दिगो कृषि वा पर्माकल्चर भूमि व्यवस्थापन र पारिस्थितिक खेतीसँग सम्बन्धित एक विशेष दृष्टिकोण हो जुन प्राकृतिक वातावरणमा अवस्थित सेटिङहरू अपनाउने दर्शनमा आधारित छ। पर्माकल्चर कृषिको एक विधि हो जसमा प्रकृतिको प्राकृतिक प्रणाली वा पारिस्थितिकीको प्राकृतिक प्रकृति प्रत्यक्ष रूपमा अपनाइन्छ।
पर्माकल्चर’ शब्द अस्ट्रेलियाका विद्यार्थी डेभिड होमग्रेन र उनका प्रोफेसर बिल मोरिसनले ‘स्थायी कृषि’लाई जोडेर बनाएका थिए। अर्थात् ‘पर्माकल्चर’ भनेको ‘स्थायी कृषि’ वा ‘निरन्तर कृषि’ हो जुन प्राकृतिक रूपमा निरन्तर गर्न सकिन्छ। यो विधि जापानको मासानोबु फुकुओकाको प्राकृतिक खेतीको सिद्धान्तबाट प्रेरित भएको देखिन्छ। यस विधिका धेरै स्रोतहरू भए पनि यसमा एकीकृत जलस्रोत व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण छ।
कृषिका विभिन्न आयामहरूजस्तै परम्परागत ढंगले हाम्रा पूर्खादेखि चलिआएको कृषि, रासायनिक मल-विषादीसँगै चलिआएको कृषि, आधुनिक औजार प्रयोग गरी गरिने कृषि, नयाँ किसिमले जीव र वनस्पतिको जिनमा परिवर्तन गरी गरिने कृषि अनि विषादीरहित कृषि आदि । आधुनिक कृषिको नाममा पृथ्वी नै मरूभूमीकरण हुने खतरा रहेको अवस्थामा “पर्माकल्चर” कृषिको नवीन आयामको रुपमा उदाएको छ ।
सामान्य भाषामा भन्नुपर्दा पर्माकल्चर भनेको त्यो खेती प्रणाली हो, जसमा प्राकृतिक इको सिस्टमको नक्कल गरी विभिन्न बाह्रवटा सिद्धान्तमा रही कृषि प्रणालीको खाका तयार गरी खेती गरिन्छ। शक्तिहरूको पुनर्प्रयोग, प्राकृतिक इकोसिस्टमअनुरुपको प्रणाली र अति न्यून मात्रामा बाह्य रासायनिक मलहरूको प्रयोग हुनाले पर्माकल्चरले दिगो कृषिको अवधारणालाई अंगीकार गर्छ।
पर्माकल्चरको खाका तयार गर्ने तरिका
स्वच्छ वातावरण राख्ने,दीर्घकालीन उत्पादन दिने, अन्य खेती प्रणालीभन्दा कर्यक्षमता बढी हुने, थोरै श्रोत र साधनले पनि धेरै उत्पादन दिने अनि मर्मत संहार खर्च एकदमै कम आउने यस पर्माकल्चर खेती पद्धति करिब एक दर्जन मूल्य र मान्यतामा रहेर गरिन्छ।
१. हेर र परिचित होउ
म कहाँ छु ?, यहाँ के कस्ता शक्तिहरू छन् ? मौसम, भू-सतह, भूगर्भ, हावा, पानि , माटो, हरियालीपन, वन्यजन्तु, सूर्यकिरण स्थानीय रहनसहन र संस्कृतिलाई सबैभन्दा पहिले बुज्नुपर्छ र पर्माकल्चरको खाका तयार गर्दा यी कुरा समावेश गर्नुपर्छ।
२. शक्तिको भण्डारण गर खेर जान नदेउ
शक्ति भन्नाले खाली विद्युतीय शक्तिलाई मात्र बुज्नु हुँदैन । हावा पानी घाम बायोमास आदि शक्तिका श्रोतहरू हुन् । हामीलाई काम गर्ने क्षमता दिने ऊर्जा कहिलै खेर जान दिनु हुँदैन। उदाहरणका लागि वर्षातको पानी उचाइमा सञ्चित गर्नु पनि शक्तिको सञ्चय हो।
३. उत्पादन लिने
खाका तयार पार्दा सेल्फ-रिलायन्स (आफैँ सक्षम )हुने खालको तयार पार्नुपर्छ । जसका लागि कृषिजन्य सामग्रीको उत्पादन हुनु जरुरी छ। उत्पादनले हामीलाई आर्थिक मजबुतीका साथै हौसला प्रदान गरी सकारात्मकता तर्फ लैजान्छ । उत्पादन भन्नाले खाने कुरा मात्र बुज्नुहुँदैन।
४ स्वमूल्याङ्कन, नियन्त्रण र प्राप्त प्रतिक्रियाको स्वीकार :
प्रकृतिसँग काम गर्दै जाँदा त्यसबाट प्राप्त भएको प्रतिक्रियालाई आत्मसाथ गर्दै जानुपर्छ। सकारात्मक कुरालाई अनुशरण गर्नुपर्छ अनि प्रकृतिले स्वीकार नगरेका कुरालाई हटाइदिनु पर्छ । यो नै हामीले पृथ्वीलाई गरेको स्याहार हो।
५. नवीकरणीय श्रोत र साधनको प्रयोग:
नवीकरणीय श्रोत र साधनको पहिचान गरी अधिकतम प्रयोग गर्नुपर्छ। सुरुवाती लगानी अलिक बढी देखिए तापनि यसले परनिर्भरता हटाई दीर्घकालीनता तर्फ डोहोराउँछ।
६. कुनै पनि वस्तु खेर नफाल्ने
पुन: प्रयोग गर्न सक्ने गरी सामग्रीहरूको अधिकतम प्रयोग गर्नुपर्छ। कसैलाई काम नलाग्ने वस्तु अर्कोलाई अति आवश्यक हुन सक्छ । खेर जाने चिजलाई आउटपुट प्रोडक्ट बनाउने होइन कि इन्पुट प्रोडक्ट बनाउनुपर्छ। वस्तुको पुन प्रयोग, कम्पोस्ट मल बनाउने तथा फोहोर नै कम उत्पादन गर्ने वा हुनै नदिने उपायहरू अवलम्बन गर्नुपर्छ ।
७. नमुनादेखि परिस्कृत खाका तयार गर्ने
प्रकृतिको ढाँचा र समाजको प्रकृति हेरेर पर्माकल्चर को नमुना खाका तथा पूर्ण खाका तयार गर्नुपर्छ। समाज र प्रकृति दुवै पर्माकल्चरका मेरुदण्ड हुन् । डिजाइन तयार गर्दा नै सम्भावित समस्याको त्यही समाधान हुनेगरी गर्नुपर्छ ।
८. छुट्टाछुटैभन्दा एकीकृत काम गरौं
हामीले प्रकृतिको जटिल अन्तर्निहिततालाई बुझी एकले अर्कोलाई सहयोग गर्नेखाले खाका तयार गर्नुपर्छ। वस्तु र सेवाको छुट्टाछुटै खाकाभन्दा एकीकृत खाकामा काम गर्नुपर्छ।
९. साना तथा बिस्तारै काम गर्ने समाधान रोजौं
साना प्रणालीहरूले बिस्तारै काम गरे पनि मर्मत गर्न सजिलो हुन्छ । स्थानीय श्रोत र साधनको प्रयोगले दीर्घकालीन राम्रो असर पर्दछ। स्थानीय ज्ञानको प्रयोग गर्दा कतिपय समयमा समस्याको समाधान छिटो हुन सक्छ।
१०. विविधतालाई सम्बोधन र प्रयोग गरौं
पर्माकल्चरले विगत, वर्तमान र सम्भावित जैविक तथा संस्कृतिक विविधतालाई सम्बोधन गर्ने खाका तयार गरौं।
११. सीमा र सीमान्तकृत मान्यता
कुनै दुई सिस्टमको भेट हुने बिन्दु भनेको उत्पादकत्व र स्थिरताको हिसाबले उत्तम मानिन्छ । उत्पादनमा विविधता ल्याउने प्रयासले यस्ताबिन्दुहरू धेरै भेटिन्छ र स्थिरतातर्फ लैजान्छ।
१२. समयान्तरसँगै रचनात्मक प्रयोग गरौं
समय एकदमै बलबान हुन्छ। हामी समयसँगै अगाडि बढ्नुपर्छ। समयसँगै आएका सुझावलाई रचनात्मक हिसाबले समाधान गर्दै जानुपर्छ।
बदलदिो परस्थितिीसँगै नेपालमा पन बिढ्दो जनसख्या र जलवायू परर्वितनको कारण समयमा बर्षा नहुने, लामो समय सम्म खडेरी लाग्ने गरेको छ ।यसै गरी बढ्दो प्रदुषणको कारण कृष विलीमा रोग तथा किराहरुको प्रकोप बढ्दै गएकोले कृषी उत्पादनमा ह्रास आउन थाले पछी वाली उत्पादनमा बृद्ध गिर्नको लागी नेपाल सरकारले रासायनकि मल तथा वषिादीको प्रयोगमा जोड दयिो । सुरूमा वाली उत्पादनमा वृद्धी भए पनी यसको असर पछी अवस्थामा नकरात्मक रुपमा बढ्दै गएको देखन्छि । खेत वारीको माटो साह्रो हुनु, खनजोत गर्नलाई गाह्रो हुनु, डल्ला उठ्ने, माटोको उर्वरा शक्त्ती घट्नुका साथै मानसिमा वभिन्नि खालका रोगले आक्रन्त पार्न थालेको छ। रासायनकि मल प्रयोग नगरी खेती उत्पादन नै नहुने, वालीमा वभिन्नि खालका रोग तथा करिाको प्रकोप झनै बढ्दै जाने, रोग तथा करिाले नयाँ रुप लएिर झनझन शक्त्तसिाली बन्ने जस्ता समस्याहरु देखएिकाले पछी रासायनीक मल र बषिादीलाई कम गर्न धेरै पहलहरू भए । यसै सन्दर्भमा उत्पादनमा आएको छ नयाँ प्रकारका रोग तथा करिाको बृद्धी माटोको उर्वरा शक्त्तमिा आएको ह्रासको समस्यालाई समाधान गर्न पर्माकल्चर एक हो
पर्माकल्चर वधिविाट खेती गर्दा रासायनकि मल र बषिादकिो कारण बग्रिएिको जमनिको क्रमकि रुपमा सुधार हुदै जाने तथा बर्षादको पानीलाई पनी जमनिमा स्टोर गर्न सकन्छि । एक पटक खनजोत गरी सकेपछी लामो समय सम्म पटक(पटक वाली लगाउन सकनिे हुँदा धेरै पटक खनजोत र मलजल गर्न कृषकहरुको लाग्ने समय बचत हुनेछ । यस वीधिबाट खेती वाली लगाउन सजीलो हुने र उत्पादन बढाउन सकन्छि ।
कृषिमा दिगो
दिगो कृषि भन्नाले कुनै खास ठाउँमा उपलब्ध जमिन, प्राकृतिक स्रोत र जीवजन्तुको अवस्था र आन्दोलनको संयोजनलाई पनि बुझाउँछ। दिगो कृषि भनेको यी सबैको राम्रो समन्वय स्थापित हुने अवस्था हो। यसको अर्थ मानव श्रम, अपशिष्ट, ऊर्जाको न्यूनतम प्रयोग पनि हो। यसलाई कार्यान्वयन गर्ने धेरै तरिकाहरू छन् र हुन सक्छन्। जमिनको प्रकृतिबारे पनि बुझाइ विकास गर्न आवश्यक छ। दिगो कृषिमा बिरुवा, माटो, कवक, कीरा, जीवजन्तु आदिको धेरै महत्त्वपूर्ण स्थान छ किनभने यसमा रासायनिक मलको कुनै स्थान छैन। दिगो कृषिमा जमिनले पनि आफ्नो स्वास्थ्यको ख्याल गरोस् र मानवले पनि सहयोग गरोस् भन्ने अवस्था सिर्जना गर्न आवश्यक छ । घरपालुवा जनावरहरू पनि यस सम्पूर्ण प्रणालीको एक भाग हुन्। तिनीहरू जंगली भए तापनि पारिस्थितिकीमा तिनीहरूको महत्त्वपूर्ण भूमिका छ। झारपातलाई खानाको रूपमा उपभोग गर्ने, बीउ फैलाउने, माटोलाई उर्वर बनाउने, जङ्गलमा फलफूल, घाँस आदि खाने र गोबर दिने आदि काममा उनीहरूको भूमिका हुन्छ । दिगो कृषिमा गाई, बाख्रा, कुखुरा, खरायो, गँड्यौला जस्ता कीराको भूमिकाको बारेमा भन्नै पर्दैन ।
दिगो कृषिमा कृषि वनको पनि विशेष स्थान छ। यसको मतलब रूखहरू साथै झाडीहरू र बालीहरू साथै पशुपालन उत्पादन। र हामीले झार (मल्च) को रूपमा सोच्ने कुराले वास्तवमा जमिन छोप्ने राम्रो काम गर्न सक्छ। कोमल बिरुवालाई छाया दिनुका साथै हावा र पानीको प्रत्यक्ष प्रभावबाट पनि बचाउन सकिन्छ।
