+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

बदामे घाँस खेती जानकारी

बदामे घाँस पोशिलो मानिने बदामे घाँस जुन बाख्राको साथमा गाई भैंसी, बङुर र लोकल कुखुरालाइ खुवाउन सकिन्छ। बदामे घाँस दुवोजस्तै भुँईमा फिजिने एक प्रजातिको बहुवर्षे घाँस हो। यो घाँस फेवेसी परिवार अन्तर्गत पर्दछ। यस घाँसलाई पहिलो पटक डब्ल्यू गेरगोरी र उनका एक साथीले सन् १९९४ मा वर्णन गरेका थिए। बदामे घाँसलाई रुखो र खाली ठाउँमा पनि लगाउन सकिन्छ। यो घाँस अती पोषिलो, नरम भएकोले सबै घरपालुवा जनावरले यसलाई रुचीकासाथ खाने गर्दछन्। यस प्रजातिको घाँसलाई अन्य अकोषे घाँसहरूसँग मिसाएर छर्दा पनि यसको राम्रो लाभ लिन सकिन्छ। यसको पात मसिनो खालको हुन्छ भने एक ठाँउमा चारवटा पात जुटेका हुन्छन्। यस प्रजातिको घाँसको फूल पहेँलो हुन्छ भने यसले छिटै यसले जमिन ढाक्दछ। भूसंरक्षण प्रयोजनमा पनि यो घास उपयुक्त मानिन्छ। यस घाँसको प्रसारण बीउबाट र लहरालाई टुक्रापारी सार्न सकिन्छ।

यस प्रकारको घाँसको विरुवाहरू हेर्दा बदामको बोट जस्तो हुने भएकाले यसलाई बदामे घाँस भनिएको हो।

बदामे घाँस डाँठमा जरा छोड्दै फैलने बहुवर्षीय प्रजातिको घाँस हो। यसको मूल जरा गहिरोसँग जमिनमा गडेको हुन्छ भने यसको डाँठ खासै माथि उठ्दैन हुँदैन। यस प्रजातिको घाँसको जरा बढीमा ५० सेमी उचाइसम्म फैलन्छ। ३ पाते बदाम जस्तै देखिने यस प्रजातिको घाँस पहेँलो प्याउली जस्तै फूली ढकमक्क फैलन्छ। यस प्रजातिको घाँसलाई बीउबाट तथा डाँठ काटेर दुवै तरिकाले सार्न सकिन्छ। यस प्रकारको घाँस घरपालुवा जनावरहरूका चरन विकास गर्नका लागि उपयुक्त मानिन्छ भने यसले छिटै जमिन ढाक्ने हुँदा भूसंरक्षण पनि यसले मद्दत पुर्या।उँदछ। यस घाँसको ओसिलो वा रुखको छाँयामुनी पनि सफलतापूवर्क उत्पादन लिन सकिन्छ भने यसलाई अन्य घाँसहरूसँग मिसाएर खुवाउदा पोषक तत्व संरक्षित भै घरपालुवा जनावरको वृद्ध विकासमा सहयोग पुग्दछ।

बदामे घाँस बदामे घाँस बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १४०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।

माटोः दोमट र चिम्टाइलो माटोमा राम्रो हुने भएता पनि सबै खालको माटोमा लगाउन सकिन्छ ।

बीउको मात्राः १० देखि ३० केजी प्रति हेक्टर । यसलाई कटिङ्गबाट पनि लगाउन सकिन्छ । कटिङ्गबाट लगाउँदा प्रति हेक्टर १०,००० कटिङ्ग चाहिन्छ । कटिङ्ग छान्दा तीनवटा आँख्ला भएको छान्नुपर्छ ।

 लगाउने समयः असार साउनसम्म लगाउन उपयुक्त हुन्छ । तर चिस्यान भएको जग्गामा जुनसुकै समयमा लगाउन सकिन्छ । लगाउने तरिकाः खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन सकिन्छ । कटिङ्गबाट लगाउने होभने १÷१ मिटरको फरकमा लाइन राखी ६० सेन्टिमिटर को फरकमा ५ देखि ७ सेमी गहिरो गरी कटिङ्ग रोप्नुपर्छ ।

मलखादः प्रति हेक्टर १ देखि २ टन गोबर वा कम्पोष्ट मल प्रयोग गर्न राम्रो हुन्छ ।

 कटाई तथा उत्पादनः

  लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।

प्रति हेक्टर सुख्खा पदार्थको उत्पादन ५ देखि ६ टनसम्म हुन्छ ।

 प्रति हेक्टर १००० केजीसम्म बीउ उत्पादन हुन्छ ।

उत्पादन र महत्त्व  यस घाँस अन्य घाँसको तुलनामा सुख्खा पदार्थको कमै मात्रमा उत्पादन हुन्छ। सामान्यत औषत ५ मेट्रिक टन सुख्खा पदार्थ प्रति हेक्टर प्रति वर्ष उत्पादन हुन्छ। अकोषे घाँस मुलाटो जात यस घाँससँग मिश्रित गराएर लगाएमा उत्पादनमा वृद्धि हुन्छ। यसरी मिश्रित गर्दा २० टन सुख्खा पदार्थ हेक्टर प्रति वर्ष उत्पादन भएको कुरा अस्ट्रेलिया र कोलोम्बियामा पत्ता लागेको थियो। यस घाँसको बीउ उत्पादन जमिन मुनी हुने हुँदा घाँस छिप्पिसके पछि घाँसको लहरा छिटो हटाउनु पर्दछ। नियमित रूपमा घाँस काट्नु पर्दछ र मुसाबाट जोगाउनु पर्दछ। बदाम खेती जस्तै गरी यस घाँसको बीउलाई पनि खनेर निकाल्नु पर्दछ। माटोमा चिस्यानको मात्रा उपयुक्त रहिरहेमा बीउ उत्पादन पुरा घाँस बढ्ने अवधि सम्म भई रहन्छ। बदामको कोसाको रूपमा १ टन प्रति हेक्टर यस घाँसको उपप्रजाति अमारिलोबाट लिन सकिन्छ। कुनै कुनै जातले ४ टन प्रति हेक्टरसम्म घाँस रोपेको १५ महिनामा उत्पादन भएको पाइएको छ।

बदामे घाँस खुवाउदा पशुहरूको शारिरीक तौल बढ्नुका साथै दुध उत्पादनमा वृद्धि हुन्छ। दुध उत्पादनमा १७ देखि २० प्रतिशत वृद्धि हुने र शारिरीक तौल हासिलमा मुलाटो रगिनी घाँससँग मिसाएर खुवाउदा दैनिक रूपमा ०७२ कि।ग्रा देखि १ किग्रासम्म बढ्दो उमेरका बाच्छा बाच्छीमा पाइएको छ। अहिले आएर पन्छीको सबैभन्दा ठूलो जात सुतुरमुर्गका लागि पनि यो घाँस निकै राम्रो र पोषिलो मानिएको छ। बदामे घाँस उष्ण तथा सम(शितोष्ण हावापानीमा हुने, आली, कान्ला, बगैचा, पहिरो जाने भिरालो जग्गा जता पनि लगाउन सकिने बहु वर्षिय स्वरूपको हुने र उग्राउने पशु बाहेक बङ्गुर तथा कुखुराको दानामा समेत ५(१० प्रतिशत सम्म मिसाई खुवाउन सकिने भएकाले यसको लोकप्रियता धेरै नै रहेको पाइन्छ। बदामे घाँस खुवाउदा कुखुराको अण्डाको आकारमा पनि वृद्धि भएको कुरा सार्वजनिक भएको थियो।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment