नेपालके कृषि क्षेत्र हरेक मानिसको लागि दैनिकीसँग जोडिने क्षेत्र हो । मानिसका लागि सबैभन्दा महत्वपूर्ण भनेको खाने कुरा नै हो । खानेकुरा कहिल्यै बन्द गर्न सकिदैन । खानाको लागि उत्पादन अनिवार्य हो । नेपालमा धेरै सामान आयात हुने गरेको छ । धेरै सामान आयत हुने भनेको दोश्रो र तेश्रो देशबाट हो । अब ति देशबाट पनि सामान आयात हुने सम्भावना न्यून छ । त्यसकारण अब हामीले आन्तरिक उत्पादनमा जोड दिने बेला भएको छ । यूवा बिदेस पलाइन ले कृषिकर्म अवरुद्ध भएको छ । अहिले किसानको मोबिलिटी बन्द भएको छ । उहाँहरु खेतबारीमा जान नसक्ने अवस्था सिर्जना भएको छ । खेतबारीमा ट्रयाक्टर चलाउने, सामान ढुवानी गर्न खेतीका काम गर्ने मानीसके समस्या छ ।अहिले काम गर्नका लागि मजदुरको अभाव भएको छ । जसका कारण कृषि क्षेत्र निकै प्रभावित भएको छ । विदेशमा रहेको नेपाली क्रम बढने छ । देशभित्रै उत्पादन अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।ग्रामीण क्षेत्रका उत्पादनहरु शहरमा ल्याउन समस्या भएको छ । गाँउबाट शहरमा आउने सामानमा अवरोध भएका कारण शहरका मान्छेलाई खाद्यान्नमा अवरोध समस्या हुने छ ।कृषि भनेको जीविकोपार्जन, आर्थिक उपार्जनका साथै स्थानीय रोजगारीको माध्यम हो । अहिले किसानको उपज खेतबारीमा छ । नयाँ बाली लगाउन सक्ने सम्भावना छैन । केही समयपछि खाद्यान्न अभाव हुने सम्भावना छ । खेतबारीमा काम गर्न कामदार पाइएको छैन ।कुखुराको मासु, अन्डा, दुध, मह, तरकारी जहाँ उत्पादनले बजारनपायर त्यही खेर जाने सम्भावना बढेको छ । कृषि क्षेत्रमा काम गर्नेका लागि सेफ्टी गाइड अनिवार्य बनाउन आवश्यक छ । किसानको सुरक्षाका लागि सरकारी तवरबाट योजना बनाउन आवश्यक छ । अहिले कृषक, मजदुरले काम गर्न समस्या भएको छ । कृषकलाई चाहिले ट्रयाक्टर लगायत सामानको सहजताका लागि सरकारले काम गर्न अवाश्यक छ । कृषक, मजदुरलाई पञ्जा, मास्कलगायतका सुरक्षाका साधानहरु आवश्यक छ कृषि मजदुरहरुलाई राहत उपलब्ध गराउने विषयमा सरकारले काम गर्नुपर्छ ।
कृषि उत्पादन र प्रविधि
उत्पादनको संकलन गरेर वितरण केन्द्रमा समयमा नै पुर्याउन आवश्यक छ । यो काममा निकै ढिला भएको छ । यो बेला आधुनिक प्रविधिको प्रयोग गर्न सकिन्छ । त्यसको लागि उत्पादनको वितरणबाट नै शुरु गर्न आवश्यक छ । उत्पादन भएको सामान उपधोक्ताकहाँ पुर्याउ के गर्न सकिन्छ । यो बेला कृषलाई सहजै मल, बीऊ पनि उपलब्ध गराउनु पर्छ । कृषि अनुसन्धान केन्द्रका विज्ञहरुलाई परिचालन गर्ने आवश्यक छ ।यसका लागि तत्काल स्थानीय तहका सरकारमा भएको अन्य खालका बजेटलाई तानेर काम गर्न सकिन्छ समस्या भएको समयमा कृषकलाई परेको समस्या समाधान हुन सक्दछ । नेपालमा धेरै जमिन बाँझै छन् । त्यो जमिनको उपभोग गर्न आवश्यक छ । विदेशबाट आउनेलाई रोजगारी पनि दिनुपर्छ । कृषि उद्यमी, कृषि व्यवसायीहरुलाई परिचालन गर्न सकिन्छ । यसमा निजी र सरकारी क्षेत्रको कृषि प्रसार कार्यालयलाई प्रभावकारी बनाउन आवश्यक छ ।
हाम्रो अवस्था
हामी कति उत्पादन बढाउन सक्छौं, हामीले खान पुग्ने गरी के के उत्पादन गर्न सक्छौं भनेर अध्ययन गरेर त्यसलाई प्राथमिकतामा राख्नुपर्छ र त्यही अनुसारको उत्पादनमा लाग्नुपर्छ । केही उत्पादन हामीलाई आवश्यक पर्ने भन्दा बढी नै उत्पादन भइरहेको छ । अन्डा, चिया, कफी, केरा, मसलालगायतको उत्पादनको निर्यातलाई निरन्तरता दिन सकिनछ । पहिला हामीलाई अत्वायश्यक पर्ने वस्तुको उत्पादनमा ध्यान दिनुपर्छ । आय आर्जनको लागि व्यवसायीक कृषि क्षेत्रलाई कसरी लैजाने भन्ने विषयमा ध्यान दिन आवश्यक छ । व्यवसायीक कृषिलाई अबका दिनमा केन्द्रिय, प्रदेश सरकारले पनि प्राथमिकतामा राखेर काम गर्न अवाश्यक छ । कृषि उत्पादनमा आत्मनिर्भर हुने विषयमा स्थानीय सरकारले प्राथमिकामा राखेर कार्यक्रम अघि बढाउन आवश्यक छ । शहरमा बस्ने धेरै मानिसलाई पाल्ने भनेको गाँउको मान्छेले नै हो । ग्रामिण क्षेत्रमा रोजगारी बढाउने भनेको पनि कृषि क्षेत्रले नै हो ।अब फण्डिङहरु पनि शहरबाट गाँउमा लैजान सकेको खण्डमा गाँउमा बाँझो रहेको जग्गालाई उत्पादनमा लगाउन सकिन्छ ।सरकारले छोटो समयमा हुने उत्पादनमा, सिँचाइमा अनुदान, बीऊमा, मलमा अनुदान, प्राङगरिक मलमा अनुदान दिने काम स्थानीय सरकारले गर्न अवाश्यक छ ।यस्तोमा दीर्घकालीन अनुदान दिन सकेको खण्डमा कृषिको हितमा काम हुन्छ । कृषकको बीमा पनि संघीय सरकारले गर्न आवश्यक छ । शुरुमा संघीय सरकारले गरे पनि पछि स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।कृषि क्षेत्रमा आवश्यक पर्ने कोल्ड स्टोर बनाउन, कलेक्सन सेन्टर, कस्टम हायरिङ सेन्टरमा पनि ध्यान दिन आवश्यक छ । अहिले एग्रो उद्योगमा धेरै कम लगानी रहेको छ । यसमा लगानी नगरेको खण्डमा समस्या हुन्छ । यसको लागि सरकारी र नीजि क्षेत्रबाट सहयोग गर्न सकिन्छ ।सरकारले १५ लाख मेट्रिक टक संकलन गरेर स्टकमा राखेको थियो भने खाना नपाउने डर हुँदैन थियो । अभाव भएपछि सोच्नु भन्दा पहिलादेखि नै सरकारको तयारी हुन आवश्यक छ ।
कृषिमा सहुलियत
सुहलियत सामान्य तथा २ प्रकारका हुने गर्दछन । जसमा फार्म सुहलियत वा सर्टट्रम अनुदान रहेको छ । यो भनेको उत्पादन सामग्रीमा दिने अनुदान हो । जसमा औजार, मल, बीउमा दिने गरिन्छ । यस्तै लङट्रम (दिर्घकालीलन) अनुदान भनेको भौतिक पूर्वाधार बनाउन, तालिम दिने, क्षमता अभिवृद्धि गराउने, किसानको लागि बीमाको कार्यक्रम सन्चालन गर्न हो । सुहलियत दिँदा किसानको बानी बिग्रन्छ कि भनेर चिन्ता लिने पनि गरिएको छ । यसले किसानको बानी बिगार्छ भन्ने पनि गरिन्छ । जसले गर्दा उत्पादन बढाउनको लागि उत्पादन सामग्रिमा सुहलियत दिने तर दिर्घकालिन सुहलियतमा स्कटक्चर, क्षमता अभिवृद्धिमा, कृषकको हितमा काम गर्नको लागि अनुदान दिन सकिन्छ । अल्पकालिन अनुदान दिने वा दिर्घकालिन अनुदान दिने छ । विकसीत देशमा दिर्घकालिन अनुदानमा जोड दिएको छ । जसमा मार्केटिङ, प्रोसेसिङ, तालिम, क्षमता बढाउनेमा बढी जोड दिएको छ ।कृषी क्षेत्रमा सुहलियत सबै कु्रा होइन । बाँझो जग्गामा खेती गर्नेलाई सहुलियत दिने हो भने सरकारको नीतिले सहयोग गर्छ की गर्दैन त्यसमा ध्यान दिन आवश्यक छ । कृषिलाई सहुलियत भन्दा पनि नाफामुखी बनाउन आवश्यक छ । नाफामुखी बन्नको लागि धेरै मात्रामा लगानी गर्नुपर्छ । ठूलो क्षेत्रफलमा खेती गर्नुपर्छ ।त्यो भन्दा बढी जग्गा खरिद गर्नु परेको खण्डमा त्यो खालको नीति छ की छैन पनि हेर्नुपर्छ । नीति नभएको खण्डमा लामो समयको लागि भाडामा नै लिएर भएपनि काम गर्र्नुपर्छ ।ठूलो फार्ममा राख्ने मेसिन प्रयोगको लागि हाम्रो तयारी कत्तिको रहेको छ । त्यसको लागि दक्ष जनशक्ति कति रहेका न त्यसमा भरपर्छ । त्यसबाट काम कत्तिको भएको छ, किसानको हितमा काम भएको छ की छैन ? यसको प्रयोगबाट कृषकले लाभ लिन सकेकी सकेनन्, कृषले काम गर्दा आफूलाई कत्तिको सम्मानित महशुस गरेको छ की छैन ? सामाजिक सुरक्षा कति छ ? कृषकको उत्पादन बजारसँग जोडिएको छ की छैन भन्ने विषयलाई तत्काल ध्यान दिन अवाश्यक छ । अब कृषी पेशालाई सम्मानित बनाउन आवश्यक छ । कुनै नेपाली विदेशबाट सीप सिकेर आयो र ठूलो फार्म खोल्न चोहेको खण्डमा उसलाई चाहिने आवश्यक दक्ष जनशक्ती नभएको खण्डमा, उसको उत्पादनलाई बजारसम्म पुर्याउन नसकेको खण्डमा कृषि क्षेत्रमा टिक्ने सम्भावना न्यून छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि