साधारण भाषामा दिगो कृषि प्रणाली र जीव व्यवस्थापन भन्नाले विषादि प्रयोग नगरिकन वा गर्न परेमा पनि कमभन्दा कम विषादि प्रयोग गरि वातावरण संरक्षण र मित्रजीव संरक्षण गरि, बालिलाई हानि पुयाउने शत्रुजीवको व्यवस्थापनमा धेरै विधीहरु एकैसाथ अपनाउदै बालिमा लाग्ने रोग तथा कीराहरुको नियन्त्रण गर्नुलाई एकीकृत शत्रु जीव व्यवस्थापन (आई.पि.एम) भनिन्छ ।
खासगरि दोस्रो विश्वयुद पछि विषादिको जथाभावी प्रयोगले मानिसको स्वास्थ्य, उत्पादित खाद्यवस्तुका साथै बालिका मित्रुजीव, पशुपन्छि, वातावरण र माटोको उर्वराशक्तिमा असर पर्र्दै गएपछि यसको समाधानको लागि आई.पि.एम आएको हो । यसलाई वातावरणीय दृष्टिकोणले दिगो र स्वास्थ्यका दृीष्टकोणले कम हानिकारक विधि मानिएको छ । आई.पि.एम ले आर्थिक रुपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणबाट दिगो हुने विधिहरुको छनोट गरी बाली उत्पादनमा आइपर्ने विभिन्न जैविक अजैविक समस्याको व्यवस्थापन गर्ने तरिकालाई अवलम्बन गर्छ । प्रकृतिमा शत्रुजीव र मित्रु जीव दुवै पाइन्छन् । आई.पि.एम को सफलताको लागि यिनीहरुलाई चिन्नु र जान्नु अति जरुरी हुन्छ । एकीकृत शत्रु जीव व्यवस्थापन बाली बिरूवाका शत्रुहरू (रोग, कीरा, झारपात, चरा, मुसा आदि) लाई आर्थिक रूपले न्यायोचीत, पर्यावरणीय दृष्टिकोणले दिगो तथा सामाजिक रुपमा स्विकार्य बाली संरक्षण गर्ने एक विधि हो । यसमा एक भन्दा बढी व्यवस्थापनका विधिहरूको एकिकृत रुपमा प्रयोग गरिन्छ जसले गर्दा रासायनिक विषादीहरूको प्रयोगमा कमी हुन आउँछ ।
एकीकृत व्यवस्थापनका मुख्य सिद्धान्तहरू
(१) स्वस्थ बाली उत्पादन,
(२) खेतबारीको नियमित अवलोकन ,
(३) मित्र जीवहरूको संरक्षण
(४) कृषकहरूलाई स्वयं दक्ष बनाऔं
एकीकृत बाली शत्रु व्यवस्थापनका विधिहरू
१. रोग कीरा अवरोधक जातको प्रयोग, रोग कीराले नोक्सानी नहुने वा कम हुने जातको प्रयोग गर्ने ।
२. कृषि कर्ममा आधारित तरिका बालीचक्र, बीउ छर्ने वा रोपाइ गर्ने समयको हेरफेर, खेतको सरसफाई, उचित खनजोत, बाली कटानीपछि अवशेष नष्ट गर्ने ।
३ भौतिक तथा यान्त्रिक तरिका हातले टिप्ने, अवरोध राख्ने, पासो थाप्ने, अनाज सुकाउने आदि
४. जैविक तरिका परजीवी एवं शिकारी कीराका साथै विभिन्न जीवाणु जस्तै व्याक्टेरिया (विटी.), फंगस, भाइरस (एन.पि.भि.) र निमाटोडको प्रयोग ।
५.आकर्षक रासायनिक पदार्थको प्रयोग विभिन्न आकर्षक रासायनिक पदार्थ जस्तैः मिथाइल यूजिनल, क्यूलियर र विभिन्न फेरोमेन जस्तैः हेलीलुर , स्पोरडोरलुर आदिको प्रयोग ।
६. घरेलु व्यवस्थापनका विधिहरू
७. हर्मोनको प्रयोग विभिन्न हर्मोन जस्तै आप्लोरको प्रयोग ।
८. विषादीको प्रयोग अन्य विधिहरूले नियन्त्रण नभएमा उपयुक्त विषादीको सावधानिपूर्वक प्रयोग गर्ने ।
नेपालमा कृषकहरूले अपनाईसकेका केही आई.पि.एम. प्रविधिहरू
– नीम, टिमुर, बोझो, तितेपाती, ज्वानु, तोरीको तेल प्रयोग गरी अन्न भण्डारणमा रोग कीरा नियन्त्रण ।
– काठको धूलो, गहुँत, साबुनपानी, सूर्तीको झोल प्रयोग गरी तरकारी बालीको कीरा नियन्त्रण ।
– सुन्तला जात फलफूल र लहरे तरकारीको औंसा कीरा नियन्त्रणको लागि फेरोमेन ट्रयाप, खेतबारीको सरसफाई ।
– स्थानीय वनस्पतिबाट तयार गरिने झोलमल, गाईको गहुँत, मोही आदिको प्रयोग ।
– केहीमात्रामा विभिन्न पासोहरूको प्रयोग ।
– केही मात्रामा ढुसीजन्य, ब्याक्टेरीया, भाइरस तथा निमाटोड जन्य जैविक विषादीको प्रयोग ।
– मित्र जीवहरूको संरक्षण ।
फलफूल तथा तरकारी बालीमा फेरोमेन ट्रयापको प्रयोग
(क) लहरे तरकारी बाली (कुकरविट्स)
:- जस्तै काँक्रो, घिरौला, लौका, आदि कुकरविट्स समुदायका तरकारी बालीमा लाग्ने कीराहरू र तिनबाट हुने हानी नोक्सानी नियन्त्रणको लागि क्यूलियर नामक फेरोमेनको प्रयोग गरिन्छ । फेरोमेन ट्रयापको बट्टा भित्र राखिएको कपासमा ५/५ थोपा क्यूलियर र मालाथायन ५० को झोल राखी जमिनबाट ५ फिट उचाईमा राख्नुपर्दछ । फेरोमेनको गन्धले भाले झिंगाहरू आकर्षित भई मालाथायनको प्रभावले मर्दछन् । पोथीले वतासे फुल पार्दछ । प्रतिरोपनी ५ वटा ट्रयाप राख्नुपर्दछ ।
ख) फलफूल बाली :-
फलफूलमा लाग्ने औसा कीरा नियन्त्रणको लागि मिथायल यूजिनल नामक फेरोमेनको प्रयोग गरिन्छ । ट्रयापलाई बलियो हाँगामा झुण्ड्याउनु पर्दछ । फेरोमेनको गन्धले भाले झिंगा आकर्षित हुने र मर्ने गर्दछन् पोथी झिंगाले वतासे फुल पार्दछ । यसबाट कीराको संख्यामा कमी भई नियन्त्रण हुन्छ । प्रति ट्रयाप ५/५ थोपाका दरले मिथायल यूजिनल र मालाथयन झोल राख्नुपर्दछ ।
नोटः हरेक १/१ महिनामा मालाथायन झोल ५ थोपा प्रति ट्रयाप थप्ने ।
कीरा व्यवस्थापनको लागि उपलव्ध हुन सक्ने केही पासोहरू
१. लाइट ट्राप पासो रातीमा उडने कीराहरू प्रयोग हुन्छ ।
२. एलो स्टीकी ट्राप पासो साना उडने कीराहरू जस्तै लाही, सेतो झिंगा, लिफमाइनर प्रयोग हुन्छ ।
३. स्टेनर ट्राप पासो मिथाइल युजिनल, क्युलियर फेरोमन प्रयोग हुन्छ ।
४. फनेल ट्राप पासो हेली ल्युर, स्पोडो ल्युर, ल्युसिनोडस ल्युर, पेक्टिनो ल्युर, सिप्रो ल्युर प्रयोग हुन्छ ।
५. डेल्ट्रा ट्राप पासो डि.वि.एम र प्रोटुला ल्युर प्रयोग हुन्छ ।
६. ओटा टी ट्राप पासो डि.वि.एम र प्रोटुला ल्युर, पि.टि.एम १,२ ल्युर प्रयोग हुन्छ ।
७. म्याकफल ट्राप पासो विभिन्न ल्यूरको लागि प्रयोग हुन्छ ।
८. पिट फल ट्राप माटोको सतहमा हिडने कीराहरू प्रयोग हुन्छ ।
जारमा उपलब्ध हुन सक्ने केही फेरोमनल्यूर
१. मिथाइल युजिनलमा पासो प्रयोग हुने फल कुहाउने औसा कीरा र सुन्तलाजात आप फलफूल वाली हुन् ।
२. क्युलियरमा पासो प्रयोग हुने फल कुहाउने औसा कीरा र काक्रो फर्सी समुहका वाली हुन् ।
३. व्याक्टोसेरा कम्पोजिटिइमा पासो प्रयोग हुने फल कुहाउने औसा कीरा र माथिका दुवै वाली हुन् ।
४. हेली ल्युरमा पासो प्रयोग हुने गोलभेडाको फलको गवारो कीरा र गोलभेडा, चना, रहर वाली हुन् ।
५. स्पोडो ल्युरमा पासो प्रयोग हुने सूर्तिको पालखाने लार्भा कीरा र सूर्ति, काउली वर्ग,आलु गोलभेडा वाली हुन् ।
६. डि.वि.एम र प्रोटुला ल्युरमा पासो प्रयोग हुने ईट बुट्टे पुतली कीरा र काउली वन्दा समुहका वाली हुन् ।
७. ल्युसिनोडस ल्युरमा पासो प्रयोग हुने फल र डाठमा लाग्ने गवारो कीरा र भाण्टा वाली हुन् ।
८. पि.टि.एम १,२ ल्युरमा पासो प्रयोग हुने जोताहा पुतली कीरा र आलु वाली हुन् ।
९. सिप्रो ल्युरमा पासो प्रयोग हुने पहेलो गवारो र धान वाली हुन् ।
१०. पेक्टिनो ल्युरमा पासो प्रयोग हुने दानामा लाग्ने गुलावी गवारो कीरा र कपास वाली हुन् ।
११. इरमिट र इरमिनमा ल्यूर पासो प्रयोग हुने दानामा लाग्ने छिर्के गवारो कीरा र कपास वाली हुन् ।
चार सिद्वान्तहरु
१.स्वस्थ बाली उत्पादन गर्नु ।
स्वस्थ बालि उत्पादनका लागि निम्न कार्यहरु गर्नुपर्दछ ।
उपयुक्त बीउको छनोट गर्ने,
उन्नत प्रविधिहरुको प्रयोग गर्ने,
स्वस्थ बेर्ना उत्पादन गर्ने,
समयमा बेर्ना सार्ने (धेरै ठुलो र सानो बेर्नो नसार्ने),
समयमा सिंचाई, खनजोत र गोडमेल गर्ने,
मलखाद व्यवस्थापन गर्ने,
उपयुक्त तरिकाबाट रोग कीरा व्यवस्थापन गर्ने,
सकेसम्म रासायनिक विषादिको प्रयोग नगर्ने वा कम गर्ने,
(रोग कीरा व्यवस्थापन लगायतका माथिका कार्य कृषक स्वयंले गर्न सक्नेछन् ।)
२. बालिनालिको नियमित निरीक्षण र अनुगमन गर्नु
आºनो खेत बारी र सो मा लगाइएका बालीलाई, बाली हेरि हप्तामा कम्तिमा २ पटक नियमित निरीक्षण गर्ने । निरीक्षण गर्दा विगतको भन्दा के(के फरक पक्षहरु देखापरे, बालिको अवस्था कस्तो रह्यो, शत्रुजीव(मित्र जीवहरुको संख्यामा कस्तो परिवर्तन आयो आदि पक्षमा पर्याप्त रुपमा अनुगमन निरीक्षण गरेपछि मात्र कस्तो ब्यवस्थापन प्रविधि अपनाउने भन्ने निर्णय लिन सकिन्छ ।
३.मित्रजीवको संरक्षण गर्नु
आºनो खेतबारिमा शत्रुजीवहरुलाई नोक्सान गर्ने जीवहरुको पहिचान गरि तिनिहरुको संरक्षण गर्नु पनि आइ.पी.एम. को एक ंमहत्वपुर्ण सिद्वान्त हो । यस अन्तर्गत १(२ वटा शत्रुजीव खेतबारिमा देखिदैमा विषादि नछर्ने, यदि छर्नैपर्ने अवस्था हो भने मित्र जीवहरु निरीक्षण गरि तिनीहरुलाई असर नगर्ने खालका विषादिहरु छर्ने गर्नुपर्दछ ।
४.कृषक स्वयंलाई दक्ष बनाउनु
आइ.पी.एम. को एक ंमहत्वपुर्ण सिद्वान्त कृषक स्वयंलाई दक्ष बनाउनु अर्थात आºनो बालिनालिको बारेमा स्वयंले अनुगमन निरिक्षण गरि उपयुक्त ब्यवस्थापनको निणर्य लिदै जादॉ कृषक स्वयं दक्ष बन्ने हुन्छन् । जसले गर्दा सानो कुराको लागि पनि प्राविधिकहरुको मुख ताकि रहनु पर्दैन । आफ्नो खेतको सबभन्दा बढि रेखदेख गर्ने पनि कृषक स्वयं हुने भएकोले आफैले अनुगमन गरि ब्यवस्थापन गर्दा बढि प्रभावकारि हुन्छ । त्यसैले कृषक स्वयंलाई दक्ष बनाउन सकियो भने मात्र आई.पी.एम. को समयोचित सफल कार्यान्वयन हुन्छ ।
बालि बिरुवाहरुमा क्षति गर्ने रोग(किराहरुबाट अथवा बालि बिरुवाका शत्रुजीवहरुबाट बालिलाई जोगाई सुरक्षित रुपमा बालिको उत्पादन लिनु नै बालि संरक्षण हो । यसरि बालिका शत्रु जीवहरुबाट बालिलाई जोगाउन एकिकृत रुपमा प्रयोग गरिएमा वातावरण र मानव स्वास्थ्यका लागि उपयुक्त हुने हुनाले बालि संरक्षणमा आई.पी.एम. पद्वति महत्वपुर्ण मानिन्छ । यस पद्वतिले आर्थिक लाभ पुग्ने, वातावरण कुप्रभाव नपर्ने र सामाजिक मान्यताहरुलाई नखल्बल्याउने किसिमका प्रविधिहरुको छनोट गरि छुट्टाछुट्टै वा एकैपटक एकीकृत रुपमा उपयोग गरिन्छ ।
एकीकृत शत्रु जीव व्यवस्थापन निम्न तरिकाहरु प्रयोग गरी गर्न सकिन्छ ।
१)खेति प्रणाली
खेति प्रणालिमा केहि फेरबदल गरेर पनि रोग कीराको ब्यवस्थापनको गर्न सकिन्छ । यसरि खेति प्रणलिमा सुधार गर्दा बालि चक्र, माटो, स्थानिय पर्यावरणमा प्रतिकूल असर नपर्ने गरि गर्नु पर्दछ । बजारको माग अनुसार क्रमबद्व रुपमा एकपछि अर्को बालि लगाउँदा खेति प्रणालिमा आधुनिकता आउँछ ।
बालि चक्र अपनाएर,
उपयुक्त जातको बीउ प्रयोग गरेर,
लगाउने समयको हेरफेर गरेर,
बाली लगाउने दुरीमा हेरबदल,
खेतबारीको सरसफाई गरेर,
२.भैतिक तरिका
यस तरिका बाट कीरा नियन्त्रणका लागि निम्न विधि अपनाउन सकिन्छ ।
जालिबाट किरा पक्रेर,
बत्तीको फन्दामा पारेर,
कीरालाई हातले टिपेर,
आकर्षक पदार्थमा आकर्षित गरेर, आदि
मोहिनी पासोको प्रयोग गरि पनि कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।
केहि मोहिनी पासोहरु ,ल्युर,स्पोडोल्युर , हेलील्युर ,पेकिटनोफोरा ल्युर ,काईलोल्युर , क्युल्युर
,डोरालिसल्युर
आकर्षण हुने कीरा
सूर्ती पात खाने झुसिल किरा
चनाको फलको गभारा
कपासको गभारो
उखुको गभारो
फल कुहाउने औसा
आपको झिगा
३.जैविक तरिका (मित्रुजीबहरुको संरक्षण गरेर)
परजीवी कीराहरु वा शिकारी कीराको प्रयोग र जीवित वस्तुहरुबाट तयार गरिएको विषादी प्रयोग गरि हानिकारक कीराको संख्यालाई कम गराउने विधिलाई जैविक तरिका भनिन्छ । कतिपय कीराहरु जस्तैः लेडीज बिटलहरु, गाइने कीराहरु, मेन्टिस, आदिले अन्य कीराहरुलाई खान्छन् । यस्ता कीराको संरक्षण गर्नुपर्दछ । साथै टाइकोडरमा भिरिडी, बिटि, एन.पि.भि. जस्ता जीवित वस्तुहरुबाट तयार गरीएका विषादि वा उपयोगि जीवहरु पनि हानिकारक कीराहरु तथा जीवहरु मार्न प्रयोग गरिन्छ ।
४.कानूनी तरिका
सरकारले नियम कानून बनाई कानूनी तरिकाबाट पनि शत्रुजीवको एक देशबाट अर्को देश र एक क्षेत्रबाट अर्को क्षेत्रमा प्रवेश र फैलावटलाई रोकथाम गर्ने गर्दछ । बाहिरी देशबाट रोग र किरा भएका खाध्यान, बोटविरुवा, बीउीबजन आदिलाई आयात गर्न कानुनी रुपम निषेध गर्ने गरिन्छ । यसरि निषेध गर्नको लागि सीमामा रहेका प्लान्ट क्वारेन्टाइन चेकपोष्ट जाँच गर्दछन् । यसरि पनि हानिकारक कीरा तथा रोगहरुको रोकथाम गरिन्छ ।
५.वानस्पतिक विधिबाट रोकथाम
नेपालमा पाइने विभिन्न किसिमका वनस्पतिहरुलाई प्रयोग गरेर पनि रोग र किरा रोकथाम गर्न सकिन्छ । जस्तो कि नीम, टिम्मुर, बोझो, तितेपाति, सुर्ती, बकाइनो, पुदिना आदिको प्रयोग गरेर अन्न भण्डारणमा लाग्ने रोग र किरा अथवा अन्य रोग र किरा नियन्त्रण गर्ने सकिन्छ ।
६.रासायनिक विधि
वालि संरक्षण गर्नको लागि रासायनिक तरिका पनि अपनाउन सकिन्छ । रासायनिक विषादि प्रयोग गर्दा सिफारिस गरिए अनुसार प्रयोग गर्नु पर्छ, अरु विधिबाट कीरा र रोग नियन्त्रण हुन नसकेमा मात्र रासायनिक तरिका अपनाउनु पर्छ । विषादि प्रयोग नै गर्नुपरेमा पनि हरियो संकेत भएको सुरक्षित विषादि प्रयोग गर्नुृपर्दछ । जस्तैः ढुसिनासक ( बेभिस्टिन, कीरानाशक ) कि स्टार ।
आई.पी.एम. को आवश्यकता
खेतिका मित्र जीवहरुको पीहचान गरी संरक्षण गर्ने ।
कृषि उत्पादनमा मद्दत पु¥याउँन ।
उत्पादनका खतरालाई घटाउन ।
वातावरण संरक्षण गर्ने ।v
कीटनाशक विषादिबाट हुने असर कम गर्ने ।v
बालि उत्पादनमा खर्च कम गर्ने ।
दीगो कृषि विकास गर्ने । आदि
आइपिएमका फाइदा
यसमा रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्ने भएकाले वातावरण, मानवजीवन र पर्यावरणमै पर्न सक्ने संकटबाट बचाउँछ। शत्रुजीवको उचित व्यवस्थापन र मित्रजीवको पहिचान गरी संरक्षण गर्न सकिन्छ। रासायनिक पदार्थको प्रयोग घटाएर घरेलु तरीकाबाट रोगकीरा व्यवस्थापन गर्दा आर्थिक बचत हुनका साथै दिगो, भरपर्दो र वातावरणमैत्री हुन्छ। कृषक आफैलाई खेतबारीमा देखापरेका रोगकीरा पहिचान गर्न र त्यसको व्यवस्थापनका निम्ति आफ्नै ज्ञान र सीप प्रयोग गर्न सक्ने दक्ष तथा अनुभवी बनाउँछ जसले कृषकको आत्मविश्वास बढाउँछ।
नेपालका सन्दर्भमा धेरैजसो कृषकद्वारा विषादीको सुरक्षित प्रयोग नभएकाले विषादीको दुष्परिणामबारे उनीहरूलाई सचेत बनाउनु पर्छ। साथै घरेलु स्रोतसाधनबाट सहज ढंगमा रोगकीरा व्यवस्थापन गर्न सकिन्छ। यसबाट व्यावहारिक प्रविधिको विकास, अनुसन्धान र दक्ष जनशक्ति विकास हुँदै जान्छ। रासायनिक विषादी आयात गर्दा बाहिरिने करोडौं रुपैयाँ बचाएर देशको आर्थिक पक्षलाई थप सबल बनाउन सकिन्छ।
आइपिएमका बेफाइदा
गरेर सिकिन्छ भन्ने अवधारणा बोकेको यस प्रविधिले कृषकलाई खास किसिमको रोगकीरा पहिचान गरी तिनको उचित व्यवस्थापन पद्धति अपनाउन सक्ने दक्ष बनाउन बढी अनुभव र समयको खाँचो पर्दछ। परम्परागत शत्रुजीव व्यवस्थापन प्रणालीभन्दा सुरुवातमा बढी खर्चिलो पनि हुनसक्छ। नेपालका सन्दर्भमा प्रायः कृषकमा रोगकीराविरुद्ध जथाभावी प्रयोग गरिने रासायनिक विषादीले जीवन र पर्यावरणमा पार्ने असरका बारेमा आधारभूत ज्ञान नभएकाले आइपिएम प्रणाली व्यावहारमा उतार्न कठिन हुनसक्छ।
स्वस्थ्यबाली उत्पादन
स्वस्थ्यबाली उत्पादन आइपिएमको प्रथम र महत्वपूर्ण सिद्धान्त हो जसमा खेती गर्ने तरीकामा बढी ध्यान दिइन्छ। रोगकीरा लागेर बालीमा क्षति पु-याउन थालेपछि विकल्प खोज्नुभन्दा पनि सकेसम्म सुरुकै अवस्थामा रोगकीरा लाग्न नदिएर स्वास्थ्य बाली उत्पादन गर्न सक्यौं भने राम्रो हुन्छ। यस सिद्धान्तअनुसार र कीरा अवरोधक जातहरू लगाउने, स्वस्थ बीउ उपयोग गर्ने, बीउबाट सर्ने रोग लाग्न नदिने। यसका लागि छर्नुपूर्व ढुसीनाशक विषादीले बीउको उपचार गर्ने। बाली लगाउनुपूर्व झारपात राम्ररी हटाएर खेतबारीका चारैकुना राम्ररी सफाइ गर्ने, बालीलाई उपयुक्त समयमा लगाउने, सन्तुलित खाद्यतत्व व्यवस्थापनका लागि उचित मलखाद व्यवस्था गर्ने, उचित सिँचाइको प्रबन्ध मिलाउने, आवश्यकताअनुसार बेलाबेलामा गोडमेल गर्ने र सकेसम्म रोगकीरा व्यवस्थापनका घरेलु तथा जैविक तरीका अपनाउने गरिन्छ।
खेतबारीको नियमित अवलोकन
एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीको यो सिद्धान्तअनुसार कृषकले बालीनाली लगाएदेखि बाली नभित्र््याउन्जेलसम्म खेतबारीको नियमित अवलोकन गर्नुपर्ने बुझिन्छ। यसलाई कृषि पर्यावरणीय अध्ययन विश्लेषण पनि भनिन्छ। यसरी खेतबारीको नियमित अवलोकन गर्दा उनीहरू खेतबारीमा देखिने रोग कीरासँग राम्ररी परिचित हुने र कस्तो किसिमका कीराले कस्तो वा कुन बालीमा बढी क्षति पु-याउँछ भन्ने बुझ्न सक्छन्। कुन कीराको कुन अवस्थाले बिरुवाको कुन अवस्थामा कसरी असर पु¥याउँछ, तिनीहरूलाई नियन्त्रण गर्न आवश्यक छ या छैन, ती रोगकीराका प्राकृतिक शत्रुजीव हुन् कि हैनन््? कुन मौसममा कुन कीराको प्रकोप बढी देखिन्छ आदिको नियमित अध्ययन हुन्छ।
यसले गर्दा कृषक बढी सतर्क र अनुभवी बन्छन्। र शत्रुजीव समाधान गर्न आफैं उपाय पत्ता लगाउन सक्छन्। फरकफरक समय बिहानी, दिउँसो र बेलुकी पारेर कीराका गतिविधि अध्ययन गर्नुपर्छ।
अन्त्यमा
बढ्दो जनसंख्या र शहरीकरणले गर्दा कृषियोग्य जमीन घट्दो छ। थोरै जमीनमा बढ्दो पेटको भोक टार्न कृषिमा हुँदै आइरहेको आधुनिकीकरण र प्रविधि विकाससंगै रासायनिक विषादीको उच्च र असुरक्षित प्रयोगले गर्दा पर्यावरण, जीवजन्तु र मानिसको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुगिरहेको छ। त्यसैले रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै स्थानीय स्रोतसाधन प्रयोग गरी जैविक पद्धतिबाट शत्रुजीव व्यवस्थापन गरी दिगो कृषि विकास र जैविक कृषि क्रान्तिमा एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीले विशेष योगदान पु-याउन सक्छ।