराएर खाने गछर्न । निमारोको पातमा २४—२७ प्रतिशतसम्म सुख्खा पदार्थ, १४— १५ प्रतिशत कच्चा प्रोटिन, २.७९ प्रतिशत क्याल्सियम, ०.२४ प्रतिशत फसफोरस र २.९६ प्रतिशत ट्यानिन्को मात्रा देखिन्छ । दुहुना, थारो, जोत्ने गोरु आदि सबै पशु वस्तुले राम्रोसंग मन पराएर खाने हुनाले एक तिहाई परालसंग मिसाएर खुवाउदा राम्रो हुन्छ । आश्विनदेखि फागुनसम्म निमारोको डाले घाँस काट्न सकिन्छ । यसको प्रसारण विंउबाट नै राम्रो हुन्छ । तर हिजोआज टिस्यु कल्चर (Tissues Culture) गरेर पनि निमारो, वडहर जस्को वीउ कम हुने र छिट्टै उमार शक्ति घट्ने हुनाले, विरुवा उत्पादन गरेको पाईन्छ । गाउँ घरमा यस्तो प्रविधिको पहुँच कम भएको कारणले वीउलाई अथवा पाकेको फललाई नर्सरीमा वेर्ना हुर्काई सार्न सकिन्छ । निमारोको वेर्ना नर्सरीमा तयार गरी वारीको कान्ला, छेउछाउ आदिमा सार्न सकिन्छ र राम्रो संरक्षण भएमा ३—४ वर्षमा डाले घाँस काट्न सकिन्छ । निमारो पात चौडा हुने हुनाले गाउ घरमा भोज भतेरको लागि दुना टपरी वनाई प्रयोग गरेको पनि पाईन्छ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment