बहुवर्षीय कोसे घाँस के हो

बहुबषीयकोसेघाँसको बीउ उत्पादनको लागि जग्गाको छनोट गर्दा घुम्तीबाली प्रणाली अपनाइएको जमिनको छनोट गर्नु उपयुक्त हुन्छ । बर्षामा हरियो घाँस हुने हुँदा बहुबषीयकोसेघाँस उत्पादन पनि कमै हुने क्षेत्रमा बहुबषीयकोसेघाँस लाई फागुन –असार समम लगाउन सकिन्छ । यो घाँसमा प्रटीन हरुको मात्रा बढी हुने हुनाले कलिलो घाँस पशुलाई धेरै ख्वाउनु हुँदैन,  । यसको खेतीका लागि मलिलो, पानी लगाउन सकिने र निकासको व्यवस्था भएको माटो उपयुक्त हुन्छ । बहुबषीयघाँसको जातअनुसार २० देखि ११० केजी प्रतिहेक्टर बीउको आवश्यकता पर्दछ । मलखादको प्रयोग गरेमा धेरै घाँस तथा बीउको उत्पादन लिन सकिन्छ । नाइट्रोजन, फस्फोरस् तथा पोटासको मात्रा मिलाएर हाल्दा उपयुक्त हुन्छ । तर सिँचाइको सुविधा नभएको स्थानमा भने यति मात्रा पनि आवश्यक पर्दैन । मल पानीमा घुलेपछि बिरुवाको जराले सोस्न सक्छ । त्यसैले हामीले माटोमा मल लगाए पछि माटोमा चिस्यान हुनु अति आवश्यक छ । माटोको उर्बरा शक्तिअनुसार मलको मात्रा फरक पर्छ, माटोको चिस्यानको अवस्था विचार गरेर आवसे सिँचाइ गर्नु राम्रो हुन्छ ।
अब म बहुबषीयकोघाँस बारेका क्रमसँग उल्लेख गर्नेछु  ।
स्टाइला
स्टाइलो तराई तथा मध्य पहाडी क्षेत्रका रूखो, पाखो, खोलाको बगर तथा वृक्षरोपण लगाउन सकिने बहुवर्षीय कोसे घाँसबाली हो । स्टाइलो केही छायाँदार ठाउँमा पनि हुन सक्ने यसका खेती वृक्षारोपण गरिएको ठाउँमा सफलतापूर्वक गर्न सकिन्छ । कोसे घाँसबाली भएको माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गाडेर र जमिनमाथि झाँङ्गिएर भुइँ पनि राम्ररी ढाक्ने भएकाले यसको प्रयोग भूक्षय रोक्न र पहिरो गएको ठाउँमा पनि रोप्न सकिन्छ । पोषकताको दृष्टिकोणले साधारणतया सुक्खा पदार्थको आधारमा स्टाइल प्रतिशत क्रुड प्रोटिन, ६०–६५ प्रतिशत एनडीयफ पाइन्छ ।
वानस्पतिक विवरण
स्टाइलोको खेती १४००–१५०० मिटर उचाइसम्म गर्न सकिन्छ । धेरै ठन्डी हुन स्टाइलोमा बीउ लाग्दैन । स्टाइलोका प्रजातिअनुसार कुनै एक वर्षीय तथा कुनै बहुवर्षीय हुन्छन्, स्टाइलो पोथाको रूपमा तथा कुनै बुट्यानको रूपमा हुन्छ । कसैकसैको डाँठमा झुस हुन्छ । डाँठ चिल्लो हुन्छ । स्टाइलोको बीउ सानो हुन्छ र मुख्यमुख्य जातहरू स्टाइलोको उद्गम दक्षिणी अमेरिका भए तापनि चरन घाँसको रूपमा यसको विकास अस्ट्रेलियामा भएको हो । नेपालमा सर्वप्रथम स्टाइलोको परीक्षण पशु विकास आयोजनाले अस्ट्रेलियाबाट बीउ झिकाई पाल्पा र पाल्पा विकास आयोजना भएको पाइन्छ । नेपालमा निम्न जातहरू प्रचलित छन्
कमन स्टाइलो
यो करिब १.५ मिटर अग्लो हुने सिधा वा केही हाँगाबिङ्गा भएको नेपालमा धेरै रूचाइने र बढी सवालका स्टाइलो हो । यसको डाँठमा केही भुसजस्तो भुत्ला पाइन्छ पात ट्राइफोलिएट र केही टुप्पा केही तीखो हुन्छ । फूल सानो, पहेँलो रङको र थुङ्गामा फुल्छ । बीउ एकएकवटा हुन्छ र १७ मिलिमिटर लामो आकारको हुन्छ । गाइनेन्सिस जातको स्टाइलो नेपालमा पहिलो पटक माइएको हो र बीउ सङ्कलन गरी देशको अन्य भागमा पनि फैलिएकाले यसलाई पाल्पा स्टाइलो भनिन्छ ।
स्रबी स्टाइलो
से बुट्यानजस्तो १.५–२० मिटरसम्म अग्लो हुने सिधा डाँठ भएको धेरै हाँगाहरू भएको स्टाइलो हो यसका पात सानो, गोलो र चाक्लो हुन्छ । सबी स्टाइलोअन्तर्गत फिजोरी र सिका माई जातको स्टाइलो विकास गरिएको छ । फिजोरीमा ढुसीबाट लाग्ने एन्थ्याकनोज रोग धेरै लाग्छ त्यसैले यस जातको प्रयोग उपयुक्त नहुनसक्छ । सीकामा यो रोग सहन सक्ने क्षमता हुन्छ ।
हमटा स्टाइलो
दुई वर्षीय केही होचो करिब ०.८ मिटर अग्लो हुने मसिना र धेरै हाँगाबिङ्गा भएको स्टाइलो – पात केही सानो र डाँठ चिल्लो हुन्छ । यो जातको स्टाइलोमा सानै उमेर बीउ छरेको दुई तीन महिनामा फूल लाग्छ र वर्षभरि फूल फुलिरहन्छ । यस जातको स्टाइलाको बीउ उत्पादन क्षमता करिब १५०० किलो प्रतिहेक्टर हुन्छ । नेपालमा हमाटा स्टाइलो सन् १९८५ मा अस्ट्रेलियाबाट बीउ गोबासमा परीक्षण गरिएको थियो र प्रतिहेक्टर २७६ किलो बीउ उत्पादन भएको थियो ।
टाउनभिले स्टाइलो
या एक वर्षीय करिब ०.७ मिटर अग्लो हुने धेरै हाँगाबिङ्गा भएको स्टाइलो हो । यसको पात १६ मिलिमिटर लामो ३.५ मिलिमिटर चौडा र तीखो हुन्छ । फूल सानो, पहेँलो रङको र ५–१५ वटा फूल फुल्छ ।
कटिङ्गा स्टाइलो
सोझो डाँठ भएको बहुवर्षीय १.० मिटरसम्म अग्लो हुने स्टाइलो हो । यसले केही मात्रामा देख्न सक्छ ।
खेती गर्ने तरिका
स्टाइलोलाई उष्ण तथा समोष्ण जलवायु चहिन्छ । यसलाई तराईदेखि मध्य पहाडको १५०० मिटरसम्ममा लगाउन सकिन्छ । स्टाइलोले प्रायः तुषारो सहन सक्दैन । तर केही हदसम्म सुक्खा खप्न सक्छ । यसले जमेको पानी खान सक्दैन । वर्षा हुने क्षेत्रमा स्टाइलो लगाउन सकिन्छ । स्यटाइलो विभिन्न किसिमका माटोमा लगाउन सकिन्छ । प्रायः यसको लागि पानी नजम्ने, दुमट, भिरालो उपयुक्त हुन्छ । बगरको ढुङ्गे र बलौटे माटोमा पनि राम्रो फस्टाएको छ तर बीउका लागि स्टाइलो खेती गर्दा १३०० मिटर उचाइमा सममात्र गर्नु पर्दछ ।
जग्गाको तयारी
स्टाइलोलाई पानी नजम्ने भिरालो माटो चाहिन्छ । केही हलका दुमट माटोमा राम्रो फस्टाउँछ । बीउ छर्नका लागि माटोलाई २–३ पटक जोतेर छर्न सकिन्छ । स्टाइलोलाई नयाँ खनेको बाटोको छेउछाउ, खोलाको बगर, पहिरो आएको ठाउँमा पनि खनजोत गरी छर्न सकिन्छ ।
बीउ छर्ने समय
साधारणतया स्टाइलोलाई मनसुन सुरु भएपछि जेठ, असारतिर छर्नु उपयुक्त हुन्छ । सिँचाइको सुविधा भएको खण्डमा स्टाइलोलाई फागुन, चैत वा असोज, कात्तिकमा पनि छर्न सकिन्छ ।
मलखाद
साधारणतया घाँसबालीमा मलखादको प्रयोग सम्भव छैन । तापनि आधुनिक तरिकाले स्टाइलोको खेती गर्नुपरेमा सुरुको वर्षमा २५ किलो नाइट्रोजन मल र त्यसपछि ६० किलो फसफोरस र ३० किलो पोटास मल प्रतिहेक्टरको दरले छर्न सकेमा राम्रो उत्पादन गर्न सकिन्छ । स्टाइलोका जातअनुसार फसफोरसको मात्रा पनि धेरथोर प्रयोग गरिन्छ, अन्यको दाँजोमा गाइनेन्सिसलाई बढी फस्फोरस मल चाहिन्छ ।
बीउ उपचार
स्टाइलोका बीउको बाहिरी बोक्रा कडा हुने हुँदा बीउ उपचा गरेरमात्र बीउ छरे मात्र राम्ररी अङ्कुर नहुन सक्छ । बीउहरू राम्ररी अङ्कुर होस् भन्नाका लागि उपचार गर्नुपर्छ । स्टाइलोको बीउ उपचार गर्न सर्वप्रथम १० प्रतिशतको नुनपानी झोल बनाउने । त्यस झोललाई एउटा बाल्टी वा भाँडोमा लिएर त्यसमा आफूलाई चाहिने बीउको मात्रालाई झोलमा डुबाउनुपर्छ । बीउमा भएका बिग्रेको बीउ, खोस्टा धुलो आदि घोलिन्छ र तैरिन्छन् । तल पिँधमा जम्मा भएको बीउलाई झिकेर ओभानो, छायामा एक छिन सुकाएपछि ओभाइसकेपछि खेतमा छर्नुपर्छ ।
राइजोबियमद्वारा उपचार
खेतमा पहिलोपटक स्टाइलो छर्दा राइजोवियम उपचार गर्नुपर्छ यसका लागि प्रतिकिलो स्टाइलोको बीउमा ५० ग्रामको दरले राइजोबियम को। उपचार गर्नुपर्छ ।
तातो पानीद्वारा उपचार
स्टाइलोको बीउलाई तातो पानीद्वारा पनि उपचार गर्न सकिन्छ । यसरी उपचार गर्दा आफूलाई चाहिने बीउको मात्रा लिई उम्लेको पानीमा करिब २ मिनेट चोबी, झिकेर ओभानो, छायाँदार ठाउँमा केहीबेर सुक्न दिनुपर्छ अनि ओभाइसकेपछि खेतमा छर्नुपर्छ । तातो पानीको प्रभावले गर्दा बाहिरका बोक्रा नरम हुन्छन् र भित्रको भ्रुणलाई टुसाउन सजिलो पर्छ । दुई मिनेटभन्दा बेसी समयको लागि बीउलाई पानीमा चोबल्नु हुन्न । भुर्ण नष्ट हुने सम्भावना हुन्छ ।
बीउ दर
साधारणतया प्रतिहेक्टर ३–५ किलो राम्रो गुणस्तरको बीउ भए पुग्छ । यदि अकुरण शक्ति कम छ, बीउ उपचार गरिएको छैन र जग्गा रूखो तथा साधारण खनजोतले गरेको छ भने बीउको मात्रा केही बढाउनुपर्छ ।
बीउ छर्ने तरिका
राम्ररी खनजोत गरेको जग्गामा बीउ छर्दा बीउ राम्ररी अङ्कुरका इंबढी बिरुवा तथा उब्जा पाउन सकिन्छ । तर बाँझो, पर्ति तथा वृक्षारोपण गरेको क्षेत्रमा खनजोत गर्नु सम्भव हुदैन यस्तो अवस्थामा स्टाइलोलाई ५०–५५ से.मि. को फरकमा हार बनाई माटो खनजोत गरी ढल्ला फुटाएर बीउ छरिदिनुपर्छ । स्टाइलोको बीउ सानो तथा मसिनो हुने भएकाले यसलाई २ से. मिटरभन्दा गहिरो माटोमा पुरिने गरी छर्नु हुन्न । बीउलाई बालुवा वा खरानीसँग मिसाएर पनि छर्न सकिन्छ ।
सिँचाइ तथा गोडमेल
स्टाइलोलाई आकासे भरमा खेती गरिन्छ तर सिँचाइको सुविधा भए माटोको अवस्था हेरी १०–१५ दिनको अन्तरालमा सिँचाइ दिएमा बढी उत्पादन हुन्छ । त्यस्तै अनावश्यक झारघातहरू गोडमेल गरेर हटाइ दिनुपर्छ ।
रोग र कीरा
स्टाइलोको सबैभन्दा खतरनाक रोग ढुसीबाट लाग्ने बुलिहो यसको लागि रोग सहनसक्ने जात लगाउनुपर्छ । यसबाहेका स्टाइलोमा टलाग्ने रोग लाग्न सक्छ जसले बीउको कोसामा आक्रमण गर्छ । यस वाहेक डाँठ काट्ने कीरा, कीरा आदिले पनि स्टाइलोलाई हानीनोक्सानी पुयाउँछ । उपयुक्त जातको प्रयोग तथा उचित अपनाएर रोग तथा कीराबाट हुने हानीनोक्सानी कम गर्न सकिन्छ ।
उत्पादन
घाँसको उत्पादन स्टाइलो साधारणतया छरेको ७०–८० दिनमा बाली काट्न लायकको हुन्छ र त्यसपछि प्रत्येक डेढ महिनामा दोस्रो कटाई लिन सकिन्छ । यदि जग्गा केही र बाली त्यति फस्टाउन पाएन भने बीउ छरेको पहिलो वर्ष घाँसबाली काट्न हुन्न । स्टाइलोको –काट्दा वा गाईवस्तु चराउँदा ठुदै हुने गरी चराउनु हुन्न । विशेषतः शरद ऋतुको सुरुमा सोलाई ठुटै हुने गरी चराएमा वृद्धि दर रोकिन गई बिरुवा मर्न समेत सक्छ । स्टाइलोलाई घाँसको रूप काटेर, वस्तुभाउ चराएर, हे बनाएर, पनि प्रयोग गर्न सकिन्छ । स्टाइलो भीर पाखा आदिमा पनि सजिलै हुर्कने हुँदा भूसंरक्षणको लागि पनि उपयोगी साबित भएको छ । बीउ सङ्कलन गरिसकेपछि सुकेको पात र बिरुवाको भागहरू निकै पोषिलो तथा गाईवस्तुले खान्छन् । स्टाइलोले वर्षमा सुक्खा मौसम फागुन, चैत महिनाबाहेक अरू सबै ममहिना घाँसको उत्पादन दिइरहन्छ । स्टाइलोबाट विशेष गरी वर्षा ऋतुमा हरियो घाँसको । लिन सकिन्छ तापनि हिउँदमा जब अन्य घाँसहरू सुकेर जान्छन्, स्टाइलो हरियो स्टाइलोलाई उन्नत तरिकाले खेती गरेमा ५०–६० टनसम्म प्रतिहेक्टर हरियो घाँसको उत्पादन गर्न सकिन्छ ।
बीउ उत्पादन
स्टाइलोको जात र कल्टिभारअनुसार साधारण कुक, पाल्पा स्ट हेक्टरमा १०० देखि १५० किलो बीउ पाउन सकिन्छ भने अन्य जातका स्टाइलोबाट २०० बीउ प्रतिहेक्टर उत्पादन लिन सकिन्छ । बीउ उत्पादनको लागि स्टाइलोलाई १३०० उचाइ उपयुक्त पाइएको छ । सोभन्दा माथिको उचाइमा बीउ उत्पादन त्यति राम्रो सङ्कलन गर्न सकिन् बीउ पाकेर बिरुवाहरू केही सुक्न लागेपछि पुरै बिरुवा काटी स्टाइलोको झाङ्ग तल प्लास्टिक सीट ओच्छ्याई झरेको बीउ सङ्कलन सकलन गरिन्छ ।
बीउ उत्पादनका लागि स्टाइलो
नेपालमा स्टाइलो गाइनेन्सिसको १८४ जातले रोग पनि खप्न सक्ने र बीउ उत्पादन पनि बढी दिने गरेको छ । बजारको आवश्यकताअनुसार विभिन्न जातको चयन गर्न सकिन्छ ।
बीउ उत्पादनका गर्दा प्रमाणित ब्रीडर वा मूल बीउ प्रयोग गर्नुपर्छ । बीउ आधिकारिक संस्थाबाट मात्र खरिद ठाउँको छनोट साधारणतया कात्तिक, मङ्सिर महिनामा फूल फुल्न सुरु गर्छ र माघमा बीउ पाकेर तयार हुन्छ । स्टाइलोमा फूल लाग्न जाडो महिनामा औसत तापक्रम १७ डिसेभन्दा कम हुनुहुन्न । प्रतिहेक्टर केही कम मात्रामा बीउ उत्पादन स्टाइलोबाट बढी बीउ लिनका लागि ५०० मिटरभन्दा कम उचाइको क्षेत्र उपयुक्त मानि अवस्था हेरी यसलाई १३०० मिटरसम्मको क्षेत्रमा बीउ उत्पादनका लागि लगाउन सकिन्छ ।
बीउका लागि पृथकीकरण
जातीय शुद्धताका लागि बीउ उत्पादन गर्दा जात स्टाइलो कम्तिमा ५० मिटरको परिधि वरिपरि हुनुहुन्न ।

बीउ उपचार
बीउ छर्नु अघि बीउलाई स्क्यारिफिकेसन गर्नुपर्छ यसका लागि स्टाइलोको बीउला । बालुवा मिसाइ खलमा राखी केही बेर कुटेर छरेमा बीउको कडापन हटेर जान्छ र बीउ सजिलै उम्रन्छ । बीउको अङ्कुर क्षमताको परीक्षण ९न्भचmष्लबतष्यल त्भकत० बीउको अङ्कुर क्षमता केकस्ता जाँच गर्नुपर्छ । यसका लागि सय दाना बीउलाई भिजेको ब्लटिङ कागजमा राखी १० र १४ दिनमा बीउ उम्रिए सोको आधारमा अङ्कुर प्रतिशत थाहा पाइन्छ । बीउको अङ्कुर क्षमताको आधारमा र कायम गरिन्छ ।
बीउ छर्ने तरिका
बीउ उत्पादनका लागि स्टाइलोको खेती गर्दा बीउलाई लाइनमा छर्नुपर्छ । एक बोटाले अर्को लाइनको दूरी कम्तीमा ६०–७० सेन्टिमिटर राख्नुपर्छ । यदि स्टाइलो लाइनमा रहेको छैन भने स्टाइलोका बिरुवा एकअर्कासँग जोल्टिएर बीउ सङ्कलन गर्न धेरै गाह्रो हुन्छ ।
काँटछाँट
बीउका लागि लगाइएको स्टाइलो धेरै भाँगिएमा बीउ कम लाग्ने हुँदा पहिले नै वस्तुभाउले चराएर वा हँसियाले टुप्पो काट्नुपर्छ । यसका लागि साउन महिनामा स्टाइलोको २– सेन्टिमिटरभन्दा अग्लो भएमा भुइँभन्दा २० सेन्टिमिटर माथिबाट टुप्पा काटेर स्टाइलोकोलाई काँटछाँट गरेमा फूल बढी लागेर बढी बीउ उत्पादन लिन सकिन्छ । स्टाइलोको बिरुवामा – कोपिला लाग्न सुरु भइसकेको अवस्थामा काँटछाँट गर्नुहुन्न ।
बीउ भण्डारण
राम्ररी सुकेको बीउलाई जुटको बोरामा हालेर सफा, सुक्खा गोदाममा थन्काउनु गोदाममा बीउ थन्काउँदा माटो वा सिमेन्टको काँचो भुइँमा राख्नु हुन्न । आवश्यकताअनुसार यसमा लाग्ने कीरा तथा दुसीको रोकथामका लागि विषादीको पनि प्रयोग गर्न सकिन्छ ।
बीउको गुणस्तर
बीउ न्यूनतम प्रतिशत– ९०
नमी अधिकतम प्रतिशत– १२
उम्रने क्षमता न्यूनतम प्रतिशत– ४५
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment