नेपालमा परापूर्वकालदेखि पशुपालन व्यवसाय हाम्रा पुर्खाहरूले गर्दै आएको सर्वविदितै छ । त्यसैले आजको यो युगमा बगितको भन्दा भन्ने तरिकाले पशुपालन व्यवसाय सुरुवात हुन थालेको छ । आधुनिक युगमा पशुपालन गर्दा आधुनिक तरिकाबाट पशु आहाराको पनि व्यवस्था थप्नुपर्छ । पशुहरूको आहारा मध्य डाँले घाँस पनि एक हो । हाम्रो पुर्खाहरूले बारीका छेउछाउमा कुतमिरो लगायतका ठ्र्रूला ठूला पिपलको रूख जत्रो रूखहरू बनाएर घाँस नहुने बेलामा खोलै आएको हामीले देखेका छौँ । व्यावसायिक पशुपालन गर्नलाई पुरानो तरिकाबाट घाँसको जोगो हँदैन त्यसकारण पनि डाले घाँसलाई कृषि वनको पद्धतिअनुसार लगाउनुपर्छ । अथवा तीन तले घाँस खेती अपनाउनुपर्छ । जस्तै डालेघाँसमा इपिल, भट्मासे, मेन्दोला, टाँकी, कोइरालो यी कोसे घाँसहरू सँगसँगै अकोशे घाँसमा किम्बु, काबो, बडहर, निमारो, खन्यु यिनलाई चैँ माथिलो तहमा हुने गरी लगाउने र बीचको तहमा हुने गरी नेपियर जस्ता घाँसहरू लगाउन सकिन्छ । अब भएको तहमा इस्टाइलो, मुलासेस, ज्वाइनवेच लगाउनुर्पछ।हामीले जति कुरा गरे पनि व्यावसायिक पशुपालनका लागि व्यावसायिक घाँस खेतीको आवश्यकता पर्छ । त्यसैले पनि हरियो घाँस बाह्रैमास पशुहरूलाई खुवाउनको निम्ति अहिले यो पुस्तकमा धेरै लामो अनुभवको कुराहरूलाई समेटेर तयार गरेको छु ।
डालेघाँस पशु आहाराको प्रमुख स्रोत हो। नेपालमा पशु आहाराको कुल योगदानमा करिब ५१ प्रतिशत स्थान विभिन्न किसिमका डालेघाँसले ओगटेको छ । भुइँ घाँसहरू सुकेर गएको सुक्खा मौसममा पनि डालेघाँस हरियो रहिरहन्छन् र सुक्खा मौसममा हरियो घाँसको विकल्पको रूपमा डालेघाँसको प्रयोग गरिन्छ । डालेघाँस मुख्यतयाः मङ्सिरदेखि वैशाख महिनासम्म महŒवपूर्ण तरिकाले प्रयोग गरिन्छ । डालेघाँस नेपालको मध्य पहाडी क्षेत्रमा ज्यादै लोकप्रिय रहेको छ । एक अध्ययनअनुसार नेपालको मध्य पहाडी क्षेत्रमा बर्सेनि प्रतिव्यक्ति करिब ६५५ के.जी. घाँस र ४५९ के.जी. सोत्तर खपत हुने गरेको मानिन्छ । साधारणतया डालेघाँसका स्याउलाहरूमा ११ देखि २४ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ भने खनिज तŒव तथा भिटामिनहरू आवश्यक मात्रामा पाइन्छन् । केही डालेघाँसहरूमा हानिकारक तŒवहरू जस्तै ट्यानिन हाईड्रोरसायनिक एसिड पनि हुन्छन् ।
नेपालको मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा करिब २५० भन्दा बढी जातका डालेघाँस उपलब्ध छन् । परम्पराअनुसार पशुवस्तुहरू बाँच्नका लागि केही डालेघाँसहरू पोषिलो नभए पनि जीवन निर्वाहका लागि प्रयोगमा ल्याइरहेका छन् । सुक्खा समयमा जब सबै प्रकारका भुइँ घाँसहरू सुक्छन् त्यस अवस्थामा डालेघाँसका बिरुवाहरू हरियो हुर्कदो अवस्थामा हुन्छन् र गाईवस्तुहरूका लागि हरियो आहारा उपलब्ध गराउँछन् । झरी, बाढी, हिउँ आदिको कारण जब भुइँघाँसहरू पुरिएको अवस्थामा हुन्छन् त्यस अवस्थामा पनि डालेघाँस नै हरियो घाँसको एक मात्र स्रोतको रूपमा पशुहरूलाई खुवाउने काममा प्रयोग गरिन्छ । परापूर्वकालदेखि नै नेपालको पशुपालन व्यवसायमा डालेघाँसले महŒवपूर्ण भूमिका खेल्दै आएको छ । हावापानी तथा माटोको विविधताअनुसार डालेघाँसका जातहरू कुनै क्षेत्रमा प्रचुर मात्रामा पाइन्छ भने त्यही जातिहरू अन्यत्र सीमित मात्रामा पाइन्छ वा पाइँदैन । उपलब्ध विभिन्न जातिहरूमध्ये पनि कुनै डालेघाँस कृषकहरूले बढी रुचाएको पाइन्छन् भने कुनै कम रुचाएको पाइन्छ । तैपनि समष्टिगत रूपमा हेर्ने हो भने डालेघाँस पशुपालक कृषकका लागि अभिन्न अङ्गको रूपमा रहेका छन् । यसैले प्रायः