नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलीला बिरुवालाई रोप्नका निम्ती अर्को स्थायी ठाउँसम्म नलैजादा अन्त्यन्त स्याहार गरिने स्थललाई बुझ्नुपर्दछ ।जसको बिउ अतिनै सानो हुन्छ र पहिले बिउ छरेर नर्सरी राखिन्छ अनी उपयुक्त बेला आएपछी पोलीमा लगाईन्छ। नर्सरीका सर्चालकले फूलको खेती बारे जानकारी दिनु । हामीले उदारणका लागि अर्थोडक्सबीउ रिक्यलसिल बीउहरु हुन भने कति पयलाई बनस्पती प्रसाण बिधिवाट पनी प्रसारण गरी यसको बशं बचाउने वा वनस्पतिलाईकायम राख्न सकिन्छ । जेसुकै गरेपनी बिरुवा उत्पादन प्रविधि सबैभन्दा महत्वपुण बिषय हो । नेपालमा लामो समयदेखि वन नर्सरी फलपूmल नर्सरी र फुल नर्सरी गरदै आएको भएतापनि बिरुवा उत्पादन प्रविधि हालसम्म पनि नर्सरीलाई कसरी गर्ने केके बिधि अपनाउने र के सामान अवश्यकता हुन्छ भन्ने बिषयमा सामान्य कृषकले बुभ्mने भाषामा कुनै पनि लिखित सामग्री पाईदैन। नेपालमा बीउको व्यवसाय सञ्चालन गर्नेहरुले समेत कृषकले बुझ्ने सरल तरिकाले कुनैपनिबीउलाई कसरी नर्सरी गर्ने र कुनजातको विरुवाको नर्सरी कुन समयमा गर्ने भने बिषयमा स्पस्ट रुपले उल्लेख गरिएको पाइदैन, पायो भनेपनी नेपाली भाषामा सरल बुझिने छैन । हुनत आजको यो यूगमा पश्चिमा भाषाले विश्वलाई नेतृत्व गरिरहेको छ ।त्यसले भनेर हामीले हाम्रो भाषामा किन नलेख्नी त हाम्रो नेपाली कृषकहरुकालागि व्यापारिक ज्ञान नदिनेर आज हामी पछाडि परेको पनी अरुहरुको सिको गरेर नै हो । हामी नेपाली हाम्रो भूगोल र हावपानी शुहानी बोट बिरुवा लगाउन र हाम्रो भूगोल अनुसारको बिरुवा उत्पादन गर्नु जरुरी छ । म आपूm पनि लामो समय वा २०४९ सालदेखि कृषिवनको झोला बोकेर आजसम्म आउँदा हामी नेपाली र नेपालको हावा पानी शुहादो नर्सरी प्रबृद्धिकहि कतै पनि पाउन सकिन र आज मयो जर्मको गदै छु । हाम्रो नेपालमा वन हेर्नी निकाय, बनस्पति हेर्नेनिकाय र पुष्प हेर्नीनिकाय छ । त्यसै गरी कृषिको छुटै निकाय भएर पनि बिरुवा उत्पादनको लागि नर्सरी व्यवस्थापनको प्राविधिक जानकारी पाउन मुस्किल छ । हाम्रो नेपालको धेरै भूभागवन जगलले ढाकेको छ भने फलफुलको क्षेत्र भने कम छ तेसैगरी जडिबुटीको क्षेत्र पनी कम छ ।
उठेको ब्याडः वर्षायामको लागि राम्रो हुन्छ । उठेको ब्याडको तयारी गर्दा जमिन राम्रोसँग खनजोत गरी माटो मसिनो बनाउने, नर्सरीको लागि दोमट माटो उत्तम हुन्छ, यदि चिम्टाइलो माटो छ भने माटोमा केही बालुवा मिसाउने, प्रति १० वर्गमिटरका लागि कम्तिमा ५० के.जी. राम्ररी पाकेको गोबरमल मिसाउने ।
•दबेको नर्सरीः सिंचाई सुविधा राम्रो नभएको ठाउँका लागि उपयुक्त हुन्छ ।
• समथर नर्सरीः हिउँद र गर्मी मौसममा बनाउने ।
• टाँडे नर्सरीः बाढी वा डुबान हुने र रातो कमिलाको प्रकोप भएको क्षेत्रको लागि उपयुक्त हुन्छ ।
नर्सरी भनेको के हो ?
बोटविरुवालाई स्थायीरुपमा लगाइने स्थानमा रोप्नु अघि हुर्काउने र रेखदेख गर्ने स्थानलाई नै हामी नर्सरी भन्दछौं । नर्सरी तरकारी, फलफूल वा अन्य कुनै वनस्पतिको समेत हुन सक्दछ ।
तरकारी नर्सरीको आवश्यकता किन ?
कुनै कुनै तरकारीलाई बृद्धिको शुरु अवस्थामा निकै रेखदेख गर्नु पर्ने हुन्छ भने कुनै तरकारीको बीउ निकै मसिनो हुने गर्दछ जसको कारण सोझै खेतमा रोप्नुको साटो नर्सरीमा हुर्काउनु पर्ने हुन्छ । नर्सरीमा लगभग १ महिनासम्म विरुवा हुर्काउदा हामीलाई मूख्य जमीनको तयारीको निम्ति समय प्राप्त हुन्छ भने बेमौसममा खेती गर्नु परेको अवस्थामा सोझै जमीनमा रोप्ने तरकारीबालीहरुको समेत नर्सरीमा बेर्ना तयारी गरेर पछि मूख्य खेतमा सार्ने गरिन्छ ।
नर्सरीका फाइदाहरु
१. थोरै क्षेत्रफल हुने भएकोले विरुवालाई आवश्यक अनुकूल वातावरण निर्माण गर्न सकिन्छ ।
२. थोरै जमीनमा रोग, कीरा, झारपात, सिंचाई आदिको ब्यवस्थापन गर्न सहज हुन्छ ।
३. समय र जमीनको अधिकतम् उपयोग गर्न सकिन्छ ।
४. बेर्ना सार्ने बेलामा राम्रो र स्वस्थ बेर्ना छनौट गर्न सकिने भएकोले मूख्य जमीनमा एकनाशको र बढी उत्पादन दिने विरुवा हुर्काउन सकिन्छ ।
५. महङ्गो बीउ खेर जाने कार्य घटाउन सकिन्छ ।
नर्सरी स्थापनाको लागि स्थानको छनौट :
१. नर्सरी स्थापना गर्ने स्थान सहजरुपमा पुग्न सकिने, रेखदेख गर्न सजिलो र सिंचाई सुविधायुक्त हुनु पर्दछ ।
२. राम्ररी घाम लाग्ने, जनावरबाट क्षति नहुने र लेभल मिलेको जमीन हुनु पर्दछ ।
३. पानी नजम्ने, निकासको प्रबन्ध भएको, छहारी नपर्ने र मलिलो माटो भएको जमीन हुनु पर्दछ ।
नर्सरी ब्याडको तयारी
नर्सरी ब्याडको चौडाई सामान्यतया १ मिटर फराकिलो राखेमा काम गर्न सजिलो हुन्छ । पानी जम्न नदिन ब्याडको उचाई करिब १ बित्ता अग्लो राख्नु राम्रो हुन्छ । ब्याड तयार गर्दा राम्ररी खनजोत गरेर माटोलाई बुर्बुराउँदो बनाउनु पर्दछ र ढुँगा, सारो माटोको डल्ला, बोट विरुवाको जरा, झारपात आदि हटाइदिनु पर्दछ ।
ब्याडको माटो उपचार
ब्याडको माटोलाई कीरा र रोगको जीवाणुमुक्त बनाउन माटो उपचार गर्नु पर्दछ । माटो उपचार गरेपछि मात्र बीउ रोप्ने कार्य गरेमा नर्सरीमा लाग्ने विभिन्न रोगबाट बेर्नालाई बचाउन सकिन्छ । माटो उपचार विभिन्न किसिमबाट गर्न सकिन्छ ।
१. आगो लगाएर
ब्याड माथि १ फुट जति अग्लो हुने गरी सुकेका झारपात, हाँगाविगा, पराल, ढोड आदि जस्ता जलाउन सकिने बस्तुहरु राखी आगो लगाएर आगोको तापबाट माटोलाई जीवाणुमुक्त गर्न सकिन्छ ।
२. घामको प्रकाशबाट
जेठ असारको गर्मी समयमा नर्सरी ब्याड तयार गरिसकेपछि ब्याडलाई राम्ररी भिजाउने र त्यसमाथि सेतो २०० गेजको प्लाष्टिकले ढाकेर चारैतिरको किनारालाई माटोले वा अन्य इटा–ढुङ्गा आदिले हावा नछिर्ने गरी छोपेर ३५–४० दिनसम्म त्यतिकै छाडेमा घामको तापले माटोमा भएको चिस्यान वाफ बनेर त्यही तातो बाफले माटो निर्मलीकरण हुन्छ । बीउ रोप्नुभन्दा ३–४ दिन अघि प्लाष्टिक हटाएर माटो सेलाउन दिनु पर्दछ ।
३.फर्मालीनको प्रयोग
फर्मालीनको प्रयोग गरेर माटो उपचार गर्दा बीउ रोप्नुभन्दा १०–१५ दिन अघिबाट कार्य प्रारम्भ गर्नु पर्दछ । सबैभन्दा पहिले २% फर्मालिनको घोल तयार गर्नु पर्दछ । २% फर्मालीनको घोल तयार गर्न बजारमा पाइने ४०% फर्मालीन ५० मि.लि. १ लिटर पानीको दरमा मिसाउनु पर्दछ । यसरी तयार गरेको घोलले प्रति बर्ग मीटर ४–५ लिटरको दरले नर्सरी ब्याडको माटो जमीनको सतहबाट १५–२० से.मी. तलसम्म पुग्ने गरी भिजाउनु पर्दछ । फर्मालीनको घोलले माटो भिजाई सकेपछि अघि सौर्य उपचारमा जस्तै २०० गेजको प्लाष्टिकले छोपेर चारैतिर माटोले पुरिदिनु पर्दछ । बीउ रोप्नु भन्दा ८–१० दिन अघिबाट प्लाष्टिक हटाएर फर्मालिनको गन्ध रहुन्जेल बेलाबेलामा माटो चलाई दिने गर्नु पर्दछ । पूर्णरुपमा फर्मालीनको गन्ध हटेपछि मात्र बीउ रोप्ने कार्य गर्नु पर्दछ ।
४. ढुसीनाशक विषादीको प्रयोग माटोबाट सर्ने ढुसीजन्य रोगहरुको रोकथामको लागि थिराम वा क्याप्टान जस्ता विषादी ५–६ ग्राम प्रति वर्ग मीटर जमीनमा प्रयोग गर्न सकिन्छ ।
५. कीटनाशक विषादीको प्रयोग
माटोमा भएको कीराको अण्डा नाश गर्न माटोमा कीटनाशक विषादीको प्रयोग गर्न सकिन्छ । यसको लागि क्लोरोपाइरिफस नामक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर नर्सरी ब्याडको माटो १५–२० से.मी. मुनीसम्म भिजाउने र त्यसपछि नर्सरी ब्याडलाई ५० मेस जालीले चित्रमा देखाए जसरी ढाक्न सकेमा बेर्नालाई पछिसम्म भाइरस फैलाउने लाही, सेतो झिँगा जस्ता कीराहरुबाट जोगाउन सकिन्छ ।
६. सिल्भर हाइड्रोजन पेरोक्साइडबाट उपचार
यो अहिले निकै चलेको लोकप्रिय र प्रभावकारी विधि हो । अन्य विधिमा विरुवा रोप्न केही दिन पर्खनु पर्ने हुन्छ भने यो विधिमा माटो उपचार गरेको ८–१० घण्टापछि नै जमीन रोप्नको लागि तयार हुन्छ । यो प्रविधि एकदमै वातावरण मैत्री हुनाले प्राङ्गारिक खेतीमा पनि यसको प्रयोग गर्न सकिन्छ । यसको लागि ब्याड तयार गरिसकेपछि ब्याडलाई राम्ररी भिज्ने गरी पानी दिनु पर्दछ । त्यसपछि सिल्भर हाइड्रोजन पेरोक्साइडको ३.५% को घोल (प्रति लिटर पानीमा ३५ मि.लि.) तयार गरी प्रति वर्ग मीटर ब्याडमा १ लिटरका दरले एकनासले पर्ने भरी भिजाउनु पर्दछ । त्यसपछि ८–१० घण्टा त्यतिकै छाडिदिने र विरुवा रोप्नको लागि ब्याड तयार हुन्छ ।
७. तातो वाफको प्रयोग
तातो वाफको प्रयोग गरेर पनि नर्सरी ब्याडको माटोलाई रोगकीरा मुक्त बनाउन सकिन्छ । यसको लागि नर्सरी ब्याडको माटोलाई प्लाष्टिक सीटले ढाकेर ५–६ घण्टासम्म तातो वाफ पसाई माटो उपचार गरिन्छ । तर यसको लागि विशेष प्रविधि र उपकरणहरुको आवश्यकता पर्दछ ।
– नर्सरी ब्याडको चौडाई आवश्यकता अनुसार तथा जमीनको आकार अनुसार जत्रो पनि बनाउन सकिन्छ भने चौडाई १ मिटरको बनाउनु राम्रो हुन्छ । १ मिटरभन्दा बढी राखेमा दुबैतर्फबाट हातले नभेट्ने भई काम गर्न असजिलो हुन्छ ।
– पानी जम्न नदिन ब्याडलाई जमीनबाट १५–२० से.मी. अग्लो बनाउनु राम्रो हु्न्छ । यद्यपी पानी नजम्न समयमा प्याज जस्तो बढी चिस्यान चाहिने बालीहरुको लागि नर्सरी तयार गर्दा चिस्यान कायम राख्न होचो ब्याड बनाउन पनि सकिन्छ । दुईवटा ब्याडको बिचमा हिडडुल गर्न र काम गर्न सजिलो होस् भन्नाका लागि ५० से.मी. बाटोको लागि ठाउँ राख्नु पर्दछ ।
– ब्याड तयार गर्दा पूर्व–पश्चिम दिशामा र ब्याडमा बेर्नाको लाइन उत्तर–दक्षिण दिशामा हुने गरी बनाउनु राम्रो हुन्छ ।
ब्याडमा बीउ खसाल्ने
ब्याडमा लाइनमा वा छरुवा दुवै तरिकाबाट बीउ खसाल्न सकिने भएता पनि लाइनमा बीउ रोप्नु नै उत्तम हुन्छ । यो तरीकाबाट बीउ रोप्दा बीउ एकनाशले उम्रने र बेर्नाको बृद्धि राम्रो हुने गर्दछ । नर्सरी ब्याड तयार गरिसकेपछि ब्याडको चौडाईसँग समानान्तर हुने गरी ५–१० से.मी.को फरकमा ०.५–१.० से.मी. गहिरो धर्सा कोर्नु पर्दछ र बीउ देखि बीउको फरक १ स.मी. हुने गरी बीउ खसाल्नु पर्दछ । बीउ खसाली सकेपछि बीउलाई माटोको सट्टा माटो, बालुवा र राम्ररी पाकेको कम्पोष्ट मल १ः१ः१ को अनुपातमा मिसाई छोपिदिनु पर्दछ ।
छाप्रोको प्रयोग गर्ने
बीउ रोपिसकेपछि ब्याडलाई खर वा परालले छापो दिनु पर्दछ र माथिबाट हजारीले पानी दिनु पर्दछ । छापोको प्रयोग गर्दा माटोमा चिस्यान र तातोपना कायम हुने भई बीउ चाँडै उम्रन मदत गर्दछ । त्यसैगरी सोझो चर्को घाम र चराबाट समेत जोगाउने काम गर्दछ । बीउ रोपेको ३ दिनपछि ब्याडको नियमित निरिक्षण गर्नु पर्दछ । बाली अनुसार ४–५ दिन देखि १०–१२ दिनमा बीउ उम्रने गर्दछ । जमीनको सतहमा सेतो धागोजस्तो बस्तु देखा परेपछि त्यसलाई असर नपर्ने गरी विस्तारै छापो हटाइदिनु पर्दछ । छापो हटाउने कार्य सधै साँझपख मात्र गर्नु पर्दछ ।
खुल्ला जमीनमा बेर्ना उत्पादन
यो सबैभन्दा सजिलो र सस्तो प्रविधि हो । परम्परागत ढङ्गको यो तरीकाबाट हामीले बषौंदेखि बेर्ना उत्पादन गर्दै आइरहेका छौं । वातावरण अनुकूल भएको अवस्थामा यो विधिबाट बेर्ना उत्पादन गर्न सकिने भएता पनि प्रतिकूल वातावरण हुँदाको अवस्थामा त्यति प्रभावकारी हुँदैन । ब्यवसायिक ढङ्गबाट रोगकीरा मुक्त बेर्ना उत्पादन गर्ने कृषकहरुले यो तरीका अपनाउन छाडिसकेका छन् ।
संरक्षित संरचनाहरुभित्र बेर्ना उत्पादन
हिजोआज संरक्षित संरचनाहरुभित्र बेर्ना उत्पादन गर्ने प्रविधि निकै लोकप्रिय हुँदै गइरहेको छ । संरक्षित संरचना भन्नाले हामी साधारण प्लाष्टिक टनेलदेखि लिएर अत्याधुनिक ग्रीनहाउस सम्मलाई बुझ्न सक्छौं । संरक्षित संरचनाभित्र बेर्ना उत्पादन गर्नुको प्रमुख उद्देश्य बेर्नालाई प्रतिकूल मौसम (चर्को घाम, पानी, गर्मी वा ठण्डी आदि), रोगकीरा आदिबाट जोगाउनु नै हो ।
जालीघर
बेर्नालाई कीराको प्रकोपबाट जोगाउन साधारण नेट टनेल वा नेट हाउसको निर्माण गरी बेर्ना उत्पादन गर्न सकिन्छ । खासगरी लाही र ह्वाइट फ्लाईको बढी समस्या हुने गोलभेंडा, खुर्सानी जस्ता बालीहरु यस्ता किसिमका संरचनाहरु ५० मेसको नाइलन जालीको प्रयोग गरी निर्माण गर्न सकिन्छ ।
छहारीको प्रयोग
गोलभेंडा जस्ता कतिपय बालीहरुको बीउ राम्रोसँग उम्रन छहारी दिने सेडनेटको प्रयोग गर्ने गरिन्छ । यसका लागि बीउलाई टनेलभित्र जमाई ५०% छहारी दिने नेटको प्रयोग गर्ने अथवा नेट हाउसभित्रै नर्सरी राख्न पनि सकिन्छ । कलमी प्रविधिबाट बेर्ना उत्पादन गर्दा त झन् छहारीको प्रयोग गर्नु अनिवार्य जस्तै हुन्छ । त्यसैगरी छहारी मनपराउने इनडोर विरुवाहरुको लागि पनि सेड नेट नभई हुँदैन ।
होचो प्लाष्टिक टनेल (low tunnel)
प्लाष्टिकको टनेल नेपालमा धेरै पहिलेदेखि प्रतिकूल मौसममा खासगरी हिउँदमा बेमौसमी तरकारीको बेर्ना उत्पादनको लागि प्रयोग हुँदै आएको प्रविधि हो । प्लाष्टिक टनेलको निर्माण बाँस वा फलामका रडको प्रयोग गरेर बनाउन सकिन्छ । विदेशतिर टनेलका लागि तयारी फलाम वा अल्मुनियमका पाइपहरु पाइन्छ जुन वर्षौसम्म टिकाउ हुन्छ । यस्ता किसिमका प्लाष्टिक टनेलहरुमा बेर्ना उत्पादन मात्र नभएर चिसो मौसममा बेमौसमी खेती समेत गर्न सकिन्छ ।
प्लाष्टिक हाउस-ग्रीन हाउस
तरकारीका बेर्नाहरु साधारण प्लाष्टिक घरदेखि लिएर आधुनिक ग्रीन हाउसमा पनि उत्पादन गर्न सकिन्छ । बासँको प्रयोग गरेर तयार गरिने साधारण प्लाष्टिक घरहरु नेपालमा बेमौसममा अर्थात वर्षातमा गोलभेंडा उत्पादन गर्न निकै लोकप्रिय भइरहेको छ । यस्ता प्लाष्टिक घरहरुमा बर्षातमा बेर्ना उत्पादनको लागि समेत प्रयोग गर्न सकिन्छ जसबाट अगौटे उत्पादन लिई फाइदा लिन सकिन्छ ।
हिजोआज उच्च प्रविधिका प्लाष्टिक घरहरु जसमा फोहोरा सिंचाई, थोपा सिंचाई, कुलिङ्ग प्याड, कुलिङ्ग फ्यान, थर्मल नेट आदि आधुनिक प्रविधि जडान गरिएका हुन्छन्, त्यस्ता ग्रीन हाउसहरु पनि विस्तारै चलनमा आउन थालेका छन् । यस्ता प्रविधियुक्त ग्रीन हाउसहरु महङ्गा भएता पनि वर्षौ सम्म टिक्छन् र यसमा वातावण नियन्त्रण प्रणाली जडान हुने हुनाले प्रतिकूल मौसममा पनि स्वस्थ विरुवा हुर्काउन सकिने हुन्छ ।
मल्टि सेल प्लग ट्रे वा सेल ट्रे
हिजोआज यो प्रविधिबाट बेर्ना उमार्ने तरीका निकै लोकप्रिय हुन थालेको छ । खासगरी महङ्गा हाइब्रीड तरकारी तथा फूलका बेर्नाहरु यो प्रविधिबाट तयार गर्ने गरिन्छ । विभिन्न साइजका प्वालहरु भएका प्लाष्टिकका तयारी ट्रेमा तयारी ग्रोइङ्ग मिडिया प्रयोग गरेर रोगमुक्त स्वस्थ र एकनाशका बेर्नाहरु तयार गर्न सकिन्छ ।
कुन साइजको सेल वा प्वाल भएको ट्रे छनौट गर्ने भन्ने कुरा बीउको साइज र बेर्नाको साइजमा भर पर्दछ । साधारणतया ट्रेको साइज यौटै हुन्छ भने सेलको साइजको कारण सेलको संख्या फरक पर्दछ । गोलभेंडा, खुर्सानी, काउली बन्दा जस्ता तरकारीहरुको लागि ८ह१६ अर्थात १२८ सेल भएको ट्रे उपयुक्त हुन्छ भने काँक्रो फर्सीको लागि ५० वटा सेल भएको उपयुक्त हुन्छ । त्यसैगरी प्याजको लागि २०० वटा सेल भएको ट्रे उपयुक्त हुन्छ ।
ट्रेमा सामान्यतया माटोको प्रयोग गरिदैन । त्यसको सट्टा निर्मलिकरण गरिएको ग्रोइङ्ग मिडियाको प्रयोग गरिन्छ । नेपालमा नरिवलको खोष्टाको धुलो (कोको पिट) को प्रचलन छ भने विदेशतिर भर्मिकुलाइट, पर्लाइट जस्ता विशेष पदार्थहरु प्रयोग गरिन्छ । धानका भुसको कालो खरानी, धानको भुसबाटै बनाउन सकिने कुन्तान नामक पदार्थ, निर्मलिकरण गरिएको बालुवा र भर्मिकम्पोष्टको मिश्रण, पुरानो कम्पोष्ट मल आदिको प्रयोग गर्न पनि सकिन्छ ।
ट्रेमा हुर्काइएका बेर्नाहरु एकनाशका हुनाका साथै निर्मलिकरण गरिएको मिडियामा उम्रने भएकाले माटोजन्य रोगहरुबाट मुक्त हुन्छन् । यसैगरी बेर्ना सार्दा हुने आघात ९त्चबलकउबिलत कजयअप० जस्तो समस्या पनि किसानले झेल्नु पर्दैन ।
ट्रेमा तयार गरिएको गोलभेंडाको बेर्नालाई जरा र मिडियाको डल्ला (घेराभित्र) सहित उखेलेर जरा नखल्बलिने गरी तथा आघात नपर्ने गरी सार्न सकिन्छ
उपसंहार
परिबर्तित समयसँग सँगै कृषिले पनि रुपान्तरण खोजेको छ । कृषिको क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । आजको समयमा कृषिको आधुनिकिरणले तरकारी नर्सरीको क्षेत्रमा पनि परिवर्तनको नयाँ ढोका खोलिदिएको छ । प्रविधिमा आएको यो परिवर्तनले कृषिलाई अझै ब्यवसायिक र उत्पादनशील बन्न सहज बनाएको छ । आगामी दिनहरुमा यस्ता नवीन प्रविधिहरुलाई आत्मसात गरी ब्यवसायिक कृषिलाई प्रतिस्पर्धी, आधुनिक र युवा मैत्री बनाउनु जरुरी छ ।
किटाणुबाट बचाउन माटोको उपचार :
१) माटोको सोलराईजेसन
जब सुर्यको प्रकाश तेज हुन्छ, मानौ ४५ डिग्री तब माटो भिजाउन पर्दछ र २०० गजको सेतो प्लास्टिकले ५–६ हप्तासम्म छोप्नु पर्छ र बाहिरबाट हावा छिर्न नसक्ने विधि अपनाउनु पर्दछ । ५–६ हप्तापछि त्यो प्लास्टिक हटाउनु पर्दछ र बिउ छर्नको लागि नर्सरी तयार गर्नुपर्दछ ।
२) फर्मालिनले उपचार
२ प्रतिशत फर्मालिन २ ४–५ लिटर प्रती वर्ग मिटर हुने गरी १०–१५ सेमीसम्म माटो भिजाउनु पर्छ र नर्सरिको क्षेत्रलाई २०० गजको पोलिथिनको छोप्ने र माटोलाई सोलराइज हुन दिने । १५ दिनपछि पोलिथिन हटाउने र नर्सरी तयार गर्नतर्फ लाग्नु पर्छ । यदी प्रयाप्त समय छैन भने १५ः८५ को अनुपातमा फर्मालिनको धुलो र गोठे मलको मिस्रण बनाएर ४००–५०० ग्राम प्रतिवर्ग मिटर हुने गरी छर्नुपर्दछ ।
३) ढुशिनाशकको प्रयोग
माटोमै हुने किटाणुलाई मार्नका निम्ति केही निश्चित ढुशीनासक जस्तैः क्याप्टान, थिराम आदि प्रयोग गर्न सकिन्छ ।
४–५ ग्राम प्रतिवर्ग मिटरका दरले यी ढुशिनासकद्वारा बिउ छर्नु भन्दा अगावै नर्सरीको उपचार गर्नुपर्दछ ।
ख) कीराको बिरुद्ध माटोको उपचार
१) किटनाशकको प्रयोग : फुराडन, हेप्टाक्लोर, फोरेट १० जि आदी उपयुक्त किटनाशक हुन जसलाई ४–५ ग्राम प्रती वर्ग मिटरका दरले सुख्खा माटोमा १५–२० सेमी हुनेगरी मिसाउनु पर्दछ ।
२) वाफले उपचार : छोपिएको पोलिथिन भित्र ४ घण्टासम्म तातो वाफ छिराउने र केही दिनसम्म यो कार्य दोहोर्याउने गर्नुपर्छ र त्यसपछि मात्र बिउ छर्नुपर्दछ ।
३) बिउको उपचार : २–३ ग्राम प्रतिकेजी क्याप्टान वा थिरामले बिउको गर्ने ताकी बिउ वाह्य शत्रु र माटोका हानिकारक जीवाणुबाट बच्न सकोस् ।
नर्सरी ब्याडको तयारी : नर्सरीका लागि राखिने ब्याड मौसम अनुसार तयार गरिनुपर्दछ । सामान्यतयाः नर्सरीका ब्याडहरू खासगरी मौसमी र बेमौसमी तरकारीका लागि बनाइने गरिन्छ ।
क) मौसमी तरकारी उत्पादन गर्नका लागि नर्सरीको ब्याडः मौसमी तरकारीका लागि दुई प्रकारका ब्याड हुने गर्दछन् ।
१) उठेको नर्सरी ब्याड : खासगरी यस्तो ब्याड बर्षा याममा बनाइन्छ । यसमा १ मिटर चौडाई, १५–२० सेमी उचाई र आफुलाई चाहिने जती ब्याडको लम्बाई तय गरिन्छ । दुई ब्याडका बिचमा ३०–४० सेमीको खाली ठाउँ राखिन्छ । पानी सजिलै काट्न सकिने हेतुले ब्याडको बिच भाग केही उचो र समथल बनाउनु पर्दछ । त्यसपछि ब्याडमा राम्रो दुरी राख्दै बिउ रोप्नु पर्दछ र गोठे मल र माटोले पुर्नुपर्दछ । माटोले पुरेपछि ब्याडलाई पराल र सुकेका घाँसपातले ब्याड्मा छपो बनाउने र हल्का सिन्चाई गर्नुपर्दछ । अति नै बर्षा हुने स्थानमा परालको छाप्रो बनाएर ब्याड राख्ने र अनुकूल बातावरण भएपछि त्यो छाप्रो हटाउने गर्नुपर्छ ।
२) समथल नर्सरी ब्याड : ब्याडको चिसोपना नहराओस भनेर यस्तो खालको ब्याड जाडो र सुख्खा याममा तयार गरिन्छ । माथि नै उल्लेखित ब्याडको नापमान यसमा पनि लागु हुन्छ जसमा दुई ब्याड बिचको दुरी ३०–५० सेमी हुनुपर्छ ।
ख) बेमौसमिक तरकारीको नर्सरी ब्याड : केही बिशेष सम्रचना निर्माण गरेर उच्च तथा कम दुवै तापक्रममा बिरुवा तयार गर्न सकिन्छ । जब खुल्ला खेतमा ब्याड राख्ने अवस्था हुँदैन तब निम्न बिधी अपनाएर नर्सरी राखिन्छ ।
१) लगातार भारी बर्षा भएको समय : यो अवस्थामा बिरुवाहरू गुमोज, शिसा, छाया तथा अन्य साना संरचनामा जस्तै माटोको भाडा, पोलिथिनको झोला आदीमा माटो, बालुवा र कम्पोस्टको प्रयोग गरी उमार्ने गर्नुपर्छ ।
२) कम र उच्च तापक्रमको समय : यो समयमा, कृतिम तापक्रम मिलाउन सक्ने संरचना बनाउनु पर्दछ, जस्तै : शिश घर वा गुमोज घर । यसो गर्नाले बिउ र बिरुवाको सफलताका साथ छिटो बाली लिन सकिने अवस्था सिर्जना हुन्छ ।
बिउको छराईः हरेक किसानले बुझ्नु पर्ने कुरा के हो भने स्वस्थ बिउको मात्र प्रयोगले पनि उत्पादन बढाउन सकिन्छ । यदी बिउ बिजनमै खराबी रहेछ भने यहाँहरुले गरेको सबै मिहेनेत खेर जान सक्छ । छरेको बिउ राम्रोसँग उम्रिएन भने जोताई, सिँचाइ, मलखाद आदिमा गरेको लगानी र मेहनतले अर्थ राख्दैन । त्यसकारणले राम्रो उत्पादन हासिल गर्ने हो भने किमार्थ बिउमा सम्झौता गर्नु हुँदैन । राम्ररी बिउ उम्रियोस भन्ने हो भने बिउलाई ढुसिनासक उपचार गर्नुपर्दछ र पानीमा बिउलाई १२ घण्टासम्म भिजाउनको लागि छोड्नु पर्दछ । बिउ रोप्नु अगाडि भिजेको बिउलाई छायामा सुकाउनु पर्दछ । खासगरी बिउ दुई प्रकारले रोप्न सकिन्छ ।
१) हातले छर्ने
बिउलाई नर्सरी ब्याडमा हातले छरेर त्यसमाथिबाट बुरुलो माटो र हल्का कम्पोस्ट मलले पुर्नुपर्दछ । यो बिधिले राखिने बिउको मुख्य समस्या भनेकै बिउ एकैनासले नउम्रनु हो । किसानहरूले बढी यो बिधी अपनाए पनि कतै बाक्लो त कतै पातलो गरी बिउ उम्रने हुनाले यसलाई खासै राम्रो मानिदैन ।
२) लाइनमा लगाउने
नर्सरी ब्याडमा बिउ लागाउने यो तरिका एकदमै उत्कृष्ट हो । यस बिधिमा बिउलाई ५ सेमी लाइनदेखी लाइनको दुरी बनाउदै ०.५–१ सेमी को गहिराईमा समानान्तर हुने गरी बिउ रोपिन्छ । रोपेपछि बिउलाई हलुका माटो र मलले पुर्ने र तत्काल हलुका सिँचाइ गर्नुपर्दछ । यस बिधीका मुख्य फाइदाहरू ः
हरेक बिरुवा स्वस्थ, समान र दह्रा हुन्छन् ।
– हातले छर्ने भन्दा यस बिधीमा कम बिउले पुग्दछ ।
– हरेक बिरुवाले समान मल र ठाउँ पाउँछन् ।
– झारपातको गोडमेल यसमा सहज हुने गर्दछ ।
– यदी बिरुवामा रोग र कीराको प्रकोप बढी भएमा सजिलै नियन्त्रण गर्न सकिन्छ ।