परिचय
तुलसी संसारका प्राय सबै ठाउँमा पाइने बनस्पति हो। यो हिन्दूहरुको अत्यन्त पुजनीय एवम उपयोगी बनस्पति मानिन्छ। तुलसीलाई आदिमकालदेखि हिन्दू धर्म र संस्कृतिमा महत्त्वपूर्ण वनस्पतिको रूपमा मानिनएकोछ। नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार, थाइल्यान्ड लगायतका देशका हिन्दूका हरेक घरघरमा तुलसीको मठ तुलसी रोप्न बनाइएको बिशेष ठाउँ बनाएर तुलसी लगाउने गरिन्छ। हिन्दू धर्ममा
तुलसीको बिषेश धार्मिक महत्त्व छ। धार्मिक पुस्तक कै अभिन्न अंग आयुर्वेद शास्त्रमा पनि तुलसीलाई महत्त्वपूर्ण आयुर्वेदिक वनस्पलतिको रुपमा बर्णन गरिएको छ। तुलसी भन्दा नबुझ्ने कुनै पनि नेपाली हुदैन होला । हाम्रो धर्मशास्त्र लगायत अन्य मा समेत यसको बर्णन गरेको पाइन्छ । हिन्दु धर्म मान्ने अधिकाक्ष ब्याक्ती हरु को घरमा तुलसी को बिरुवा रोपेको पाइन्छ । यो औसधिको विभिन्न गुण भएको बिरुवा हो । रुघाखोकी , दमा , मस्तिष्क रोग , नाक कान घाँटी को रोग , पेट को रोग लगायत विभिन्न रोग को औसधि समेत मा प्रयोग गरिन्छ । यो औसधि , परफिम , साबन आदि धेरै कुरामा प्रयोगमा आउँआउछ यसको पात ,फुल , डाठ, जरा , फल सबै प्रयोगमा लिइन्छ । तुलिसी अती चिसो स्थान बाहेक पानी नजम्ने जुनसुकै स्थान मा खेती गर्न सकिन्छ । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ ।प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना गरीन्छ ।
औषधीय गुणले युक्त भएकाले पुर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत र औषधीय गुणले युक्त तुलसीबाट चिया समेत उत्पादन गरेको छ । ‘तुलसीको चियाले मानव शरीरका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउनेहरु बढेको छ
तुलसीको बैज्ञनीक महत्त्व
चिकित्सामा तुलसी चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्व का छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ। तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ| तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन्। बिहानै तुलसीको पूजनले, तुलसीसागको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको समिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घजीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ। यहासम्म कि तुलसी एउटा महाऔषधि भएकाले मृत्युका मुखमा परेका बिरामीहरूलाई पनि घाटका चिकित्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन्। मृत्युपश्चात् पुनः देह निर्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पिण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ भने देवकार्यमा अर्पण गरिने नैवेद्यहरूमा तुलसी नराख्दा विषाक्त र जूठोरूपमा लिइन्छ। अघिपछि दैनिकी हाम्रा खाद्य पदार्थहरूमा पनि तुलसीको प्रयोग गरी निर्विषाक्त पार्ने प्रयास गरिएको हुन्छ। विभिन्न कारणबाट खानाका पदार्थहरू जमीनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मन, वचन र मानिसको क्रोध, आवेग, तनावका कारण पनि खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन्। तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो। यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ। तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो। हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसाग लड्ने क्षमता भएको कुरा पुष्टिभएको छ।
धार्मिक महत्त्व
शास्त्रहरूको मत छ, जीव र जगत्का रक्षक नारायण छन्, उनलाई विष्णुको रूपमा पनि लिइन्छ। ब्रमाण्डको सृष्टि रचना गर्दा उनी ब्रहृमाको रूपमा स्थापित हुन्छन् भने जगतको सञ्चालनमा उनको स्वरूप विष्णुको हुन्छ। अघि सती नारी वृन्दाको श्रापका कारण उनै विष्णुले वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने तर्क पनि रहेको छ। तुलसी वृक्षकै रूपमा घरघरमा विष्णु स्थापित हुने र आषाढशुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिने र कार्तिक शुक्लमा तुलसीको बिहे उनै हरिसाग गराइसकेपछि स्वधाम गमनतर्फ जाने शास्त्रीय मत रहेको छ। सुतलमा भक्त वलिको रक्षार्थ हरिशयन गर्ने क्रममा पनि यसलाई जोडिएको पाइन्छ। युगौ युगदेखि तुलसीको महत्ता कायमै छ। सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गर्नुभयो। द्वापर युगमा तुलसी सत्यभामाकी जीवन सङ्गनि नै बनिन् | मन हषिर्त र प्रफुल्लित भएपछि नै जीवन धन्य बन्छ र जीवनोपयोगी र सामाजिक मर्यादाअनुकूलको काम सम्पन्न हुनपुग्छ। सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ।
तुलिसी का प्रजाती
तुलसी’को शाब्दिक अर्थ हुनआउाछ। ब्रहृमवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू- वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन्।धारमीक गन्थमा भने तपनी नेपालमा केबल दुइ प्रजाती मात्र छ
१) कृष्ण तुलसी ( कालो तुलसी )
म वा कृष्ण तुलसीको यो प्रजातिलाई कालो तुलसी पनि भनिन्छ। यस प्रजातिका बिरुवाका पातहरू हल्का बैजनी रङ्गका हुन्छन् र फूलहरू हल्का बैजनी रंगका हुन्छन्। यसको बिरुवा तीन फिट अग्लो हुन्छ, यसको पात खोकी रोगमा प्रयोग गरिन्छ।
२) राम तुलिसी ( हरियो तुलसी )
रामा तुलसीको यो प्रजाति तातो हावापानीमा खेती गरिएको छ यसबाट निस्कने बिरुवाको लम्बाइ दुईदेखि तीन फिटसम्म रहेको पाइएको छ । यस प्रकारका बिरुवाका पातहरूको रंग हल्का हरियो र फूलहरू बिल्कुल सेतो हुन्छन्। यसको बोटमा थोरै सुगन्ध छ, र तिनीहरू मुख्यतया औषधि बनाउन प्रयोग गरिन्छ।
हावापानी र मौसम
समुन्द्री सतह देखि ९०० मि. उचाई भएको भू–भाग तुलसी खेतीको लागि उपयुक्त मानिन्छ । तुलसी खेतीको लागि उच्च तापक्रम, अधिक वर्षा र सापेक्षिक आद्रता आवश्यक पर्दछ । माटो
तुलसी खेती पानी नजम्ने जमीनमा गर्न उपयुक्त हुन्छ, तर माटोको अम्लियपन ५.५ देखि ७.० पिएच हुनुपर्दछ ।
जमीनको तयारी
बिरुवा रोप्नुअघि झारपात उखेली जमीनलाई २ देखि ३ पटक खनजोत गर्नु पर्दछ । उत्पादन बढाउनको लागि प्रति हेक्टर १५ टन गाईबस्तुको वा प्राङ्गारिक मलको आवश्यक पर्दछ । तुलसीको खेती गर्दा माटोमा पानी जम्न दिनुहुदैन र उत्पादन वृध्दि गर्नको लागि जमीनको तयारी गर्दा पानी नजम्ने किसिमले तयार गर्नु पर्दछ ।
बिउबाट बेर्ना उमार्ने बिधि
बिउ छनौट गर्दा बिशेष गरी स्वस्थ बिरुवाहरु बाट बिउ संकलन गरिएको हुनुपर्छ । खेती गर्दा प्रति हेक्टर २०० देखि ३०० ग्रामको हिसाबले बिउ आवश्यक पर्दछ । तुलसीको बेर्ना उमार्न २५ देखि ३० से. मी. उचाईको ब्याड तयार पार्नु पर्दछ । ब्याडमा गाईबस्तुको वा प्राङ्गारिक मल २ के. जी. प्रति बर्ग मिटरका हिसाबले हाल्नु पर्दछ । बिउ, फागुन महिनातिर छर्नु पर्दछ र बिउ छर्नका लागि बिउ र बालुवा १ क ४ को अनुपातमा मिसाएर ब्याड तयार गर्नु पर्दछ । बिउ अकुंरण हुन करिब ८ देखि १२ दिनको समय लाग्दछ र ६ देखि ७ हप्तामा बेर्ना सार्न तयार हुन्छ । बेर्ना सार्दा मसिनो खोल्सो जस्तो ड्याङ बनाउनु पर्दछ । एउटा ड्याङ देखि अर्को ड्याङको दुरी करिब ५० देखि ४० से. मी. को हुनु पर्दछ र एउटा बोट बाट अर्को बोट को फरक ४०( ४० से. मी. हुनु पर्दछ ।
बीउ काहा पाइन्छ ।
नेपाल कृषिबन बीउ बीजन केन्द्र बालकुमारी पुल सगै रहेको सस्थाले बिगत २०५२ सालबाट नेपालमा बिभन प्रजाती जस्तै कृषिवन बनस्पति, जडिबुटी, खाद्यान्न, फलफूल, तरकारी, तथा फूल प्रजातिको स्थानिय बिउको संरक्षणप्रति प्रतिबद्ध भई नेपालका सम्पुर्ण स्थानिय वानस्पतिक प्रजातिको बिउमा आत्मनिर्भर भएको समुदायको परिकल्पना गर्दछ । स्थानिय प्रजातिको गुणस्तरीय बिउ उत्पादन र संकलन गर्ने उत्पादन र संकलन भएको बिउ उचित भण्डारण गरी बजार ब्यबस्थापनमा सहयोग गर्ने । राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा बढ्दो बिउको मागलाई सम्भव भएसम्म पूर्ति गर्ने । समुदायलाई स्थानिय प्रजातिका बिउहरुको संरक्षणको लागि उत्प्रेरित गर्ने यो सस्थामा सबै प्रकारका बीउ पाहीन्छ
सिंचाई
गर्मी समयमा १ महिना सम्म हप्ताको २ पटक सिंचाईको अवश्यकता पर्दछ । वर्षायाममा माटोमा रहेको पानीको अवस्था हेरेर हप्ता बिराएर सिंचाई गर्न सकिन्छ । अधिक वर्षाको समयमा पानी जम्न दिनु हुदैन र सिंचाई पनि रोक्नु पर्दछ ।
गोडमेल
पहिलो चरणमा गोडमेल गर्दा महिनामा एक पटक गर्नु पर्दछ, त्यसैगरी दोस्रो चरणमा १ महिनाको अन्तरालमा गोडमेल गर्नु पर्दछ ।
किरा तथा रोगको व्यवस्थापन
तुलसीमा निकै कम रोग लाग्ने गर्दछ । तर बिरुवा रोपेको स्थानमा पानी जम्ने अवस्था भएमा जरा कुहिने समस्या देखा पर्न सक्दछ । त्यसैगरी बेर्ना कुहिने र मर्ने तुलसीमा लाग्ने अर्को रोग हो । यी दुबै रोगकोरोकथाम नर्सरी ब्याडमा द्यबखष्कल को प्रयोगले गर्न सकिन्छ । झुसिल किरा आदि बाट हुने पात घुम्रने रोग लागेमा सकेसम्म रसायनिक बिषादि प्रयोग नगरी नीम आदि बाट बनेका औषधि को प्रयोग गरि रोकथाम गर्नु पर्दछ र आवश्यक परेमा बिज्ञ संग परामर्श लिनु पर्दछ ।
संकलन र भण्डारण
तुलसी करिब ९० देखि ९५ दिनमा फुल्न थाल्दछ र पूmल फुलेपछि फसल संकलन गर्न सकिन्छ । फसल संकलन गर्दा घाम लागेको दिन पारेर संकलन गर्नु पर्दछ । कटिङ गर्दा पुनः हाङ्गा पलाउन सकोस भनेर फेदबाट १५ से. मी. माथि काट्नु पर्दछ । दोस्रो पटकको संकलन ७० देखि ७५ दिनको अन्तरालमा गर्न सकिन्छ ।
भण्डारण
संकलन गरिसकेपछि भण्डारण गर्नु अघि तुलसीलाई १० देखि १२ दिन छॉयामा सुकाउनु पर्दछ, साथै बेला– बेलामा पातहरुलाई ओल्टाई पल्टाई गर्नुपर्दछ । पातहरुलाई भण्डारण गर्दा ज्ञड सुख्खा, सफा र हावा खेल्ने ठाँऊमा राख्नु पर्दछ । फसललाई ढुवानी गर्नुपर्ने अवस्थामा राम्ररी सुकेपछि हावा नछिर्ने ब्यागमा प्याक गरेर मात्र ढुवानी गर्नु पर्दछ ।
प्रतिफल
एक वर्षमा लगभग ९,००० देखि १४,००० के. जी. प्रति हेक्टर कॉचोपात अथवा २,४०० देखि ३,००० के. जी. प्रति हेक्टर सुख्खा पात उत्पादन हुन सक्दछ । तुलसीको तेल प्रति हेक्टर १० देखि २५ लि. सम्म उत्पादन गर्न सकिन्छ ।
यसको फल बाट छुट्टै आम्दानी लिन सकिन्छ । पातबाट पनि अलग आम्दानी लिन सकिन्छ । यो बाताबरण मिलाउन सके 5-7 बर्ष सम्म एउटा बिरुवा बाट आम्दानी लिन सकिन्छ । नया बिरुवा बाट भन्दा पुरानो बिरुवा बाट धेरै आम्दानी आउँछ ।