सबै कृषकहरू खास गरेर पहाडी भेगका कषकहरूको बारीमा एक वा एकभन्दा बढी किसिमको डालेघाँसका बोटहरू देखिन्छन् । धेरैजसो कृषकहरू बर्सेनि विभिन्न किसिमका डालेघाँसहरू प्रयोग गर्दै आए तापनि उनीहरूलाई ती डालेघाँसका बीउ सङ्कलन कसरी र कहिले गर्नुपर्छ वा हाँगाबाट नै फैलाउन उपयुक्त छन् वा बिरुवा तयार कसरी र कहिले गर्ने भन्ने जस्ता केही तथ्यहरू कमै मात्रामा जानकारी भएको पाइएको छ । हाम्रो देशमा चलन चल्तीमा आएका डालेघाँसहरूमा खसु्र, बैँस, भोटेपीपल, काब्रो, बडहर, कोइरालो, टाँकी, निमारो, दबदबे, कटमिरो, गिदरी, पाखुरी, गायो, किम्बु, चलेत्रो, दुधिलो आदि हुन्। यिनीहरू काट्दा एउटा रूखको हाँगा एकैचोटि नकाटी पालैपालोसँग काट्नुपर्दछ । सबै डालेघाँस एकैनासका पोषिलो हुँदैनन् । खास गरेर डालेघाँसले हिउँद तथा सुक्खा समयमा घाँस आपूर्ति गर्दछन् ।
डालेघाँसबाट निम्न फाईदाहरू हुन्छन्
१. सुक्खा समयमा हरियो घाँसको आपूर्ति हुन्छ ।
२. स्याउला खाएर बाँकी रहेका हाँगा दाउराको रूपमा प्रयोग हुन्छ ।
३. गिँडलाई काठमा प्रयोग गरिन्छ ।
४. भू–क्षयलाई रोक्न मद्दत गर्दछन् ।
५. पशुहरूलाई छहारी र आराम दिन्छन् ।
६. हावाबाट हुने भू–क्षयलाई नियन्त्रण गर्दछन् ।
७. मानिसलाई नभई नहुने अक्सिजन प्रदान गर्दछन् ।
८. प्राकृतिक सौन्दर्य बढाई वातावरण संरक्षण गर्दछ ।
९. घाँसबाहेक उप–पदार्थ जस्तैः फल, फूल, र गम, जाम आदि पनि प्राप्त हुन्छ ।
१०. कार्बन सञ्चय गर्छ ।
डाले घाँसको महत्व
नेपालमा पशु आहाराको विभिन्न स्रोतमध्ये डालेघाँस पनि एक प्रमुख हो । कूल पशु आहाराको आपूर्तिमा करिब ३–५ प्रतिशत भाग डाले घाँसहरूबाट प्राप्त हुने अनुमान गरिएको छ । भुइँ घाँसहरू सुकेर गएको सुक्खा मौसममा विशेषत मङ्सिरदेखि चैत बैशाखसम्म हरियो घाँसको विकल्पको रूपमा यसको मुख्य प्रयोग गरिन्छ । भौगोलिक क्षेत्रको आधारमा पूर्वदेखि पश्चिम मध्य पहाडी क्षेत्रमा डाले घाँस ज्यादै लोकप्रिय रहेको छ र यसले पशुपालनमा ठूलो योगदान पु¥याएको छ । नेपालमा झन्डै १०० भन्दा बढी जात उपजातहरूका डालेघाँसहरू पाइएको छ । कुन जातको डालेघाँस कहिले खुवाउने भन्ने कुरा किसानहरूले आ–आफ्नो आवश्यकता र डाले घाँस जातअनुसार गर्ने गरेको पाइन्छ । परम्परागत स्थानीय जातको डालेघाँसहरू प्रायः वर्षमा एकपटक मात्र काट्न सकिने र साधारणतया एउटा वयस्क बोटबाट १२ देखि ४० के.जी. सुक्खा पदार्थको अर्थात्् ५०–१५० के.जी. हरियो घाँस उत्पादन हुन्छ । धेरैजसो डालेघाँसमा कूल प्रोटिन मात्रा ११–२४ प्रतिशत पाइएको छ । साथै अन्य खनिज तŒव तथा भिटामिनहरू आवश्यक मात्रमा पाइन्छ । नेपालमा स्थानीय डालेघाँस साथै आयातित विदेशी जातका डाले घाँसहरू जस्तैः इपिल–ग्लीरिसीडिया, रुविनिया आदिको पनि उत्पादन अध्ययन गरिएको छ ।
डाले घाँसका केही प्रजातिहरू
इपिल इपिल, खस्रु, बैँस, गेडुलो, भोटेपीपल, काब्रो, बडहर, कोइरालो. टाँकी, राई खन्यु निमारो दबदबे, कुटमिरो, गिदरी पाखुरी, गायो, किम्बु, चुृलेत्रो, बकाइनु, दुधिलो, सिरिस, गजुमा, गोगन, रक्तकमल, इन्दु बाँसपाते, क्यासियासेबिय, फोडरमोरीड, मेन्दोला भट्टमासे आदि हो भने नेपालमा स्थानीय प्जाती हरु ताराइ पाडहा र हिमाली भेगमा हुने अनय धेरै जाती हरुपनी हुन्छ । त्यसैगरी बिदेस बाट आयती जात हरु पनिछन तिन जात पनी नेपालमा ब्यवसाय पशुपालन गने कुसक हरलाइ महतोपुण हुने छ । घास लगाउने कृषकले आफनु हावापानी अनुसारको लागउनका लागी प्बिधिक हरुसग सलला गर िलगाउन सकिनछ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि