प्राङगारिक खेती प्रणाली र बीउ पुँजी

प्राङगारिक खेती प्रणाली र बीउ पुँजी
पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गारिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहले प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् ।
स्थानीय तहले प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गर्ने व्यवस्था मलाउन प्रदछ । त्यसमा पनि पछिल्लो समय प्राङगारिक खेतीका लागि रकम छुट्टिन थालेपछि अझै सहज भएको छ । ती स्थानीय तहमा क्लष्टर छनोट गरेर कार्यक्रम कार्यान्वयन गरिनु प्रदछ यसका लागि केन्द्रले जैविक विषादी, जैविक मल बनाउने, गड्यौला मल उत्पादनका लागि गड्यौलापालन, भकारो सुधारमा सहयोग गर्नु प्रदछ। नेपालमा प्राङगारिक उपजको प्रमाणीकरण, प्राङगारिक उत्पादनको प्रशोधन, रासायनिक विषादीको प्रयोग नगरी गरिने उत्पादन र परम्परागत पद्धतिबाट हुने कृषि उत्पादनको प्रवद्र्धन गर्न होभने । त्यसका लागि प्राङगारिक खेती पद्धतिको लागि सचेतना अभिवृद्धि गर्ने, प्राङगारिक उत्पादनका लागि आवश्यक सामग्रीमा सहयोग गर्ने, प्रविधि हस्तान्तरण गर्नेदेखि बजारीकरणसम्ममा सहयोग पुग्ने क्रियाकलाप सञ्चालन हुन्छ । त्यस्तै उत्पादन विविधीकरण गर्ने, उत्पादित वस्तुको प्याकेजिङ लेबलिङ गरेर मूल्य अभिवृद्धि गरिनेछ । प्राङगारिक खेतीका लागि संरक्षित संरचनाभित्र बालीको उत्पादनका लागि नयाँ संरचना बनाउन सहयोग गर्ने, पुरानो संरचनालाई सुधार गर्नेदेखि खुला जमिनमा खेती गर्ने प्रणालीलाई समेत सहयोग गर्ने हेभने । यसरी उत्पादन भएको अर्गानिक कृषिउपजको एउटा कोशेली घर निर्माण गरी खरिद गर्ने र नेपालका बिभन्न शहर तथा , काठमाडौँसम्म ढुवानी गर्नका लागि त्यहाँ पनी कोशेली घर निर्माण गरी बजार व्यवस्थापन गने हे भने प्राङगारिक खेती प्रणाली ले स्थान पाउने थयो प्रदेशअन्तर्गतका किसानलाई मन्त्रालयले अनुदानको सट्टामा बीउ पुँजी उपलब्ध गराउने हेभने यसबाट किसान प्रत्यक्षरुपमा लाभन्वित हुनाका साथै अनुदान लिने र काम नगर्ने प्रवृत्ति निरुत्साहित हुने छ । कृषिमा लाग्ने र विगतदेखि नै कृषि पेशामा आबद्ध भएका व्यक्ति, समूह, सहकारीलाई गाई, बाख्रा, भैँसी, बङ्गुरलगायत कृषि फार्म, प्राङ्गारिक मल कारखाना, दूध प्रशोधन केन्द्र, फलफूल जुस उत्पादनलगायतमा पनि बीउ पुँजी दिइनेछ । कृषि व्यवसाय उत्पादन प्रशोधन र बजारीकरण कार्यको थालनी, सुधार र वृद्धि गर्नुपर्दा लाग्ने पुँजीमा सहयोग गर्ने हे भने व्यवस्थित बनाउँदै प्रभावकारी ढङ्गबाट परिचालन गर्न अनुदान प्रवाहको सट्टामा बीउ पुँजी परिचालनको नीति अगाडि सारियोस र बीउ पुँजी उपलव्ध गराइयोस । प्रदेशभित्र बसोबास गरी कृषि कार्य गर्ने जोकोही पनि बीउ पुँजीबाट लाभान्वित हुनेछन् । रु १० लाखभन्दा बढी बीउ पुँजी माग गर्ने कृषकको बैंक ग्यारेन्टी लिएर रकम दिनु प्रदछ । अनि मात्र प्रगारिक खेती अगाडी कडने छ ।

राम प्रसाद गोतम
नेपाल कृषिबन बीउ बीजन केन्द्र
NEPAL Krishiban Biu Bijan Kendra of NAFSCOL

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment