किसानहरूले आप्mनो खेतबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी वर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन्। डाले घाँस, वहुवर्षिय घाँस र एक वर्षिय घाँसमा हिउँदे र वर्षे घाँस मिलाएर लगाउनु पर्दछ । यसो गर्न सकिएमा घाँसको खास अभाव रहँदैन र जङ्गल विनाश पनि नियन्त्रण हुन्छ । सामुदायिक जङ्गलहरूमा समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरूको खेती गरी आवश्यक घाँस उपलब्ध गराउन सकिन्छ
१) डाले घा“सहरू
किम्बु, चुलेत्रो, इपिल–इपिल, दूधिलो, बडहर, टाँकी, कोइरालो, निमारो आदि
(२) एकवर्षीय घा“सहरू
क) हिउँदे घाँसहरू जै, सानो केराउ, बर्सिम, भेच आदि ।
ख) वर्षे घाँस टियोसेन्टी, काउपी, बाज्रा, मकै, भटमासे आदि ।
३) बहुवर्षीय घा“सहरू नेपियर, स्टाइलो, अमृसो, सेटारिया, मोलासेस, पास्पालम, क्लोभर, राइघाँस, कक्सफुट, सुडान, कुड्जु, डिस्मेडियम आदि ।
एक वर्षे घा“स उत्पा
यस्तो प्रकारको घाँस वर्षै पिच्छे लगाइरहनु पर्दछ । नेपालमा लगाउन सकिने उपयुक्त घाँसहरूमा वर्षिम, जै, सर्गम, टियोसेन्टी, केराउ, बाज्रा, भटमासे, बोडी पर्दछन्। घाँस लगाउँदा कोसा लाग्ने र नलाग्ने घाँसहरू मिलाएर लगाएमा माटोको उर्वरा शक्ति कायम रहनुको साथै पशुलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइडे«डको अनुपात पनि मिल्न जान्छ ।
क) हिउँदे घाँस उत्पादन उपयुक्त एक वर्षे हिउँदे घाँसमा बर्सिम, जै, केराऊ, भेच आदि पर्दछन्। यी भुइघाँसहरू लगाउँदा मिश्रित तरिकाले लगाउन सकिन्छ । मिश्रित खेती गर्दा माथि उल्लेख गरे अनुसार माटोको उर्वरा शक्ति समेत बच्न जान्छ । हिउँदे घाँसको बीउलाई असोजदेखि मंसिरसम्म छरी हिउँदको समयमा प्रयोग गर्न सकिन्छ ।
ख) वर्षे घाँस उत्पादन एक वर्षे घाँसमा भटमास, मकै, मकैचरी, जोआर, बाजरा, बोडी आदि पर्दछन्। वर्षे घाँसका बीउलाई सामान्यतया वर्षा याममा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ ।
ग) बहुवर्षे घा“स उत्पादन
यस्तो प्रकारको घाँस एक पटक लगाएपछि वर्षौसम्म घाँस उत्पादन गर्न सकिन्छ । यस्तो घाँस हैसियत बिग्रीएको सार्वजनिक चरन, सामुदायिक वन, खोलाको बगर, खेतवारीको डिल कान्ला आदिमा लगाउन सकिन्छ ।
पशुको लागि उपयूक्त बहुवर्षिय घाँसहरूमा नेपीयर, स्टाइलो, अमृसो, राई ग्रास, सेतो क्लोभर, ज्वाइन्ट भेच, पास्पालम, मोलासेस, सेटारिया, कक्सफुट, कुड्जु, ग्लाइसिन, सेन्ट्रोसिमा, सिराट्रो , डेस्मोडियम, ल्यावल्याब आदि हुन्। यसरी सामान्यतया वर्षे घाँसलाई फागुन–चैत्रमा छरिन्छ भने, हिउँदे घाँसलाई असोज–कात्तिकमा छरिन्छ । बीउको आकार मकैको दाना जस्तो छ भने प्रति हेक्टर ४०–५० केजी सम्म बीउ लाग्छ । वर्षिमको बीउ जस्तो छ भने २०–२५ सम्म लाग्छ । पहाडी र जमिन खेतीको लागि प्रयोग गर्ने ठाउँमा बहुवर्षे घाँस खेतीमा जोड दिनु पर्छ । राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd)
Balkumari, Koteshower, Kathmandu
9851159630,9801237730,9801237732
Email:nafscol@gmail.com
Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि