तरकारी एकवर्षे अथवा बहुवर्षे नरम डाँठ भएको र तरकारीको रूपमा पकाएर वा नपकाई खाइने वनस्पति हो र साथै कुनै तरकारी बालीको मुन्टा, डाँठ, कुनैको जरा तथा गानो, कुनैको पात र कुनैको फल, कोसा आदि खाइन्छ । तरकारीको परिभाषामा अन्नबाली र दालबाली बाहेक कलिलो मकैको घोगा आलु र सखरखण्ड, खरभुजा आदि र अरू पनि तरकारी बालीमा समावेश गरिएको छ । हाल आएर बढ्दो जनसंख्या, सहरीकरण, प्रचार÷प्रसार, जन चेतनाको वृद्घि आदि यावत् कारणले गर्दा तरकारी बालीको माग पनि दिनुहँ बढ्दै गएको छ तथा तरकारी खेती अधिराज्यभरि व्यावसायिक रूपले अघि बढेको पाइन्छ । यसका अतिरिक्त हाम्रो देशको भौगोलिक विविधता, भू–बनोट तथा स्थानीय आवहवाको कारण विभिन्न समयमा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सकिनुका साथै उचाइको विविधताको कारण एउटै जातको तरकारी बाली पनि बाह्रै महिना विभिन्न स्थानमा सजिलैसँग उत्पादन गरी बिक्री÷वितरण गरी आयआर्जन गर्न सकिन्छ । तरकारी बालीको उत्पादकत्व अन्य बालीको भन्दा धेरै हुने तथा छोटो अवधिमा पनि उत्पादन लिन सकिने भएको हुनाले दिन प्रतिदिन तरकारी खेती व्यावसायिक रूपमा फैलदै गइरहेको छ ।
२ तरकारी बाली उत्पादनको महत्वः हाम्रो दैनिक खानामा तरकारीको विशेष महत्व छ । तरकारी उत्पादनबाट हाम्रो खानामा पोषण तत्वको अवस्था सुधार्न सकिने र आम्दानी पनि बढ्ने हुन्छ । तरकारीलाई सुरक्षात्मक सहायक खाद्य वस्तुको रूपमा लिइन्छ किनभने तरकारीमा आवश्यक मात्रामा खनिज तत्वहरू भिटामिनहरू आवश्यक एमिनो पाइन्छ । तरकारीमा हाम्रो शरीरलाई चाहिने धेरै रासायनिक तत्वहरू पाइन्छ तरकारी उत्पादनको महत्वबारे निम्नानुसार उल्लेख गरिएको छ ।
क, मानव पोषणमा तरकारीको महत्वः
मानिसको दैनिक आहारमा कार्बोहाइडे«ट, प्रोटिन, भिटामिन, खनिज पदार्थ, चिल्लो पदार्थ, पानी तथा रेशाहरू आवश्यक पर्छ । मानिसलाई
ख, आवश्यक पर्ने प्रायः
सबै तत्व प्रचुर मात्रामा तरकारीमा पाइन्छ । साधारणतया एक वयस्क मानिसले निम्नानुसारको खाद्यतत्व दैनिक रूपमा उपभोग गर्न सिफारिस गरिएको छ तथा उक्त परिमाणमा कामको प्रकृति, उमेर, स्वास्थ्य आदिले उपभोग गर्नुपर्ने परिमाण तलमाथि हुन सक्छ ।
कार्बोहाइडे«ट ५०० – १००० ग्राम
प्रोटिन ५० – ५५ ग्राम
भिटामिन A ३००० – ४००० मिलिग्राम
भिटामिन २० – ३० मिलिग्राम
भिटामिन ५० – ६० मिलिग्राम
खनिज पदार्थ ४०० – ५०० मिलिग्राम
चिल्लो पदार्थ २० – ५० ग्राम माथि उल्लेखित आवश्यक तत्वहरू पाउन एक वयस्क व्यक्तिले कार्बोहाइडे«ट तथा चिल्लोपदार्थ बाहेक कम्तीमा ३७५ ग्राम ताजा तरकारी दैनिक खानुपर्दछ, जसको लागि निम्नानुसारको परिमाणमा विभिन्न प्रकारका तरकारीहरूको उपभोग गर्नुपर्दछ, तर हाम्रो देशमा यसको आधा पनि हामीले पूरा गर्न सकिरहेका छैनौं ।
हारियो सागसब्जीः १२५ ग्राम
कन्दमूल तथा जरे तरकारीः १२५ ग्राम
कोसेबालीः ७५ ग्राम
फल तरकारी बालीः ५० ग्राम शरीरलाई शक्ति दिने कार्बोहाइडे«ट मुख्यतया आलु, कन्दमूल, पिंडालु, सखरखण्ड, पाकेको फर्सी आदिमा प्रशस्त मात्रामा पाइन्छ । त्यसैरी नै गेडागुडी जस्तै भटमास, सिमी, बोडी, केराउ आदि बालीहरूमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । त्यसैगरी विभिन्न प्रकारका भिटामिन, खनिज पदार्थ तथा रेसाहरू तरकारी बालीमा प्रशस्त मात्रामा पाइन्छ । प्रशस्त मात्रामा तरकारी दिनहुँ खाएमा दोस्रो प्रकारको चिनी रोग तथा लुकेको भोक समेत नियन्त्रण तथा निको हुने तथ्य हाल प्रकाशमा आएको छ । तरकारी पेट खलास गर्ने खस्रो वस्तुको राम्रो स्रोत हो । जसले कब्जियत हटाउँछ र पाचन क्रियामा सहयोग पुयाउँछ ।
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि
