+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

बाख्रा पालनमा छनौट प्रक्रियाको महत्व र फाईदाहरु

नेपालका अधिकांश किसानहरु वर्षौ देखि बाख्रा पालन गर्दै आएका छन् । बाख्रा पालनको मुख्य उद्देश्य कम लागत र कम अवधीमा धेरै भन्दा धेरै आम्दानी लिनु हो । एउटा दुइवटा मात्रै बाख्रा पाल्ने किसानहरुको लागी माउ बाख्राबाट आएको वार्षिक आम्दानीसँग खासै सरोकार नहुन सक्छ तर व्यवसायिक रुपमा वा धेरै मात्रामा बाख्रा पाल्नेहरुको लागी बाख्रापालनबाट आएको वार्षिक आम्दानी नै मुख्य आयश्रोत हुन्छ । तसर्थ वार्षिक रुपमा उचित आम्दानी लिन माउ बाख्राको उचित व्यवास्थापन प्रणालीबाट (जस्तै दानापानी÷घाँस व्यवस्थापन, खोर व्यवास्थापन, स्वास्थ्य व्यवास्थापन, प्रजनन् व्यवास्थापन, अभिलेख व्यवस्थापन आदी) उत्पादकत्व बढाउनु पर्ने हुन्छ । व्यवसायिक स्तरको बाख्रापालन गर्दा माथि उल्लेखित व्यवस्थापनको सबै पक्ष सवल र मजवुत रहँदा रहदै पनि बाख्रा छनौट प्रक्रिया नअपनाइकन माउ बाख्राहरुलाई राम्रै नश्लको बोकासँग प्रजनन् गराउँदा पनि वार्षिक राम्रो लाभ पाउन सकिदैन । छनौट प्रक्रिया अपनाउनु भनेको वथानमा रहेका प्रत्येक बाख्राको प्राविधिक तथा आर्थिक अभिलेख कार्डहरुको आधारमा गुणस्तरीय बाख्राहरुको क्रमशः छनौट गरी प्रजनन्को लागी बथानमै राख्नु र गुणस्तरयहीन वा नराम्रो क्षमता भएका बाख्राहरु बथानबाटै हटाउनु हो । तसर्थ, अभिलेख व्यवस्थापनको बाख्रापालनको छनौट प्रक्रियामा अत्यन्त ठुलो भुमिका रहन्छ । बाख्राहरु वर्षेनी दुइ पटक व्याउने संभावना भएकोले र प्रत्येक ६ महिनामा पाठा वा पाठीे प्रजनन् गर्न सक्ने भएकोले प्रत्येक ६—६ महिनामा छनौट गरी वथानको गुणस्तर कायम राख्नुपर्छ । शारीरिक तौल वृद्धिदर सन्ततीमा चाँडै र धेरै मात्रामा सर्ने÷सुधार हुने भएकोले विशेष गरी माउलाई त्यसका पाठापठीको औसत तीन महिनाको तौल वृद्धिको आधारमा र पाठापाठीलाई कमसेकम ५ महिना उमेरको तौल वृद्धिको आधारमा छनौट गर्न सकिन्छ । तौल बाहेक छनौट प्रक्रियामा ब्याउने अन्तराल, जुम्ल्याहा पाउने दर, मृत्यु दर, पाठापाठी हुर्काउन सक्ने आदि संकेतहरुलाई पनि आधार मानिन्छ । तसर्थ, छनौट गर्ने आधार सन्ततीको क्षमता, बुबाआमा वा नातागोतामा पर्नेहरुको क्षमता वा आफ्नै क्षमताको आधारमा पनि गर्न सकिन्छ । राम्रो माउ वा बोकामा भएको वंशाणु गत गुण

सन्तानमा सर्ने भएकोले उक्त पाठापाठीको उत्पादकत्व कायम राख्न गुणस्तरीय माउ र बोकाको छनौट आवश्यक हुन जान्छ ।

छनौट प्रक्रियाको महत्वहरु

   बाख्रा श्रोत केन्द्रहरुमा बिउ माउ तथा ब्याड बोका उत्पादन गर्न ।

   बाख्राका जातहरुको नश्ल सुधार गर्न वा बोका बाख्राका राम्रो गुण सन्तानमा सार्न ।

   बथानको प्रजनन् क्षमता बढाउन वा कायम राख्न ।

   वाार्षिक उत्पादकत्व बढाउन ।

छनौट प्रक्रियाका फाईदाहरु छनौट प्रक्रियाद्वारा बाख्रामा निम्न लिखित उपलब्धीहरु प्राप्त गर्न सकिन्छ ।

   स्वास्थ्य पाठापाठी उत्पादनमा वृद्धि हुन्छ ।

   पाठापाठीको समुचित जन्म तौल हुन्छ ।

   पाठापाठीको शारीरिक तौल छिटै वृद्धि हुन्छ ।

   बाथानको पाठापाठीमा मृत्युदर घट्न जान्छ ।

   जुम्ल्याहा पाउन सक्ने माउहरुको उत्पादन हुन्छ ।

   ब्याउने अन्तराल कम रहने माउहरुको उत्पादन हुन्छ ।

   समग्रमा बाख्राको प्रजनन् क्षमता बढ्न जान्छ ।

प्रजनन्को लागि माउ बाख्रा÷बोका छनौट प्रजनन्को लागी माउ बाख्रा÷बोका छनौट गर्दा निम्न लिखित बुँदाहरुमा ध्यान दिनुपर्ने हुन्छ । बाख्रामा हुनुपर्ने गुणहरुः

   उमेर अनुसार शारीरिक वृद्धि भएको, चमकिलो, फुर्तिलो, स्वास्थ र सफा भएको ।

   शारीरिक बनावटमा कुनै बिगार नभएको ।

   पाठापाठीलाई प्रशस्त दूध दिन सक्ने ।

   प्रत्येक वेतमा जुम्ल्याहा पाठापाठी जन्म दिने वा तीन वेतसम्ममा कमसेकम एक पटक जुम्ल्यहा वा बढी पाठापाठी जन्माई हुर्काउने क्षमता भएको ।

   बाख्रा आफै जुम्ल्याहा माउबाट आएको सन्तान हुनुपर्ने ।

   जन्म तौल सामान्यता २ के. जी. भन्दा बढी भएको र ६ महिनाको उमेरमा १५ के. जी. भन्दा बढी तौल भएको ।

   ब्याएको तीन महिना भित्र अर्को वाली लिन सक्ने भएको वा ब्याउने अन्तराल कम भएको

   दुई वर्षमा कमसेकम तीन पटक व्याउन सक्ने र सामान्य ऋतु चक्रमा रहने ।

   बोका खोज्ने लक्षणहरु सजिलै देखाउने ।

   प्रजनन् सम्वन्धि कुनै रोग नभएको ।

   स्थानीय हावापानी सहन सक्ने र उपलब्ध घाँसपात उपयोग गर्न सक्ने । बोकामा हुनुपर्ने गुणहरुः

   शारीरिक वृद्धि राम्रो भएको, स्वास्थ, वलियो र आकर्षक शारीरिक बनावट भएको ।

   प्रजनन् सम्वन्धि रोग नदेखिएको ।

   शारीरिक अगंहरुको अनुपात मिलेको जस्तै खुट्टा सिधा र बलियो भएको, छाती शरीर अनुसार मिलेको ।

   दुवै अण्डकोषको अनुपात मिलेको र राम्रो विकास भएको ।

   जुम्ल्याहा जन्म दिने माउको सन्तान हुनुपर्ने ।

   संसर्ग वेला आक्रामक हुने र सजिलै बाख्रा हेर्ने ।

   विर्यको सही मात्रामा स्खलन हुने । अतः वार्षिक अनुचित आम्दानी लिनका लागि प्रजन

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि सन्दर्भ सामग्री सामजीक सन्जाल

Leave a comment